May 12, 2013

आमा हराएको दिन

बसन्त ऋतुको आगमन संगै बोट बिरुवाहरू नयाँ पातको फेरोले सजिएका छन्। नयाँ पातका बीचमा फुलहरू लटरम्म फुलेका छन्। प्राय सबै रुख यस सिजनको फल फलाउने तयारीमा छन्। सिजनसंगै मेल खाने गरी चाडपर्व पनि हाम्रा ढोकामा आउने तरखरमा छन्। प्रकिर्तीले मर्तित्व दर्साइरहेको बेलामा मानिसहरू आफ्ना आमाहरू सम्मान गर्ने तयारीमा छन्। देश कुन,ठाउँ कुन,सबै आमाको मायालाई किर्त्यगता देखाउन केही न केही तयारी गरिरहेका छन्। चन्द्रमाको क्यालेन्डर मान्ने हिन्दुहरुले भर्खर माता तीर्थ औँसी मनाए भने सूर्यको क्यालेन्डर मान्ने पश्चीमीहरुले त्यसको २ दिनपछि मदर्स डे मनाउँदै छन्।
आज शनिबार विदाको दिन, लोक नाथ ढिलो गरी उठ्यो। स्कुल नजानु पर्ने पनि हुनाले लोक नाथ त्यसै दंग छ। उसको बाउ भुने गोठको काम गरेर चिया खांदै थिए। लोकनाथ म पनि चिया खान्छु भन्दै बाउंसंग टास्सिन पुग्यो। केटा केटी मान्छेले चिया खानहुन हुंदैन,बरु हिजो भूटेका मकै बांकी छन,त्यै खानू। बाउको कुरा नसकिदै लोकनाथ मकैको बटुका लिएर बाहिर आइपुग्छ। बिदाको खुसी,भुटेका मकै घरी टाउको हल्लाउंदै घरी मकैका फुल गन्दै उ आफ्नै दुनीयामा मस्त छ। यतिकैमा उसको साथी रेखा आइपूग्छे। हामी त आज बजार जाने। उसले लोकनाथको ध्यान भंग गरी। मलाई पनि मिठाइ ल्याइदे है, लोकनाथ मकै चपाउंदै भन्यो। मलाई मकैका फुल दे न त अनि बल्ल मिठाइ ल्याइदि्न्छु। लोकनाथले मकै नदीइ सुखै पाएन। आज माता तिर्थ औंशी हो के, त के गर्छस् लोकनाथ,रेखाले सोधी। लोकनाथसंग उत्तर नै थिएन। रेखाको प्रश्नको गहिराइ लोखनाथको बालमस्तिकको धरातल भन्दा निकै क्लीष्ट थियो। डेढ बर्षको उमेरमा आमा गुमाएको
लोकनाथलाइ आमा आकाशमा ताराहरुसंगै उसलाई हेरीरहेकी छन, बस यत्ती थाहा थियो उस्लाई। लोखनाथले गहिरो सोंचमा भन्यो,बा हामी पनि बजार जाने। म आज भैँसीको ओखतीलीन बजार जांदै छु,जाने भए मसंगै हिँड न त,उसका बाले उत्तर दिए। उत्तर के सकिएको थिएन,लोक नाथ कपडा लगाएर तयार भयो।
खाना खाइसके पछि लोक नाथ आफ्ना बाको हात समातेर बजार तिर लाग्यो। बजारको एउटा चोकमा केटा केटी झुम्मीरहेका थिए। लोकनाथका आंखा त्यतैतीर तानिए। केहीका हातमा बेलुन थिए भने केही बेलुन लिन
लाइनमा बसिराखेका थिए। बेलुनमा लेखिएको थियो,ह्याप्पी मदर्स डे। बा म पनि बेलुन किन्ने,लोक नाथले
आफ्नो कुरो राख्यो। केटाकेटी, के कुरा बुझ्ने त्यसले,उसले आमा गुमाएको दिन सम्झिँदै एक रुपियाको सिक्का लोक नाथालाइ दिए। लोक नाथ कुद्यो र बेलुन किन्ने लाइनमा लाग्यो। एकै छिनमा बेलुन हातमा लिएर लोक नाथ बाउ छेउमै आइपूग्यो। टुहुरो छोरो,ह्यापी मदर्स डेको बलुन हातमा लिएर रमाइरहेको आफ्नो छोरो देखेर भुने अवाक् भए। बेलुन घर गएर खेल्ने है,भुनुले कुरा बुझे जस्तो गरेर लोक नाथलाई भने। यो बेलुन खेल्ने होइन, आज माता तीर्थ औँसी आमालाई दिने हो। आमा आकाशमा हुनुहुन्छ,यो बेलुन आमालाई नै हो,लोक नाथले बेलुन आकासतिर उडायो। हाइड्रोजनले भरियो बेलुन आकास तिर हुंइकिदै थियो,लोक नाथ र भुने आखाले देखिञ्जेल त्यही बेलुन हेरिरहे।


3 Comments:

sakura said...

Kasto manai chunne khal ko story mera ta aakha nai rasaye !!

Anonymous said...

bacchha sano bhaye pani chalakh rayecha. sabai ka aama kaha hunchan ra? nice story.

deepak said...

Heart touching story.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !