January 5, 2009

जवानीको मात

प्रबिण थापा
धादिङ

एकदिन जवानीको,मात सकिन्छ सानी
मिठा सपना देखिरहने,रात सकिन्छ सानी

केही कुरा मनमा लेउ, तिम्रो राम्रो भन्दा
नसुने झै गरिरहे, बात सकिन्छ सानी

सम्हाल है यताउता, चुलबुलाउने बानी
नत्र हाम्रो मायाको, जात सकिन्छ सानी

छलछामको बाहानामा, घमन्डी बन्यौ भने
दु:ख पर्दा सुम्सुमाउने, हात सकिन्छ सानी

सोच्नु भन्छन बेलैमा, पछुताउनु भन्दा
शिशिर छाए जीवनमा, पात सकिन्छ सानी


3 Comments:

Luna said...

तपाईंको गजल को सन्देश सका रात्मक छ प्रबिण जि !
बडो गजब ले लेख्नु भो ! मन पर्‍यो ।
निरन्तरताको शुभ कामना ।

Postak_Shrestha said...

राम्रो छ, सदा झैं। फेरी पढन पाइयोस।

suman sudha said...

प्रबिण जी

अझै लेखानुस् , हामी पढदै जानेछौ ।। मन छुने छ तपाईं को गजल .

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !