January 6, 2009

उथुल पुथुल भाकी छु

उथुल पुथुल भाकी छु मनको डुंगा चडि हेर
हारी दिउला मुटु बरु मायाको युध्द लडी हेर

भाग्यको कुरा हो कि ,कुनै फैलिन्छ कुनै मैलिन्छ
झरेको फुलको पिडा बुझन एक चोटि सडी हेर

आकार देउ तिमी, हर रुपमा ढल्न मन्जुर छु
सतहमा नखोप माया, सके दिल भित्र गडी हेर

बेली चमेली बनी फूली दिउँला मन्को बारी भरी
सधैं सुबास छर्छु, बस मुटुमा मुटु जडि हेर

मनको परीधिमा बाँध, फुत्केर भाग्न नसकु म
थुनिन मन भो तिम्रो दिलमा अघी त बडी हेर

:-रुपरेखा शाह "सौगात"


पशुपतीनाथ को कल्याण गरुन !!!!!!!!!!!!!

एक हुल जंगली,
शहर पसे,
यता डसे,
उता डसे ,
जताततै पसे,
नयाँ जोगिले
बेसमारी खरानी धसे।

यता ठोके,
उता भुके
जनता को नाम मा,
मनपरी खोके।
प्रेसलाई सप्रेस गरे,
न्यायलय लाई शौचालय बनाए।
रामहरी मारिए,
निर्मल , पुष्कर सेरिए,
तै पनि पशुपतीनाथ बोलेन
पीडितजनको कल्याण गरेन
आज धर्म माथि,
आस्था माथि,
बर्बर प्रहार गर्दा आँफै निरही बनेकाछन
कैलाश तिर बसाइ सरुं कि?
यो ठण्डा मा तराइ झरुं कि?
सोच्दै थिए महादेब,
गम्दै थिए महादेव,
बाहिर डण्डावाला को बिच मा,
झन्डावाला पनि देखे,
तिनकुने सनातन झन्डा फेर्ने,
नमाने चारै तिर घेर्ने,
भाषण गर्दै थिए ।
शम्भू तर्से,
आफ्नै तम्बू मा फर्के

४ दिन भो नित्य पूजा छैन,
४ दिन देखी पेटमा भूजा छैन
कामरेड पूजारी ठोसे देखी,
ढुकुटी को सांचो खोसे देखी
पशुपतीको शिरमा मुकुट छैन रे,
मुकुट त सामन्ती राजाशाहीको प्रतिक रे,
हसिया हठौडा र रातो झन्डा,
नमाने लाई तातो डण्डा,
काम्रेड पुजारी, ॐ जय शंकर सट्टा,
ॐ जय प्रचन्ड भाट्याउँदै
सुन, मणी ,money रित्याउँदै
चन्दन हैन,
रक्त चन्दन,
लाल सलाम गर्ने लाई,
लाल गुलाम गर्ने लाई,
बाड्दै छन,
जनता भाड्दै छन
असत्तीहरु त्यही को आर्यघाटमा अर्ध जलुन,
पशुपतिनाथ को सबैले कल्याण गरुन ।


कबिता - राम्रो होइन हाम्रो

- अशोक खलान को मान्छे
फ्रान्क्फर्ट , जर्मनी
जताततै राम्रो होइन हाम्रो मान्छे हुनु पर्छ
तिस बर्षे सोह्र बर्षे  एकसय चार लाई जित्नु पर्छ
जे बोले पनि हुन्छ जे गर्दा पनि हुन्छ
जन मन जित्नु भन्दा बुट्ले कुल्चि मार्नु पर्छ
दुइ सैनिक् दुइ हातमा दुइ राइफल् दुइ कुम्मा
अझै पनि सुधखोर् को नाममा लुटि खानु पर्छ
बुर्जुवा साम्सद् भैइयो राम्रो किन् हुनुपर्छ
जताततै एउटै लेवल् हाम्रो भर्न डट्नु पर्छ

काठै नै बाटो जङगल को पार गरी सकी हाल्यौ
सपनले चुल्याएए र हाम्रो पक्ष पारी हाल्यौ
जतातत्तै हाम्रो हाम्रो हाम्रो राम्रो सपना यो
छलाङ मार्ने भ्याकुतको कुवाभित्र को सपना हो
कस्ले सोध्छ हामीलाई कस्ले सोध्नी हिम्मत छ
तर्क राम्रो हाम्रो´नै छ राष्ट्रिय निती किन बनाउनु पर्छ
हाम्रो कुरा नमान्ने लाई दलाल अजै भन्नु पर्छ
हाम्रो कुरा नमान्ने लाई दलाल अजै भन्नु पर्छ
हामी झुकी चुकेको चै ढाकछोप् गर्नु पर्छ

किन नबाड्ने सपना यो, सपनै त सुन्दर् हुन्छ
कर्म का दिन् हो रे हाम्रो भर्न सक्नु पर्छ्
चैते कैतै बैशाखे सबै हम्रो हुनु पर्छ
जे मन् लाग्छ गर बाबु हम्रो लेवेल् टास्नु पर्छ्
हाम्रो हातमा सर्बशत्ता यो मात् मा रङनु छ
कस्ले बिरोध गर्छ हेर कस्को दुस्शाहाश यहा
हम्रो राम्रो ,राम्रो हाम्रो नभए पनि भन्नु पर्छ


कविता - प्रधानमन्त्री

बिजयकुमार श्रेष्ठ, धादिङ्गकटुन्जे (हाल ईराक)

सधै भरि आफुलाई ठुलो किन ठान्दछौ
समयको अभाव भयो भनेर किन भन्दछौ
कर्मचारीले सहयोग गरेन भनेर किन भन्दछौ
सहकार्यमा पार्टिहरु नआएको भनेर किन ठान्दछौ ॥
आफनो क्षमता पुग्ने थिएन त सत्ताको किन दाऊ हान्यौ
सत्ताको गोटि चाल्न आउदैनथ्यो त किन कम्मर कसि लियौ
जंगली स्वाभाव छाड्न नसक्नेले किन शान्तिलाई अङ्गाल्यौ
फुलमाला भने पछि कहि कतै नछाडेर सधै दियो किन जलायौ ॥
शान्ति र सुशासनको बिगुल फुक्न किन कहिले जानेनौ
अझै पनि भन्ने गर्छौ सत्ताको बलिदान दिन पछि पर्दैनौ
भाषण छाटे र माला लगाए जसरि शासन गर्न किन भ्याएनौ
सधै भरि त्रास ल्याई म नरहे देश रहन्न भन्न किन छाडेनौ ॥
जनतालाई फेरि पनि बन्दुक बोकाउन त्रासि बनाई उक्साउछौ
लाचारि बनि बाघडोर समाली बिचलको आभास किन दिलाउछौ
ति सहिदहरुको रगतको कसमलाई भुली माला लगाई किन हिड्यौ
क्रम भङ्ग भन्ने शासन लादेर नेपालीलाई चिनाउने भेषलाई बदलिदियौ ॥
नेपालले नेपाली भनेर चिनाउने पुर्खाको चिनारीलाई लत्याई दिएछौ
तपाईत्व शब्दलाई बेवास्था गरेर मपाईत्वलाई क्मभङ्गमा महत्व दिलाएछौ
अर्काको देखासिकीमा नेपालीको चिनारीलाई लत्याइ बिदेशी टाई सुटमा सजियौ
आफनो अभिभारालाई भन्दा फुलमाला र अविरका जात्रालाई महत्व ठानी दियौ ॥
सर्वहाराको नितीलाई अङ्गालेर पंुजिबादको भौतिक अहेस आराम भोग गरेकाछौ
बेकम्मा दस्ता पालेर जनतालाई मौलिक हक अधिकारबाट बन्चित बनाकोछौ
उधारो चुरोट खाएको दिनलाई बिर्सीएर सरकारी सम्पतिमा डुबि पौडि खेलेकाछौ
अर्काको सम्पति हड्पेर सच्चा कम्युनिष्ट भनि बिसाल सैन्य दस्ता खडा गर


January 5, 2009

जवानीको मात

प्रबिण थापा
धादिङ

एकदिन जवानीको,मात सकिन्छ सानी
मिठा सपना देखिरहने,रात सकिन्छ सानी

केही कुरा मनमा लेउ, तिम्रो राम्रो भन्दा
नसुने झै गरिरहे, बात सकिन्छ सानी

सम्हाल है यताउता, चुलबुलाउने बानी
नत्र हाम्रो मायाको, जात सकिन्छ सानी

छलछामको बाहानामा, घमन्डी बन्यौ भने
दु:ख पर्दा सुम्सुमाउने, हात सकिन्छ सानी

सोच्नु भन्छन बेलैमा, पछुताउनु भन्दा
शिशिर छाए जीवनमा, पात सकिन्छ सानी


नयाँ पशुपति र माओवादीका दिमागी आयतन ।

सुन्दा पनि उदेक लाग्ने खवर, त्यो पनि सानो घटना एक चोटिमा समाप्त भएको भए पनि भिन्दै कुरा, अब नेपालका महानतम नेताहरुका महानताका कारण राजनीति संसद, पार्टि कार्यालय वा कार्यकर्तामाझको बृत्तलाई नाघेर मन्दिरमा समेत पुगेको छ। यस बारेमा लेख्दिन भनेर बसेको थिएँ, तर आफू नास्तिक नै भएपनि धार्मिक क्षेत्रमा प्रवेष गरी चलाईएको यो माओबादिको नंगानाचको भने बिरोध नगरी सकिएन।

धर्म भनेको मानव चेतनाको उच्चतम शिखरको प्रवेशमार्ग हो र यो कुरालाई पु्र्ण भौतिकबादि दृष्टिले मात्रै हेर्नु आफैमा यौटा गलत दृष्टिकोण हो । त्यसमा पनि कहिले सर्बोच्चले भन्दैमा मान्छौं र? त कहिले नया पशुपतिनाथ बनाउन आफू लागिपरेका जस्ता मुर्खतापूर्ण र बज्रस्वाँठ बक्तव्य दिएर मात्रै नपुगेर सो पवित्रस्थानमा आईतबारका दिन मान्छे कुट्ने जस्ता हिंसामा उत्रेर मओबादिले पुन एक पटक गैह्र जिम्मेवारिपन र निरंकुशताको परिचय दिएको छ ।

Quote आफूलाई माओबादको ज्ञान नभए पनि धर्म र माओबादसंग गोरु बेचेको पनि साईनो छैन भन्ने कुराचाहि मलाई पनि थाहा छ । अनि जहा कुनै साईनो, परिचय वा नाता गोता हुँदैन भने त्यो बारेमा कुनै जानकारी हुने कुरा पनि भएन। यसरी माओबाद भीत्र धर्म नअटने भन्दै अरुको आस्था र मान्यतामा ठाडै प्रहार गर्ने अधिकार पनि कसैलाई नहुनु पर्ने हो ।

हुन त धार्मिक ग्रन्थहरु हेरेर बस्दैन यो ठरकी, तर एकदिन यस्तै फुर्सदमा कतै पढ्दा कुनै पुराणमा शिव धन वा शिवको सम्पति लिन नहुने कुरामा मेरो नजर गएको थियो । शिव धन, जसलाई शास्त्रमा ‘शिवस्व’ भनिन्छ कसैले पनि लिन वा खान हुँदैन भन्ने पौराणिक मान्यता छ। पुराणमा कसैले ‘शिवस्व’ खाएमा अर्को जन्ममा कुकुर भएर जन्मिनु पर्ने सम्मका कथाहरु आएका छन ।त्यसैले अहिले पनि हामिकहा धेरैजना पशुपति वा शिवालयमा जाँदा जल खाए पनि प्रसाद भने ग्रहण गर्दैनन।

सुन्नमा आए अनुशार पशुपतिका मुल पूजारी राख्न नेपालमा सो पूजा गर्न जान्ने वा सक्ने मानिस नभएर हैन, सधैं मन्दिरमा बसेपछि जत्ती होश पुर्‍याएपनि ‘शिवस्व’ नखाई साध्य नहुने हुनाले ऐतिहासिक कालदेखि नै कोहि पनि सो कार्य गर्न नमाने पछि मात्रै दक्षीण भारतबाट भट्ट ल्याईएको भन्ने श्रुती पनि छ ।

म यहा कुनै ऐतिहासिक श्रुती वा किम्बदन्तिलाई सत्य सावित गर्न लागी परेको हैन तर कुरा जे सुकै भएपनि कानूनि राजको ठाडै अपहेलना गर्दै मानव आस्थाको मर्ममा चोट गर्न भने कसैलाई अधिकार छैन ।

‘नया नेपाल बनाउने र दस हजार मेगावाट बिद्युत उत्पादन गर्ने’ वतासे गफ दिएर सत्तामा पुगेका माओबादीको राज हुदाँ देश आज पुराना सबै रिकर्डको क्रमभंग गरेर १४ घण्टा अन्धकारमा डुबेको छ ।

बोल्न पाएपछि बोलिको के अर्थ हुन्छ नसोच्ने मात्रै नभई आफैले के बोल्दैछु भन्ने समेत भेउ नपाउने अबस्थाका माओबादी नेताको ‘नया पशुपति’ बनाउने जस्तो बचकाना वक्तव्य पढ्दा भने पक्कै पनि सबैजना कींकर्तव्यबिमुढ भएको हुनुपर्छ । भौतिकतावादि भनेर चिनिएका माओबादि खाली ‘भौतिक कारवाहि’ मा मात्रै भौतिकतावादि देखिएको र त्यो बाहेक विकास, निर्माण वा कुनै पनि रचनात्मक काममा पाईला समेत नसरेको कुरा जग जाहेर छ । अब सोच बिचार नगरी जे मा पनि ‘नया’ भन्ने पुरानो थेगो हालेर ‘नया पशुपति’ बनाउने यिनका कुरा सुन्दा हाँसो लाग्ने भन्दा पनि यिनका दिमागी आयतनका बारेमा सोच्न बाध्य बन्ने गरेकाछन जनता ।

जे सुकै‍ होस, पशुपतिमा भारतिय पूजारी नै हुनुपर्छ भन्ने मेरो पनि मान्यता हैन, तर कुनै पनि कुरा कानूनी प्रक्रिया पुर्‍याएर मात्रै गरिनु पर्छ र धार्मिक क्षेत्रमा हिसात्मक गतिबिधि सन्चालन गर्न भने कसैलाई पनि छुट हुनु हुदैन । सर्बोच्चले भन्दैमा मान्छौं र?हामी नया पशुपतिनाथ बनाउछौं जस्ता वाईयात र बेतुकी गफ गरेर माओबादिले दुनियाको नजरमा आफ्नो मथींगलको वजन कम भएको जानकारी बारम्बार गराउन कुनै जरुरत छैन, जनतालाई यिनका दिमागी आएतनका बारेमा बिगतका कैयौं घटनालेनै पुर्ण जानकारी दिईसकेको छ ।