January 9, 2009

आउदो आकर्षण - गाउँखाने कथा ! (Nepali Gau Khane Katha)

दौंतरीमा आउदो आकर्षण के होला? उत्तर दिनेलाइ सुनको माला सबै दौंतरी सहभागिताको लागी धेरै धेरै धन्यबाद। मिलाउनेलाइ फुलको माला। सुनको माला प्राय सबैले नै पाउनु भयो, फुलको माला भने दिलिप आचार्य ले पाउनु भयो। बधाइ छ दिलिप जि। दौंतरीमा नियामित आउने खाने कुरा गाउँखाने कथा हो। तलको तनहु जिल्लाको बन्दिपुर गाउँ उत्तर मिलाउन सहयोग होस भनेर राखिएको थियो।
संचार ब्यबसायिकता र लोकप्रियतामुखी भइरहेको बेलामा मौलिक साहित्य पाखा लाग्दै गएका छन। सबैले भन्दै सुन्दै आएको गाउँ खाने कथा नेपाली पत्र-पत्रिका ब्लगमा कतै देखेको छैन। त्यसैले भुल्न लागिएको यो बिधा दौंतरीमा नियमित ल्याउनेछु। आशा छ यसले पाठक बृन्दहरुलाइ पनि सक्रियरुपमा सहभागि गराउने छ। कतिपय गाउँखाने कथाहरुले लाक्षणीक रुपमा अश्लिलता पनि दर्शाउने हुंदा त्यसप्रती भने सजकता अपनाउने छु।


January 8, 2009

गजल - पछी !!

गोकुल बिबश ढकाल
०७ जनवरि, ००९

वाल्ल परेर टोलाउनु सिबाये के छ र ?
गर्नेले नहुने काम गरे पछी ।
मुटुमै छुरा रोपे पनि सहनै पर्ने
नामर्द नभै आँफै मरे पछी ।

मन बिसाउला भन्दै जुनी बित्यो
गर्न केही नहुने कोही पर सरे पछी ।
खोज्दा हराएको चीज कहाँ पाइने
त्यही चिज कसैले हरे पछी ।

बस्न नपाईने भो अब, अनेक नाममा
कसैले खाली ठाउँ भरे पछी ।
डर पो लाग्दो रहेछ, पाइला चाल्न
अनाहकमा पिर्लिक्क आँखा तरे पछी


एउटा सम्बाद यस्तो पनी

शेखर ढुंगेल
अमेरीका

प्रश्न -सबै भन्दा सुख को क्षण ?
जवाफ -तिन ठाउँमा टुन्क्याएको बेला
प्रश्न -दुख को दिन को शुरुवात ?
जवाफ -जुन दिन पृथ्वी मा पछारियो
प्रश्न -सब भन्दा मन पर्ने मानिस् ?
जवाफ -जो चिता माथि सुतेको छ
प्रश्न -सब भन्दा नराम्रो मानिस् ?
जवाफ -जो आफु लाई शासक ठान्दछ
प्रश्न -माया के हो ?
जवाफ -दुखको भड्खालो
प्रश्न -जिन्दगी के हो ?
जवाफ -बाबु आमा को भुल को  प्रायश्चित्त                   
प्रश्न आसुँ के हो ?
जवाफ –छल, कपट र षड्यन्त्र
प्रश्न -हाँसो के हो ?
जवाफ -ठगी खाने कला
प्रश्न - स्त्री के हुन ?
जवाफ - सृष्टी को गलत उत्पादन
प्रश्न पुरुष के हुन ?
जवाफ -संसार को बिनास्
प्रश्न सपना के हो ?
जवाफ -जीवन को बाच्ने आधार
प्रश्न -बिपना नि ?
जवाफ -बिपना धोखा हो (हिरोइन लाई भन्या होइन नि!)
प्रश्न -नमस्कार
जवाफ-तिरस्कार


काठमाण्डु डायरी-२

अँध्यारोको सांक्षी छन्
सडक, चिम र बजारहरू
मुस्लो धूँवा र धूलोको दावानल बलेको छ
तैपनि चैनको निदमा निद्रित छन् लाचारहरू
आबरू ,अस्मिता र जीवनका आखेटकहरूको
धन्दा चलेको छ निर्वन्ध गाऊँ शहर जतासुकै
क्रान्तिकारिताको क्रमभंगतामा संरक्षित व्याभिचारहरू
आक्रान्त छ स्वयं पशुपति खै कस्ले कस्को कल्याण गर्ने हो ?
स्खलनको दलदलेमा लेदो बनेका छन् विधि, व्यवहार र विचारहरू
नाममा मात्र केवल अस्तित्वरत बनेको छ निरिह मुलुक यहाँ
सभ्यता र उन्नतिको यो युगमा नाङ्गो,समातेर चुँडाइएको इजारहरू

धाराहरू पानीको, चिमहरू प्रकाशको अनि जनता जीवनको भीख माग्दा
क्रान्तिको भाषामा चमत्कारका चित्कार पस्कन आतुर छन् लाचारहरू
जंगलको दिक्षा बोकेर शहर नै जंगल पार्न भुक्दै निरन्तरका चित्कारहरू
आमूल उडाइएको परम्परामाथि विजय पाएको आलापमा निद्रित मानव आकारहरु

नया नेपाल- सबथोकको पर्याय बनेको छ
बिर्सिएर मानव हुनुका सम्पूर्ण शैलि र व्यवहारहरू


January 7, 2009

नया बर्ष शैशवकाल लिएर आएको छ

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]

भो नदिएको भए हुन्थ्यो मलाई
शुभकामना नयाँ बर्षको
मेरा मित्रजनहरु,
किनकी ---अचेल शुभपलहरुनै
खोसिएका छन हामीबाट
अनी क्षणभङुर छन
हाम्रा अधरका खुशीहरु नै
बाँचेकाछौ हामी सबै,
भ्रमको खेती पालेर
आजको खुशी हाँस्न नपाउदै
भोली गह भिजाउनु परेको छ,
हिजोको आसुँ पुछ्न नपाउदै
भोली मुटु दुखाउनु परेको छ
नपत्याए गहिरिएर सोच त !
के हामी पिल्सिएकाथिएनौ र ?
त्यसैले---म अन्तरात्माबाट नै भन्छु
शुभकामना साट्नु भन्दा
देशको पीडा साटौ
किन कि ---देशको नीती अस्वस्थ्य छ
घाइते माटोलाई टेकेर हामी
खुशी मनाइरहेछौ /
अझ प्रतिक्षारत थियौ नयाँ बर्षको
जब कि पुराना बर्षहरु
हामीसँग दुखित भएर बिराना भए
पुराना बर्षहरुलाई हामीले
दाउमा मात्र राख्यौ
त्यसैले ---नया बर्षको शुभकामना साट्नुभन्दा
शैशवकाल लिएर आएको
नयाँ बर्षको सुरक्षा गरौ
यो बर्षलाई नयाँ इतिहास बनाउ
यस्लाई सुरक्षित राखौ /
(अमेरिका )



काठमाडौंमा बातावरण प्रदुषण

Prabin Thapa

साझ पर्न साथ एउटा ठुलो जमात हातमा फोहरको पोक बोकेर नजिकैको चोक, खोल, नदीतिर लाग्छन, त्यस पोका भित्र सबथोक हुन्छ यानकी भान्सा बाट निस्कने फोहर देखी प्लास्टिक,कागज, काच सबै त्यही तपाईं हामीले मिल्काउने फोहरका पोकाले आज वाग्मती, बिष्णुमतीले बग्न बिर्सेंका छन त्यो नदी तथा चोकमा फोहर मिल्काएर हामीले वातवरण प्रदुषण गरिरहेक छौ भन्ने हामी कमैलाई थाहा छ। बिगत एक दशकदेखी काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यवस्थित शहरीकरण, यहाँको सडकमा धुवाको मुस्लो फाल्दै हजारौंको सन्ख्यामा दिनहु दौडने पुरना थोत्रा सवारी साधनको चाप,दिनहु जस्तो हुने बिरोध पर्दर्शनले बिरोधको नाममा बाल्ने टाएर, अनाबश्यक रुपमा सवारी साधनले बजाउने हर्न आदिले दिन प्रतीदिन यहाँको बातावरण अत्यासलाग्दो बन्दै छ। वास्तबमै भन्दा काठमाडौंको सडकमा रुमालले मुख नछोपी हिंड्न नसक्ने अवस्था छ। आजकै औसतमा यहाँ पर्दुषण बढ्दै जाने हो भने केही बर्ष भित्र हामीले संघाइ, मेक्सिको सिटी जस्ता शहरलाई पनि पछी पार्ने छौ। फरक यती मात्र हो संघाइ औधोकिकरणले प्रदुषीत बनेको छ भने काठमाडौं तपाईं हाम्रो लपारबाहिले। यसो भनेर हाम्रो राजधानीमा सिमित औद्योगीकरणले कती प्रभाब पारेको छैन भनेर भन्न खोजेको भने होइन। बातावरण प्रदुषणले मानवीय स्वस्थ्यमा प्रतिकुल असर त पारेकै छ, त्यतिमात्र नभएर प्राकृतित तथा सास्कृतिक संरचनामा पनि गम्भिर चोट पुराएको छ। यि त भय समस्या तर समाधान के त ?

बातावरण प्रदुषणले पार्ने प्रतिकुल असरको बारेमा जनचेतनाको अभाब, बातावरण संरक्षणलाई जनस्तरमा उकास्न नसक्नु नै काठमाडौंको बातावरण प्रदुषणको मुख्य कारण हो। बातावरण संबन्धी जनचेतना ब्रिदी गर्ने खालक सडक नाटक, रेडियो टेलिभिजनमा प्रचार प्रसार, डकुमेन्ट्री , युवा परिचालन आदी गरेर जनचेतना उकस्न सकिन्छ। शिक्षा मन्त्रालयले बिध्यालय स्तरमा पढाउने गरेको वातवरण शिक्षालाई व्यवहारिक बनाउन सके मात्र पनि आधा समस्या आँफै समाधान हुन्छ।

भबिश्यको त के कुरा दुई बर्ष पछीको स्थिती ख्याल नगरि, निश्चित मापदंड अबलम्बन नगरि हजरौको संख्यामा निर्माण भई रहेक घरहरु, खोला नदी छेउ निर्माण गरिएका घरहरुले सेफ्टी ट्यान्क नबनाइ ढल सिधै खोला नालामा जोडने प्रब्रित्ती आदिलाई संबन्धित क्षेत्रमा राम्रो दखल भएका एउटा विशेषज्ञहरुको टोली बनाइ, त्यस टोली लाई सम्बन्धित बिषयमा जाचबुझ गरी निती नियम तर्जुमा गर्न लगाउने र त्यस किसिमको निती नियम सरकारले पूर्णरुपमा कार्यन्वयन गर्ने।

राष्ट्रीय तथा अन्तराष्ट्रीय मुल्य मान्यताका आधारमा सडक र सवारी साधन सम्बन्धी बैज्ञानिक नियम बनाइ कार्यन्वयन गर्न सकिन्छ। थोत्रा पुराना गाडीहरु यातायात व्यवशायी संघ र सरकारको सहमतिमा बिस्थापना गरी नयाँ र ठुला मोडेलका बसहरु खरिद गर्न सकिन्छ जसबाट सडक चाप कम हुनुको साथसाथै इन्धन खपत पनि कम हुन्छ। अनाबश्यक रुपमा सवारी साधनले जताततै बजाउने हर्न पूर्णरुपमा नियन्त्रण गर्नु पर्छ।

फोहोरको कसरी व्यवस्थापना गर्ने त?
सान उधोगहरु शहर भन्दा टाढा खोल्न सकिन्छ जहाँ प्लास्टिक, कागज, काच जस्ता पुनप्रयोग गर्न सकिने वस्तुको recycling गर्न सकिन्छ।
भान्साबाट निस्किने फोहरबाट कम्पोष्ट मल तयार गर्न सकिन्छ। पुन प्रयोग गर्न नसकिने वस्तुलाई दुई तरिकाले व्यवस्थापन गर्न सकिन्छ।
१) फोहोर संकलन केन्द्र(damping side) मा प्रत्यक्ष संकलन गरेर
२) अनाबश्यक फोहोरलाई thermoelectric mechine निर्माण गरी त्यसमा पोलेर बिजुली निकल्न सकिन्छ।
हाम्रो राजधानीलाई साचिकै प्रदुषणबाट धेरैहदसम्म बचाउन यि सामान्य कुराहरुमा तपाईं हामी सबै सजग भयौ भने अबश्य सम्भव छ।
यि कुराहरुमा नेपाल सरकारको समयमै ध्यान जाअोस, राजनीतिक पार्टीहरु सबैले उहाहरुको जुझारु युवा पुस्तालाई लडाईं गराउनु भन्दा यस कार्यमा अघी बढाउन।

(तपाईंहरुको महत्वपूर्ण प्रतिकृया,तपाइहरुको यस सम्बन्धी थप जानकारी को अपेक्षा गर्दछु।