August 13, 2010

प्रधानमन्त्रीको चुनाव, कथाको लट्ठी र यथार्थको जुत्ता !

भन्नलाई राजनैतिक सरगर्मी भन्ने शब्द प्रयोग गरिए पनि नेपालको राजनीति आजकल तात्दा-तात्दै चिस्सिएको छ ।

हरेक बिहान ‘सहमतिको खोजी हुँदै’ भन्ने जस्ता विषयले  भरिने पत्र पत्रिका र खबर जगत साँझ हुँदासम्म विमतिका निष्कर्षले ढाकिएका हुन्छन्। हरेक सम्बाद विवादमा, भेटघाट मतभेदमा र कुराकानी खिचातानीमा परिणत भइरहेका छन् । त्यसैले नेताहरुको बोली प्रति आम जनताको दृष्टि झनै हल्का र उदासिन हुन थालेका छन् ।

यता, माकुने सरकारले राजीनामा नदिँदासम्म राष्ट्रको प्रमुख समस्या नै माधव कुमार नेपाल भएको र उनले राजीनामा दिनासाथै सब कुरा ठीक हुने दाबी गर्दै हिँडनेहरु अहिले ‘हामीले त्यस्तो भनेका नै थिएनौं’ भन्न थालिए सकेका छन् भने राजीनामा दिएर ‘बाटो खोलीदिएको’ दाबी गर्ने दल पनि तटस्थताको  श्रृंखलाबद्ध  गज्जबको नाटक मञ्चन गरेर बसेका छन् । उता मैदानमा भिडीरहेको र आफूलाई प्रमुख दावेदार जताउँदै आएको अर्को दल पनि लगातार चारौं पटकको हार पछि पनि मैदानमा डटिरहने उद्घोषकासाथ लागेकै छ।

एकातर्फ कामचलाउ सरकारकै नाममै सही, आफ्नो काम चलीरहेकाले न यीनलाई नै कुनै कुराको परवाह भएको देखिन्छ भने अर्कोतर्फ ‘अर्कोपाली त कस्सो नजितिएला’ भन्दै साम, दाम, दण्ड, भेद आदि नीति अख्तियार गर्दै हीँडेका दुवै दललाई पनि कामचलाउ सरकारको डेढ महिना लामो शासन ‘सामान्य’ नै लागेको छ ।

बीच-बिचमा सहमतिय सरकार, मेलमिलाप, समन्वय, छलफल, राष्ट्रिय एकता र यस्तै अन्य अजपूर्ण शब्दहरुको भरमार प्रयोग गर्न पनि कुनै दल चुकेका छैनन् । तर गज्जव छ यीनका सहमति, समन्वय र राष्ट्रिय एकताका आधार। माओवादीको परिभाषामा सहमतीय सरकार भनेको प्रचण्डकै सरकार मात्रै बनेको छ । एमाले देशै डुब्ने अवस्थासम्म पनि तटस्थ बस्दै छ भने नेपाली काँग्रेस मूतको न्यानो नै किन नहोस ९ महीने सरकारमा सरकार प्रमुख बन्न जे जस्तो कदम उठाउन पनि तयार रहेको देखिन्छ ।

ठूला मानिएका तीनै दल, राष्ट्रिय मुद्दा भन्दा आफ्नो स्वार्थमा यत्ति लिप्त सायदै पहिला देखिएका थिए। जहाँ माओवादीले “एक सय पटकसम्म पराजय भए पनि आफ्नो पार्टीले उम्मेदवारी फिर्ता लिँदैन” भन्ने वक्तव्य के निकालेका थिए त्यसकै भोलिपल्ट आफ्नो उमेदवारी फिर्ता गरिए पनि राष्ट्रिय सहमति बन्न नसक्ने हुनाले आफूले पनि प्रधानमन्त्रीको स्वर्ण कुर्सीको लागि देश थाँती राखेर लडिरहने मनोभाव काँग्रेसले पनि व्यक्त गरे।

मनमनै हिसाब गरेँ, एक सय पटक प्रधानमन्त्रीको चुनाव गर्ने हो भने बीचमा २-२ दिनको मात्रै ग्याप राख्दा पनि ३०० दिन लाग्ने रहेछ । यो ३०० दिनमा त पिशाच कालमा लम्बाईएको हालको संसदको आयु समेत सक्कीने रहेछ । कुरालाई सिधै राख्दा, एक दिनको लागि मात्रै कुर्सी पाउने भए पनि त्यसको लागि देशलाई ‘ब्रेक’ लगाएर गरिमामय कुर्सीको लागि लागिरहने रहेछन् हाम्रा महान नेताहरू ।

यही बीचमा छिमेकबाट सबैका गुरुहरू पनि आए नेपालमा । समर्थन गर्नेहरु झुक्दै भेट्न गए भने विरोध गर्नेहरु पनि लुक्दै भेट्न गए । कसैले खुल्ला भेटेर समाचारमा आए, कोही गोप्य भेट गरेर चर्चामा छाए । यहीनेर फेरि एक पटक कट्टर राष्ट्रवादी भनीनेहरुको बहुआयामी चरित्र पनि प्रष्ट भयो । समष्टिमा दृष्टि गोचर गर्दा, राष्ट्रियता र राष्ट्रवाद पनि कुर्सीको निमित्त हवनमा हालिने हव्य नै रहेछन् ।

केही दिन अगाडि सहयात्री ब्लगर कलमबीर घोतानेले अब हामी पनि हान्ने कि? भन्ने एउटा पोस्ट लेख्नु भएको थियो । नेताहरुको देशभन्दा कुर्सी ठूलो देख्ने यो लज्जास्पद गतिविधि बाटै जन्मेको हुनुपर्छ घोताने जीको पोस्ट ।

सर्वप्रथम भू.पू. अमेरिकी राष्ट्रपति जर्ज बुश, त्यसैगरी चिनियाँ प्रिमियर वन च्या पाओ र त्यसपछि पाकिस्तानी राष्ट्रपति अलि जर्दारी समेत लाई भिन्न भिन्न समय र स्थानमा जुत्ता प्रहार गरिएको थियो । त्यस बीचमा भारतका केन्द्रीय गृहमन्त्रीलाई पनि एकजना सीख पत्रकारले जुत्ता प्रहार गरे।  भारतको मामलामा यो समाचार अझै रोचक यस कारण पनि बन्यो कि ती जुत्ता प्रहार गर्ने पत्रकार जर्नेल सिंहलाई केही समुहहरुले स्वागत र सम्मान पनि गरे भने उनको समर्थनमा निकैको सङ्ख्यामा समुहहरु पनि बने ।

के अमेरिका देखि चल्दै र छिमेकी दुवै देशका नेताहरुलाई समेत टार्गेट बनाईसकेको यही जुत्ता कै प्रतिक्षामा हुन त हाम्रा नेताहरु ?।

सानैमा र सायद पाँच कक्षाको किताबमा पढेको जस्तो लाग्छ पहलमानले पनि एकमुठ्ठा लट्ठी भाँच्न सक्दैन तर त्यही एक मुट्ठा लट्ठीलाई मुठा खोलेर एक-एक गरी छुट्याइएमा त्यसलाई भाँच्न पहलमान हैन सामान्य मानिसलाई पनि मुस्किल हुँदैन् । अबको स्थिति अत्यन्तै नाजुक छ र केवल तीन वटा मात्रै विकल्प बचेको देखिन्छ । छरिएका लट्ठि मुठ्ठा बन्ने, वा एक-एक भएर सबै भाँचिन्ने वा सबै छुट्टिएका लठ्ठिलाई जुत्ता हानेर एकै ठाउँमा ल्याउने ।

देशकै अस्तित्वमा प्रश्न चिन्ह आउने भएकोले लठ्ठीलाई छुट्टिन दिने त कुरै आउँदैन र बाकीँ रहेका दुई विकल्प मध्य आफैँ जोडिने कि जनताहरुको जुत्ता खाएर मात्रै जोडिनेमा भन्नेमा भने  हाम्रा नेताहरुले छीट्टै ‘आत्म निर्णय’ गर्दा नै राम्रो होला !



9 Comments:

Anonymous said...

yo kehi hoina mili juli khane ra bharat lai sumpine lendup haru ko khel matara ho.

म नेपालि साहित्यलाई माया गर्छु। said...

एकदम यथार्थ कुरा। अब मिलेर जनतालाई खुसि पार्ने कि भाँडिएरा जनताको जुत्ता खाने त्यो नेताको कुरो। कि कसो साथिहरु।

nisant said...

hanau hanau सबै छुट्टिएका लठ्ठिलाई जुत्ता le hanau. purpuro suniye pachi balla neta harko buddi thik thau ma aucha. heeee

Nepalean said...

गज्जब लेख्नु भयो ठरकी दादा। यांहा सहमतीको हल्ला पिटाइन्छ अनि भेटमा झगडा गरेर निस्किन्छ। हाड एउटै छ, कुकुरहरु सहस्र छन। न त्यो हड्डी फुटाउन मिल्छ न त एउटा बहादुरले चोरेर भाग्न सक्छ।

सबै कुरा नया नया बनाएर रेकर्ड राख्ने गरेका नेपली नेताहरु काम चलाउ सरकार संसारमै लामो राखेर अब अर्को रेकर्ड राख्ने प्रतिप्रस्धाम छन। यसमा हामी सबै नेपालीलाई धेरै धेरै बधाई।

तर काम चलाउ र नकाम चलाउमा केही फरक छैन। सायद यही काम चलाउ लम्बिए पनि केही फरक नपर्ला। कुनै सरकारको एजेण्डा देखेको छैन, न त अहिले राम चन्द्र र प्रचण्डले कुनै एजेण्डा राखेर प्रधानमन्त्रीको लागी भिड्दैछन।
हेरौं कती पटक हार्ने हुन यिनीहरु।

Zero Hour (शुन्य समय) said...

ठरकीजी,


"छरिएका लट्ठि मुठ्ठा बन्ने, वा एक-एक भएर सबै भाँचिन्ने वा सबै छुट्टिएका लठ्ठिलाई जुत्ता हानेर एकै ठाउँमा ल्याउने" मान्नुस यि तीन वटै कुरा हुदैनन । नेता मात्रै हैन यी ६०१ जनालाई नै ६ वर्षको लागि थुनेर राख्ने, भविष्यमा सार्वजनिक पद वा दायित्वको लागि अयोग्य घोषित गर्ने बरु जब मनोनितले नै देश चलाउने हो भने टियु, केयु आदि विश्वविद्यालय अनि सार्वजिनक क्षेत्र र विदेशमा रहेका नेपाली विद्यार्थि अनि विज्ञहरुलाई पालै पालो मनोनित गरेर देश बनाउने काममा लगाउने हो भने केहि होला । नेता देखि कार्यकर्तासम्मका मुठाहरुलाई जलाएरै फालेको बेस ।

Luna said...

"एक मुट्ठा लट्ठीलाई मुठा खोलेर एक-एक गरी छुट्याइएमा त्यसलाई भाँच्न पहलमान हैन सामान्य मानिसलाई पनि मुस्किल हुँदैन् । अबको स्थिति अत्यन्तै नाजुक छ र केवल तीन वटा मात्रै विकल्प बचेको देखिन्छ । छरिएका लट्ठि मुठ्ठा बन्ने, वा एक-एक भएर सबै भाँचिन्ने वा सबै छुट्टिएका लठ्ठिलाई जुत्ता हानेर एकै ठाउँमा ल्याउने ।

देशकै अस्तित्वमा प्रश्न चिन्ह आउने भएकोले लठ्ठीलाई छुट्टिन दिने त कुरै आउँदैन र बाकीँ रहेका दुई विकल्प मध्य आफैँ जोडिने कि जनताहरुको जुत्ता खाएर मात्रै जोडिनेमा भन्नेमा भने हाम्रा नेताहरुले छीट्टै ‘आत्म निर्णय’ गर्दा नै राम्रो होला !"

Anonymous said...

sabai neta lai laathi chareg garnu parcha tharki dada. euta holo latthi chhaina tapai sanga?

Saban Poudyal said...

मै खाउँ मै लाउँ, सबसुख-सयल मोज मै गरैं...all the best Nepali neta haru....lutaa lutaa pa ko maukaa ma deshi lai khokroo huni garii lutaa

Nepalean said...

Lutne ta nepali neta ko naisargik adhiar ho ni saban ji.
Ali ali ho ra, 10 -12 pusta lai nai pugne gari lutchan. Ani janata 10-12 pusta lai pugne gari garib banchan.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !