March 28, 2013

बाबुरामको लेगासी ।


मलाई सधैँ लाग्थ्यो बाबुराम भट्टराई नेपाली राजनीतिको एउटा घमण्डी, ढोँगी र आडम्बरी पात्र हुन् । केही नेपालीहरू उनलाई नेपाली मसिहा बनाएर चित्रण गर्न लागि परे । तर बाबुराम त्यो माओवादी पार्टी जसले नेपाली समाजमा सबैभन्दा खतरनाक र निम्न कोटीको हत्या हिंसाको बीऊ रोपेर समाजलाई रगत पच्छे पारेर निर्मम् प्रहार गर्‍यो त्यही पार्टीको सबैभन्दा जिम्मेवार नेता मध्ये एक थिए भन्ने कुरा मान्छेले कति सजिलै र छिटै बिर्सन चाहे । बाबुरामले आँफूसंग असहमत हुने हरूको कत्लेआम  हिंसालाई अझै नाजायज नभनेको कुरा मान्छेले सजिलै बिर्सन चाहे । लमजुङ् दूराडाँका निहत्था शिक्षक मुक्तिसर र हजारौँ फरक विचार राख्ने मानिसहरू  लाई झूण्ड्याएर,  गोली ठोकेर वा अंगभंग गराएर मारिएको घटनालाई आवश्यकता ठान्ने बाबुराम सभ्यताका कुन मापदण्डले राजनीतिमा अरूभन्दा बढी योग्य पात्र हुन् मान्छेले खोज्न चाहेनन् । सामान्य गाउँमा हुर्केको , पढे लेखेको अनि शहरिया रवाफमा मातेकी अर्ध-नारी पुरुषको छवी बोकेकी  गैर जातीय अभिमानी नारी बिहे गरेका र स्त्रिद्वारा दमित बाबुराम स्वयंमा एउटा कुण्ठाका विम्व हुन् भन्ने कुरा मान्छेले बिर्से  । हिजो उनले लाखौँ गरीब र पछौटे नेपाली
युवाहरूलाई पढाइ लेखाइ झूट हो लडाइँ र हिंसा नै क्रान्ति हो भनेर त्यही गर्न सिकाए । आफ्नो पढाइलाई पनि द्व्न्दताका ‘बुर्जुवा’ डिग्रि भनेर दुत्कार्न सिकाए , तर त्यही डिग्रिलाई कहिल्यै त्यागेनन्, बरू माओवादी हिंसाको झ्याली ल्याण्डिङ पछि त्यही बुर्जुवा डिग्रिको छवी बेचेर आँफू राजनीतिका लागि सबै भन्दा योग्य पात्र हुँ भन्ने दावा गरिरहे साथै त्यही बुर्जुवा डिग्री धारण गर्ने बेला आर्जन गरेको भारतीय गुप्तचर संस्थासंगको आफ्नो सम्बन्धलाई पनि बाबुरामले मज्जाले भजाए अनि त्यही गुप्तचर समस्थाको इशारामा मुलु भित्रका राजनैतिक दलहरूसंगको सहमति र सहकार्यलाई लत्याएर आँफूले बोकेको परचक्रीको एजेण्डा मुलुकमा थोपर्न उद्यत रहिरहे ।
बाबुरामले संविधान सभा मर्न दिए, एक मधेश वा दुई मधेश मात्र नभएको संघियता नमान्ने भारतीय गुप्तचर संस्था RAW को एजेण्डा पूरा नहुने भए पछि जेठ १० मा मुख्य ४ दलहरू बीच भएको संघियता सम्बन्धी सहमतिलाई बाबुरामले नै तुहाउन खेल खेले । संघियता आँफूले भने जस्तो नभए संविधान सभा नै बाँच्न नदिने एलान गरे । संविधान सभा मर्न दिँदा आँफू प्रधामन्त्री भएकाले सत्तामा बसेरै चुनाब गर्न पाउने घृणित इरादा लिएर त्यसो हुन दिए । अन्तरिम संविधानमा हुँदै नभएको दोस्रो संविधानसभाको चुनाबमा जाने निर्णय गर्दा , सत्ता  बाहिर रहेका कुनै पनि दलहरूसंग परामर्श नगरी आफ्नो दलील लाद्न चाहे ।
बाबुराम प्रधामन्त्री हुने बित्तिकै देशमा बनेको मुस्ताङ गाडी चढेर वाहवाही बटुले तर उनकै भ्रष्ट श्रीमति भने मुस्ताङ गाडी बनाउने कम्पनिका मारवाडि साहूसंग आफ्ना पतिले निशुल्क यत्रो ठूलो विज्ञापन गरिदिएकोमा करोडौँ रकम माग गर्न पुगिन् रे ! हिसिला यमीले आफ्नै लागि अर्को महंगो गाडि माग गरिन् भने बाबुरामका केही दर्जन सल्लाहकारूले बिसौँ महणगा गाडीहरू आफ्ना बनाए । पूर्व प्रधानमन्त्री माधन नेपाल चढ्ने गाडी त बाबुरामका सल्लाहकार देवेन्द्र पौडेल पो चढ्थे । बाबुराम मुस्ताङ चढेको नाटक गर्ने तर उनका १० भन्दा बढी अनुचरहरू महंगा गाडिको शयरमा रम्ने !
बाबुराम नौटंकी र तमाशा गर्न माहीर रहे । गाउँको गरीबी जन्मेको र गरीबीलाई राम्रोसंग देखेको दावा गर्ने यी ढोंगी महाराज , हिजो दरबारको चार दिवारीमा हुर्के बढेका राजा झैँ  हरेक महिना कुनै गरीब दुःखी कहाँ बास बस्न जाने  एउटा रमाईलो ‘स्टण्ट’ मा देखा परे । यसो गर्दा , उनको एउटा यात्राको औसत खर्च लगभग २० लाख रह्यो, हेलिकप्टर चढ्ने देखि आफ्ना अनुचरहरूको रमाईलोमा । यो जात्रा गर्नुको साटो साँच्चै बिपन्न र गरीब परिवार छानेर बाबुरामले गरेको आर्थिक दुरूपयोगको रकमबाट तिनको मद्दत गर्न सक्थे । तर उनलाई तमाशा देखाउनु थियो । आफ्नो कार्यकालमा लगभग ९ करोड रुपैयाँ यात्रामा  र त्यति नै रकम आफ्ना बाबहुबली समर्थकहरू पोस्न बाबुरामले राज्यकोषबाट उडाए । अरबौँको भ्रष्टाचारलाई उनले आफ्ना पार्टीका लडाकाहरूको नाममा उपभोग गरे । अनेक शीर्षकमा राज्यकोषलाई ब्रम्हलुट गरे ।
बाबुराम कार्यकालको खासियत चाहिँ उनकी दौलत लुब्ध श्रीमति रहिन् , जसलाई नेपाली मिडियाहरूले नेपाली पूर्व फिलिपिनो निरंकूश शासक फर्डिनाण्ड मार्कोसकी भ्रष्ट श्रीमति ‘इमेल्दा मार्कोस’ को नामले सम्बोधन गर्न थाले । हिसिला आफ्ना पति प्रमुख रहेका मन्त्रालयका मिटिङहरू आँफै ब्रिफ गर्ने र निर्देशन दिने गर्थिन् , हाकाहाकी टेण्डर, खरिद बिक्री र बोल कबोलमा आफ्ना लागि कति प्रतिशत छुट्टिने हो त्यसको हिसाब किताब र बार्गेनिङ गर्थिन् । उनले काठ्माण्डु उपत्यका, बालाजु क्षेत्र र बालाजु उद्यान भित्र सरकारी स्वामित्वमा रहेका जग्गा जमिनलाई आफ्नो बनाउन, रकमको चलखेलमा कार्यकर्तालई बाँड्न, वा बेच बिखन गर्नमा यति साह्रो रूचि र संलग्नता देखाइन् कि उनले खोज्ने कमिशनलाई ‘गँड्यौला’ नै भन्न थालियो । किनभने उपत्यका प्राधीकरणका केशव स्तापितसंग उनले ‘माछा खोज्नेले , गँड्यौला दिनु पर्दैन?’ भनेर ठाडै माग गरेकी रहिछन् जुन कुरा स्थापितले नै बाहिर ल्याए। हिसिलाले आफ्ना दिदी, बहिनी र आफन्त, टोल, छिमेक आसेपासे र सजातीयहरूका लागि राजनैतिक नियुक्तिका कुनै अवसर ओझेल हुन नदिई सदूपयोग गरीन् र बाबुरामले यिनको मुराद राम्रै पुरा गरे । हिसिलाको बयान कुनै छुट्टै प्रसंगमा सविस्तार गर्न पनि सकिन्छ ।
समग्रमा बाबुराम सत्तासीन हुँदा सहमति , शान्ति र संविधानको हल्ला फिँजाएर आए । उनको १८ महिने कार्यकालमा काठमाण्डुको सडक फरक पार्न एउटा राम्रो कामको थालनी गरे किनभने यो हरूले गर्न सक्दैनथ्यो । अरू सरकारमा रहेर यो काम गर्न खोजेको भए बाबुराम र बाबुराम कै पार्टीले यो मुद्धा र यससंग सम्बनधित मानिसहरू उचालेर रडाको मच्चाएर यो हुन दिँदैनथ्यो, निश्चित छ । तर सडक फराकिलो बनाउने नाममा ठेक्कापट्टामा बाबुराम-हिसिला कम्पनिले करोडौँदेखि अरबौँको लाभ लियो भन्ने चर्चा सर्वत्र चाएको देखिन्छ । बाबुरामले सेना समायोजनको नाममा माओवादी दस्तालाई नेपाली सेनामा छिराउने काममा पनि भूमिका निभायो। तर , नेपालको बहुजातीय बनोटमा आधारित अन्तर निर्भर सामजिक सम्बन्धका आधारमा बन्न सक्ने संघियता, बहुदलीय सामजिक लोकतन्त्र संस्थागन गर्न पर्ने अभिभारा ,चीन र भारत जस्ता दुई शक्ति सम्पन्न राष्ट्रहरूको बीचमा रहेर नेपालले एउटा स्वतन्त्र मुलुकको रूपमा खेल्नु पर्ने निस्पक्ष र असंलग्नतापूर्ण भूमिका र मुलुकको अस्मिताको रक्षाका विषयमा नेपालको अस्मितालाई तहस् नहस् पार्ने काम गरे । जब, बिपक्षी दलहरू र स्वयं माओवादी र मधिशे दलहरू , प्रधान-न्यायधीशको नेतृत्वमा चुनाबी सरकार बनाउने काममा जुटिरहेका थिए, बाबुराम भने आउँदो चुनाबलाई कसरी सम्पूर्ण रूपमा आप्नो नियन्त्रमा लिन सकिन्छ भनी राजनैतिक नियुक्ति गर्दै भटाभट सबै ठाउँ भर्दै थिए । यस्ता राजनैतिक नियुक्ति गर्दा आउने घुस, कमिसन, नजराना र भोली तिनीहरू मार्फत चुनबाका बेलामा प्राप्त गर्न सकिने सहयोग, बल र प्रभावको जोहो मिलाउन अन्तिम समयसम्म बाबुराम यसरी लागिपरेका थिए मानौँ , सेकेण्ड सेकेण्डको महत्व जो टिप्नु परेको छ ।
तर, अन्ततः राजीनामा पनि नदिई बाबुराम १८ महिने कार्यकाललाई परिवार र आसेपासेका लागि निकै फलदायी बनाउँदै बिदा भए । फेरि पनि उनले चर्का, ठूला र आँफू मात्र जान्ने र बुझ्ने हुँ भन्ने कालका कुराहरू गरि रहने छन् , तर यो कार्यकालले बाबुराम नामका यी पत्नि मर्दित पात्रको राजनैतिक स्खलन भयानक ढंगले भएको भने देखियो ।



2 Comments:

Anonymous said...

Itihas ko sab bahnda thulo khalnayak baburam bhattarai hun. Sher Bhadur akschyam bhayera raja lai satta bujayeka thiye. Babu ram maha akchyam bhayera wokil lai satta bujaye. Sab banda tulo ra gamanda bhanne kura aba narakda hola.

dong dong23 said...

ralph lauren polo shirts
louis vuitton outlet online
clarks outlet
birkenstock shoes
coach outlet store online clearances
nike roshe 1
michael kors bags
ralph lauren outlet
vans store
the north face
2017.5.18chenlixiang

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !