April 11, 2009

नयाँ बर्षको शुभकामना

समझदारिमा छाको मन्दी हटेर जावोस
आपसी तिक्तताको तुँवालो फटेर जावोस

आफ्नो पनमा दुख्दा पनि कती तमासा हेर्छौ
बैरी को छ आफ्नै घरको कटुता कटेर जावोस

रगतको बाछिट्टाले छाडेन जती ओतिए नि
बारुद गन्ध आउने शियाल घटेर जावोस

कस्को आँखा लाग्यो कि दाउ चले कसैले फेरी
नेपाली मन र पन बिथोल्ने बत्तेर जावोस

शुभ होस यो बर्ष नयाँ जोश जाँगर बोकी
सबै आफन्त हुन सबै मन रत्तेर जावोस


4 Comments:

प्रबिण थापा said...

भातृत्वको भाबना माछापुच्छ्रे फेवा बनोस
शान्ति छर्न नेपाल साच्चिकै परेवा बनोस

राष्ट्रियता, नेपाली पन मन भित्र फुलाउदै
दु:ख पर्दा साथ दिने एक अर्काको टेवा बनोस
मन छुने गजल waka जि!

Yumesh Pulami said...

स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै

यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म पनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद !

Anup"lovlyanup" said...

Hi Luna G..how are you?? tapai ko lekha aaunai chodyo ni kina ho?? malai mail garnus na hai.. mero name ma click garnus hai mero blog khulcha..

Anonymous said...

hi so cute and good malai derai man paryo

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !