August 2, 2010

नमस्ते अमेरिका



Globle Bhutanese Community of Colorado को सहयोगार्थ हिजो Auhust 1 का दिन कोलोराडोलाइ नमस्ते अमेरिका सास्कृतिक भ्रमण टोलिले
भरपूर्ण मनोरन्जन दिन सफल भएको छ ।
ब्यबसायी नबराज श्रेष्ठको पहलतामा आयोजित उक्त कार्यक्रमको शुभारम्भमा कलाकारहरुलाई बलिकाहरुद्वारा फुलको गुच्छा दिएर स्वागत गरिएको थियो।
सो अबसरमा मोती शिवकोटिले भुटानी शरनार्थीले भोगेका पिडाको स्मरण गराउनु भएको थियो भने G.B.C.C. का अधक्ष्य हरी उप्रेतीले स्वागत मन्तब्य ब्यक्त गर्दै आफ्नो समुदायलाई सबै नेपालीहरुलाई सहयोग गर्न अपिल गर्नु भएको थियो । ४ बजे कार्यक्रम शुरु गरिने जानकारी गराइएता पनि करिब सबा दुई घण्टा ढिला शुरु हुँदा पनि दर्शकहरु निकै संयमित भएर आफ्नो प्रिय कलाकारको गला र कलालाई पर्खि रहेका थिए । लोकल ब्याण्ड लिमिट ३ का बिजय अधिकारीको लोकप्रिय गीतले
  मनोरन्जनको खाता खोले पछी कार्यक्रमले गती लिएको थियो । मनोज राज शिवकोटिले राष्ट्रिय गीत गाएर एक चोटि नेपाललाई नेपाल पुराएका थिए , साथै रोचक तथा घोचक प्यारोडी ,सायरी,क्यारिकेचर आदि सहितको उदघोषणले एअर कन्डिसन बिनाको गर्मिलाई शितल पुर्याउने कोशीश गरेका थिए। उदघोषणमा साथ नायिका रन्जना शर्माले पनि दिएकी थिईन नेपालका चर्चित डान्स जोडी बिन्दु तमाङ हिम्ग्याप तासीको डान्स अति आकर्षक र मोहक थियो । जगदिस समालले नारायण गोपालको अल्झेछ क्यारे पच्छ्यौरीबाट आफ्नो गला खोलेका थिए , आओ यादहरु गाउदा दर्शकहरु भाब बिभोर भएका थिए । साथै सेलो ,कौडा,र नाच्ने गीत गाउदै भिन्न स्वादको अनुभुती पनि दिलाएका थिए। नेपाली राजापटकी उदयमान नायिका रन्जना शर्माको डान्सले पनि दर्शकलाई निकै तताएको थियो ,तर उनको हट भनिएको आधुनिक डान्स भने समय अभाबले हेर्न नपाईएको गुनासो दर्शक दिर्घाले  गरेका थिए।
कार्यक्रमको प्रमुख केन्द्र बिन्दु अन्जु पन्तको कम्पन भित्रको स्वर कम्पन भए पछी दर्शकहरु झुमेका थिए, नाचेका थिए । जिङदी फुलै फुलको थुङो होइन ,तिमिले पराइ ठाने पछी ,हरियो चुरा नबिर्सें तिमीलाई आदी लोक प्रिय गीतले बातावरण संगीतमय बनेको थियो । आशा कार्कीको झिसमिसे बिहानीमा दियो लिएर नाचिने सुदुर पश्चिमान्चालको संस्क्रिती झल्काउने निर्त्य ,र बिजय अधिकारको रक र पप गीतले अझ छुटटै शोभा दिएको थियो। तस्बिर शैलेश पोखरेल .

0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !