May 21, 2009

नेपालले श्रीलंका बाट सिकोस

शेखर ढुङेल

हालै दक्षिण एसियाको एक सुन्दर र बुद्ध मार्गि देश श्रीलंकाले आफ्नो २५ बर्षे पिडादायक गृहयुद्ध बाट मुक्ती पाएको छ । अफनै बुद्धिमता पूर्ण रणनिती र फौजी कुसलतामा। यो पछील्लो फौजी कार्यबाही असफल भएको भए भारत को घूमाउरो कुटनैतीक पहलमा बेलायत, नर्वे, अस्ट्रेलिया र क्यानडाको दबाबले अल्पसन्ख्यक भारतीय मुलका तमिलहरुको लागि छुट्टै राज्य स्विकार गर्नु को बिकल्प श्रीलन्काली सरकारसंग बाँकी रहने अवस्था थिएन । ति राष्ट्रहरुको सुझाब र दबाबमा सयुक्त राष्ट्र संघ हिंसा रोक्ने बहानामा इन्डोनेसिया बाट इस्ट-टिमोर अलग गराए झै तमिललाई श्रीलन्का बाट अलग गर्नै पर्ने मनस्थितीमा पुगेको थियो ।

मध्यस्तताको नाममा आतंककारीहरु लाई मान्यता दिने वा युद्ध लम्ब्याउने सयुक्त रास्ट्र संघको मार्टिन प्रबृतिका छल बुझेर यस पटक श्रीलन्काले बेलायति र नर्वेका कुटनितिज्ञ लाई प्रबेश आज्ञा समेत दिएन । आफ्ना मुलका नागरिकको सुरक्षाको नाममा शैनिक हस्तक्षेप गर्न चर्को दबाब परेको भएता पनि चुनाबि अवस्थाको कारणले भारत अगाडि बढ्न सकेको थिएन तर सयुक्त राष्ट्र संघ मार्फत नरसम्हार रोक्न भनी दुबै पक्षलाई युद्ध बिरामको लागि ठुलो दबाब पर्‍यो । पराजयको मुखमा पुगेको लिट्टेले घोषणा गरे पनि जितको संघारमा पुगेको सरकारी फौजले कार्यबाही अगाडि बढाइ सफलता हासिल गरी छोड्यो । बेलायति, अस्ट्रेलियन, क्यानेडाली पत्रकार, ( बेलायत को च्यानल ४ टिभी ) डाक्टर, मानबाधिकारी कार्यकर्ताले सरकार लाई पछी हट्न चर्को अन्तरराष्ट्रिय दबाब पुर्‍याउने काम गरे पनि सफल हुन सकेनन । अन्दाजी एक लाख श्रीलन्काली जनताले आहुती दिईसकेको यो गृहयुद्धको अन्तिम लडाईंमा सोचे भन्दा बिपरित र न्युन रक्तपातमा सम्पन्न भयो । बधाई श्रीलन्काली जनता र सरकार लाई ।

यसै सन्दर्भमा नेपालका केही ब्यक्तित्वले ''एक मधेश एक प्रदेश '' को माग पुरा नभए श्रीलन्का बनाउने धम्की दिएका छन । तराइमा '' एक मधेश एक प्रदेश ' को माग पुरा गराउन छेत्रीय दल शसक्त रुपमा लागि परेका छन । त्यस्को बिरोधमा तराइका आदिबासी थारुहरु पनि प्रतिकारमा उत्रेका छन । मधेसबादी दल लाई भारतले श्रीलन्काली तामिल लाई झै प्रतक्ष सहयोग गरी राखेको र नेपालको उपल्लो राजनीतिमा पनि बलियो प्रभाब पार्दै गएको छ। केही समय अगाडि पौने करोड भारतीय मुलका लाई बितरण गरिएको नागरिकता त्यस्को प्रमाण हो । नेपालमा भारतको बढ्दो हैकम, प्रभाब र नेताहरुको आज्ञाकारी कार्यकर्ता जस्तो नतमस्तक हुने प्रबृत्तीले डर लाग्दो भबिश्‍यको अनुमान गरिदै छ । जसरी श्रीलन्का ले बिदेशी हस्तक्षेप लाई निस्तेज गर्‍यो र आन्तरिक राजनीति सन्चालन गर्‍यो, के हामी त्यस्को अनुसरण गर्न सक्दैनौ ? सत्तामा जान र टिक्न प्रत्यक दलका नेताले भारतीय आसिर्बाद थाप्न जाने हो भने कसरी जोगिन्छ हाम्रो स्वतन्त्र, स्वाधिन राष्ट्र को अस्तित्व ?। यो लेख लेखी रहदा प्रस्ताविक प्रधान मन्त्री माधव नेपालले भारतीय बिदेश मन्त्री प्रवण मुखर्जी लाई फोन गरी माओवादीले सदन अबरुद्ध गरी राखेका छन भनी गुनासो गरे भन्ने समाचार सुन्दा कुन शब्दमा नेपालको भर्त्सना गर्ने होला ?

देशको स्वतन्त्रता, स्वाधिनताको मर्म र देशको नेता हुनु को धर्म र गर्ब समेत नबुझ्ने राजनीतिज्ञहरुले श्रीलन्का बाट शिक्षा लिनु जरुरी छ । हामी जनता र हाम्रो नागरिक समाज को जीम्मेवारि हो राष्ट्रको स्वतन्त्र, स्वाधिन अस्तित्व कायम राख्नको लागि कुनै पनि प्रकारको बिदेशी हस्तक्षेप रोक्न दल र नेता हरु लाई खबरदारी गर्ने अन्यथा चितुवा आयो चितुवा आयो भनी गाउले लाई झुक्याइ मजा लिने भेडा गोठालो को नियती नेपालले भोग्नु पर्ने छ ।



9 Comments:

बिप्लब said...

श्रिलंकामा युद्द समाप्त भएकै हो त? त्यसो भए नेपालमा प्रचण्डलाइ खतम गरे माओबादी सखाप हुन्छ भने जस्तै हो नि। हैन र?

पुष्प said...

विप्लवजी, प्रचण्ड र प्रभाकरणलाई एकै चश्माले हेर्नु बेकार छ । बरु श्रीलंकाको त्यो तमिल टाइगर्स र नेपालमा एक मधेश एक प्रदेशको माग गर्ने अनेकथरि मोर्चा र टाइगर्सहरूलाई दाँज्न सकिन्छ ।

HAWA said...

प्रचंड प्रभाकरण होइनन...तर प्रचंड ले अस्ति आमसभामा किन आफुलाई प्रभाकरण संग दाजेका होलान ?

बिप्लब said...

पुष्प जी ले प्रचण्ड र प्रभाकरणलाइ एकै चश्माले हेर्नु बेकार छ बन्नु भएको रहेछ। फेरि प्रभाकरणबाट एक मधेस एक प्रदेशवाला हरुले सिक्नुपर्छ भन्नु भएको रहेछ। तपाइले कुरा नबुजेको की मैले कुरा नबुजेको? एक मधेस एक प्रधेसहरु त प्रचण्डकै चेला होइनन र? मधेसी फोरमका उपेन्द्र कुनै बेला माओबादी थिए भनेर त प्रचण्डले नै सुइकारेका थिए होइन र?

प्रबिण थापा said...

शेखर जि तपाईंका लेखको प्रतेक शब्द शब्दले मन छोयो। खोइ यि गाई जात्रामात्र देखाउने हुतिहारा नेताहरुको बुद्धी कहिले पलाउने हो कुनी, राष्ट्रियता कुरा भाषण गर्दा कुर्लिएर सुनाउछन अनी सत्ताको सिढि उक्लिनको लागि ति सब कुरा बिर्सिदिन्छन। साच्चै श्रीलंकाको यो राष्ट्रिय र गरिमामय घटनाबाट नेपालले सिक्नु पर्ने धेरै कुराहरु छन अनी देशलाई बिखन्डन तिर मोड्न प्रयासरत जातिय तथा क्षेत्रिय भनिने कुनै पनि समुहलाई बेलैमा राष्ट्रियतालाई शिरमा राखेर तहस नहस पारीनु पर्छ, ,भारतिय तथा अन्य देशको बैदेशिक हस्तक्षेप बिरुद्ध नेपाली जनतालाई सचेत गरिनु पर्छ ताकी भोली यि राष्ट्रघाती नेताहरुको सहयोग बिना नै हामीले हाम्रो राष्ट्रियताको लडाईं जित्न सकियोस।

बिप्लब जि! आक्रोस र प्रतिसोधले राष्ट्रियता बच्दैन, देशको परराष्ट्र निती, राष्ट्रिय एकता, इमान्दारिताले मात्र राष्ट्रियता बचाउन सकिन्छ। यहाँ प्रभाकरण र प्रचन्डलाई एउटै दर्जामा राखेर हेरिन थालियो भने हामी आफैले खनेको खाडल मा आँफै भोली धसिने छौ र त्यो दिन न तपाईं न म नै रहने छौ, राष्ट्रियताको सवालमा राजनीति गर्न मिल्दैन।

प्रबिण थापा said...

प्रिष्ठभुमी कसको कता प्रधान कुरो होइन, राष्ट्रियताको सवालमा कुन राजनीतिक दल कस्तो भन्ने महत्व पूर्ण कुरो हो। राष्ट्रियतामा आच आउने किसिमले जुनसुकै राजनीतिक दल सग जो सुकैले गर्ने सन्धी सम्झौता नेपाली जनतालाई मान्य हुनेछैन। स्वतन्त्र मधेस एक प्रदेस को माग हामीलाई अस्विकार्य छ यदी यसमा सम्झौता सरकारले गर्न खोज्यो भने देश बिद्रोहको आगोमा पुन होमिने छ।
को कसका चेला हुन भनेर भन्न भन्दा पनि को आज कहाँ, कसरी र कुन नितीले अगाडि बढेको छ त्यो महत्वपूर्ण कुरा हो बिप्लब जि।
वास्तवमा भन्दा उपेन्द्र यादब एमाले राजनीति हुँदै माओवादी र त्यसपछी फोरोम तिर लागेका हुन। स्मरणिय होस् उपेन्द्र यादब माओवादीबाट कारबाहीमा परी निश्काशित व्यक्ती हुन।

नेपालियन said...

प्रबिणजी ले बडो घत पर्ने कुरा गर्नुभयो। शेखरजीको लेखलाइ चिर चार पारेर मान्छे भन्दा राष्ट्र ठुलो भन्नु भयो। त्यो कुरा मलाइ पनि चित्त बुझ्यो। तर चित्त नबुझेको कुरो के भने किन ठुला पार्टीहरु साना पार्टीको चाहारा खादै सरकार मा सामेल हुदैछन। यसरी हेर्दा त माओबादी,एमाले,कांग्रेस कुनै चोखा रहेर र? सरकार बनाउने बहानमा चोर फटाहा सबै संग मिलेमतो गरेपछी ती ठुला पार्टीहरु कसरी साधू हुन गए?

प्रबिण थापा said...

नेपोलिएन जि! सग शत प्रतिसत सहमती हुँदै, मैले कुनै राजनीतिक पार्टी चोखो भनेर भन्न खोजेको होइन,राजनितिक पार्टिको रुपमा हेर्ने हो भने नेपालमा त बिचार र आदर्शबाट निर्देशित नेपाली जनताको कुनै पाटी नै छैन भन्छु म त तर बिडम्बनाको कुरो शक्ती र व्यक्तिगत स्वार्थबाट निर्देशित समुहले राजनीतिक पार्टिको नाममा आफ्नो स्थान जमाएका छन तर ति समुह भित्र पनि राम्रा मान्छे छदै छैनन भनेको होइन अब ति असल व्यक्तीहरुले ति राष्ट्रिय स्वार्थको खातिर आ- आफ्नो समुहबा बिद्रोह गर्नु पर्ने क्षण आएको छ, राष्ट्रियताको मुद्धामा एक हुनु पर्ने बेला आएको छ।

Roshan S. said...

It is really cool that people here in dautari loves country. I admire you all people. Most of the time I just read and dont speak. This time I can not stop myself after reading the blog and lovely comment from all these readers. In fact the way you are thinking is great. Thats how countries can be developed.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !