November 9, 2013

सुस्त दौंतरी

दौंतरी चियाउने पाठकहरुले पक्कै पनि ख्याल गर्नुभएको होला, दौंतरी आजकाल सुनसान भएको छ। एकै दिनमा ३-४ वटा लेख आउने यो ब्लगमा ३-४ महिनामा एउटा लेख देखिन हम्मे हम्मे पर्छ। मैले केहिले कांही दौंतरीका समकालीन ब्लग पनि चियाउने गर्छु। थुप्रै ब्लग दौंतरीकै अबस्थामा छन। केही रेगुलर अपडेट हुने गर्छन। फेसबुक र टुइटर जस्ता माइक्रो ब्लगले पूराना खाले ब्लगलाई कस्तो असर पार्यो त्यो त थाहा छैन तर थुप्रै पाठकहरु हिजो आज फेसबुकमै रमाइरहेको देखिन्छन। हुन त ट्याब्लेट र स्मार्ट फोनले ठुला कम्पियुटरको प्रयोग स्वात्तै घटेको छ। रेगुलेर ब्लगमा पनि फेसबुकको असर त्यस्तै हुनसक्छ।

कहिले कांही एक्लै सोच्ने गर्छु ब्लग के का लागी? किन ब्लग खोलिएको हो त ? यस्तो कुरा पटक पटक सोचिरहंदा दौंतरीको पहिलो ब्लग हेर्ने पुग्छु। समय अनुसार दौंतरी परीबर्तन हुनेछ भनेर पहिले ब्लगमा लेखेको रहेछु। आधी दशक पछाडी फर्केर हेर्दा दौंतरीको उतार चढाब त्यही बेलानै महशुस भएको रहेछ। मुख्य कुरा के भनेको थिए भने "हामीले सिधा तथा स्पस्ट बिचार तथा अन्य प्रस्तुती आफ्नो मिलेको समयमा सबै सामु बाड्दै जानुपर्दछ ।" दौंतरींमा सिधा तथा स्पष्ट बिचार राख्दै जानु पर्छ तर समय अनकुल मिलेकोमा। मलाई के लाग्छ भने दौंतरीका धेरै लेखकहरुको समय अनकुलले गर्दा दौंतरीमा लेख्न पाउनु भएको छैन। समय अनकुलको पिडितमा म पनि पर्छु। हुन त समय कसरी काट्ने त्यो हरेक ब्यक्तीमा भरपर्छ। दौंतरीलाई समय मिलाउन खोजेको भए सायद मिल्थ्यो होला। तर अन्य काममा समय बिताउनु पर्ने कारणले दौंतरीमा समय बिताउन कठिन भयो। सायद धेरै लेखकहरुलाई त्यही समस्या परेको होला।

यी त भए मेरा दौंतरी प्रती गनथन। सायद धेरै लेखक पाठकका पनि त्यस्तै गन्थन होलान। यदी त्यस्ता गनथन छन भने दौंतरीमा पक्कै बाड्न नभुल्नुहोला। बेला बेलामा दौंतरीका लेख तथा पाठकहरु संग अनलाईन भेट भइरहन्छ। उहांहरुले सोधी राख्नुहुन्छ, दौंतरीको हालखबर के छ। अब भने दौंतरी सुनसान छ भनेर पक्कै पनि भन्ने छैन। समय मिलाएर दौंतरीमा लेखी रहने छु। दौंतरी ६ बर्ष पूरा भएर ७ बर्ष लागेकोमा सबै लेखक तथा पाठक प्रती शुभकामना टक्राउन चाहान्छु।


0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !