May 18, 2010

स्वप्निल संसारमा नरेन्द्र रौले

दौंतरीले नेपाली ब्लग तथा ब्लगरको बारेमा सधैं काम गरिरहेको छ। यसै अनुरुप नेपाली ब्लगरहरुसितको ब्लग संबादलाई ब्लग भित्र ब्लग स्तम्भमा नियमित राख्ने गरेका छौं। यस पटकको ब्लग भित्र ब्लगमा स्वप्निल संसारका ब्लगर नरेन्द्र रौलेलाई निम्ताएका छौं। आउने ब्लग भित्र ब्लगको स्तम्भमा ब्लगर कृष्ण पक्षसितको संबाद लिएर आउने छौं। प्रस्तुत छ नरेन्द्र रौलेको ब्लग संबाद।

१) ब्लग दुनियामा कसरी आउनुभयो - आफ्नो छोटो परिचय दिनुहोस न ।
सुदूरपश्चिमको बाजुरा जिल्लामा जन्मेको हुं । स्कुल जिवनमा पत्रपत्रिका पढ्न , रेडियो सुन्न, कोर्षबाहिरका किताब पढ्न खुब चाख लिन्थें । कक्षा १० पढ्दा सुनाखरी भित्ते पत्रिका सम्पादन गर्थें । एसएलसि पछि उच्च अध्ययनका लागि ६ बर्षअघि मैले काठमाडौं काठमाडौं प्रबेश गरें । रत्नराज्य लक्ष्मी क्याम्पस, भृकुटीमण्डपबाट पत्रकारिता र अंग्रेजी साहित्यमा बिए स्तरको पढाइ पुरा गरें ।
म बिगत तीन बर्षदेखि सक्रिय रुपमा पत्रकारितामा पेसामा छु । हाल कान्तिपुर पब्लिकेसन्सको नेपाल साप्ताहिक संबाददाताका रुपमा कार्यरत छु । तीन बर्षअघि कान्तिपुर दैनिकका पत्रकार एबं ब्लगर दिनेश वाग्लेसंग मेरो भेट भयो । मैले भर्खर आइ ए दोस्रो बर्षो परिक्षा दिएको थिए। नया
  जोश जांगरले पत्रकारितामा समर्पित हुन लागेको युवा । दिनेश दाइको ब्लग मैले नियमित पढ्ने गर्थें   । दिनेश दाइले सामान्य कुरालाइ पनि रोचक ढंगले पस्किनु हुन्थ्यो । वाग्ले लेखन शैलीबाट म प्रभाबित बनें । मलाइ पनि ब्लग गर्न रहर लाग्यो । दिनेश दाइ स“ग त्यो कुरा राखें । उहांले ब्लग खोल्न सिकाउनु भयो । यसरी मैले ब्लगको दुनियामा प्रबेश गरें ।

२) स्वप्निल संसारमा कस्तो सपना देख्नुभएको छ ?
नियमित रिर्पोटिङ संगै पत्रिकामा आउन नसकेका बिषय बस्तुबस्तु , मेरो दिनचर्या, यात्रा बिबरण आदि लाइ स्वप्निल संसारमा समेट्न खोजेको छु । यसमा केहि नया स्तम्भ पनि थप्न खोजेको छु । सधैं समाचार लेख्ने पत्रकार आफु कहिल्यै समाचारमा आउदैनन् । मिडियामा स्वयं तिनका कुरा लेख्ने ठाउं हुदैन । अब देखि कम्तिमा पाक्षिक रुपमा एक जना पत्रकार संग अर्न्तवार्ता राख्ने तयारीमा छु ।

३) ब्लगको लेखनीलाइ कसरी लगाउनु भएको छ?
रातीको समयमा लेख्न रुचाउछु । रिर्पोटिङबाट बचेको समय यसमा खर्चिन्छु । पत्रिकामा नछापिएका कुरालाइ ब्लगमा राख्छु ।

४) तपाइ पत्रकार पनि , ब्लगर पनि , पत्रिका र ब्लगमा लेख्दा कसरी शब्द खर्चिनुहुन्छ?
पत्रिकामा लेख्दा केहि आबश्यक नियम भित्र बांधिनुपर्ने हुन्छ । आफुले लेखेको लेख,समाचारमा सम्पादकले छांटकांट गर्छ । काम गर्ने समाचार संस्थाको पक्ष, चाहनामा लेख्नुर्पर्छ । अनि मात्र समाचार छापिन्छ । तर ब्लगमा लेखनको आफ्नै नया शैली दिन सकिन्छ । यसमा कसैको हस्तक्षेप,दवाव र करकाप हुदैन । स्वतन्त्र रुपले आफुलाइ मन लागेका बिषयमा आफ्नै शैलीमा लेख्न सकिन्छ । मैले पनि अपनाउने शैली यहि हो ।

५) पत्रकार लेखक आदीका जिवन त अभाबमा बित्छ भनेर चित्रित गरिन्थ्यो, आजकल कस्तो छ?
नेपालमा पसिनाको सम्मान गर्ने बानी अझै बसिसकेको छैन । मिहिनेत र राम्रो कामको यहा कुनै कदर हुदैन । रिर्पोटरले मरीमरी काम गर्दा पनि समयमा तलब दिइदैन । दिए पनि नगन्य मात्रामा पाइन्छ । संचार संस्था को क्षमता नभएर चांहि होइन । डान्स रेष्टुरा, दोहोरी र जांडपानीमा एक रातमा पचास हजार उडाउने मालिकहरु आफ्ना रिर्पोर्टरलाइ मासिक ५ हजार दिन मान्दैनन् । त्यसैले पत्रकार , लेखकका जीवन अहिले पनि अभाबमै बित्छन् यहां । मैले त समाचार लेखे अनुसार पारिश्रमिक पाउने हो । त्यति चित्त बुझ्दो छैन । नेपाल साप्ताहिकका अतिरिक्त मैले कान्तिपुर, दि काठमाडौ पोष्ट, नारी,साप्ताहिक र शिक्षक मासिकमा पनि लेख्ने गर्छु यसले गर्दा अलिक खर्च धान्न सहज हुन्छ । एउटा कुरा नेपाली र अंग्रेजी दुबै भाषामा राम्रो लेख्न सक्ने पत्रकार र लेखकलाइ भने अबसर नभएका होइनन् ।

६) कागजि पत्रिका पश्चिम देशमा लोपन्मुख स्थितीमा छन्, नेपालमा कत्तिको फस्टाउदै छन् ?
नेपालमा भने ठिक त्यसको बिपरित छापा माध्यम फष्टाउदै छन् । पछिल्ला दिनमा ठूला आकारका दैनिक बढिरहेका छन् । नेपाल रिपब्लिक मिडिया द्वारा प्रकासित नागरिक र रिपब्लिका त्यसका उदाहरण हुन् । साप्ताहिक पत्रिका दैनिक, पाक्षिक पत्रिका साप्ताहिक हुने तयारीमा छन् ।

७) तपाइलाइ के भन्दा रमाइलो लाग्छ , पत्रकार कि ब्लगर ?
मलाइ पत्रकार भन्दा बढी कसैले ब्लगर भनिदिएको रमाइलो लाग्छ । र कुनै नियम, दवाव भन्दा पर रहेर लेख्न पाइने भएकाले पत्रकार भन्दा अझ लेखक हुं भन्ने ठान्छु ।

८) रौले संसार के कारणले बन्द हुन पुग्यो - ब्लगरले यसबाट सिक्नुपर्ने केहि छ कि ?
सुरु देखि अहिले सम्म मैले ८, ९ वटा ब्लग बनाए । खोल्दै परिबर्तन गर्न थालें । कहिले के चित्त नबुझ्ने कहिले के । रौले संसार पनि त्यहि क्रममा बनेको हो । धेरै खोलेर होला मैले त्यसको इमेल नै बिर्सिएं । धेरैवटा ब्लग खोल्नु भन्दा एउटै ब्लग खोलेर राम्रो बनाउन तिर लाग्नु पर्छ । पाठकहरुले सिक्नु पर्ने यहि हो जस्तो लाग्छ ।

९) केहि महिना यता त तपाइको ब्लग लेखनमा कमी आएको रहेछ नि ?
हो, निश्चय पनि केहि समय यता ब्लग लेखनमा कमी आएको छ । रिर्पोटिङका सिलसिलामा म देशका बिभिन्न भागमा दौडिएं । त्यहां  कहिले गाउं  पुग्थें, कहिले शहर । इन्टरनेटको समस्या भैरहन्थ्यो । अन्य प्राबिधिक समस्या -रुपान्तर,युनिकोड) पनि आइलाग्थे । काठमाडौ फर्किए पछि पनि काममा बढी ब्यस्त हुन थालें । त्यहि चटारोले गर्दा अलिकति कमी आएको हो । अब भने नियमित समय छुट्याउछु ।

१०) ब्लग नेपाली र अंग्रेजी दुबैमा लेख्नुहुन्छ , कारण र अनुभब दुबै बताइदिनुस न ?
अंग्रेजी र नेपाली दुबै भाषिलाइ लक्षित गर्दै मैले कलम चलाउछु । दुबै भाषाका आ आफ्ना पाठक छन्, र रमाइलो पनि बेग्लै खाले छ । अंग्रेजी भाषामा ब्लग लेख्दा अन्य मुलुक, विदेसीले प्रतिक्रिया जनाउदा एकदम खुसि लाग्छ । यसको दायरा निकै फराकिलो छ । ठूलो जमातमा आफ्नो कला देखाउन पाइन्छ । नेपाली भाषाको तुलनात्मक रुपमा अलि सांघुरो घेरा छ । मैले आफ्नो कलम तिखार्न र अन्य अबसर छोप्न दुबै भाषामा ब्लग लेख्ने गर्छु।

११) पत्रकार भएर थुप्रैसित अर्न्तवार्ता लिनुभएको रहेछ , ब्लगर भएर अर्न्तवार्ता दिदा कस्तो अनुभब गर्नुभएको छ?
एकदम अनौठौ अनुभूति भइरहेको छ । धेरै अगाडी दौतरी ब्लग हेर्र्थें । ब्लग भित्र ब्लगर स्तम्भमा अरु कसैको अर्न्तवार्ता देखेर मनमनै सोच्थें । मेरो पनि कुनै दिन पालो आउला कि - नभन्दै धेरैपछि मैले पर्खेको त्यो दिन पनि आयो । अब त जिम्मेवारी पनि थपिए जस्तो लाग्यो । दौतरीले मलाइ ब्लगरका रुपमा सम्भिए पछि यो कामलाइ नियमितता दिनु जरुरी छ ।

१२) पत्रकारिता पढेर बन्ने पत्रकार र अन्य विषय पढेर बन्ने पत्रकार बिच के भिन्नता होला ?
पत्रकारिता पढेर बन्ने पत्रकारले विषयबस्तु प्रतिको सैद्धान्तिक ज्ञान बटुलेको हुन्छ । भाषिक सीप र पेसामा अपनाउनु पर्ने केहि पू्र्बाधार संग उ अलि बढी साक्षात्कार हुन्छ । पत्रकारिता नपढेर बन्ने पत्रकारलाइ यि कुराको जानकारी अलि कम हुन्छ । यद्यपि घरमै बसेर उसले ज्ञान हासिल गरेको हुन सक्छ । पत्रकारिता गर्न पत्रकारिता पढ्नै पर्छ भन्ने छैन । बजारमा हेर्दा अन्य विषय पढेका पत्रकारले नै राम्रो गरेको देखिन्छ । किनकि कुनै निश्चित विषयबस्तु प्रतिको ज्ञान उनीहरुमा अलि बढी हुन्छ ।

१३) नया नेपाल र पुरानो नेपालमा के भिन्नता देख्नुभएको छ ?
मान्छे फेरिए पनि ब्यबहार फेरिएन । रुप फेरिए पनि सार फेरिएन । ज्ञानेन्द्रको ठाउमा अहिले अर्कै मानिस छन्, देशमा गणतन्त्र पनि आयो । तर जनताले त्यसको अनुभुति जनताले गर्न पाएनन् । झन् देशको स्थिती दिनप्रतिदिन बिग्रदै गयो । नेताहरुले सत्ता, शक्ति र कुर्सी फोहोरी खेल खेल्न छोडेनन् । देशको उन्नती स्तरमा खासै भिन्नता छैन । जनता भने निकै सचेत बन्दै गएका छन् ।

१४) आजकल त ब्लग एक महिना सम्म पनि खाली भएछ , ब्लग लेख्न बन्द गर्नुभएको त होइन ?
होइन, ब्लग लेख्न बन्द गरेको पटक्कै होइन । गएको एक महिना देखि म पोखरा, त्यो भन्दा टाढा टाढाका गाउ घुम्न गएको थिए । त्यतै तिर भुलें । केहि समयका लागी ब्लग लेखन रोकिन पुग्यो । सधैंका लागी भनेहोइन ।

१५) तपाइको अन्य नेपाली ब्लगप्रतिको के निक्र्यौल छ?
अन्य धेरै जसो नेपाली ब्लगको मेरो जस्तै हबिगत छ । समयमा अपडेट नहुने, राम्रा खालका सामग्री पस्कन नसक्ने, पुरानै शैली पछ्याएको अबस्थामा छन् ।

१६) दौतरी ब्लग कस्तो लाग्छ , यो ब्लग कस्तो भइदिए होस जस्तो लाग्छ?
मलाइ दौतरी ब्लग मनपर्छ । पाठकहरु माझ अझैं रोचक, घोचक खाले नयानया सामग्री पस्कनुहोस्, । दौतरी ब्लग सबैको दौतरी हुन सकोस् । मेरो शुभकामना छ ।

१७) तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केहि कुरा छन् कि?
ब्लगरका रुपमा मलाइ अतिथीको रुपमा निम्त्याउनु भएकोमा र्सबप्रथम तपाइ लाइ हृदय देखि स्वागत छ । म बिशेषत फिचर लेखन र ब्यक्तिचित्र -प्रोफाइल ) लेख्नमा निकै रुचि भएको युबा हो । विश्वको जुनसुकै कुनामा रहनु भएका दाजुभाइले म बाट यो सहयोग लिन सक्नुहुनेछ । नेपाली लेखक, साहित्यकारहरुको प्रोफाइल समेटिएको एउटा पुस्तक लेख्न त्रिब्र मन छ । कोहि प्रकासक, सहयोगी पाएमा तत्काल यो काम अघि बढाउने योजनामा छु । इच्छुक जो सुकैले मलाइ मेरो मोबाइल नम्बर ९८४१६०५७५६ र इमेल naren.raule@gmail.com मा सर्म्पर्क गर्न सक्नुहुनेछ । धन्यबाद ।

15 Comments:

स्याटेलाइट said...

नरेन्द्र भाइ अन्तर्वार्ता पढेर खुसि लाग्यो । यो त मैले अस्ति नयाँ बानेश्वरदेखि लाजिम्पाटसम्म पैदल जाँदा नै सोध्नुपर्ने रहेछ हाहाहा ।
गुड लक ब्रो ।

Aakar said...

Nice to know about him...
Wish him successful professional career... and be regular in blog... :)

कैलाश said...

रोलै जीको कुरा सुन्न पाइयो यहाँ नि। उनलाई ब्लगिङको निरन्तरताको कामना। दौतरीलाई पनि प्रगतिको कामना।

Dilip Acharya said...

रमाइलो लाग्यो नरेन्द्रजी सँगको कुराकानी। छोटोमै भएपनि नेपालका छापा- पत्रकारका धरातलीय स्थिति र उहाँका अनुभवहरुको सार सायद सबैलाई शिक्षाप्रद होला जस्तो लागेको छ । खुलस्त र यथार्थ विचार राख्नु हुँदोरहेछ, पढ्दा खुशी लाग्यो ।

हुन त कारक तत्वहरु धेरै होलान तर प्रश्न नं ७ को उत्तरमा "मलाइ पत्रकार भन्दा बढी कसैले ब्लगर भनिदिएको रमाइलो लाग्छ"


प्रश्न नं ३ को जवाफमा भने:
"पत्रिकामा नछापिएका कुरालाइ ब्लगमा राख्छु । "

पढ्दा भने अलिक असहज लाग्यो ।

वहाँको उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।

Basanta said...

रौलेजीसंगको कुराकानी पढ्न पाऊँदा खुशी लाग्यो। दौंतरी र रौलजीलाई हार्दिक धन्यबाद! रौलीजीलाई ब्लग र जिन्दगीका सबै पक्षमा सफलताको शुभकामना!

कृष्ण पौडेल said...

रमाईलो र राम्रो लाग्यो । रौलेजीको कुरा रौल्याउने खालका राम्रा रहेछन् । शुभ होवस् वहाँको लेखन र पत्रकारिता यात्रा ।

दीपक जडित said...

रौलेजीसँगको रमाईलो कुराकानी पढ्ने मौका दिएकोमा दौंतरीलाई धन्यवाद ! रौलेजीलाई पत्रकारितामा, ब्लगलेखनमा र जीवनका सबै क्षेत्रमा प्रगतिको शुभकामना!

Anonymous said...

hamra lekhak kaji lai suvakamana tatha utarottar pragati ko kamana .

गोकुल ढकाल said...

नरेन्द्र रौलेजी सँगको ब्लग-बार्ताको लागि धन्यबाद्, दौंतरीलाई । रौलेजीको पत्रकारिता र ब्लगिङको लागि शुभकामना ।

PRADEEP BASHYAL said...

dami bro

Prajwol said...

Good luck नरेन्द्र रौले ji....keep up u'r blogging....

Thanks Dautari for introducing yet another Nepali Blogger for us....

archana said...

my best wishes to narendra jee.

सूर्य/सिकारु said...

नरेन्द्र जी को मिठो प्रस्तुतिको लागि धन्यबाद दौतरी। रौले जी को जीवनमा अझै उच्च सफलताको कामना ब्लग लगायत सम्पूर्ण क्षेत्रमा ।

Nepalean said...

ब्लगको सुरुमा रौले हुनु पर्ने मा अर्कै भएछ। त्यसमा क्षमा प्रार्थी छु। नेपाली नामलाई अंग्रेजीमा पढ्दा त्यस्तो हुन गएको हो। सायद हाम्रो नाम बिदेशीलाइ अप्ठ्यारो लाग्ने त्यही भएर होला।

तपाईको ब्लगिगं गफ पढेर रमाइलो लाग्यो। तपाईको नेपाली लेखक, साहित्यकारहरुको प्रोफाइल समेटिएको पुस्तक लेख्न चांडै समय जुरोस। धेरै धेरै शुभकामना।

सबै ब्लगर आफ्नै काममा ब्यस्त हुंदा हुंदै पनि नेपाल र नेपालीको साहित्य तथा संचारमा समय दिनु सारै गरिमामय कार्य हो। यांहा न बन्द हुन्छ न चक्का जाम,नेपालीको ब्लगिगं यात्रा निरन्तर जारी रहोस।
हेप्पी ब्लगिगं
नेपालियन

दूर्जेय चेतना said...

प्रश्ट बि बिचारको लागि धेरै धेरै धन्यवाद। रौलेजीको बिचारहरु पढ्ने मौका दिनु भएकोमा दौतरीलाई पनि धन्यवाद

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !