August 16, 2010
दिल्लीका बांदरहरु
नेपाल धाउने भारतीय नेतालाई बांदरको पगरी गुथाइदिएछन भनेर monkeys of Delhi को ब्लगमा छिरे। दिल्ली निवासी ब्लगर दिनेश वाग्लेलाई सांच्चैका बांदरले सारै दु:ख दिएछन। यती सम्म की फाल्न राखेको फोहोर पनि ढोकै अगाडी आएर छरपष्ट पार्दा रहेछन।
August 14, 2010
यो गतिरोध सरकार निर्माणको गणित मात्र हैन ।
माधव नेपालको राजीनामा पछि , अर्को सरकार बन्न नसकेको अहिलेको अन्यौलपूर्ण परिस्थितिलाई लिएर धेरै बुज्रुगहरूले आ-आफ्ना तर स्वाभाविक टिप्णीपणीहरू गरिरहेकै छन् । विकल्पमा सरकार बन्न नसकेकोको वर्तमानलाई हेरेर राजनीति गर्नेहरूलाई गाली गर्नु स्वाभाविक पनि हुनसक्छ , तर अहिलेको सरकार बन्न नसकिरहेको स्थिति भने अरू बेलाको भन्दा फरक र गम्भीर प्रकृतिको छ भन्ने कुरा पनि बुझिनु पर्छ । यो सरकार बिघटन, गठन प्रकृया र समीकरणहरू बन्न खोज्ने , भत्किने वा भत्काइने जुन सिलसिला चलेको छ , यो नेपालको राजनीतिक पद्धति भोलिका दिनहरूमा
कुन बाटोमा अगाडि बढ्ने भन्ने गहन मुद्दासंग बढी सरोकार राख्ने विषय हो न कि तात्कालिक रूपमा सरकार बनाउने वा गिराउने चलखेल मात्र । यसैले सामान्य किसिमले ‘ जाबो सरकार पनि बनाउन सहमति गर्न नसक्ने हुतिहारा नेताहरू ‘ भनेर गरिने सामान्य उपबुज्रुक टिप्पणीहरूले , नेपाली राजनीतिको सबैभन्दा गहन चूरोलाई बुझ्न नसकेको देखिन्छ ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
August 13, 2010
प्रधानमन्त्रीको चुनाव, कथाको लट्ठी र यथार्थको जुत्ता !
भन्नलाई राजनैतिक सरगर्मी भन्ने शब्द प्रयोग गरिए पनि नेपालको राजनीति आजकल तात्दा-तात्दै चिस्सिएको छ ।
हरेक बिहान ‘सहमतिको खोजी हुँदै’ भन्ने जस्ता विषयले भरिने पत्र पत्रिका र खबर जगत साँझ हुँदासम्म विमतिका निष्कर्षले ढाकिएका हुन्छन्। हरेक सम्बाद विवादमा, भेटघाट मतभेदमा र कुराकानी खिचातानीमा परिणत भइरहेका छन् । त्यसैले नेताहरुको बोली प्रति आम जनताको दृष्टि झनै हल्का र उदासिन हुन थालेका छन् ।
यता, माकुने सरकारले राजीनामा नदिँदासम्म राष्ट्रको प्रमुख समस्या नै माधव कुमार नेपाल भएको र उनले राजीनामा दिनासाथै सब कुरा ठीक हुने दाबी गर्दै हिँडनेहरु अहिले ‘हामीले त्यस्तो भनेका नै थिएनौं’ भन्न थालिए सकेका छन् भने राजीनामा दिएर ‘बाटो खोलीदिएको’ दाबी गर्ने दल पनि तटस्थताको श्रृंखलाबद्ध गज्जबको नाटक मञ्चन गरेर बसेका छन् । उता मैदानमा भिडीरहेको र आफूलाई प्रमुख दावेदार जताउँदै आएको अर्को दल पनि लगातार चारौं पटकको हार पछि पनि मैदानमा डटिरहने उद्घोषकासाथ लागेकै छ।
एकातर्फ कामचलाउ सरकारकै नाममै सही, आफ्नो काम चलीरहेकाले न यीनलाई नै कुनै कुराको परवाह भएको देखिन्छ भने अर्कोतर्फ ‘अर्कोपाली त कस्सो नजितिएला’ भन्दै साम, दाम, दण्ड, भेद आदि नीति अख्तियार गर्दै हीँडेका दुवै दललाई पनि कामचलाउ सरकारको डेढ महिना लामो शासन ‘सामान्य’ नै लागेको छ ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
August 9, 2010
तेस्रो अन्तराष्ट्रिय ब्लगर भेला - एक समिक्षा
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
August 5, 2010
तेस्रो अन्तराषट्रिय नेपाली ब्लगर भेला
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
नयाँ नेपालको यात्रा
(हालै मात्र नेपालबाट फर्केको हुँ, नयाँ नेपालमा जे जती जात्रा देखें भोंगें तिनलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । नितान्त ब्यक्तिगत यात्रा संस्मरण को रुपमा यसलाई लिन हुन अनुरोध छ ।)
भाग १
झन्डै चार बर्षको मुग्लान बसाइ पछी घर फर्किने सोच बनाएको थिएं ३ महिना अगावै । उद्देश्य केही
ब्यक्तिगत थिए, केही रहरहरु । त्यो भन्दा पनि जन्म दिन श्रद्धयी आमाको ६ महिने पुण्य तिथीको कर्ममा संलग्न हुने उद्देश्यले ९ अप्रिलको साँझ जे एफ के बाट नयाँ नेपाल को यात्रा सुरु गरियो ।
मनमा अनेक तर्कनाहरु उठे, धेरै को मुखबाट सुनेको काठमाडौको बेहाल हाल, साच्ची कस्तो भयो होला मेरो काठमाडौ ? बत्ती बिनाको जिन्दगी कस्तो होला, इन्टर्नेट बिनाको दिन कस्तो हुन्छ होला,
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
August 3, 2010
नेपाली नेता
नाक थुन्न पर्ने भो रे तिमी गनायौ कि
न बनायौ न सघायौ ओतिनु त पर्छ
भत्काएर आफ्नै घर जात जनायौ कि
च्याखे थापी मनहरु कुन पन जित्यौ
खुशी भनी कतै फेरि शोक मनायौ कि
बलिरछ शान मान खरानी नहोस्
निभाउछु भन्दै फेरि तेल खनायौ कि
आत्मा साक्षी राखी हेर एक चोटि तिमी
तिखारेर कलममा धार बनायौ कि
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
August 2, 2010
नमस्ते अमेरिका
Globle Bhutanese Community of Colorado को सहयोगार्थ हिजो Auhust 1 का दिन कोलोराडोलाइ नमस्ते अमेरिका सास्कृतिक भ्रमण टोलिले
भरपूर्ण मनोरन्जन दिन सफल भएको छ ।
ब्यबसायी नबराज श्रेष्ठको पहलतामा आयोजित उक्त कार्यक्रमको शुभारम्भमा कलाकारहरुलाई बलिकाहरुद्वारा फुलको गुच्छा दिएर स्वागत गरिएको थियो।
सो अबसरमा मोती शिवकोटिले भुटानी शरनार्थीले भोगेका पिडाको स्मरण गराउनु भएको थियो भने G.B.C.C. का अधक्ष्य हरी उप्रेतीले स्वागत मन्तब्य ब्यक्त गर्दै आफ्नो समुदायलाई सबै नेपालीहरुलाई सहयोग गर्न अपिल गर्नु भएको थियो । ४ बजे कार्यक्रम शुरु गरिने जानकारी गराइएता पनि करिब सबा दुई घण्टा ढिला शुरु हुँदा पनि दर्शकहरु निकै संयमित भएर आफ्नो प्रिय कलाकारको गला र कलालाई पर्खि रहेका थिए । लोकल ब्याण्ड लिमिट ३ का बिजय अधिकारीको लोकप्रिय गीतले
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
August 1, 2010
गफगाफ सँगको रमाइलो गफगाफ
दौँतरीको नियमित स्तम्भ ब्लग भित्र ब्लगमा हामीले विभिन्न नेपाली ब्लगका ब्लगरहरुसँगका कुराकानी राख्दै आएका छौँ । दौँतरी आफैँमा धेरैजना ब्लगरहरुको संयुक्त प्रयास भएकोले समष्टिमा भन्दा नेपाली ब्लगको विकास वा उत्थान नै दौँतरीको पनि विकास र उत्थान हो ।
यसरी नेपाली ब्लगरहरुलाई अझ नजिक ल्याउने र एक-अर्कामा परिचित गराउने क्रममा यस पटक हामीले गफगाफ डट कम लाई निम्त्याएका छौँ । गफगाफका नियमित पाठकहरुलाई सायद थाहा होला, गफगाफ डट कम एउटा सामुहिक ब्लग भए पनि एउटै परिवारका सदस्यद्वारा सञ्चालित छ । यस्तै र अरु रमाइला जानकारी सहितको गफगाफका लागि लागौँ सिधै प्रश्न उत्तरतर्फ:
पहिला त गफगाफ डट कम र यसका सक्षम र कर्मठ सर्जकहरुको परिचयबाटै सुरु गरौं न ?
गफगाफ डट कम मन लागेको कुरा लेख्ने थलो हो । यै क्षेत्र, यै विषय, यै पृष्ठभूमिका बारेमा लेख्नुपर्छ भन्ने बन्देज गरेका छैनौँ । मन लागेका कुरालाई सुन्दर शब्दमा उतार्न सकिन्छ भने त्यो गफगाफ डट कमको सामाग्री बन्छ भन्ने हाम्रो धारणा हो । गफगाफ डट कम मुलत: एक जनाबाट शुरू भएर पछि अरू दुईजना पनि गाँसिएपछि अहिलेको यो रूपसम्म आइपुगेको हो । प्रवेश पौडेल (काठमाण्डौ विश्वविद्यालयमा मेकानिकल इञ्जिनियरीङ् पढ्दै), अशेष पौडेल (क्याथफोर्ड कलेजमा बिबिए पढ्दै) अनि सक्षम घिमिरे (हाल अमेरिकामा )को संयुक्त प्रयास नै अहिलेको गफगाफ डट कम हो । हामी अशेष र प्रवेश शब्दको काम गर्छौँ, सक्षमले प्राविधिक कुराहरू मिलाउँछ । कहिलेकाहिँ बुवा अनिल पौडेल अनि सानीमा नम्रता गुरागाईँले पनि सघाउनुहुन्छ ।
एकजना ईन्जिनियरीङ्गको विद्यार्थी, अर्को कमर्शको । दुईजना नेपालमा एकजना विदेशमा । पठन-पाठनको व्यस्तताबीच कसरी ब्लगतर्फ आकर्षण बढ्यो ?
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest