May 25, 2010

नालायक, छ-से-एक !

भन्नलाई भन्छन, नभ्याएकोले लेखेनन् ।
बोल्दा त बोल्छन, नपाएकोले लेखेनन् ।
दुई वर्षमा नसक्कीने के नै पहाड थ्यो र,
यि हुत्तिहाराले, न-आएकोले लेखेनन् ।

                                                 चुनावमा बोल्या कुरा भुलेर लेखेनन् ।
                                                 लेख्ने बेलाँ' देश विदेश डुलेर लेखेनन् ।
                                                 कहीले महामहिको उर्दिमा त,
                                                 कहीले साईँलीको भट्टीमा झुलेर लेखेनन् ।

रोकी राख्दा खान पाउने आशले लेखेनन् ।
लेखिसक्के भत्ता गुम्ने त्रासले लेखेनन् ।
न जनताको इच्छा, न शहिदको सपना,
कर्तव्य भुलेर यि वदमाशले लेखेनन् ।



May 24, 2010

कहाँ छ?

आयुष चौधरी "सम्मोहन"
रझेना ५ कृष्णनगर बाँके

दुरदराजका गाँउघरमा विकास कहाँ छ?
भाषण हडताल वार्ता तर निकास कहाँ छ?

भन्न त भन्छौ नी शान्ती र संविधान
एक आपसमा मेलमिलापको आभाष कहाँ छ?


May 22, 2010

गाउँखाने कथा ३९ (Nepali Gau Khane Katha)


सधैं जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छ।

दूई भाइका तेर्सा करङ, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


May 20, 2010

दुईटा गाई र विश्व अर्थतन्त्र !

केही सत्यता, केही व्यंङ्ग्य र केही हाँसोले भरिएको यो परिभाषाहरुको सँगालोले चेनमेलको रुपमा सायद धेरै पटक पृथ्विको परिक्रमा गरिसकेको होला । विकिपीडियाका लेखहरुजस्तै बन्दै, थपिदैँ र कैयौं व्यक्तिहरुबाट सम्पादित हुँदै गएको यो "दुई गाई' को रोचक परिभाषा सायद ईन्टरनेटको पेजहरुमा पनि यत्र तत्र छन। कतै The Economies of Cows, कतै Two Cows Theory अनि Two Cow Economic Theory आदि नामले भेटिने यो परिभाषाको सँगालो आज आफ्नै कम्प्युटरको पुरानो फोल्डरमा भेटिएकोले सबै माझ बाँढदै छु ।

ल तपाई पनि हेर्नुस दुईवटा गाईले के कसरी संसारको भिन्न भिन्न देश, वाद र आर्थिक व्यबस्थालाई परिभाषीत गर्न सक्छ त:

Socialism
You have 2 cows and you give one to your neighbor.

Communism
You have 2 cows. The Government takes both and gives you some milk.

Fascism
You have 2 cows. The Government takes both and sells you some milk.

Nazism
You have 2 cows. The Government takes both and shoots you.

Bureaucracy
You have 2 cows. The Government takes both, shoots one, milks the other and throws the milk away.



May 18, 2010

स्वप्निल संसारमा नरेन्द्र रौले

दौंतरीले नेपाली ब्लग तथा ब्लगरको बारेमा सधैं काम गरिरहेको छ। यसै अनुरुप नेपाली ब्लगरहरुसितको ब्लग संबादलाई ब्लग भित्र ब्लग स्तम्भमा नियमित राख्ने गरेका छौं। यस पटकको ब्लग भित्र ब्लगमा स्वप्निल संसारका ब्लगर नरेन्द्र रौलेलाई निम्ताएका छौं। आउने ब्लग भित्र ब्लगको स्तम्भमा ब्लगर कृष्ण पक्षसितको संबाद लिएर आउने छौं। प्रस्तुत छ नरेन्द्र रौलेको ब्लग संबाद।

१) ब्लग दुनियामा कसरी आउनुभयो - आफ्नो छोटो परिचय दिनुहोस न ।
सुदूरपश्चिमको बाजुरा जिल्लामा जन्मेको हुं । स्कुल जिवनमा पत्रपत्रिका पढ्न , रेडियो सुन्न, कोर्षबाहिरका किताब पढ्न खुब चाख लिन्थें । कक्षा १० पढ्दा सुनाखरी भित्ते पत्रिका सम्पादन गर्थें । एसएलसि पछि उच्च अध्ययनका लागि ६ बर्षअघि मैले काठमाडौं काठमाडौं प्रबेश गरें । रत्नराज्य लक्ष्मी क्याम्पस, भृकुटीमण्डपबाट पत्रकारिता र अंग्रेजी साहित्यमा बिए स्तरको पढाइ पुरा गरें ।
म बिगत तीन बर्षदेखि सक्रिय रुपमा पत्रकारितामा पेसामा छु । हाल कान्तिपुर पब्लिकेसन्सको नेपाल साप्ताहिक संबाददाताका रुपमा कार्यरत छु । तीन बर्षअघि कान्तिपुर दैनिकका पत्रकार एबं ब्लगर दिनेश वाग्लेसंग मेरो भेट भयो । मैले भर्खर आइ ए दोस्रो बर्षो परिक्षा दिएको थिए। नया


May 16, 2010

एक चर्चा वैदिक गणितबारेमा

निर्मलमणि अधिकारी 'आयोदधौम्य'

गणित विषयमा सिर्जनात्मकता र कलालाई कत्तिको स्थान छ - गणितशास्त्र विज्ञानको आधारभूत अंग हो । गणितलाई मानव सभ्यताको आवश्यकताका रुपमा मानिने गरेको छ । तरपनि के भनिन्छभने प्रायः मानिसहरु यसलाई पढ्न मन पराउँदैनन् । खासगरी हाम्रो देशमा गणितलाई नीरस र साह्रै गाह्रो विषय मान्ने प्रवृत्ति देखिन्छ । विद्यालयमा अधिकांश विद्यार्थीहरु अंग्रेजी तथा गणित विषयमा अनुत्तिर्ण हुने र जान्ने भन्ठानिएका विद्यार्थीहरुपनि गणितलाई अरुभन्दा बढीनै मिहिनेत गर्नुपर्ने ठानेर कता कता भारी ठान्ने ! धेरैजसोकालागि त गणित भनेको संख्याको हिसाब अथवा
 आधारभूत गणनाको शीप (Basic computational skills) मात्र हो । तर उनीहरुले जेलाई गणित ठानेका छन्, त्यो त गणितशास्त्रको विस्तृत क्षेत्रको एक भाग 'अङ्कगणित' (Arithmetic) हो । त्यसभन्दा केही जाने-बुझेकाहरुले शुद्ध र प्रायोगिक गणित (Pure and Applied Mathematics) को अन्तर गर्दै विविध शाखासम्म पुग्छन् । तथापि, हाम्रा गणितका शिक्षकहरु सूत्र वा साध्य -थ्योरम) रटाउनमा व्यस्त र विद्यार्थीहरु तल्ला तहमा सूत्र लगाएर हल गर्न र माथिल्ला तहमा लामा लामा थ्योरम घोक्नमा