May 22, 2010

गाउँखाने कथा ३९ (Nepali Gau Khane Katha)


सधैं जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छ।

दूई भाइका तेर्सा करङ, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


15 Comments:

Bibek said...

पास................:)

Anonymous said...

मेरो घरको भर्याँङ,

Nepalean said...

पास नगरी यसो उत्तर मिलाउन ट्राइ गरौं न, कसो?
यस पटकको गाउंखाने कथा सारै सजिलो पो छ त।

Dilip Acharya said...

ल उमेशजीले मिलाउनु भयो जस्तो लाग्यो मलाई !

Nepalean said...

सुजन भाउजू दिलीप जी लाइ सिकाउन नपाइ!

पुष्प said...

ह्या उमेशजी !!! मैले त कांग्रेस र एमालेको करङ भारत पो भन्ठान्याथेँ ।

ठरकि दादा said...

पुष्पजीको आधुनिक उत्तर पढेपछि म पनि सोच्दैछु:

"सात भाइको एउटै करङ" भन्या भे' त भारतै हुन्थ्यो ल :)

Nepalean said...

Malai ta lagcha hami nepali ko nasa nasa ma, ragat bhari politics ghusekko chha!

Anonymous said...

chireko kakro or bas ko varyang.

पुष्प said...

सात होइन बाइस होला ठरकजी ।

Nepalean said...

सबै पार्टीले अर्को पार्टीलाइ भारत सित जोडिएको देखाउने सांचो हो कि एउटा हाउगुजी मात्र हो? मलाई त शंकै लाग्न थाल्यो।

पुष्प said...

आफैसँग झूटो नबोल्नुस् न नेपालियनजी । को के हो भन्ने कुरा छर्लंग छैन र भन्या ?

Nepalean said...

पुष्प जी भारतको आड निलिई राजनिती गर्ने पार्टी कुन छ? फेरी आफू देश भक्ती देखाउन भारतलाई गाली नगर्ने पार्टी कुन छ? जनतालाई तर्साएर आफ्नो पार्टीमा आउन भारत कार्ड पार्टीहरुले बेलाबेलामा देखाउन गर्छन। अब यस्लाइ हाउगुजी नभनेर के भन्ने?

पुष्प said...

अब को छ भनेर मुखै फोरेर भन्नुपर्छ जस्तो लाग्दैन । बुझ्पचाउने पनि सीमा हुन्छ नि नेपालियनजी । तपाईंलाई अझै पनि भारतको हस्तक्षेप, अतिक्रमण, ज्यादती सबै हाउगुजी नै लाग्दो रहेछ, अब के भन्नु र खै !

arjun said...

bharyang nai ho hajur

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !