May 25, 2010

नालायक, छ-से-एक !

भन्नलाई भन्छन, नभ्याएकोले लेखेनन् ।
बोल्दा त बोल्छन, नपाएकोले लेखेनन् ।
दुई वर्षमा नसक्कीने के नै पहाड थ्यो र,
यि हुत्तिहाराले, न-आएकोले लेखेनन् ।

                                                 चुनावमा बोल्या कुरा भुलेर लेखेनन् ।
                                                 लेख्ने बेलाँ' देश विदेश डुलेर लेखेनन् ।
                                                 कहीले महामहिको उर्दिमा त,
                                                 कहीले साईँलीको भट्टीमा झुलेर लेखेनन् ।

रोकी राख्दा खान पाउने आशले लेखेनन् ।
लेखिसक्के भत्ता गुम्ने त्रासले लेखेनन् ।
न जनताको इच्छा, न शहिदको सपना,
कर्तव्य भुलेर यि वदमाशले लेखेनन् ।

                                                 सत्तासीनले शक्तिको रोबले लेखेनन् । 
                                                 वाहिरीनेले कुर्सी गा'को कोपले लेखेनन् ।
                                                 भन्न लाई मुखले जे सुकै भनुन्, 
                                                 फोक्कडमा भत्ता खाईर'ने लोभले लेखेनन् ।

भन्याजस्तो नमिल्ने देखेर लेखेनन् ।
एउटाले अर्कोलाई छेकेर लेखेनन् ।
जनताकै जनादेश लिएर गा' थे तर ,
जनताकै टाउकामा टेकेर लेखेनन् ।

                                                स्वार्थको डम्फू बजाएर लेखेनन्
                                                देश-विदेश सबलाई हँसाएर लेखेनन् ।
                                                न छ उत्तरदायित्वको बोध, न रह्यो लज्जा नै,
                                                नाङ्गो शरिर, बीच सडक लाच पचाएर लेखेनन् ।

आफूलाई महान ठान्ने नायकले लेखेनन् ।  
न तिम्रा न मेरा, एक-एकले लेखेनन् । 
हाम्रै छनोट सायद गलत थियो त्यसैले, 
छ सय एक नालायकले लेखेनन् ।



8 Comments:

Aakar said...

आफूलाई महान ठान्ने नायकले लेखेनन् ।
न तिम्रा न मेरा, एक-एकले लेखेनन् ।
हाम्रै छनोट सायद गलत थियो त्यसैले,
छ सय एक नालायकले लेखेनन् ।

पुष्प said...

माकुभाको भन्छ :
८० प्रतिशत त लेखिसकियो रे !
२० प्रतिशत भारतबाट आयात गर्ने रे !
देश बनाउने कुरामा सहमति नगर्ने रे !
कसरी हुन्छ सत्ता भारतलाई सुम्पिने रे !

Anonymous said...

puspa comrade lai maoist le kurchi napayeko ma jworo,typhoid, jhada,pakhala adi ittadi hudai chha. kripaya nun chini pani khanu hola.

Rajan said...

नालायक नै रहेछन..अनि एकजना, दुईजना हैन,६०१ नै नालायक रहेछन। नेपालतिरा खवर हेर्दा संविधान लेख्ने त त्यस्तै हो, संविधान सबाको म्याद थप्न समेत सकेका छैनन कस्ता कस्ता लाई छानेको हामीले

पुष्प said...

माओवादीले नपाएकोमा होइन कि पाउनुपर्नेले नपाएकोमा हो अनामजी ।

Yumesh Pulami said...

ठरकि दादा जी !दामी लेखाइ ! दह्रो प्रहार !
है न कति भन्नु अब त भन्न पनि (गिज्याउन न नि ) लाज लाग्छ आफैलाई ....! एउटै कुरा ...
गर्ने ले कुरा नगरे पछी
सुन्ने ले कुरा नसुने पछी ....
देश त डुब्ने नै भयो ....
समयमै संविधान नबन्ने नै भयो ...

Unknown said...

सबै लागी बधाई छ , चुनाव जितेको मा ,
संबिधान सभा पसेको मा बधाई छ , अनि तलब थाप्न सुरु गरेको मा बधाई छ , नै अब सभा को सट्टा मा जनसभा हरु को बक्ता भएको मा बधाई छ | हुदै जादा खेरी आन्दोलन गर्ने र सम्झौता गर्न कराउने दुबई लागी बधाई छ | जसरि हुन्छ विदेश घुम्न रमाउने हरु लागि बधाई छ | जसरि हुन्छ संबिधान सभा जान भन्दा हाजिर घर मा नै गर्ने हरु को लागि बधाई छ | राजनीतिक दल लागी मात्र हैन त्यो लगौटी (कार्यकर्ता हरु जेनी हो हो भन्ने )लागी नि बधाई छ | खवरदारी नगरेको मा | सत्ता पाउने लागि छोड्न गाह्रो नपाउने लागि झन नै गाह्रो , कार्यकर्ता हरुको ब्यथा झन महाभारत ,ल बधाई छ |

Nepalean said...

यि ६०१ नालायक हुन कि अक्षम हुन म त अन्यौलमा परें। यिनलाइ नालायक भन्दा पनि ज्ञानेन्द्रले भने जस्तो अक्षम भन्नु पर्ला। २ बर्षसम्म के गुच्चा खेलेर बसेत त संसद भवनमा?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !