April 10, 2009

प्रेम कहानी

विजयकुमार श्रेष्ठ
-हाल ईराक
नपिउनु थियो मैले नसाका तरेलीहरु विषपान सम्झेर
नलाउनु थियो मैले अदृश्य माया चोखो हो भनेर
नधाउनु थियो मैले टाढाको बाटोलाई नजिक छ भनेर
नदिनु थियो मैले आशा चोखो माया लगाउछु भनेर ॥

कसलाई के थाहा हुने रहेछ चोखो माया के हो भनेर
न त वजन नै हुने रहेछ न त पाउछ माया छामेर
म भन्छु माया बेहोसिपनको सहारा हो अदृश्य छ भनेर
सन्सारलाई नै रोगी बनाई दिन्छ बिजुलीको करेन्ट बनेर ॥ ॥

अदृश्य सारथि भएर पनि माया लगाउछन नजिक बनेर
कसलाई थाहा हुने रहेछ मायाको मुल्य कति हो भनेर
दिनेको मन लिनेको तन कसले जानेको छ कस्तो हो भनेर
सन्सारको रितलाई परिवर्तन गरि दिन्छन प्रेम कहानी भरेर ॥ ॥ ॥


4 Comments:

प्रबिण थापा said...

बिजय जि यो मायाको जातै तगडा । नगरे नि पिंडा गरे झनै पिंडा, न यसको कुनै सिमान छ, न कुनै बन्धन। जे होस् कबिता मलाइ मन पर्यो।बिजय जि नँया बर्ष २०६६ को शुभकामना!

Anonymous said...

wow... good one.keep it up bijaya sir

Luna said...

गजल सगै प्रबिण जि को कमेन्ट पनि उस्तै मन पर्‍यो ।

MANOJ ARYAL said...

SUPPER FANTASTIC DERAI RAMRO LAGYO YAR

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !