एस.एल.सी तहको महेन्द्र मालामा कुनै समय एउटा लेख थियो - अन्तिम भोज। ४-५ कक्षा छंदा मामाको पूस्तकबाट त्यो लेख पढ्ने मौका मिलेको थियो। बिजय मल्लको उक्त लेखमा लेखक अन्तिम भोजमा सरिक भएको आफ्नो अनुभव बाढेका छन। लेखमा अर्को दिन घाम उदाउन पूर्व संसार नष्ट हुंदै थियो, त्यसैले हरेक राष्ट्र प्रमुख एउटा यस्तो बिशाल भोजमा सामेल हुंदै थिए जुन अन्तिम भोज थियो। संसार अन्तय हुनुमा तिनीहरुमा कुनै पिडा थिएन। उनीहरु सबै भोजमै मस्त थिए। यसमा लेखक निकै दुखी देखिन्थे। मानौ संसार अन्त्य हुनुको पिडा भोग्ने त्यो भोजमा तिनी एक मात्रै थिए। भोजको प्रकार पढ्दा यस्तो लाग्दथ्यो संसार अन्त्य हुने कुरा तिनीहरुलाई पहिलै बाट थाहा थियो। त्यसैले अन्तीम भोज यसरी तयार गरिएको थियो की त्यो भोज हरेक कोणबाट इतिहांसका सबै भोजलाई माथ गर्ने खालको होस।
March 17, 2014
February 27, 2014
धमिराहरु
Ashok Aryal
धमिरा हरु कमिला जस्तै हुँदैन्न
कमिला हरु धमिरा जस्ता हुँदैन्न
मिहनत एकता को पराकाष्ट संसार
आर्को ध्वंम्स बिनाश को संन्जाल
धमिरा जब जब घर को ढोका म लाग्छ
सुन्दर माटो को कलात्मक लेपन लगाउछ
त्यो घर को खाबो नढले संम्म ।।
.............................. ..........
धमिरा हरु कमिला जस्ता हुँदैन्न
श्रीजनाको आवरण भित्र
बिनाश को रुपान्तर धमिरा को स्वभाब हो
सुन्दरता को भ्रम भित्र कुरुप्ताको गुण हो
धर्म नै उस्को ध्वंश अराजता हो
परिवर्तन को असार दर्कदा
धमिरा हरु कमिला हुँ भन्छन
सुरक्षित अबतरण खोज्छन
.............................. ..
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
February 21, 2014
निर्मोही
यौ आँफैले निर्मोही बनेर !
सक्दिन उभिन अब चट्टान बनेर !!
बदनाम भएँ म जिउंदै मरें ,
अरु के दियौ र प्रेमिका बनेर !
चर्किन्छ मुटु तिम्रो सम्झनाले ,
अनि बहन्छ आँशु बाढी बनेर !!
छुटें तिमि बाट म तिम्रै मायाले ,
वतासले उडाको कसिंगर बनेर !
यायावर आत्म बोकेको मान्छे ,
कहाँ बाँच्न सक्छु म भीष्म बनेर !!
- प्रयास
जर्मनी
सक्दिन उभिन अब चट्टान बनेर !!
बदनाम भएँ म जिउंदै मरें ,
अरु के दियौ र प्रेमिका बनेर !
चर्किन्छ मुटु तिम्रो सम्झनाले ,
अनि बहन्छ आँशु बाढी बनेर !!
छुटें तिमि बाट म तिम्रै मायाले ,
वतासले उडाको कसिंगर बनेर !
यायावर आत्म बोकेको मान्छे ,
कहाँ बाँच्न सक्छु म भीष्म बनेर !!
- प्रयास
जर्मनी
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
February 13, 2014
मन मुटुमा छ्यौ तिमी
मन मुटुमा छ्यौ तिमी, गुलाफमा किन साटनु?
अन्तर भाब बुझे पछि, भाषण चै किन छाटनु?
देखाएर वा लेखाएर, बिज्ञापनमा टांग्न पर्दैन
मनमै भए'छि माया, शब्द भित्र किन बाटनु ?
आस्था श्रदा विश्वाश ,जब सम्म दिगो हुन्छ
बिथ्यामा उपहार, संगै केक किन काटनु ?
बिना धडकन मुटु , तिमी बिना तेस्तै म
जेछु म यस्तै त छु ,तिमिलाई किन ढाटनु ?
जुन तारा होइन ,दुख्दा तिमी साथ हुन्छु
मायामा गर्न नसक्ने, कुरालाई किन आटनु ?
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
छिमेकमा अझै काला अंग्रेजको राज बाँकी छ
मनु ब्राजाकी
छिमेकमा अझै काला अंग्रेजको राज बाँकी छ ।
नेपालअको बाघ मर्ने अझै रिवाज बाँकी छ ।
बेचीसक्या रै'छ अब खोज्नु कहाँ आफ्नो सिमाना ?
औंठाछाप,पन्जाछाप राखेको दराज बाँकी छ ।
झूठो इतिहासजस्तै साहित्यका पाना पनि छन,
चिन्तन गर्न हामी सँग कुहिएको प्याज बाँकी छ ।
लोकतन्त्र भन्दा पनि भोकतन्त्र आज फस्टायो ,
लाम लागि जुठोपुरा खान यै कबाज बाँकी छ ।
नयाँ बन्ने छाँट छैन ,पुराना छन नयाँ रंगमा,
छोरा ,गुण्डा ,देशद्रोहीहरुकै समाज बाँकी छ ।
नेपाली हुँँ भन्ने गर्ब कतै पनि आज रहेन,
आँखा चिम्ली बसेका छौं , यत्ती हाम्रो लाज बाँकी छ ।

" अलमल को यात्रा " - १
संविधान सभा-२ को सफल निर्वाचन पश्चात् आम नेपाली जन मानसमा जुन आसा र अपेक्षा कांग्रेस - एमाले बाट गरेका थिए ठ्याक्कै त्यसको विपरीत दिशामा पार्टीहरु को क्रियाकलाप केन्द्रित भईरहेको छ. पहिलो संविधानसभामा भएको लज्जाजनक पराजय बाट भर्खरै बौरिंदै नेका अनि एमाले फेरी उही पुरानो सत्ताको छिना झपटी मै सम्पूर्ण ध्यान केन्द्रित गरीरहेको छन् ! यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन् सक्छ ! साँच्ची नै यस्तो बेला मा खाँचो पर्दो रहेछ राज नेता को , मान्छे ले अनायासै सम्झिने रहेछन राजनीतिको घेरा बाट हरायर गइ सकेकाहरु लाई ! बि पी , गणेशमान, मदन भण्डारी, किसुनजी अनि गिरिजाबाबु जस्ता रास्ट्र लाई एउटा दिशामा मोड्न सक्ने युग पुरुषहरु यो देश मा पनि जन्मे कै हुन् ! आज हामी संग सामान्य नेताहरु मात्रै छन् औसत दर्जाका, तिनीहरु मध्ये पनि धेरै त् तल्लो दर्जा मै राख्नु पर्ने जस्ता पनि छन् , प्रचण्ड , बाबुराम, बामदेव ,शेरबहादुर, गच्छेदार जस्ता लाई नेता भन्नु पर्ने नेपालीको बिडम्बना कसले पो बुझ्छ र अनि बुझेर नै पो के हुने हो र ? वर्तमानमा नेपाल लाई केन्द्र विन्दुमा राख्ने नेताहरु एउटा दुइटा हुन् ति पनि आफै दरो खुट्टा टेकेर उभिन सक्छन जस्तो देख्न छोडियो !
राज्यले राजनेताको माग गरि रहेको छ जस्ले वर्तमानको दोबाटो बाट मुलुक लाई सुरक्षित तवरले डोर्याउन सकोस ! तर हामी कहाँ तिनै थोत्रा पटक पटक परीक्षण भैसकेको स्वाभिमानबिहिन बसी अनुहारहरु को थुप्रो मात्रै छ ! परीक्षण हुन् बाँकि २ वटा सामान्य अनुहार छन्, तिनीहरु पनि दल भित्रकै गुट उपगुट मा जेलिएका छन् ! ३६से ७४रे बाट सुरु भएर तान्त्रिक-संस्थापन हुँदै ४०से र ६०मा आइपुगेको छ नेपाली काँग्रेस ! सरकारको मोर्चा देखि पार्टीको मोर्चा मा समेत पटक पटक निकम्मा साबित भएका देउवा आफ्ना
राज्यले राजनेताको माग गरि रहेको छ जस्ले वर्तमानको दोबाटो बाट मुलुक लाई सुरक्षित तवरले डोर्याउन सकोस ! तर हामी कहाँ तिनै थोत्रा पटक पटक परीक्षण भैसकेको स्वाभिमानबिहिन बसी अनुहारहरु को थुप्रो मात्रै छ ! परीक्षण हुन् बाँकि २ वटा सामान्य अनुहार छन्, तिनीहरु पनि दल भित्रकै गुट उपगुट मा जेलिएका छन् ! ३६से ७४रे बाट सुरु भएर तान्त्रिक-संस्थापन हुँदै ४०से र ६०मा आइपुगेको छ नेपाली काँग्रेस ! सरकारको मोर्चा देखि पार्टीको मोर्चा मा समेत पटक पटक निकम्मा साबित भएका देउवा आफ्ना
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
November 18, 2013
के संबिधान बन्ला त?
मल,जल,बल लगाएर बनाएको पहिलो संबिधान सभा तुहिए पछि नया युग रच्न नेपालमा आज पून संबिधान सभाको चुनाब हुंदै छ। ताम झामका साथ हुन लागेको चुनाबले कता लाने हो त्यो त न चुनाबमा उठ्नेलाइ थाहा छ न त चुनाबमा भोट हाल्नेलाई पत्तो छ। जनताको भोट जता पर्छ त्यसैको बिजय हुन्छ। तर जनता यती कमजोर छन कि उनीहरुले भोट हाले पनि नहाले पनि एउटाले जितीहाल्छ। यसरी देशको भबिष्य कुनै ब्यक्ती या जत्तथाको हत्केलामा अडिएको हुन्छ। यी जत्था यती सम्म खस्केका छन की देश बर्बाद भयो, देश सकिन लाग्यो, जनतालाइ हित हुने संबिधान बनाउनू पर्छ भनेर जनतालाई तर्साउंदै संबिधान सभाको चुनाब रचेर सत्ता समाल्न आतुर छन। यो त स्यालले चिल आयो चिल आयो भनेर गांउलेलाई आकाशतीर हेर्न लगाएर कुखुरा चोर्ने दाउ रचे जस्तै भयो।
खुशीको कुरा यो हो कि पहिलो चुनाब बेकम्मा ठहरिए पछी पून चुनाब गराएर संबिधान बनाउनु पर्छ भनेर प्राय सबैजनाको सहमती भएका छन। तर के दोस्रो चुनाबबाट संबिधान बन्ने ग्यारेन्टी छ त?
जनताको म्यानडेट पाएर गए पछी त जनताको अभीबारा पूरा गर्नुपर्ने हो। अजब गजब कूरा गर्दे संबिधान बन्यो बन्यो भन्दै बर्षौं बिताएर पहिलो पटक संबिधान बन्दैबनेन। फेरी पनि तिनै पार्टी र तिनै ब्यक्तीहरु संबिधान बनाउने भनेर अगाडी लागेका छन। यसपटक भने संबिधान बनाउने ग्यारेन्टी गरेका छन। If it does not work that way, do it differently. भनिन्छ कुनै तरिकाबाट काम बनेन भने नया तरीकाबाट काम गर्नुपर्छ। पूरानै पार्टी, पूरानै कुरा, पूरानै म्यान्डेट। त्यो पूरानै ढर्रा बेकम्मा ठहरिएको अबस्थामा अब कसरी पूरानै तरिकाबाट संबिधान बन्ला? यदी यो चुनाबले संबिधान बन्यो भने त्यो संसारको आठौं आश्चर्यमा राखे हुन्छ।

November 9, 2013
सुस्त दौंतरी
दौंतरी चियाउने पाठकहरुले पक्कै पनि ख्याल गर्नुभएको होला, दौंतरी आजकाल सुनसान भएको छ। एकै दिनमा ३-४ वटा लेख आउने यो ब्लगमा ३-४ महिनामा एउटा लेख देखिन हम्मे हम्मे पर्छ। मैले केहिले कांही दौंतरीका समकालीन ब्लग पनि चियाउने गर्छु। थुप्रै ब्लग दौंतरीकै अबस्थामा छन। केही रेगुलर अपडेट हुने गर्छन। फेसबुक र टुइटर जस्ता माइक्रो ब्लगले पूराना खाले ब्लगलाई कस्तो असर पार्यो त्यो त थाहा छैन तर थुप्रै पाठकहरु हिजो आज फेसबुकमै रमाइरहेको देखिन्छन। हुन त ट्याब्लेट र स्मार्ट फोनले ठुला कम्पियुटरको प्रयोग स्वात्तै घटेको छ। रेगुलेर ब्लगमा पनि फेसबुकको असर त्यस्तै हुनसक्छ।
कहिले कांही एक्लै सोच्ने गर्छु ब्लग के का लागी? किन ब्लग खोलिएको हो त ? यस्तो कुरा पटक पटक सोचिरहंदा दौंतरीको पहिलो ब्लग हेर्ने पुग्छु। समय अनुसार दौंतरी परीबर्तन हुनेछ भनेर पहिले ब्लगमा लेखेको रहेछु। आधी दशक पछाडी फर्केर हेर्दा दौंतरीको उतार चढाब त्यही बेलानै महशुस भएको रहेछ। मुख्य कुरा के भनेको थिए भने "हामीले सिधा तथा स्पस्ट बिचार तथा अन्य प्रस्तुती आफ्नो मिलेको समयमा सबै सामु बाड्दै जानुपर्दछ ।" दौंतरींमा सिधा तथा स्पष्ट बिचार राख्दै जानु पर्छ तर समय अनकुल मिलेकोमा। मलाई के लाग्छ भने दौंतरीका धेरै लेखकहरुको समय अनकुलले गर्दा दौंतरीमा लेख्न पाउनु भएको छैन। समय अनकुलको पिडितमा म पनि पर्छु। हुन त समय कसरी काट्ने त्यो हरेक ब्यक्तीमा भरपर्छ। दौंतरीलाई समय मिलाउन खोजेको भए सायद मिल्थ्यो होला। तर अन्य काममा समय बिताउनु पर्ने कारणले दौंतरीमा समय बिताउन कठिन भयो। सायद धेरै लेखकहरुलाई त्यही समस्या परेको होला।
यी त भए मेरा दौंतरी प्रती गनथन। सायद धेरै लेखक पाठकका पनि त्यस्तै गन्थन होलान। यदी त्यस्ता गनथन छन भने दौंतरीमा पक्कै बाड्न नभुल्नुहोला। बेला बेलामा दौंतरीका लेख तथा पाठकहरु संग अनलाईन भेट भइरहन्छ। उहांहरुले सोधी राख्नुहुन्छ, दौंतरीको हालखबर के छ। अब भने दौंतरी सुनसान छ भनेर पक्कै पनि भन्ने छैन। समय मिलाएर दौंतरीमा लेखी रहने छु। दौंतरी ६ बर्ष पूरा भएर ७ बर्ष लागेकोमा सबै लेखक तथा पाठक प्रती शुभकामना टक्राउन चाहान्छु।

Posted by:
Dautari Admin
October 12, 2013
हाम्रो ठूलो चाड दशैंको शुभकामना
घुम्दै फिर्दै तपाई हाम्रो घर आगनमा दशै भित्रीएको छ। नेपालीहरुको सबै भन्दा ठूलो चाड, यसको माने नै अर्कै छ। सबै आ-आफ्नो तरिकाबाट दशै मनाउंदै हुनहुन्छ होला। यसैको अबसरमा समस्त दौंतरी लेखक तथा पाठक तर्फबाट दशैंको शुभकामना टक्राउन चाहान्छु।
दशैंको अबसर पारेर करिब ६ बर्ष पहिलेको दौंतरीमा राखिएको दशैंको तस्विर पून राख्दैछु। तपाई जंहा हुनुहुन्छ, जस्तो परिस्थीतीमा हुनुहुन्छ, दशैं भन भव्य रुपमा मनाउुनू होला । यसपटको दशैं कसरी बित्यो हामी समक्ष बाड्न नबिर्सनु होला।
दशैंको अबसर पारेर करिब ६ बर्ष पहिलेको दौंतरीमा राखिएको दशैंको तस्विर पून राख्दैछु। तपाई जंहा हुनुहुन्छ, जस्तो परिस्थीतीमा हुनुहुन्छ, दशैं भन भव्य रुपमा मनाउुनू होला । यसपटको दशैं कसरी बित्यो हामी समक्ष बाड्न नबिर्सनु होला।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
September 20, 2013
गाउँखाने कथा ५४ (Nepali #Gaukhane #Katha)
अपडेटः को सही उत्तर हो गमला् । उत्तर को प्रयास गर्ने सबै पाठक प्रती हार्दीक धन्यबाद।
-----------------------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।
टारी त टारी उचो टारी, थोरै माटो फूल रोप्ने बारी, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाइला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
August 26, 2013
मजानै बेग्लै
तर्केसी तिमी , आँशुमा जिउनुको मजानै बेग्लै
उफ ! जिउदै अचानोमा रेटीनुको मजानै बेग्लै
संगै मिली भाग्य रेखा बदल्ने भन्दा भन्दै
काटेसी पखेरू, मुटु दुखाई हास्नुको मजानै बेग्लै
देउतै निष्ठुरी , भाकल मेरो सुन्दा सुन्दै
पिडै पीडाको झिरमा उनिनुको मजानै बेग्लै
सप्तरंगी सहितको प्रभात खोज्दा खोज्दै
घुन जस्तै , जात्तोमा पिसिनुको मजानै बेग्लै
प्रभात
क्यालिफोर्निया
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
August 25, 2013
नयाँ नेपाल
बसन्तमोहन अधिकारी
रगतले नुहाएर नयाँ नेपाल बनाएछौ
जन्मदिने यो आमालाई सधैं कति रुवाएछौ ?
जातिवादी तिम्रो राज्य एकतालाई टुक्राउँने
झगडाको बिज रोपी सधैं घरमा लडाएछौ
भाई रुँदै खाडी मुलुक, बैनी घर रोईराछीन्
न त र्मनु न त बाँच्नु गरिवलाई तड्पाएछौ
राजनिती चाल तिम्रो जनतालाई ऋण बढ्यो
आफु भोग्न सत्ता भत्ता चुनाव भन्दै कराएछौ
अब गर्ने चुनावले नयाँ रुप को को आउँछौ
नेपाली जनतालाई सबै यि रुप देखाएछौ
एैले बन्न नसकेको यो संविधान कैले बन्छ
मिठो सपना देखाएर थाङ्गनामाथी सुताएछौ ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
July 24, 2013
परामर्श
‘ओहो! आज त मलाई वर्कसप को तयारी पो गर्नु छ त। बाहिर बाट मानिस आउन थालेका छन। त्यस्को ब्यावस्था गर्नु छ। सक्ने काम त आफै गर्नुस न सधै भरि मेरै भर परेर हुन्छ !‘ प्राप्तिले ऐना हेर्दै सुस्त तर खस्रो आवाज निकाल्छिन्। बद्रि संग यस्को प्रतिउत्तर छैन। दिनभर मन्त्रालयमा मथिल्लो तहबाट आउने आदेश अनि वर्षौको अस्वस्थता!-आफ्ना कमिकमजोरी बाहिरकालाई देखाउनु भन्दा आफ्नै जीवन संगिनीको रुखो शब्द भित्र मानसिक रुपमा सुखानुभूति प्राप्त गर्ने प्रयास गर्छन बद्री!
‘सुन न, आज तिमी एक दुई घन्टा पछि गए हुदैन, संगै जाउ न डाक्टरकोमा , 'को छ साथ् मा' भनेर सोध्छन नर्सहरु, निकै एक्लो र कम्जोर महसुस हुन्छ. '' बद्रि फेरी उही कुरा दोहराउछ्न .
‘यस्तो जरुरीकाम त समय मै गर्नु पर्यो नि । कहाँ अघि र पछिको कुरो गरिरा?प्राप्तिले अनिवार्यता देखाउछिन’फेरि बिहानै ३-४ जना क्लाइन्ट आइसकेको हुन्छ। सधै ढिला हुन्छ। ।‘प्राप्तीले चियाको कप उस्को टेवल माथी टक्रक्क बजाउदै राख्छिन।
‘अरु बढी केहि चाहियो भने माया संग माग्नु ल! मलाई हतार हुन आट्यो। पर्खिरहेका होलान।‘ प्रविधिको विकासले कहाको मान्छे लाई कहा पुर्याइदिन्छ त्यसै अनुरुप प्राप्ति आज भोलि प्रत्यक्ष परामर्श सुबिधा उपलभ्ध गराउन थालेकि छिन वेब क्याम मा फेसबुक अनि याहु च्याट मार्फत ।
‘अनि माथिल्लो दराजमा छन सबै हस्पिटलको डकुमेन्टहरु, बिर्सेर गएर मलाई फोन नगर्नुहोला मलाई फुर्सद हुदैन पुर्याउन फेरि। ‘लौन भुसुक्क बिर्सिएछु !! हेर्नुस त आज छोरीको स्कूलमा प्रोग्राम छ रे जसरी भएनि जानुहोला। १० बजे पुग्नु पर्छ।‘ प्राप्तीले स्याण्डलको लेस मिलाउदै बद्रीलाई थुप्रै कुरोको संझना गराउछिन।
‘के आयो फेरि’ छोटो रिङ सुनेर प्राप्तिले बद्री तिर हेरेर सुस्तरी भन्छिन। नजिकै सोफामा बसेर चिया पिउदै गरेको बद्रीको आँखा जानि नजानी प्रप्तिको सेलफोनमा श्रीमतीको पुरानो मित्र विश्वको फोटो सहित टेक्स्ट म्यासेज मा ठोकिन्छन ‘come online sweet heart, i am desperate.’
अस्तु !
http://ashmako.blogspot.com/2013/07/blog-post.html
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
May 12, 2013
आमा हराएको दिन
बसन्त ऋतुको आगमन संगै बोट बिरुवाहरू नयाँ पातको फेरोले सजिएका छन्। नयाँ पातका बीचमा फुलहरू लटरम्म फुलेका छन्। प्राय सबै रुख यस सिजनको फल फलाउने तयारीमा छन्। सिजनसंगै मेल खाने गरी चाडपर्व पनि हाम्रा ढोकामा आउने तरखरमा छन्। प्रकिर्तीले मर्तित्व दर्साइरहेको बेलामा मानिसहरू आफ्ना आमाहरू सम्मान गर्ने तयारीमा छन्। देश कुन,ठाउँ कुन,सबै आमाको मायालाई किर्त्यगता देखाउन केही न केही तयारी गरिरहेका छन्। चन्द्रमाको क्यालेन्डर मान्ने हिन्दुहरुले भर्खर माता तीर्थ औँसी मनाए भने सूर्यको क्यालेन्डर मान्ने पश्चीमीहरुले त्यसको २ दिनपछि मदर्स डे मनाउँदै छन्।
आज शनिबार विदाको दिन, लोक नाथ ढिलो गरी उठ्यो। स्कुल नजानु पर्ने पनि हुनाले लोक नाथ त्यसै दंग छ। उसको बाउ भुने गोठको काम गरेर चिया खांदै थिए। लोकनाथ म पनि चिया खान्छु भन्दै बाउंसंग टास्सिन पुग्यो। केटा केटी मान्छेले चिया खानहुन हुंदैन,बरु हिजो भूटेका मकै बांकी छन,त्यै खानू। बाउको कुरा नसकिदै लोकनाथ मकैको बटुका लिएर बाहिर आइपुग्छ। बिदाको खुसी,भुटेका मकै घरी टाउको हल्लाउंदै घरी मकैका फुल गन्दै उ आफ्नै दुनीयामा मस्त छ। यतिकैमा उसको साथी रेखा आइपूग्छे। हामी त आज बजार जाने। उसले लोकनाथको ध्यान भंग गरी। मलाई पनि मिठाइ ल्याइदे है, लोकनाथ मकै चपाउंदै भन्यो। मलाई मकैका फुल दे न त अनि बल्ल मिठाइ ल्याइदि्न्छु। लोकनाथले मकै नदीइ सुखै पाएन। आज माता तिर्थ औंशी हो के, त के गर्छस् लोकनाथ,रेखाले सोधी। लोकनाथसंग उत्तर नै थिएन। रेखाको प्रश्नको गहिराइ लोखनाथको बालमस्तिकको धरातल भन्दा निकै क्लीष्ट थियो। डेढ बर्षको उमेरमा आमा गुमाएको

nepalean
April 28, 2013
प्रचण्ड र छिमेक भ्रमणको हुण्डरी !
प्रचण्डको चीन र भारत भ्रमणले विशेषतः माओवादी
पार्टी र नेतृत्वका कारण क्रमशः अस्थिरता र भग्नतातर्फ खस्किँदो र भत्किँदो देशको
भाग्य कायापलट नै हुने हो कि भन्ने भ्रम छर्न 'माओ' विद्वानहरू उद्यत रहेका छन्
। यो काममा माओवादी छापादेखि युग पाठक नामका माओविद्वान र नागरिकका किशोर
नेपालसम्म खटिएका छन् । एउटा दल विशेसका असाध्यै अस्थिर चरित्र र व्यवहारयुक्त
नेताको यस्तो प्रयास देख्दा र यही मतलाई पत्याउने यही मतका पाठक र जनता पनि यो मुलुकमा रहेको हुँदा यो हाम्रो सोचको दारूण अवस्था नै मान्नु पर्छ ।
अहिले मुलुकमा हिजोको जस्तो कुनै राजा, सेना
, बहुमत प्राप्त दलको नियन्त्रण बाँकि रहेन । छिमेकीहरूलाई पनि थाहा छ,
नेपालको
परिस्थिति अझै केही वर्ष स्थिरताको बाटोमा जाने छैन किनभने , कांग्रेस
र एमाले जस्ता लोकतान्त्रिक दलहरूको अपेक्षाकृत शान्त राजनीतिलाई हुल्लड र आतंकका
सौदागरहरूले बन्धक बनाएका छन् । नेपालको पहाड र हिमालको जनमत बराबर रूपमा बाँडिएको
छ र मधेश निर्णायक भएर कसैको बहुमत बन्न सकिरहेको पनि छैन, जुन भारतले
चाहन्छ । छिमेकीलाई थाहा छ, नेपालको स्थिरता र शान्तिको ग्यारेण्टी
गर्न नसके पनि अशान्ति र उथलपुथलको अभियन्ता बनेर नेपाललाई अधकल्चो बनाउन नेपाली
माओवादीहरूले प्रशस्त काम गरिरहेका छन र गरिरहन सक्छन् । तिनलाई कुनै तरिकाले
इङ्गेज गरिरहनु पर्छ । यही उद्धेश्यले माओवादी पार्टीले नियोजित रूपमा पार्टी
फुटाएर २ वटा बनाएको छ र एउटालाई उपद्रो गर्न प्रयोग गर्न मिल्ने 'मिलिसिया'
को
रूपमा 'रेडि' पोजिसनमा राखेको छ । यो माओवादी पार्टीको त्यो foil
हो जस्लाई आवश्यकता अनुसार प्रयोग गरी
राज्यलाई अस्त व्यस्त पार्न सकिन्छ । यो
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
एकलव्य ( Eklavya)
March 28, 2013
बाबुरामको लेगासी ।
मलाई सधैँ लाग्थ्यो बाबुराम भट्टराई नेपाली राजनीतिको एउटा घमण्डी,
ढोँगी र आडम्बरी पात्र हुन् । केही नेपालीहरू उनलाई नेपाली मसिहा बनाएर चित्रण
गर्न लागि परे । तर बाबुराम त्यो माओवादी पार्टी जसले नेपाली समाजमा सबैभन्दा
खतरनाक र निम्न कोटीको हत्या हिंसाको बीऊ रोपेर समाजलाई रगत पच्छे पारेर निर्मम्
प्रहार गर्यो त्यही पार्टीको सबैभन्दा जिम्मेवार नेता मध्ये एक थिए भन्ने कुरा
मान्छेले कति सजिलै र छिटै बिर्सन चाहे । बाबुरामले आँफूसंग असहमत हुने हरूको
कत्लेआम हिंसालाई अझै नाजायज नभनेको कुरा
मान्छेले सजिलै बिर्सन चाहे । लमजुङ् दूराडाँका निहत्था शिक्षक मुक्तिसर र हजारौँ
फरक विचार राख्ने मानिसहरू लाई झूण्ड्याएर,
गोली ठोकेर वा अंगभंग गराएर मारिएको घटनालाई
आवश्यकता ठान्ने बाबुराम सभ्यताका कुन मापदण्डले राजनीतिमा अरूभन्दा बढी योग्य
पात्र हुन् मान्छेले खोज्न चाहेनन् । सामान्य गाउँमा हुर्केको , पढे लेखेको अनि
शहरिया रवाफमा मातेकी अर्ध-नारी पुरुषको छवी बोकेकी गैर जातीय अभिमानी नारी बिहे गरेका र स्त्रिद्वारा
दमित बाबुराम स्वयंमा एउटा कुण्ठाका विम्व हुन् भन्ने कुरा मान्छेले बिर्से । हिजो उनले लाखौँ गरीब र पछौटे नेपाली
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
एकलव्य ( Eklavya)
प्रेम पाएमात्र पढाइ सप्रन्छ
‘मान्छेलाई बाँच्नका लागि एकचिम्टी बल, एकचिम्टी आधार र एकचिम्टी प्रेम चाहिन्छ,’ आदिकवि भानुभक्तको यो भनाइजस्तै मानिसमा उर्जा सञ्चारको काम प्रेमलेमात्र सम्भव छ ।
उर्जा मानिसमा लागि नभइ नहुने चिज हो । आफैँभित्र रहेको शक्ति प्रयोग गर्न पनि हामीलाई विशेष प्रकारको उर्जाले काम गर्नुपर्छ नत्र हामी आफैँमा रहेको शक्ति र आफैँलाई चिन्न सक्दैनौँ । हामी आफूमा भएको क्षमता आफैँ पत्ता लगाउने अवस्थामा नपुगुन्जेल हाम्रो क्षमताको मुल्याङ्कन अरूले गरिदिनुपर्छ । हामीभित्रको उर्जा अरूले देखाइदिनुपर्छ । कवि भूपी शेरचनले भनेजस्तो भएका छौ हामी ।
....हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफूखुसी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुटाइदिनुपर्ने...
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
उर्जा मानिसमा लागि नभइ नहुने चिज हो । आफैँभित्र रहेको शक्ति प्रयोग गर्न पनि हामीलाई विशेष प्रकारको उर्जाले काम गर्नुपर्छ नत्र हामी आफैँमा रहेको शक्ति र आफैँलाई चिन्न सक्दैनौँ । हामी आफूमा भएको क्षमता आफैँ पत्ता लगाउने अवस्थामा नपुगुन्जेल हाम्रो क्षमताको मुल्याङ्कन अरूले गरिदिनुपर्छ । हामीभित्रको उर्जा अरूले देखाइदिनुपर्छ । कवि भूपी शेरचनले भनेजस्तो भएका छौ हामी ।
....हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफूखुसी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुटाइदिनुपर्ने...
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
सग्लो आकृति
कोर्दैछु एउटा सग्लो आकृति
घोलेर मानिसका रंगहरु
हरेकका आखाँबाट टिप्नु छ यौटा रंग
हरेका अधरबाट खिच्नुछ यौटा चित्र
मुस्कान होला कतै कतै
बग्रल्ती पाइएला निरासा नी
चम्किलो भेटिएला केहि केहिघोलेर मानिसका रंगहरु
हरेकका आखाँबाट टिप्नु छ यौटा रंग
हरेका अधरबाट खिच्नुछ यौटा चित्र
मुस्कान होला कतै कतै
बग्रल्ती पाइएला निरासा नी
धमिला उस्तै आइलाग्लान्
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 13, 2013
लोकतन्त्रको बन्ध्याकरण
नेपालमा पटक पटक आन्दोलन गरेर राज्यव्यबस्था फेर्ने गरेका राजनीतिक पार्टीहरूले लोकतन्त्र आएपछि
जनता ढुक्क हुन सक्ने अबस्था आएको जिकिर गरेको दशक नपुग्दै लोकतन्त्रको बन्ध्याकरण गरेका छन।
कहिले राना त कहिले राजालाई दोष थोपार्दै देश माथि जान नसकेको व्याख्यान गर्ने पार्टीहरू आफै आफैंमा
झगडा गरेर अन्ततः देशका प्रधान न्यायाधीशलाई देश सुम्पिएका छन। बाटोमा भेटिएको कुराउनी बाँडेर खान
नसक्ने टाटे र पाङ्ग्रे बिरालाले ढेडु बांदरलाइ बराबर बाँड्न लगाउँदा सबै कुराउनी ढेडु बांदरले खाएको पुरानो
लोक कथा नेपालका पार्टीहरूले ब्यबहारमा ल्याएर चरितार्थ गरेका छन।
जनताले चुनेका जनताका छोरालेमात्र देश चलाउन सक्ने भन्दै सबै पार्टीहरुले मिलेर भारतबाट लोकतन्त्र आयात गरेका थिए। तर अहिले न त गाउं,जिल्लामा चुनाबबाट आएका मान्छे छन न त देश चालउने प्रधानमन्त्रीको कुर्चीमा। सबै पार्टीहरु मिलेर देशलाई निकास दिन चुनाब गर्नुपर्नेमा पार्टीहरु बिच न त बिस्वास छ न त सहकार्य। आखिर भोलि भोली भन्दै सहमतीको भजन गाउने मुख्य पार्टीहरु साना दलहरुलाई मिच्दै आफ्नो असमर्थताको लँगौटी प्रधान न्यायाधीशलाई सुम्पेर लोकतन्त्रको बन्ध्याकरण गरेका छन।

February 7, 2013
सिसा त रैछ जिन्दगी
सिसा त रैछ जिन्दगी , फुट्यो बजारै मा
नबन्दै भत्क्यो नाता , टुटयो बजारै मा
अस्तित्वको भीख दुनिया सँग माग्दा माग्दै
आँखा अगाडी जिन्दगीले , लुट्यो बजारैमा
उराठ पतझड बस्ती भित्र , रंग भर्दा भर्दै
भाग्य कोर्ने कलमनै , फुट्यो बजारैमा
सिसा त रैछ जिन्दगी , फुट्यो बजारै मा
प्रभात नै नआई , अन्धकारले छोप्यो बजारैमा
प्रभात
-----
भियना
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
Dautari Admin
January 20, 2013
काठमान्डूको फोहोर काठमान्डूबासिको सभ्यताको परिचय
January 18, 2013
●लुना
बेल्जियम नागरिक ब्रुनो ले यो भिडियो ईमेलमा पठाउनु भएको थियो । ब्रुनोले
युबट्युब मार्फत
भेटेका रैछन् । यो भिडियो गएको १३ डिसेम्बर २०१२ मा पोस्ट भएको रैछ ।
भिडियोमा काठमाडौँ
हिमालय , नेपाल , ट्रेकिंग शब्द उचारण गरेको बाहेक अरु क्यै शब्द बुझिन ।
फ्रेन्च भाषा प्रयोग
भएको छैन भिडियोमा । बाँकी सबै दृश्यले नै बताउँछ भाषा नबुझिए पनि । सार्है
दुख लाग्दो दृश्य हो यो ।
यो भिडियो काठमान्डू घुम्न आउने कुनै एक पर्यटकले खिचेका हुन् ।
भिडियोमा काठमान्डूका नदि ( नदिको नाम चै उल्लेख गरिएको छैन तर हेर्दा देखिन्छ यो
काठमान्डूको कुनै नदी ( बिष्णुमति )
मा ठेला रिक्साबाट फोहोर फालिएको छ । फोहोरका थुप्राले नदि भनेर
ठम्याउनै मुश्किल झैँ
देखिएको छ । नदीमा बगेको पानी पानी नभएर ढलको रुपमा परिणत भईसकेको छ ।
यो कुरा ति बिदेशी पर्यटकको नजरमा कहाली लाग्दो भयाबह भए तापनि हामीलाई
भने
पाच्य ( बानी परेको हुन सक्छ ) यस हद सम्मको बाताबरण प्रदुषित दृश्य –तर
पनि
यथार्त के हो भने यो भयाबह दृश्य नै हो !!!
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
Dautari Admin
January 18, 2013
गाउँखाने कथा ५३ (Nepali #Gaukhane #Katha)
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।
थालभरी तितौरा खाइनसक्नु, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाइला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
nepalean
January 15, 2013
गरौंला स्वागत
प्रकाश सापकोटा
गरौंला स्वागतको तयारी हजूर
कहिले हुने हो सवारी हजूर
ध्वजाले सजाउँला यो मनको मझेरी
फूलबुट्टे गलैंचा पसारी हजूर
नबोली नबोली चलेको चल्यै छ
आँखा र आँखाको जुवारी हजूर
के नाता लगाउनु दोधारै दोधारमा
बनौ कि पियारा-पियारी हजूर
मुसुक्क हाँसे त बस्थें म कुरेर
दिलैको ढक्कन उघारी हजूर
गरौंला स्वागतको तयारी हजूर
कहिले हुने हो सवारी हजूर
ध्वजाले सजाउँला यो मनको मझेरी
फूलबुट्टे गलैंचा पसारी हजूर
नबोली नबोली चलेको चल्यै छ
आँखा र आँखाको जुवारी हजूर
के नाता लगाउनु दोधारै दोधारमा
बनौ कि पियारा-पियारी हजूर
मुसुक्क हाँसे त बस्थें म कुरेर
दिलैको ढक्कन उघारी हजूर
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
Dautari Admin
January 13, 2013
यो एउटा कथा हो
तपाईँले कथा सुन्नु देख्नु भएको होला। पर्दामा देखिने कथाको शूरुमै भनिएको हुन्छ यो काल्पनिक हो,
कसैको जिबनसंग मेल खाएमा संयोग मात्र हुनेछ। तर यांहा कुरा गरिन लागिएको कथा काल्पनिक होइन ।
त्यसैले संयोग बस कसैसँग मिल्ने जाने संभावना छैन,यो कथा सरासर एक जना पत्रकारसँग मिल्न जान्छ।
करीव १० बर्ष पहिले घटेको यो घटना अहिले पुन ताजा भएर आएको छ।
कलमको सहारामा जिबन गुजारा गर्ने एक पत्रकारलाई राजनीतिक युद्धको निसाना बनाइयो। उनी निसानामा
मात्र परेनन्, परिवार र समाजसित कहिल्यै नफर्कने गरी जमिनमा अन्त्य गरियो। मरेपछि पनि
समय समयमा यी पात्रलाई ब्यूँताउने गरिन्थ्यो। कहिले पत्रकारले आफ्नो पक्षमा खडा गर्थे त कहिले
नेता पक्षले आफ्नो पकड देखाउने उनको भूत उठाएर तर्साउँथे। उनी त मरेर गए, तर उनलाई मार्नेले कहिल्यै
सजाए भोगेनन्। उनका परिवारले कहिल्यै न्याय पाएनन्। न्याय त धेरैले पाएका छैनन तर कानुनको घेरामा
परेका अपराधी पनि अनेक बाहानमा निर्दोष साबित हुँदै यही समाजमा फर्केका छन। यसरी अपराधीको
मनोबल त बढ्छ नै, मरिनेका परिवार यस्तो लाचारी कानुनी प्रक्रिया देखेर मरे तुल्य हुन्छन्। परिवारको
आशा हुँदो हो, एकपटक अपराधी समातिएला,सजाएको भागि दार बन्ला र मरेको आत्माले शान्त पाउला।
तर उनीहरुसंग मरेकाको आत्म शान्त पार्न तर्पण पानी बाहेक केही हुदैन।
माओवादी जनयुद्धमा मारिएका हजारौं कथा मध्ये २०६१ साउन २७ गते मरिने पत्रकार डेकेन्द्र थापाको कथा
हो यो। यो कथा छापामारद्वारा मारिएका अन्य ब्यक्ती भन्दा फरक छैन। अपराधीले सजाय पाउने संभावना
पनि उतिकै न्यून छ। जुन पार्टीले उनलाई सिद्यायो उही नै सरकारको कुर्चीमा बसेको छ। मुखियाको छोरोलाई
सजाए दिने भनेर कस्ले मुख खोल्ने। त्यही अबस्था छ अहिले। उनका हत्यारालाई सजाए भए उनको आत्माले
पक्कै शान्ति पाउने थियो,उनका परिवारलाई एक किसिमको पीडाबाट मूक्ती हुनेथियो। उनको आत्माले
छिटै शान्ती पाओस भन्नका निम्ती कान्तीपूरमा छापिएको उनको कथा तपाईहरू बिच बाड्न चाहान्छु।

कुन देवको पूजा गर्ने
बसन्तमोहन अधिकारी
कुन देवको पूजा गर्न कुन मन्दिर जान्छौ मान्छे
तेत्तीसकोटी देवहरुमा कुन सत्य मान्छौ मान्छे
गीता सार मान्छौ भने अब्यय एक देव साथमा
पण्डितको झुटो कथामा ढुङ्गाको देव छान्छौ मान्छे
अंग भित्र मन बसेछ, मन भित्रको चेतना हेर
आत्मा रुवाई ढुङ्गा पुजी के को फल खान्छौ मान्छे
मन्दिर धाएर दुःख बीच अशान्ति भै रुन्छ मान्छे
अकर्मलाई कर्म मान्दै असत्य बाटो धान्छौ मान्छे
एकै ईश्वर तिमी भित्र सुख शान्ति यो आत्म दिन्छ
पुजारीको चक्रव्यूहमा झूटा देव चाहन्छौ मान्छे

Subscribe to:
Posts (Atom)