February 13, 2014

छिमेकमा अझै काला अंग्रेजको राज बाँकी छ

मनु ब्राजाकी


छिमेकमा अझै काला अंग्रेजको राज बाँकी छ ।
नेपालअको बाघ मर्ने अझै रिवाज बाँकी छ ।

बेचीसक्या रै'छ अब खोज्नु कहाँ आफ्नो सिमाना ?
औंठाछाप,पन्जाछाप राखेको दराज बाँकी छ ।

झूठो इतिहासजस्तै साहित्यका पाना पनि छन,
चिन्तन गर्न हामी सँग कुहिएको प्याज बाँकी छ ।

लोकतन्त्र भन्दा पनि भोकतन्त्र आज फस्टायो ,
लाम लागि जुठोपुरा खान यै कबाज बाँकी छ ।

नयाँ बन्ने छाँट छैन ,पुराना छन नयाँ रंगमा,
छोरा ,गुण्डा ,देशद्रोहीहरुकै समाज बाँकी छ ।

नेपाली हुँँ भन्ने गर्ब कतै पनि आज रहेन,      
आँखा चिम्ली बसेका छौं , यत्ती हाम्रो लाज बाँकी छ ।





1 Comments:

Jina Khadka said...

lok tantra hoina yeha bhok tantra matra chha. lok tantra bhayeko bhaye kina ta janatalai ajai pani sasti?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !