March 17, 2014

अन्तिम भोज

एस.एल.सी तहको महेन्द्र मालामा कुनै समय एउटा लेख थियो - अन्तिम भोज। ४-५ कक्षा छंदा मामाको पूस्तकबाट त्यो लेख पढ्ने मौका मिलेको थियो। बिजय मल्लको उक्त लेखमा लेखक अन्तिम भोजमा सरिक भएको आफ्नो अनुभव बाढेका छन। लेखमा अर्को दिन घाम उदाउन पूर्व संसार नष्ट हुंदै थियो, त्यसैले हरेक राष्ट्र प्रमुख एउटा यस्तो बिशाल भोजमा सामेल हुंदै थिए जुन अन्तिम भोज थियो। संसार अन्तय हुनुमा तिनीहरुमा कुनै पिडा थिएन। उनीहरु सबै भोजमै मस्त थिए। यसमा लेखक निकै दुखी देखिन्थे। मानौ संसार अन्त्य हुनुको पिडा भोग्ने त्यो भोजमा तिनी एक मात्रै थिए। भोजको प्रकार पढ्दा यस्तो लाग्दथ्यो संसार अन्त्य हुने कुरा तिनीहरुलाई पहिलै बाट थाहा थियो। त्यसैले अन्तीम भोज यसरी तयार गरिएको थियो की त्यो भोज हरेक कोणबाट इतिहांसका सबै भोजलाई माथ गर्ने खालको होस।

अहिले हराइरहेको मलेसियन एयरलाइन्स ३७० (Malaysia Airlines Flight 370 ) ले त्यही अन्तीम भोज लाई सम्झाइरहेको छ। यसो हेर्दा जहाज चाइना दक्षीणी समुद्रमा खसेको अुनममान गरे पनि जहाजको उडान प्रक्रीती हेर्दा एउटा चतूर पाइलटले उक्त जहाज चरा झै आकाशमा शयर गेरर आफ्नो अन्तीम समय बिताइरहेको देखिन्छ। ब्यबसायीक जहाज उडाइरहेको उक्त चालकले नागरिक उडड्यनको कुनै पनि नियम पालन गरेको देखिन्न। लाग्छ उसले सैनिक जहाज उडाइरहेको छ। बोइगंले ब्यबसायीक यात्रु ओसार्न बनाएको उक्त जहाजलाई पाइलटले मलेसियन सैनिकलाइ पनि माथ खुवाउने गरी जहाज आकासमा गायब पारेको देखिन्छ। पानि र जमिनको सम्भाव्य क्षेत्रमा खोजेर थाकेका मलिसियनलाई अमिरीकी साइकोलोजीकल एक्सपर्टका भनाइ पचाउन अप्ठ्यारो परेको छ। किनकी दुर्घटना भनेर जहाजलाई खोजीरहेका मलिसियन अधिकारीलाई अमेरिकनहरुले यो पाइलट या कुनै ब्यक्तीको बदमाशी भनेर पहिल्यै देखि भनिरहेका थिए। संचारको संयन्त्र दुइ देशको सिमानामा तोडिनू, भियतनामसंग सम्पर्क गर्नुको सट्टा चलाखी पुर्वक उल्टो दिशामा जहाज मोडिनू, जहाजको उचाइ बदल्दै सैनीको रेडारलाई छकाएर आफ्नै देश कटाउनु, ६ घण्टालाई पूग्ने इन्धनले ८ घण्टा भन्दा बढी उडाउनु र आकाशमा उड्दा जहाजले छोड्ने पाइला सबै मेट्नु तथा जहाज संसारकै बिकट समुन्द्री क्षेत्रमा पूग्नुले चालकले आफ्नो जिबनको अन्तीम क्षण बिना बिचलन आफुले सिकेको उडान कला प्रयोग गरेको देखीन्छ। जहाजलाई निसफि्क्रीका साथ उडाएका ति पाइलटले जहाजलाई कहिल्यै नपहिलाउने गरी भारतीय दी्पको पिंधमा सधैका लागी बिलाउने निकै कसरत गरेको देखीन्छ। यो घटनालाई जहाज उडाइरहेको ब्यक्तीले इतीहांसका सबै उड्डयन घटनालाई माथ खुवाउन भर मझदुर प्रयास गरेको देखिन्छ। आशा गरौं उक्त जहाज चांडै भेटीओस तथा मलेसियन अधिकारी र हराइरहेका ब्यक्तीका आफ्न्तहरुले राहतको सास फेर्न पाउन।




3 Comments:

Anonymous said...

so sad moment to everyone involved.

Anonymous said...

अहिले सम्म भेटीएको छैन है त्यो हवाइजहाज? कस्तो अचम्म। कहीले भेटीने होला?

Anonymous said...

बिष्णु सिंह (बैजु) :- " सिन्धुपाल्चोक जिल्लाको चौतारामा बिष्णु बिस्वकर्माले पानी लिन जांदा माओवादीका कार्यकर्ता बिष्णुलाल श्रेष्ठ, उनकी श्रीमती, तथा नेता नवलाल श्रेष्ठले बिस्वकर्मालाई दलित जातिको भन्दै, पानी छुन नदिए पछि, यसबारे समाचार फैलिएको छ " । I am also jnnjatti ( म पनि जनजाति हो , तर मेरो घरभित्र , कुनै दलित / बाहुनलाई, पस्न दिने नदिन मेरो अधिकार हो। हाम्रो मंछयै हरुले चलाउने पानी अरुलाई, छुन दिने नदिने हाम्रो अधिकार हो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !