May 4, 2010

मायामा यो मन

आयुष चौधरी “सम्मोहन”
रझेना ५ कृष्णनगर बाँके

मायामा यो मन गलेपछि रुन्छु
बाँकी छ अझै दिन ढलेपछि रुन्छु

जुनीजुनी साथ दिन्छु भन्नेले नै
आखाँसामु आफैलाई छलेपछि रुन्छु

चोट त मलाइ लागीसक्यो हृदयमा

संबेगको हावा अब चलेपछि रुन्छु

तिमी यता म उता छटपटाइको भुमरीमा
सम्झनाका दिपहरु बलेपछि रुन्छु

0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !