May 24, 2010

कहाँ छ?

आयुष चौधरी "सम्मोहन"
रझेना ५ कृष्णनगर बाँके

दुरदराजका गाँउघरमा विकास कहाँ छ?
भाषण हडताल वार्ता तर निकास कहाँ छ?

भन्न त भन्छौ नी शान्ती र संविधान
एक आपसमा मेलमिलापको आभाष कहाँ छ?

गरिबका सुदिन गणतन्त्रमा आउँछ भन्थेउ
अब देखाउ गास बास कपास कहाँ छ ?

बनावटि शब्दजालमा सोझासाझा निमुखालाई
फसाउदैछन् स्वच्छ निर्मल आकाश कहाँ छ ?

3 Comments:

Dilip Acharya said...

दुरदराजका गाँउघरमा विकास कहाँ छ?
भाषण, हडताल, वार्ता तर निकास कहाँ छ?


वाह! मकता देखि सबै सेरहरु वजनदार र सटिक लागे ।

मनपर्‍यो !

Nepalean said...

makta,sher adi ittadi nabujhe pani yo chhai malai pani man paryo hai.

बनावटि शब्दजालमा सोझासाझा निमुखालाई
फसाउदैछन् स्वच्छ निर्मल आकाश कहाँ छ ?

bhasanai bhasan matra janatalai
pet bharne rasan kaha chha?

lau ja maile pani thape.

Aayush said...

Dilip Dai lai ani Nepalean dailai commentko lagi dhanyabad .....
Nepalean daikoma maile pani Thape hai

शान्ती सुरक्षा विकास अनि सु–शासन कहाँ छ...?
नेताजीको आसन फाल्ने कासन कहाँ छ ..?

भाषणै भाषण मात्र खुल्ला सडकको
जनतालाई पेट भर्ने राशन कहाँ छ ....?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !