January 6, 2009

कबिता - राम्रो होइन हाम्रो

- अशोक खलान को मान्छे
फ्रान्क्फर्ट , जर्मनी
जताततै राम्रो होइन हाम्रो मान्छे हुनु पर्छ
तिस बर्षे सोह्र बर्षे  एकसय चार लाई जित्नु पर्छ
जे बोले पनि हुन्छ जे गर्दा पनि हुन्छ
जन मन जित्नु भन्दा बुट्ले कुल्चि मार्नु पर्छ
दुइ सैनिक् दुइ हातमा दुइ राइफल् दुइ कुम्मा
अझै पनि सुधखोर् को नाममा लुटि खानु पर्छ
बुर्जुवा साम्सद् भैइयो राम्रो किन् हुनुपर्छ
जताततै एउटै लेवल् हाम्रो भर्न डट्नु पर्छ

काठै नै बाटो जङगल को पार गरी सकी हाल्यौ
सपनले चुल्याएए र हाम्रो पक्ष पारी हाल्यौ
जतातत्तै हाम्रो हाम्रो हाम्रो राम्रो सपना यो
छलाङ मार्ने भ्याकुतको कुवाभित्र को सपना हो
कस्ले सोध्छ हामीलाई कस्ले सोध्नी हिम्मत छ
तर्क राम्रो हाम्रो´नै छ राष्ट्रिय निती किन बनाउनु पर्छ
हाम्रो कुरा नमान्ने लाई दलाल अजै भन्नु पर्छ
हाम्रो कुरा नमान्ने लाई दलाल अजै भन्नु पर्छ
हामी झुकी चुकेको चै ढाकछोप् गर्नु पर्छ

किन नबाड्ने सपना यो, सपनै त सुन्दर् हुन्छ
कर्म का दिन् हो रे हाम्रो भर्न सक्नु पर्छ्
चैते कैतै बैशाखे सबै हम्रो हुनु पर्छ
जे मन् लाग्छ गर बाबु हम्रो लेवेल् टास्नु पर्छ्
हाम्रो हातमा सर्बशत्ता यो मात् मा रङनु छ
कस्ले बिरोध गर्छ हेर कस्को दुस्शाहाश यहा
हम्रो राम्रो ,राम्रो हाम्रो नभए पनि भन्नु पर्छ


2 Comments:

Anonymous said...

owo budha kabita ta khatara cha ni.J hos yestai gari lakhdai janu parcha ani balla name kamaincha.Really nice job.keep it up.
Subedi,Frankfurt

Anonymous said...

राम्रो होइन हाम्रो मान्छे हुनु पर्छ शच्चै ।अशोक जि राम्रो होइन हाम्रो मान्छे हुनु पर्छ शत्ते भन्नु भयो ।
जनता का लागि राजा काज चाडने के को महान । जनता लुत्ने पो महान ।होइनता ? । । । । । ।
रामहरि

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !