January 6, 2009

उथुल पुथुल भाकी छु

उथुल पुथुल भाकी छु मनको डुंगा चडि हेर
हारी दिउला मुटु बरु मायाको युध्द लडी हेर

भाग्यको कुरा हो कि ,कुनै फैलिन्छ कुनै मैलिन्छ
झरेको फुलको पिडा बुझन एक चोटि सडी हेर

आकार देउ तिमी, हर रुपमा ढल्न मन्जुर छु
सतहमा नखोप माया, सके दिल भित्र गडी हेर

बेली चमेली बनी फूली दिउँला मन्को बारी भरी
सधैं सुबास छर्छु, बस मुटुमा मुटु जडि हेर

मनको परीधिमा बाँध, फुत्केर भाग्न नसकु म
थुनिन मन भो तिम्रो दिलमा अघी त बडी हेर

:-रुपरेखा शाह "सौगात"


1 Comments:

Basanta said...

वाह! वाह!! वाह!!! गज्जब लेख्नुभयो रुपरेखाजी!

उथुल पुथुल भाकी छु मनको डुंगा चडि हेर
हारी दिउला मुटु बरु मायाको युध्द लडी हेर

आकार देउ तिमी, हर रुपमा ढल्न मन्जुर छु
सतहमा नखोप माया,सके दिल भित्र गडी हेर

यी दुई त झन असाध्यै मन परे।

तर अन्तिमको "थुनिन मन भो तिम्रो दिलमा अघी त बडी हेर"मा अलि हतार गरियो जस्तो छ, परिमार्जन गर्नुपर्ला जस्तो छ। "थुनिन मन भो तिम्रो दिलमा" र "अघि त बडी हेर" मा कुनै प्रत्यक्ष संबन्ध होला जस्तो लाग्दैन। "अघि त बडी हेर" को ठाऊँमा "झ्यालखाना बनाऊ" वा "अपहरण गर" भन्ने अर्थको केहि चाहिने हो कि?

अनि यो 'बडी' तपाईँले 'बढी'(अगाडि बढ्नुको अर्थमा)को साटो राखनुभएको होला। बोलीचालीमा यदाकदा प्रयोग भएपनि साहित्यिक रुपमा स्विकार्य भईसकेको शब्द हो र यो?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !