January 13, 2013

कुन देवको पूजा गर्ने

बसन्तमोहन अधिकारी

कुन देवको पूजा गर्न कुन मन्दिर जान्छौ मान्छे

तेत्तीसकोटी देवहरुमा कुन सत्य मान्छौ मान्छे

गीता सार मान्छौ भने अब्यय एक देव साथमा

पण्डितको झुटो कथामा ढुङ्गाको देव छान्छौ मान्छे

अंग भित्र मन बसेछ, मन भित्रको चेतना हेर

आत्मा रुवाई ढुङ्गा पुजी के को फल खान्छौ मान्छे

मन्दिर धाएर दुःख बीच अशान्ति भै रुन्छ मान्छे

अकर्मलाई कर्म मान्दै असत्य बाटो धान्छौ मान्छे

एकै ईश्वर तिमी भित्र सुख शान्ति यो आत्म दिन्छ

पुजारीको चक्रव्यूहमा झूटा देव चाहन्छौ मान्छे


0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !