November 20, 2009

कामरेडहरु, संघियतामा जातिय मानसिकता त्याग्नुस

पुष्पजीले एकलव्यजीको पोष्टसंगैको कमेन्टमा मेरो धारणा वा प्रश्नलाई केटाकेटी पाराको लाग्यो भन्नु भएको थियो, तर मलाई फलानो जातिको यो प्रदेश, अनि फलानाको यो प्रदेश भन्ने मनचिन्ते झोली रुपी चिन्तन र माग अपरिपक्व मात्र हैन अनाडी पनि लाग्छ भनेर मैले भनिसके, अझ यो भन्दा पनि धेरै लाग्छ भन्दा पनि फरक पर्दैन । धेरैजना जातीय र भावनात्मक राजनीतिलाई मान्छे बटुल्ने साधन बनाउनेहरुलाई मेरो प्रश्न : तपाइले कुन जातिलाई राज्य दिनु हुन्छ ? किन दिने , के पुष्पजीले भने जस्तै टुरिस्ट आएर जातीय पहिरनमा लगाएको फोटो खिच्छन र देश विकास हुन्छ भनेर ? कामरेडहरु, तपाइहरुलाई थाहा होला काठमाडौ सांस्कृतिक शहरको रुपमा चिनिन्थ्यो । तर अहिले काठमाडौ पर्यटकको लागि सांग्रिला रहेन । यसलाई नेवा प्रदेश बनाउदैमा यो धरोहर फेरि फर्किन्छ ? हैन फर्किदैन, अव्यवस्था र लथालिंगको थुप्रो हटाउनुस त्यसै सुध्रिन्छ । म आंफै पनि पर्यटक बनेर धेरै देश घुमेको छु घुमिरहन्छु पनि । मलाई थाहा छ मान्छेहरु के रुचाउंछन, किन घुम्छन र कसरी घुम्छन भनेर। वातावरण र संस्कृति राज्य छुट्ट्याएर बलियो वा प्रचुर हुने हैन । काठमाडौको इन्द्र जात्रा बाहुन, क्षेत्री, तामाङहरुले पनि मनाउंछन । तनहु, पाल्पा र स्याङजाको बोटेबजार मगर, नेवार, बाहुन, क्षेत्री, दमाई आदि इत्यादि सबैले मनाउंछन । खेमराज गुरुङले गाएको गित वाला एकादशी बजार, पक्कै पनि खेमराजले वा भोजपुरतिरका गुरुङहरुले मात्रै मनाउदैनन् अरुले पनि मनाउंछन । तपाईंलाई थाहा नहोला तीज नेवारहरु बाहेक काठमाडौ बाहिर लगभग ठाउं अनुसार सबै जातिले मनाउंछन । तर तीजको लाखे नाचको लागि नेवार नभई कसैले पुजा शुरुवात गर्न पाउंदैन । लाखे नाच विनाको तीज र कृष्णाष्टमी धेरै ठाउंमा कल्पना पनि गर्दैनन मान्छेहरु । अब कुन संघले वा कसको राज्यले कसलाई संरक्षण गर्ने हो थाहा भएन । यी संस्कृति बचाउन आफ्नै राज्य चाहिन्छ भन्ने कुरा पनि विश्वास गर्दिन म । कस्ता मान्छे हुन, वा कस्तो संस्कृति हो बजेट वा जागीर नपाए संरक्षण नहुने ?

कामरेडहरु, मैले कुनै बेला बि एस्सी पढ्दा देश कति धनी छ भनेर जांच्न त्यस देसमा कति सल्फ्युरिक एसिड उत्पादन हुन्छ भनेर थाहा हुन्छ भन्ने एउटा टेस्क्ट बुकमा पढेको थिएं। कसैले भन्छन देशमा कति बुल्डोजरहरु गुड्छन त्यसले देशको विकासको गति बताउंछ । कसैले भन्छन देशमा प्रति व्यक्ति बिजुली, वा ग्यास जस्ता संसाधन खपत हुन्छ त्यसले मान्छेको जीवनस्तर देखाउंछ भन्छन । यी यस्ता मापदण्डहरु आ-आफ्नै व्याख्या अनुसार होलान, कसैले कति जुलुश र कति चर्का नारा लगाउन सक्यो भने देशको मानव विकास सुचक माथि उठ्छ भन्ने सम्झेलान ।

मैले बुझे अनुसार धेरै नव शासकहरुमा काठमाडौ र बाहिरको परिस्थिति एकैनाशको मान्छन । अनि काठमाडौले के बुझ्छ भने अहो, यत्रो पैसा ! यो त सबै काठमाडौ प्रदेशमा लगाउन पाए कति मालामाल हुन पाइन्थ्यो । तर जुम्ला देखि ताप्लेजुङ सम्मको मान्छेले मेलम्चि ल्याउन लाखौं आफ्ना थाप्लोमा ऋण बोकेको कसैले देख्दैन । सबैले काठमाडौ वा पोखराका कालोपत्रे सडक (बिजोकै हालतको भए पनि) देख्छन, खाली खुट्टा भारी बोकेर डोल्पा वा मनाङतिर ५-६ दिन लगाएर नुन बोकेको कसैले देख्दैन किनकि ती अमुकहरुको कुनै पार्टी छैन । भोट कि त एक गिलास रक्सीको भरमा दिन्छन, कि त फलाना बाबु साहेबले भनेका भरमा दिन्छन कि त कसैले बन्दुक तेर्स्याएको भरमा दिन्छन । कामरेडहरु, कन्जर्भेसन अफ मास वा इनर्जीको सिध्दान्तलाई मान्नेहरु मध्य कसैले के पनि भन्छन भने बिल गेट्स वा माइकल ज्याक्सनहरुका बंगला र गाडिहरु काठमाडौ वा बिहारका सिकर्मी डकर्मी वा कुल्लीहरुका कमाईबाट छिनिएका हुन। किनकि मान्छे जन्मदा सबै उस्तै हुन्छ । मान्छे के हो भन्ने जान्न अस्पताल वा मुर्दाघाटहरुमा गए पुग्छ । मान्छे धेरै शक्तिशाली प्राणी हो र सबै भन्दा नीरिह पनि ।

अस्ति एकजना पर्यटकले भनेका थिए घान्द्रुक घुमेर उनलाई लाग्यो रे मान्छेहरु २१औं शताब्दीमा यसरी पनि बस्दा रहेछन भनेर । उनले इतिहासमा पढिने आदिमानवको जस्तो अवस्था नेपालमा देख्न पाइदोरहेछ भनेर दंग परे । खोइ कतिजना नेपालीलाई यी कुराले गर्वित तुल्याउला तर मलाई चाहि अप्ठेरो महसुस भयो ।


यहाहरुलाई थाहा नभएको अर्को कुरा (किनकी यहाहरुलाई त जुलुश, घोषणापत्र र पत्र पत्रिकामा चुलिएको कुरो बाहेक अरु थाहा नहुन सक्छ ) मेरो जन्मथलो र पुर्ख्यौली राज्यको राजा दमाइ थिए । किन अरुले राज्य पाउंदा दमाइहरुले नपाउने ? किनकी अहिलेको जातिय संघिय स्वरुप “प्रभु”हरुबाट निर्देशित छ । अंशुवर्माले चलाएको निर्देशन अहिले पनि विभिन्न प्रभुहरुबाट निर्देशित हुदै चलिरहेको छ । जातिय र क्षेत्रीय रुपमा बनेका भारतका मणिपुर, मेघालय, नागाल्याण्डहरु किन पछि छन ? केन्द्रको कारणले ? होइन आफ्नै कारणले । केन्द्रलाई केहि मतलव छैन । देशबाट छुट्टिने किसिमको दंगा नहोस अरु भांड मे जाए भन्छ केन्द्रले । युरोपका धेरै देश घुम्दा पनि कहि कतै जातिय राज्य (सर्विया, अल्बानिया तर्फ नजाऔं) र व्यवस्था देखेको छैन । बरु ३ वटा राष्ट्रिय भाषा भएको र एउटा ठाउंको भाषा अर्को ठाउंकाले नबुझ्ने बेल्जियम र दुइटा भाषा भएको स्विट्जरल्याण्डमा पनि यस्तो लफडा देखेको छैन । सबै देशहरुमा नेपालको केन्द्रले गर्ने काम नगरपालिका र गाउंहरुले नै गरिदिन्छन त्यसैले कसैलाई संघको आवश्यकता र संघिय राज्यको हेड क्वार्टर धाउनु पर्ने कारण देखेको छैन । एकपटक रोममा पुग्दा एउटा कुनै इटालियन ग्रुपले सांस्कृतिक नाच देखाइरहेको थियो , मलाई खुब मन पर्यो अरु ठाउं हेर्न छोडेर पनि त्यहि हेरेर बसिरहें । ती कुनै संघ वा राज्यका प्रतिनीधिहरु थिएनन बरु संस्कृतिलाई जोगाइराख्न स्वतस्फुर्त रुपमा तातेका ग्रामीण क्षेत्रका वासिन्दाहरु थिए र तीनिहरुको जात या राज्य के हो भनेर बुझ्न मलाइ कुनै दरकार परेन किनकी मेरो लागि उनीहरु सिसिलिया देखि मिलानसम्म जहांको भए पनि इटालियनहरु थिए । अर्को कुरा स्कटल्याण्डको स्कर्ट लाउने संस्कृती स्कटल्याण्ड छुट्टै राज्य हुदैमा अपार वृध्दि भएको छैन । ग्लास्गो र एडिनवर्गमा सुन्न नपाएको ब्यागपाइपरको धुन ह्यामवर्ग र ब्रसेल्समा सुनेको छु । हाम्रै देशमा पनि म हिन्दु होइन भन्नेहरुले पनि तिहार सकिएको १ हप्ता पछि सम्म पनि देउसी खेल्दै हिडेको फोटो नदेखेको र समाचार नपढेको होइन । कामरेड, यी उदाहरणहरुले मलाई के निश्कर्षमा पुग्न बाध्य बनाउंछ भने, कुरोको चुरो कसरी पैसा झार्ने भन्नेमा अडिदो रैछ । तपाइहरुले भन्नुहोला कस्तो संकिर्ण विचार राखेको ? तर यसले आम स्तरमा देखिएको सोंचको चित्रण गर्छ ।

अझ अर्को दुखदायी कुरा त नेपालको जातियताको लडाईले विदेशमा समेत नचिनेका नेपालीहरु र चिनेकैहरुको बिचमा पनि सौहाद्रपुर्ण वातावरण रहेन । पहिले जस्तो कुनै नेपाली हो कि भन्दै आंफै गएर “नमस्कार तपाई नेपाली हो ?” भन्ने स्थिति अहिले धेरै ठाउमा देखिदैन । त्यति मात्रै होइन न्युयोर्कमा १ वर्ष जति पहिले एकजना नेपाली मर्दा जातिपातिको कारणले शव नेपाल पठाउने पैसा पनि उठेन रे । कामरेडहरु, तपाइहरुको अग्रगामी सोचको कारणले सिर्जित अदृश्य दिक्षाले नेपालीहरु माझ न्युनतम मानविय संवेदना पनि हराउंदैछ। कामरेडहरु, भावनात्मक विष डमडम बन्दुकको गोली र सायनाइड भन्दा घातक हुन्छ । किन नेपाल जस्तो देशमा यस्ता विषहरु पोखिएका छन ? सामान्य कुरामा विदेशी प्रभू देख्नुहुन्छ तपाइहरु, तर तपाइहरुको दिमागभित्र विष भर्ने प्रभुहरु देख्नुहुन्न, होइन त यो बिडम्वना ?

कामरेडहरु, मैले काम गर्ने कर्मथलोमा जुन देशका मान्छेहरु कार्यरत छन, सबै देशको झण्डा प्रवेशद्वार भित्र राखिएको छ र जहिले पनि त्नेपालको झण्डा हेर्दै मान्छे झुम्मिरहेको देख्छु । मान्छेको पहिचान मान्छेले बनाउने हो, आंफै अरुले बनाउदैन । त्यसको लागि नारा जुलुश हैन काम गर्नु पर्छ । भड्काउने र फोड्ने हैन बनाउने र सपार्ने नसके चुप लागेर बस्ने गर्नु पर्छ । धेरै पश्चिमाहरुको सफलताका कडि यिनै हुन । घरै पिच्छे छुट्टै जात भएका पश्चिमाहरुले त्यसलाई आफ्नो घर भित्रमात्र सिमित गरे , तर हाम्रा लागि अझै यी संजिवनी बुटी छन, हैन त कामरेड यो विडम्वना !

अर्को कुरा बाहुन क्षेत्री, कामी, सार्की आदि र काठमाडौ बाहिरका नेवार समेतलाई राज्य चाहिदोरहेनछ अहिलेका नेताहरुको परिभाषामा । सिधा अर्थ के हो भन्दा जसले बल मिच्याइ र नेपाल बन्द गराउंछ देश उसैले पाउंछ । हामी केटाकेटीमा एक खुट्टे खेलेर कोठा जित्ने राज्य गेम खेले जस्तो । कामरेड, मागेर पाइन्छ भन्ने मानसिकता त्याग्नु पर्छ । जसले मेहनत गर्छ उसले फल पाउनु पर्छ भन्ने मान्यता लागु गर्नु पर्छ ।

मेरो मान्यतामा नेपालमा अझै पनि केहि परिवर्तन वा विकास हुन्छ भने केवल प्रगतिशील विचार बोकेका र अहिले पनि अगाडि देखिइरहेका वामपन्थीहरुबाट सम्भव छ न कि गिरीजा र गच्छेदार वा सुर्य बहादुर र गोरे बहादुरहरुबाट । देश बनाउन नसक्नुमा गिरिजा बाबुको कत्रो “महान योगदान” छ भन्ने कुरा दौंतरीमा नै करिब १ वर्ष पहिले धारावाहिक लेखहरु लेखिका थिए, मैले यहा भन्नै पर्दैन ।

करिव २ दशक अगाडि सारा विश्व एउटै देश र सारा मान्छे एउटै जातिका हुनेछन भन्दै मुठ्ठी उचाल्दै भुमिगत जिवनमा आफुले पनि गाएका सर्वहाराका गीतहरु अझै पनि मलाई याद छन । तर कामरेडहरु आंफै गर्ने भन्दा बिगार्नेहरुको जालमा फसेका छन र के हो प्राथमिकता भन्ने कुरो विर्सेका छन । गर्छु भन्नेहरुले भांडभैलेहरु र दिमागमा तन्तु नभएका झुण्डहरुबाट सिध्दान्त, बिचार र भिजनलाई जोगाइराख्न कति हम्मे हम्मे होला बाबुरामहरुलाई सोध्नुस ।

मेरो मान्यता संघियता देउसी भैलो र ६०१ जनाको नौटंकी भन्दा महत्वपुर्ण र दुरगामी असर राख्ने वृहत र आवश्यक योजना हो । यसको लागि धनुषवाणको लडाई होइन वृहत सोंच, भिजन र डिजाइन चाहिन्छ । यो योजनामा अब मैले राज्यरुपी जागीर पाएं वा पाउछु भन्नेहरुलाई माथि पारेर होइन कि देशको समग्र विकास र भलाइ सोच्नेहरुको सोचलाई कदर गरेर गरिनु पर्छ । होइन भने बिचार आआफ्नो हो, कस्तो भविष्य खोजेको हो सबैले आंफै जानुन र “जान्नेहरुले” नै भोगुन ! कामरेडहरु, मेरो विचार केटाकेटी भएकोमा मलाई दुख छैन तर राजनीति र कार्यप्रणाली नबुझेका तर आंफुले धेरै बुझेको छु र अग्रगामी छु भन्ने देखाउन खोज्ने उग्र कामरेडीपन प्रति चाहीं दुख लाग्छ । यस्ता कुराहरु नै समग्र देशको विकासका लागि मात्र नभएर आ-आफ्नै पार्टीका लागि पनि घातक हुन ।


अनि कामरेडहरु, घर जलेर आगो बल्दा केटाकेटीहरु पनि थपडि बजाउंदैनन बरु रुन्छन, केवल शिशुहरु मात्र बलेको उज्यालो देखेर दंग हुन्छन ।


बोली रुखो भएकोमा क्षमा पाउं कामरेडहरु !


33 Comments:

Nepal! said...

जातीय संघीयताको उल्टो चिन्तनमा नरमेकै वेश । यो संघीयताको कुरा जप्नेहरुमा वास्तविक संघीयताका पक्षधर भन्दा पनि स्वार्थको लड्डु खोज्नेहरुको बहुल्यता रहेकोले नै संघीयता या त धरापमा पर्छ या त दिनभरिको शिकार खाउं भने आफ्नै अनुहार भन्ने उखानको बांदरको शिकार बन्छ ।

पुष्प said...

शून्य समयजी,

माओवादीका कुरालाई आफ्नै हिसाबले राख्दैमा कमरेड भइनेरहेछ; तपाईंका तर्कलाई कोटी-कोटी प्रणाम !


… टुरिस्ट आएर जातीय पहिरनमा लगाएको फोटो खिच्छन र देश विकास हुन्छ भनेर ? फेरि केटाकेटी कुरा ! पर्यटन उद्योगका बारेमा थाहा त छ तपाईंलाई ?

… मलाई थाहा छ मान्छेहरु के रुचाउंछन, किन घुम्छन र कसरी घुम्छन भनेर। वातावरण र संस्कृति राज्य छुट्ट्याएर बलियो वा प्रचुर हुने हैन । थाइल्याण्डको जस्तो यौनगन्तव्य बनाउनुपर्यो ? हाम्रो देश जति वातावरणीय पर्यटनका लागि प्रख्यात छ, त्यति नै यहाँको कला, संस्कृतिका लागि ।

… संस्कृति बचाउन आफ्नै राज्य चाहिन्छ भन्ने कुरा पनि विश्वास गर्दिन म । कस्ता मान्छे हुन, वा कस्तो संस्कृति हो बजेट वा जागीर नपाए संरक्षण नहुने ? विश्वास गर्ने नगर्ने आफ्नो ठाउँमा छ । त्यही कुमारी, लाखे हेर्न र बुझ्नकै लागि पनि कति पर्यटकहरू नेपाल भित्रिन्छन् । के उनीहरूको संरक्षणमा राज्यको केही दायित्व रहन्न ? जागीरजस्ता कुराचाहिँ नगर्दा हुन्छ; यो नीच सोचाइ हो ।

… जातिय र क्षेत्रीय रुपमा बनेका भारतका मणिपुर, मेघालय, नागाल्याण्डहरु किन पछि छन ? भारतको यस्ता विकृत स्वरूप केलाउनेले त्यहाँको राजस्थान, पञ्जाब आदि र दक्षिण भारतका राज्यहरू पनि केलाउने क्षमता राख्नुपर्छ ।

… युरोपका धेरै देश घुम्दा पनि कहि कतै जातिय राज्य (सर्विया, अल्बानिया तर्फ नजाऔं) र व्यवस्था देखेको छैन । विदेशमा जस्तो छ त्यस्तै यहाँ पनि हुनुपर्छ भन्ने छ र ! हामीले आफ्नो मौलिक संरचना विकास गर्न सक्दैनौ र ?

… अझ अर्को दुखदायी कुरा त नेपालको जातियताको लडाईले विदेशमा समेत नचिनेका नेपालीहरु र चिनेकैहरुको बिचमा पनि सौहाद्रपुर्ण वातावरण रहेन । पहिले जस्तो कुनै नेपाली हो कि भन्दै आंफै गएर “नमस्कार तपाई नेपाली हो ?” भन्ने स्थिति अहिले धेरै ठाउमा देखिदैन । त्यति मात्रै होइन न्युयोर्कमा १ वर्ष जति पहिले एकजना नेपाली मर्दा जातिपातिको कारणले शव नेपाल पठाउने पैसा पनि उठेन रे । एकाध अन्धविरोधीहरूले यसो गर्नुबाहेक योचाहिँ मनगढन्ते कुराभन्दा केही होइन ।

… अर्को कुरा बाहुन क्षेत्री, कामी, सार्की आदि र काठमाडौ बाहिरका नेवार समेतलाई राज्य चाहिदोरहेनछ अहिलेका नेताहरुको परिभाषामा । सिधा अर्थ के हो भन्दा जसले बल मिच्याइ र नेपाल बन्द गराउंछ देश उसैले पाउंछ । ?अरुलाई पनि चाहिए दिनुपर्छ । तर यसका लागि उनीहरू स्वयम् पनि तत्पर हुनुपर्यो । यो बलमिच्याँको कुरा होइन, धर्म, कला संस्कृतिले सुसज्जितहरूको मागमात्र हो । समग्र नेवारहरू प्रतिनिधित्व नेवा: राज्यले गरेजस्तै अरु जातको पनि त्यस्तै हुनुपर्छ ।

शून्य समयजी, देश-दुनियाँ चाहार्नु राम्रो हो । तर आफूअनुकुल कुराहरूतिरमात्र ध्यान दिनु प्रभावकारी हुँदैन । अरुले आगो बालेकोमात्र देख्नेले के प्रयोजनका लागि बालेको भन्ने कुरा पनि बुझ्नुपर्छ । आगो बाल्दैमा घर जलाउन खोजेको देख्नुहुन्छ भने त्यसलाई कुनै ‘फोबिया’ कै रूपमा लिँदा फरक नपर्ला ।

ठरकि दादा said...

बोली रुखो, लेखाई खरो जे भने पनि कुरो चाही सहि हो !

एकलव्य ( Eklavya) said...

मेरो संग्रहमा एउटा लेख फेला परेकोले यहाँ पाठकीय स्वादका राखेको छु। 25 July 2007 कान्तिपुरमा प्रकासित विद्वान स्तम्भकार सौरभको एक लेखबाट उधृत निम्न पंक्तिहरू नेपालको बिखण्डनकारी जातियतावादका बारेमा केही कुरा:

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍
वामपन्थीहरूले यी मंगोल नश्लका पहाडमा बसोबास गर्ने, बोन धर्मावलम्बी जातिहरू अगाडि 'जन' अव्यय -पि्रफिक्स) त्यसबेला हाले, जब कलेज अफ एजुकेसनको स्थापनाले नेपालको कम्युनिष्ट आन्दोलन चर्किन थालेपछि, जब सिनासले जेएनयुसँग घाँटी जोडेपछि -सम्झनोस् परोक्षमा विश्वेश्वर कोइरालाले ०३६ मा टुँडिखेलमा दिएको भाषण) बोन धर्मावलम्बीहरूलाई इसाईकरणको निम्ति समर इन्स्िटच्युट अफ लिङविष्टिक्स खुलेकोमा त्यो पनि बन्द गराइएपछि विश्वविद्यालयमा समाजशास्त्र र नृवंशशास्त्र विभागको स्थापना हुन पुग्यो । विभागको स्थापना र जाति अगाडि 'जन' अव्ययको प्रयोग संयोग थिएन, वामपन्थी विखण्डनवादको मधुमिलन थियो । त्यस विभागको सुरु प्रमुखता वामपन्थीहरूकै हातमा रह्यो पनि ।

*********************************************************************
बाहुन, परेवा र धानको जात गनेर साध्य छैन भन्ने भनाइ छ । विश्वनाथ कोहीले धेरै मिहेनतपछि ०३४ को मधुपर्कमा बाहुनका करिब ५ सय थर दिएका छन् । तर एस थापा मगरको मगर संस्कृतिसम्बन्धी कृतिमा मगरका थरको प्रकारको सूचीलाई दुइटा शून्यले पुग्दैन । २६ किसिमका राई मानिए पनि जेरुङलाई भेट्न मुस्किल-मुस्किल पर्छ । पुमाहरू अति थोरै छन् । नाछिरिङ र दुङमालीहरू त्यस्तै छन्, जस्तो पाङतुवालीहरू थोरै । सोताङ ठाउँमात्र मान्ने गरिन्छ । बुङला अस्तित्वहीन अवस्थामा छ । छन् त चामलिङ र बान्तवाहरू धेरै । अनि राईका सामेत र पाछाहरू अर्थात् उपथरहरू -जस्तै, बलबहादुर राई वाहिङ तोलाचा) को गणना गर्न थाल्यो भने ती हजारौंमा पुग्छन् । तिनका अगाडि माथिल्लो हरफको पहिलो वाक्यमात्रै अर्थहीन हुन्छ होइन, करिब १५५ किसिमका पाल्तु परेवाहरूले लाज मान्छन् र नेपालका १८ सय किसिमका धानलाई शरमले पगटा बाहिर अंकुरण हुन गाह्रो हुन्छ ।
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍

बिखण्डन र बामपन्थ:

दुईवटा राष्ट्रमात्र संघीय अवस्थाबाट विभाजित भए आधुनिक युगमा युगोस्लाभिया र चेकोस्लोभाकिया । यी दुवै वामपन्थी थिए । पूर्व युगोस्लाभियाको टुट्ने क्रम अझै कायम छ । सर्बिया र कोसोभो उदाहरण हुन् । इरिटि्रयालाई इथियोपियाबाट स्वतन्त्र भएको मानिए पनि त्यहाँ शासन गर्ने व्यक्ति हेले सिलासी निगस होइनन् । वामपन्थी हेले मरियम मेंगिस्तु नै थिए । अर्कोतिर 'केबेक' फ्रेञ्चभाषी हुँदाहुँदै पनि कैयन जनमत संग्रहपछि पनि क्यानाडाभित्रै छ । किनभने त्यो वामपन्थी राष्ट्र होइन ।


एक शोधअनुसार -कर्ण: ०६१) नेपाल कम्युनिष्ट पार्टी -माओवादी) पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीको १२९ औं घटक हो । नेकपा -माओवादी) ०३८ मा अयोध्यामा जन्मेको मानिन्छ । त्यसपछि एमाले, माले, पुनः माले विभाजन, मसाल, मसालको पटक-पटकको विभाजन, संयुक्त जनमोर्चा, जनमोर्चा र त्यसको पटक-पटकको फुटबाट यो झन्डै १५० औं घटकमा पुगिसकेको छ । त्यसपछि पनि एमालेभित्रै घटकहरू स्पष्ट देखिन्छन् र माओवादीभित्र पनि भारतमुखी बाबुराम घटक मानिन्छ । यो
लेख्दा पनि एनके प्रसाईं र सीपी मैनाली घटक बनेका छन् ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍

एकलव्य ( Eklavya) said...

विखण्डनको प्रारम्भ
राष्ट्रपति एउटा 'रिलिजन'को भए प्रधानमन्त्री अर्को 'मजहव'को हुनैपर्ने संवैधानिक व्यवस्था लेबनानमा भयो । यो त्यो लेबनान हो, जहाँ बेरुतस्थित अमेरिकी विश्वविद्यालयले त्यहाँको गृहयुद्धको कारक भूमिका धेरै खेलेको थियो । यहाँ सिनासले जेएनयुसँग घाँटी जोडेर धेरै-धेरै भूमिका खेलेजस्तै । लेबनानको अघिल्लो नेपाली रूपान्तरण र वामपन्थी विखण्डनवादको उदाहरण हो- उपकुलपतिहरूको पार्टीगत बाँडफाँड । एमालेको हातमा शिक्षा मन्त्रालय हुँदाको लघुशंकाको यो भावी रूप हो, प्रधानन्यायाधीश एउटा पार्टी वा जातको भए प्रधानसेनापति अर्कोको हुनुपर्ने र प्रमुख निर्वाचन आयुक्त अर्कोको हुनुपर्ने । मानिसले जन्मदा नै आफ्नो वर्ण, समुदाय, क्षेत्रप्रति सचेत हुनुपर्ने र भावी अवसरका निम्ति त्यसैमा बढी आश्रति हुनुपर्ने भएपछि नेपाली वामपन्थले यो देशलाई अन्तरिक्ष युगमा पुर्यावउन नसक्ने स्वतःसिद्ध छ । 'किपट' अर्थात् 'जमिनदारी'लाई आधार मानेर 'स्वायत्तता'को कुरा गर्ने भएपछि नेपालको वामपन्थले माक्र्सको 'पुँजी'लाई पोलेर खाएको त झनै स्पष्ट छ । भविष्यबारे पंक्तिकारको यस टिप्पणीप्रति आर्थर क्लर्कका वैज्ञानिक अनुयायी भलै रिसाउन् ।
अन्त्यमा
'डक्टर जिभागो'का बोरिस पास्तरनाक र उनका समकक्षी लेखकहरूलाई साइबेरिया निर्वासित गरिँदा लगाइएको आरोप थियो- सोभियत समाजको परजीवी । तर माक्र्स स्वयम् प|mेडरिक एंगेल्सका पारिवारिक अर्थतन्त्रमा धेरै वर्षसम्म टाँस्सिएका परजीवी थिए । परजीवीले 'होस्ट' प्राणीका शरीरका रक्तकोशिकाहरू विखण्डन गरेरमात्र पोषण प्राप्त गर्छ । सोभियत संघको विघटनका सूत्रधार जार निकोलस थिएनन्, आत्मनिर्णयका महानतम अभियन्ता लेनिन र स्टालिन स्वयम् थिए ।


साभार : बामपन्थको परम धर्म : शौरभ ( कान्तिपुर २५ जुलाई २००७ )

Zero Hour (शुन्य समय) said...

पुष्पजी, मैले कमरेड भनेर तपाइलाई मात्र भनेको छैन । मेरै परिवार भित्रका कामरेडहरु देखि अन्यहरुलाई पनि मेरो निवेदन हो । माओवादी मात्रै नभएर जुन सुकै पार्टीका समयसापेक्ष र उचित मागको लागि मेरो जहिले पनि समर्थन रहन्छ । संवर्धन र संरक्षण प्रतिका तपाईंका सम्पुर्ण कुराहरुलाई मेरो समर्थन छ तर विष घोलिएको विखण्डन प्रति हैन । र संस्कृति र प्रकृतिको जगेर्ना प्रति मेरो पुर्ण सम्मान छ र यसको संरक्षण र विकासका लागि आवश्यक कुराहरु संविधानमा नै समेटिनु पर्छ ।

एकथरि बन्ने गर्थे जोमसोम बाटो लानु हुदैन, ट्रेकिङ रुट हो । बाटो गए पछि पर्यटक आउदैनन । तर अर्काथरि लाई थाहा छ बिक्न नसकेर स्याउ कुहाउनुको पीडा होस वा १० दिन लगाएर नुन बोक्नु पर्ने बाध्यता होस ।

पर्यटनका लागि संस्कृति, प्रकृति, आधुनिक रमझम, झ्याली पिटाइ आदि सबैका आ-आफ्नै महत्व हुन्छन । मैले नेपालको संस्कृति र प्रकृति बचाइराख्नु पर्छ भन्ने मान्यता राख्छु । तर धेरै क्षेत्रमा स्थानीय र रैथाने हरुले नै यसलाई सत्यनाश गर्दैछन । काठमाडौ, जनकपुर वाहेकका धेरै ठाउंका मौलिक संस्कृतिहरु वासिन्दाहरु धेरैले "बुर्जुवाको नीच सोच" को उपजको विकाशको परिभाषा मान्ने आधुनिक वस्ती र शहर र जागीरका लागि आफ्नो थलो छोड्नै पर्ने वाध्यता छ ।

कामरेड हिसिला यमीसंग केहि महिना पहिले कुरा गर्दा उहांको भिजन भन्दै हुनुहुन्थ्यो, ग्रामीण क्षेत्रका वस्तिहरुलाई शहर वा सुगममा सार्ने गरी वस्ती विकास गरिनु पर्छ अनि स्रोत र साधन पुर्याउन सजिलो पर्छ । नत्र कुनै पनि प्रणाली अघि सार्नुस त्यहां विकास पुर्याउन गार्हो हुन्छ । यहि कुरा नारायण सिं पुन पनि भन्ने गर्थे । पस्चिमाहरुले पनि धेरैले यस्ता कुराहरु लागु गरिसके ।

पंजाबमा शिखहरुको बाहुल्यता छ र शिखहरुको जाती हुदैन भन्ने कुरा यहालाई मैले भनिराख्नु पर्दैन । न त तमिलनाडु, केरला वा अन्य कुनै ठाउं । यिनिहरु क्षेत्रिय र भाषिक रुपले समेटिएका छन तर जातिय रुपले हैन । तर तपाइलाइ थाहा नहोला अब तमिलहरुले पनि विद्यालय देखि नै हिन्दी पढ्नु पर्छ । भारतमा क्षेत्रियताले सिर्जित नश्लिय भेदभाव कति बलियो छ भन्ने कुरा अहिले मुम्बईमा हेर्नुस वा दिल्लीमा पनि देख्नुहुन्छ।

पर्यटनको कुरा आयो । तपाईले थाइल्याण्डलाई सेक्स पर्यटनको हिसाबले मात्र हेर्नु हुन्छ ? म थाइल्याण्ड गएको छैन तर मैले भेटेका अधिकांशहरु आफ्नो जोडि सहित घुम्न जाने गर्छन त्याहां । सेक्स पार्लर डिस्को छ भन्दैमा त्यसलाई सेक्स पर्यटनको गन्तव्य मानिएको छ त्यसको बारेमा मलाई थाहा भएन । नेदरल्याण्डमा पनि थाइल्याण्डमा जस्तै छ सेक्स पार्लरहरु, तर यो बढी गांजा तान्ने डेस्टिनेशनका हिसाबले चिनिन्छ । जब कि यहां भन्दा बढी गांजाको खपत वा उपलब्धता नेपाल वा भारतमा हुन्छ । अनि अर्को कुरा स्पेनको मलोरकामा ५ युरो मा पार्कमा गलीहरुमा खुलेयाम यौन सेवा उपलब्ध गराउने युवतिहरु र क्रिडारत जोडिहरु भेट्न सक्नुहुन्छ । यस्तो थाइल्याण्डमा पनि छैन । अनि नेपाल पनि यो मामलामा धेरै अगाडि बढिसकेको छ । एउटा अन्तरवार्तामा राइन्हाल्ड मेसिंगर भन्ने पर्वतारोहीले भनेका थिए, सगरमाथामा अहिले वेश्या बियर छ्यापछ्याप्ती पाइन्छ । आवश्यकता र वाध्यताले मान्छेलाई धेरै तल धकेल्छ त्यसैले बुर्जुवाले मान्ने गरेको विकासलाई पनि प्राथमिकता दिऔं भन्ने मेरो मान्यता हो ।

युरोपियनहरु वर्षेनि १ महिना तलबी विदा पाउंछन र ३० डिग्रि वा त्यो भन्दा बढि तापक्रम हुने, सस्तो, सुगम, दंगा फसाद नहुने भरपर्दो र सुरक्षित ठाउं खोज्छन । कुनै जातिय संघले होलिडे डेस्टिनेशनको रुपमा त्यति मान्यता राख्छ जस्तो लाग्दैन ।

काठमाडौ बाहिर न्युनतम पुर्वाधार विकास हुनै पर्छ, काठमाडौको देशमाथिको एकाधिकार समाप्त हुनै पर्छ । संघिय प्रणालीमा जानै पर्छ यसमा दुई मत छैन । काठ्माडौमा बसेर देशलाई केक काटेर भाग लगाउन खोज्नेहरु वास्तविक संघियताका दुशमनहरु हुन ।

अनि विदेशमा फैलिएको जातियताको जालो नेपालमा भन्दा भयंकर छ त्यसैले यसलाई "एकाध अन्धविश्वासी" भनेर परिभाषित गरिनु दुर्भाग्यपुर्ण हो ।

पुष्पजी तपाइको विचार तपाइलाई जायज लाग्ला मेरो सोच र मेरो विचार मलाइ जायज लाग्छ । यो स्वभाविक मानविय प्रवृति हो । तर मुल मर्म भनेको देशमा विकास र परिवर्तन हुनु पर्छ, सवै नेपालीहरु गर्वसाथ र विकसित अवस्थामा बाच्न पाउनु पर्छ , यसमा तपाईको र मेरो पक्के पनि विवाद रहदैन होला । त्यसैले अहिले देखि नै यी कुराहरुलाई प्राथमिकतामा राखौं तव मात्र देशले सार्थक बाटो लिन्छ । नत्र हैन जातिय स्वायत्तता कायम भए पछि विकास त्यसै भइहाल्छ नि भनेर फेरि देशलाई अर्को प्रयोगशाला बनाउन तिर नलागौं ।

samyak said...

पुष्पजीको द्विविधा बडो अजबको छ ।

वहाँ मनैदेखि जातिय संघियतालाई मन पराउने मान्छे हैन । तर, माओवादीको अन्ध प्रशंसकको रूपमा , माओवादीको जातीय संघियतालाई नराम्रो हो भन्ने ह्याउ जुटाउन वहाँलाई गाह्रो परेको कुरा , वहाँले व्यक्त गर्नु भएका कुराहरूबाट बुझ्न सकिन्छ । बिडम्बनापूर्ण वहाँको बुझाइमा , जात्रा देखाउन जातीय राज्य चाहिन्छ भन्ने कुराले वहाँको कच्चा बुझाइलाई छताछुल्ल पार्छ । दौँतरीमा नै केही महिना अघि एकलव्यजीले पोष्ट गर्नु भएको यस्तै जातीय संघियताको लेखमा वहाँले यो हुनै नहुने कुरा हो भनेर बिरोध जनाउनु भयो , तर पछि आँफू माओवादीको घोर समर्थक भएको कुरा सम्झेर आफ्नै अघिल्लो कमेण्टको खण्डन हुने गरी अर्को कमेण्ट लिएर देखा पर्नुभयो ।

यस्तो खालको विडम्बनापूर्ण दोधारमा अहिले नेपालका धेरै कम्युनिष्टहरू फँसेका छन् । किनभने, अहिलेसम्म बुर्जुवा र सर्वहाराको मन्तर घोकाइएका कामरेडहरूलाई अचानक , यो जातिवादी कम्युनिज्म को औचित्यता बुझ्न अझै धेरै दिमाग धुलाइ तालिमको खाँचो पर्नु स्वाभाविक हो ।

माथि पोस्तकजी र जिरो आवरजीले उठाएको कुरा मननीय छन् । माओवादीको जातिय संघ भनेको , जातहरूको प्रदेशको रूपमा देखावटी प्रदेशहरू खडा गरेर , त्यहाँ आफ्नो पार्टीका जातिय संघहरू मार्फत शासन चलाउने भन्ने योजनाले बनेको हो र त्यसैले त्यहाँ झक्कू, भक्कू र धक्कूहरू प्रदेश प्रमुख हुनेछन् । तर यो माओवादी बठ्याईँ कालान्तरमा , उनीहरूकै लागि एम्बुस हुने निश्चित छ । किनभने लिम्बुवान भनेर लिम्बुलाई उचाल्ने माओवादीलाई कालान्तरमा सञ्जुहाङ पालुवाङ र अर्का लिम्बु नेताका दुई घटकले नै त्यहाँबाट बढारिदिएका छन् । भोलि यसै गरी अन्य प्रदेशमा समेत अन्य जातिय पार्टीको चंगूलमा प्रदेशको राजनीति जाने स्थिति हुनेछ , त्यतिबेला माओवादी वा यस्तै हतियार र हिंसाका मतियारहरू जातीय दंगा र लडाईँ मच्चाएर आफ्नो राजनीतिक स्वार्थको उपाय खोजिरहेका हुनछन् । त्यति बेला नेपाल , नेपाली , नेपालीपन र नेपालित्व मरसकेको हुनेछ ।

नेपालियन said...

जिरो आवरजी को लामो र कडा लेख लगभग बुझ्ने प्रयास गरें। बुझाइमा ठिकै लाग्यो।

मलाइ नठिक लागेको कुरा के भने नेपाल विश्वमै गरिब र पिछडिएको मुलुक हो। खाने पानि,औषधी उपचार देखी बाटो घाटो आदी निकै कम मानिस बिचमात्र सिमीत छ। यस्तो देशमा बिकासको ठुलो खांचो छ। तर देशमा बहुदल आएदेखी भाषण गरिने कलाको द्रुत बिकास भएकको छ भने देशको बिकास छायांमा परेको छ। जनताको कुरा त गरिन्छ तर त्यो कुरामा मात्रै। काममा देखाउनु पर्यो भने नेपाल बन्दा या चक्का जाम गरेर जनता कुरा उठाइन्छ। बन्द गरेर कसरी बिकास हुन्छ त्यो बुझिनसक्नु छ। अब भने जनताकै नाममा जात जातीमा देश बांडेर लगिने प्रबचन दिइंदै छ। एउटा राजमार्गमा पहिरो आए त हप्तौं बन्द हुने देशमा अब प्रदेश प्रदेशमा बांडेर कसरी रिसोर्सेस पुराउने हुन,कस्ले रोसोर्सेस दिने हो त्यो कुराको पत्तो कसैलाइ छैन। जहिले पनि एक समयमा कुनै ह्विम आउछ,अहिले लोकतन्त्र र जात जातीको राजनितीको ह्विम आएको छ। यस्ले खास रुप लिन पनि सक्छ या बर्खे बाढी झैं उर्लेर हराउन पनि सक्छ तर नेपाल जस्तो अबिकसित,गरिब,अक्षित देशलाइ यो निकै अफाप शिद्द हुनेछ। मिलेर देशका हरेका भागको बिकास कसरी गरिन सकिन्छ भनेर सोच्नुको सट्टा देश बांडेर कसरी सपार्न सकिन्छ भन्नु एउटा हाउगुजी मात्र हो। अन्तयमा अमेरीकीहरुले देशको लागी भन्ने गर्ने ठेगो तपाइहरु समक्ष बाढ्न चाहान्छू - UNITED WE STAND!

पुष्प said...

सम्यकजी,

जातीय राज्य हुनैपर्छ भन्दा पनि हुनुपर्ने र नहुनुपर्ने कारणमात्र राखेको हुँ । दुविधा नहोस् । यदि जातीय राज्यले साँच्चिकै बेफाइदा गर्छ भने यस्ता विचार त्याग्नुमा संकोच मान्नुपर्दैन । तर हामीले एकोहोरो सोच्ने बानी पनि त्याग्नुपर्छ । समय परिस्थितिअनुसार विचार र सिद्धान्तहरूको औचित्यता फरक पर्नसक्छ । हिजो राजतन्त्रको जयजयकार गरिएकै हो, गिरीजा, माकुनेको वाहवाही पनि गरिएकै हो; तर अहिले ? अवसरवादी नठान्नुहोला नि ।

Anonymous said...

I really liked the healthy discussion done over here. No matter what, we want our country properity. In fact dividing Nepal into small parts per caste and religion is nothing but dividing more seats to their cadets since 601 is not adequate.

HAWA said...

अरु कुरा त तेस्तै हो मलाई पनि कनफुजन हुन्छ.. तर राज्यलाई बाउ बाजे को बिर्ता ठान्नेहरुले स्वेच्छिक अवकाश नलिएसम्म सारा बिस्व मा फैलिएको जातीय आन्दोलन बाट नेपाल अप्रभावित रहन सक्ला र ?

samyak said...

(१) मान्छे दोधारमा छन् । एकातिर जन्मेको थातथलो र मुलुक बिर्सेर , पाए कानूनी नपाए हरेक गैरकानूनी तरिका अपनाएर विविध नेपाली जातका मान्छेहरू, नेपाल बाहेक अन्त कुनै मुलुकमा हराउन चाहिरहेका छन् । तर त्यहाँ पुगेर पनि , नाक -नक्शा अनि जात , थर र गोत्रका अनि पूर्व पश्चिम र उत्तर दक्षीणका संकृण सोचलाई जागृत गर्न लागिपरेका देखिन्छन् । जापान , अष्ट्रेलिया , अमेरिका र बेलायतमा पनि अहिले नेवार, थकाली, जनजाति र बाहुनवाद का जातिय राजनीतिक झुण्डहरू र तिनका कटाक्षहरू नेपाली टेक्नोलोजीका विस्तारीकरण संगै मौलाएका छन् भन्दा उदेक, हर्षित वा उद्विग्न के हुने भेउ पाउन गाह्रो परेको छ ।
(२) जातिवादी आकांक्षाको दुहाइ दिएर अगाडि बढ्दै जाँदा , कुन गन्तव्यमा विश्राम लिइनेछ भन्ने कुराको हेक्का कसैले राखेको देखिन्न । नेवारभित्र पनि उच्च जातिहरूको स्तर अत्यन्त सम्भ्रान्त छ भनिन्छ वा बुझिएकै पनि छ । कुनै समयमा जनजाती भित्र नेवारलाई पार्न हुन्न , हामी जनजाती होइनौँ भन्ने नेवारहरू नभएका हैनन् । तर जनजातीलाई अध्ययन र छात्रवृत्तिमा कोटा छुट्याइएर , सो कोटाको प्रयोग अधिकांशत: पढाइमा चलाख नेवारहरूको पक्षमा हुन गएको छ भन्ने आवाज झिनो हुँदै कालान्तरमा जनजाति महासंघको चुनाबमा मल्ल के सुन्दरको पराजय र पासाङ शेर्पाको विजयमा मुखरित भएको पनि देखिएको हो । जनजाती भित्रको राजनीति पनि विचित्रको छ । ५० भन्दा बढी जनजाति सूचिकृत छन् तर त्यहाँभित्र पनि अपेक्षाकृत चलाख र सम्पन्न नेवार,गुरूङ, राई, लिम्बु र थकाली ( कूल जनसंख्याको लगभग १० प्रतिशत मात्र ) को मात्र जगजगी चलेको नदेखिएको हैन । तामाङ र मगर र थारू जस्ता जनसंख्यामा ठूला ( तीनवटाको लगभग १८%) जनजाती समूहको वर्चस्व जनजाति समूह भित्र नै निर्धो पार्ने ठालूवाद नभएको पनि कहाँ हो र ? तैपनि , यसको आक्रोशको राजनीति पनि कुनै मौका हेरेर बसिरहेको होला ठान्न सकिन्छ । २८-३०% जनसंख्याको हिस्सा ओगट्ने निश्चित जनजाती समूहका नेतृत्व जातिलाई राज्य दिएर न्याय हुने हो भने २२-२५ प्रतिशत ओगट्ने उत्रै ठूलो तर असाध्यै दमित र पीडित दलितहरूलाई कसरी नया राज्यको व्यवस्था गरिने हो त्यो पनि बुझिनसक्नु प्रश्न बनेर उपस्थित हुनुपर्ने हैन र ?
(३) ३०‍-३५% जनसंख्या ओगटेको बाहुन,क्षत्री,ठकुरी, सन्यासी समूहको सबैभन्दा ठूलो हिस्सा , असाध्यै पिछडिएको भेरी, महाकाली, सेती र कर्णाली र राप्तिका दूर्गम र पछौटे जिल्लाहरूमा बसोवास गर्छ भन्ने जान्ने बुझ्ने सबैलाई ,त्यो प्रदेशको विकास र जातजातिको उत्थानको मार्गचित्र नदिई यी खसहरू हिजोसम्मका शासक वर्ग थिए त्यसैले यिलाई यत्तिकै छाडिदिनुपर्छ भन्ने गैरजिम्मेवार संघियताको
वर्तमान प्रस्तावहरूले दिने जवाफ के हुनेछ कसरी थाहा पाउने र विश्वस्त हुने ?
(४)जब वर्गवादी कम्युनिज्म, वर्णवादी कमण्डलु बोकेर भिक्षाटन गर्न निस्कन्छ र आफ्नो कमण्डलु भित्रबाट सबै तमाशा हेर्नेलाई स्वाद स्वादका मिठाइ बाँडेर चमत्कार पस्किन तम्सिन्छ, उसको कमण्डलु भित्रका मागिएका कनिका कणहरू कसरी जवाब बनेर वितरित हुन सक्छन र ? कन्फ्यूजन स्वाभाविक बन्छ ।

हावाजी कसैले बाउको विर्ता ठान्दैमा कुने कुरा कसैको विर्ता हुने हैन । यो आक्रोशको बोलीको कुनै तुक हुन्न , वैचारिक बहसमा यस्ता टुँडिखेलमा चिच्चाउने राजनीति लम्फू गर्जनले समादान दिँदैन । स्वेच्छिक अवकाश पनि कसैले लिँदैन , यस्तो हुन्थ्यो भने कल्पनामा रामराज्य खडा गरेर सुत्ने अनि भोलिपल्ट सुनको लंका रचे भैहाल्थ्यो ।

जसले, जातिय राज्यले समाधान दिनेछ भनेर जातिय रडाकोको आगो झोसेका हुन् तिनले भोलिको रक्तपातमा केवल रमिते भएर आगो ताप्ने कर्म गररहेका भेटिनेछन् किनभने तिनले भन्नेछन् ' हामीले त यसो गर्ने भनकै थिएनौँ नि भनेर ' । भर्खरै अलिक विद्वत मान्छेहरूको एउटा भेलामा कामरेड बाबुराम यमी भट्टराईले यो प्रश्नको गोलमटोल उत्तर दिएर भनेका छन् ' हामीले भनेको संघियता इथ्निक हैन , नेस्नालिटीमा आधारित हो भनेर' । किनभने उनलाई थाहा छ , वौद्दिक र प्राज्ञिक मान्छेहरूको जमघटमा जातिय संघियताको औचित्यता साबित गर्ने सामर्थ्य यसका योजनाकार बाबुराम यमी भट्टराईसंग पनि छैन । तर आफ्ना कार्यकर्तालाई कुन ठाउँमा पुगेर कुन रूपमा मच्चाउँदा, उपद्रवमा साथ पाइन्छ त्यो भने यिनले राम्रै चिनेका छन् । कामरेड प्रचण्डले ' रोल्पालीहरू एक बोतल ख्वायो भने पुलिस चौकी नै हान्न जाने र ज्यानको ख्यालै नगर्ने रैछन्, त्यसैले जनयुद्द यहीँबाट शुरू गर्नुपर्छ' माओवादी हिंसाका शुरु हुनु पूर्व नेपालगञ्जमा भनेको यो भनाइले उनीहरूको उपयोगितावादी नियत छर्लङ्ग पार्दैन र ?

Zero Hour (शुन्य समय) said...

सम्यकजीले दिएका तथ्यहरुले वास्तविक रुपमा नै अवसरवादी र अझ खतरनाक जातिय मोडेलका नाइकेहरुको नियत र यथार्थ दर्शाउंछ ।

HAWA said...

जातीय मोडेल त नेपाल मा सुरु देखि अहिले सम्म नै रहेको हैन र ? गिरिजा, ग्यानेन्दर, माधव नेपाल रहदा जातीय नहुने अरुहरु आऊदा जातीय हुँच्छ र ?

HAWA said...

ब्राम्हण ब्राम्हणस्व द्रिस्टवा स्वनवत गुर्गुरायते ;)

Nepal! said...

हावाजी, गिरिजा, माधव अनि तपाइले छुटाएका नामहरु छत्रमान गुरुङ, राम वरण यादव, सुभाष नेम्वाङ, ललित लिम्वु (सवै संवैधानिक अंगका प्रमुखहरु हुन) लाई तपाइले जातीय देखनुहुन्छ ? मेरो लागि यि जातिय नामहरु हैनन ।

तपाईलाई थाहा छ छैन नेपालको सवै भन्दा धेरै तलव आउने यु एनका जागिरहरुमा काठमाडौका रैथाने नेवारहरु (निमुखाहरुको कुरा गरेको हैन है निमुखाहरुको त कहिं पनि पालो आउंदैन ) को वर्चश्व छ र अरुको त कुरै छाडौं बाहिरका नेवारहरुले पनि त्यहां जागिर पाउंदैनन ।

ब्रिटिश सेनामा गुरुङ, राई, लिम्बुहरुको वर्चश्व छ, त्यहा मगरहरुलाई पनि पस्न दिइदैन । वाहुन, नेवार, मधेशी, कामी, दमाई, डोल्पाली, दार्चुलीहरु त भर्ती हुने चौरमा गए पनि लात खाएर निकालिन्छन । तर अहिले त यस भित्र पनि भ्रष्टाचारको जरो गडिसकेको छ । भारतीय सेनाको कुरा गर्नु भो भने मगरहरुको वर्चश्व छ । यस्ता धेरै कुरामा तपाईको आंखाले जातियता देख्दैन रहेछ । मलाइ जस्तै धेरै सक्षम जनजातीहरुलाई राजनीति र सरकारी सेवाको १००० रुपियाको जागिर कहिल्यै पनि आकर्षण बनेन । किनकि सक्षम जनजातीहरुले नेपालमा यति छिटो अवसर पाए र पाउंथे कि वाहुन, क्षेत्री वा नेवारले जस्तो अन्य उपाय सोच्ने वा १००० रुपियाको जागिर खाने कहिल्यै दरकार परेन । देशभरिको व्यापार आफ्नो पकडमा रहेको नेवार समुदाय पनि व्यापारलाई समयानुकुल अगाडि लैजाने भन्दा पनि सुस्त व्यवसाय थाम्दै बसिरहे अनि मारवाडिहरु सकेको सवै प्रयोग गरेर माथि उठ्दै गए , अहिले तपाइले तिनिहरुको रिस गरेर हुन्छ ?

त्यसैले "हावादारी: कुरा भन्दा वास्तविकता, विधिको शासन, समान अवसर, सक्षम अनि योग्यले काम पाउने अवस्थाको लागि वकालत गर्नुस । तपाई हाम्रो पुस्ताको नेपाल त डुब्यो डुब्यो कसैले माथि ल्याउन सक्दैन, तर अझै पनि आउने पुस्ताको लागि भए पनि उपयुक्त काम गरौं नसके भांड्न पट्टि नलागौं ।

नत्र देशसंगै तपाइ पनि "भांड"मा जानुहुन्छ , देश डुबे पनि आंफू उत्रिउंला भनेर दंग नपर्नुस ।

samyak said...

हावादारीजी,

'ब्राम्हण ब्राम्हणस्व द्रिस्टवा स्वनवत गुर्गुरायते'

तपाईँले अशुद्ध नै लेखेर भएपनि बाहुनलाई बेसरी गाली गरेँ भन्दै काखी बजाएर लेखेको वाक्यको सन्दर्भ र अर्थ यस्तो छ :

दुईटा पुरेत बाहुन एकापसमा भेट्दा , इर्ष्याले जलेर कुकुर झैँ ( स्वानवत ) घुर्घुराउँछन् । यो भनाइ बाहुनले संस्कृतमा आफ्नै जातका मान्छेहरू पुरेत्याईँ पेशामा यो तहको नीचतासम्म ओर्लन्छन् भनेर गरेको आलोचना हो । आफ्ना विकृत स्वभावको स्वयं आलोचना गर्नु राम्रै कुरा हो ।

तर तपाईँले जातीय संघियताको बहसमा , यो पंक्तिको उद्धरण गरेर यहाँ के साबित गर्न खोजेको हो बुझ्न गाह्रो पर्‍यो । स्वस्थ बहसको कुरामा दमदार तर्क लिएर आउनुहोस् न , हामीले पनि तपाईँको कुरामा सहमति वा बिमति राख्न पाइयोस् । पुरेत्याईँ पेशाका मान्छेका नकारात्मक कुरा भए जस्तै अरू पेशा वा जातका लागि पनि उखान र भनाइहरूको खाँचो छ र हाम्रो जनजिब्रोमा ?

अत: दाह्रा किटेर 'श्वानवत् नघुर्घुराइकन' स्वस्थ सोच र तर्कले सुसज्जित भएर देखापर्नुस् है , मेरो अनुरोध छ ।

नेपालियन said...

अली माथी समयक जी ले लेखेको कुरामा हो मा हो भनौं या अली थप भनौं जस्तो लाग्यो।
- बिदेशमा जात जातीका संगठन यती झांगिएका छन कि कुरा नगरीसाध्य छ। न्यु वर्कमा त ४ जात ३६ बर्णनै छन तर तिनका हांगा बिंगा पनि उत्तिकै छन। नेपालमै यस्को राजनिती फस्टाएको छ भने बिदेशमा नफस्टाउने कुरै भएन।

-अब जात जातीमा प्रदेश खडा गर्ने हो भने संख्याकै आधारमा बाढ्दा पनि कसरी रेखाकंन गरिने हो अचम्म लाग्दो छ। काठमाण्डौकै एउटा गल्ली हेर्ने हो भने एउटा घरमा नेवार छन त अर्को घरमा बाहुन, अनि क्षत्री,मगर यस्तै यस्तै। यो राजनती जगाउने खांडो बाहेक केही होइन।

अन्तमा कमरेड प्रचण्डले १ बोतल जांडले रोल्पाली लड्छन भने युद्द त्यहींबाट छेड्नु पर्छ भनेको एकदम सहि लाग्यो। उनी यती धुर्त छन कि बेमौसममा सिंगापुरमा हुइया गर्न पुगे।

HAWA said...

(अ) सम्यक जी, म त ब्राम्हण परे तपाईं पनि ब्राम्हण पर्नु भो कि कसो गुर्गुराउन पो थालनुभो ;)

नेपालीयन जी, कतै प्रचन्ड पनि ब्राम्हण भएको ले नै धुर्त भएका त हैनन ?.. हेर्नुस् न, गिरिजा माकुने झल्लु र प्रचन्ड ब्राम्हणहरु यो कत्तिक मंसिर मा के देखेर गुर्गुराएका होलान ? :)

नेपालियन said...

हावा जी प्रचण्ड,गिरिजा,माकुने खै के के हुन, तर धुर्ताइमा कुनै कम देख्दिन म। ब्राम्हण आदी भन्ने कुरामा भने सबै पार्टीमा यो उ तलमाथी भए पनि एउटै जाती मात्र छन जस्तो लाग्दैन। अहिलेकै सांसद हेरौं न कती जात होलान, तर सबै धुर्तकै बगाल हो। म्याद सकिन लागिसक्यो कता हो संबिधान अत्तो पत्तो छैन।

HAWA said...

सरी नेपाल जी , मैले तपाइ को कम्मेन्ट पढनै छुताएछु

जात जाति र नस्ल भन्दा माथि उठेर सोचाइ राख्नुपर्छ भन्ने तपाई को भावना आदर्स छ

तपाईंले जस्तै सबैले सोच्न सके कती राम्रो हुने थियो होला

तर म दैनिक जीवन मा जे देख्दछु शायद तपाईं ले पनि महसूस गर्नु भाकै होला यथार्थ त्यस्तो छैन

ओबामा देखी रामबरण सम्मले जतिसुकै गरे पनि उनिहरुको चर्चा हुँदा उनिहरु आँफैले पनि र अरुले पनि एथ्निसिटी को सन्दर्भ जोडेकै हुन्छन

तपाईंले छत्रमान र ललित लिम्बु को प्रसँग जोडनु भो..तर तपाईंले बिचार गर्नु भकै होला.. छत्रमान रोलक्रम अनुसार प्राकृतिक रुपले सेनाध्यछ्य हुँदा पनि पहिलो जनजाती सेनापती भो भनेर सबैले हल्ला गरे..राम बरण् त मधेसी भएकैले राष्ट्रपती भएका हुन त्यो त छर्लगै छ

म पनि चाहन्न कि मैले गरेको कुराले कुनै कटुता जन्म्योस.. तर समस्या छ भने समस्या सँग भागेर वा लुकाएर समाधान हुँदैन तिनमा छलफल हुनुपर्छ भन्ने म सोच्दछु

Nepal! said...

हावाजी, माधव, सुभाष आदिहरु पनि रोलक्रमबाटै आएका हुन । सक्षम छन छैनन अर्कै कुरा हो तर किन माधव नेपालको उत्पति भयो भन्ने तपाइलाई थाहै हुनु पर्छ । प्रचण्डपनि माओबादिलाई यहांसम्म ल्याउन धेरै हदसम्म "योगदान" दिने व्यक्तिहुन । उनमा धेरै "कला" छ कसलाई कसरी रिंगाउनुपर्छ भन्ने ।

कुरितिलाई निर्मुल पार्नु पर्छ तर एउटा कुरितिमाथि अर्को कुरिती थपेर त्यो हट्दैन । कतिपय समस्या यस्ता हुन्छन जसलाई जरै देखि फाल्नुपर्छ ट्युमर जस्तो नत्र त्यसले पुरै शरिर गलाउंछ । अहिले सबै पार्टीका कार्यकर्ताहरुले नेताहरुलाई सद्मार्गमा लैजान दवाव दिनुको साटो झन कुमार्गमा लैजान फलाकिरहेकाछन त्यसैले नै नेताहरु पनि एक भन्दा अर्को गलत र भड्काउ काम गर्न विवश छन भन्दा फरक नपर्ला ।

पुष्प said...

यहाँ धेरै कुराहरू आए, प्रसंगभित्र र बाहिरका केही कुराको चर्चा गर्न मन लाग्यो ।

जातीय राज्यको आधार र अन्य जातको दुविधा
अहिले हरेक ठाउँमा एउटै जातिको बाहुल्यता रहेको धेरै कम ठाउँहरू छन् । यस्तो अवस्थामा कुनै निश्चित जातीय राज्य कसरी सम्भव होला भन्ने प्रश्न उठ्नु जायज हो । यसको उत्तर दिनेहरूले ऐतिहासिक तथा अन्य विभिन्न पृष्ठभूमिहरूलाई आधार बनाएको पाइन्छ । नेवा: राज्यकै उदाहरण लिउँ काठमाडौं उपत्यका (ललितपुर, भक्तपुर, काठमाडौं) तथा काभ्रेमा नेवारहरू केही जिल्लाहरूको ऐतिहासिक पृष्ठभूमि केलाउनेहरू र अहिले पनि नेवारहरूको वर्चश्वलाई कसैले नकारिहाल्न सक्दैनन् ।

विदेशमासमेत जातपातको कुरा
केही साथीहरूले यस्तो सानो कुरालाई समेत बडाइँ-चडाइँ गरेर 'नेपालीको बानी' भन्ने उखानलाई चरितार्थ गर्ने कोशिस गर्नुभएछ । के विदेशमा आफ्नो जात, धर्म वा क्षेत्रका मान्छेहरूबीच सौहार्द्रता बढाउने कार्य हुनु नराम्रो हो ? के विश्वव्यापीकरणसँगै हामीले आफ्नो धर्म, कला, संस्कृतिलाई गुमाउँदै गइरहेको अवस्थामा यस्ता 'गुटबन्दी' हुनु नराम्रो हो ? यसबाट जातीय वा अन्य भेदभाव हुन्छ भन्नुजस्तो हाँस्यादस्पद अरु के हुनसक्ला र । भन्नु त नहुने हो, तर माफ गर्नुहोला जातीय गुटबन्दीमा 'बाहुन'हरूलाई कसैले जित्न सक्दैन वा भनुँ अरु जातमा छैनबराबर छ जातीय गुटबन्दी; अपवाद भन्ने कुरा बेग्लै ।

जातीय र क्षेत्रीय राज्यबीचको दुविधा
नेवा:, लिम्बुवान, मगरात, थरुहट आदि जातीय राज्यको घोरविरोध गर्नेहरूले मधेशी राज्यलाई पनि त्यसैअनुरुप बुझेको देखियो । वास्तवमा मधेशी राज्य जातीय राज्यको स्वरूप नभई, क्षेत्रीय स्वरूपका रूपमा लिइएको छ । अनि मधेशी राज्यभित्र पनि जातीय राज्य रहने कुरा बाहिर आएको छ ।

जनजातिहरूको तानाबाना
यो जनजाति भन्ने शब्द पनि अचम्मकै छ । हाम्रो देशको राजनीतिमा क्षेत्री (राजापक्षधर) र बाहुन (प्रजातन्त्रपक्षधर) को बाहुल्यतालाई कसैले नकार्न सक्दैन । वास्तवमा राजनीतिको कमान सम्हाल्ने यिनै दुई जातकाहरूले नै आरक्षण र अन्य विभिन्न प्रलोभन देखाएर अरु जातकालाई होच्याउन र दमित गर्नकै लागि जनजातिको तानाबाना बुनेका हुन् भन्दा अतिश्योक्ति नहोला । वास्तवमा यस्ता संरचना भत्काएर नयाँ खालको संरचनाको विकास हुनैपर्छ ।

जुनसुकै किसिमको संरचनामा नेपाललाई ढालिने भएतापनि त्यसका आधार र औचित्य पुष्टि हुनैपर्छ । हचुवा र बलमिच्याइँ भएको भान हुनुहुन्न र यसले अमूक राज्यमात्र नभई समग्र नेपालको उत्थानमा सहयोगार्थी हुनुपर्छ । जसरी जातीय राज्यका विरोधीहरूले इथियोपियाको उदाहरण दिएजस्तै; जातीय राज्यका समर्थकहरूले नेपालको उदाहरण दिने नेपाल बन्न सकोस् ।

लेकाली said...

यस्तो पो दौतरी !!! बल्ल दौतरी तातेको जस्तो छ । अहिले सम्म लाग्थ्यो दौतरीमा चुलो बलेकै छैन कसैले ठोसठास नपार्ने। यसपाली प्रतिकृया पढ्न पनि मजा आयो। दिमाग भित्र घुसेका तितामिठा संस्मरण र अनुभूतीले फेरी रंग दिन थाले जस्तो। कुनै सोच बादलिए कुनै घोट्लिए र कुनै मन्थन हुने क्रममा छन।

Nepalean said...

I agree with Nepal!

If there is tumor we need to remove it from the body otherwise it will cover the entire body in the coming days. However what I feel is if some one has tumor, our beloved politicians diagonised it as fracture or muscle strain. So our existing problems never go away. Instead they keep on adding.

पुष्प said...

नेपालियनजी,

अर्बूद रोग हो कि होइन भनेर पहिले निर्क्यौल त गर्नुपर्यो नि । बित्थामा अपरेशन गरेर ज्यान खतरामा पार्ने मूर्खता गर्नुहुँदैन । अर्बूद रोग भएपनि सर्जरी गर्ने कि केमोथेरापी, रेडिएन, लेजर आदि के गर्दा उचित हुन्छ त्यो पनि निर्क्यौल गर्नुपर्छ । यस्ता रोगका लागि जति हतार गर्नुपर्छ, त्यति नै संयमता, धैर्य पनि चाहिन्छ ।

नेपालियन said...

पुष्प जी,

हाम्रा गुइए डाक्टरहरु दाइने खुट्टो भाचिए देब्रे खुट्टो प्लास्टर गरेर पठाउछन। नेपालको समस्या के हो कसैलाइ थाहा नभएको हो र? भोक,अशिक्षा,बेरोजगारी आदी यिनै त हुन नेपालको समस्या। अब बन्द हडताल,संसद बन्द आदी गरेर कसरी हट्छन ति समस्या? लाज मर्दो, बजेट नै थप्प हुन भए पछि बल्ल बल्ल बजेट पासको लागी ३ दिन संसद खुल्ला गर्ने रे, हैन संसद नै चल्न नदिने भए किन संसदको चुनाब लड्ने? बिमती हुनु साधारण कुरा हो तर गरिब जनतालाइ अझ गरिब बनाउन अधिकार कसैसंग छैन। बांदर चरित्रको ठेकेदारी माओबादीले मात्र गरेको छैन,बिगतमा पनि यस्तै हुन्थ्यो तर अहिले माओबादीले त सबैलाइ माथ दिने गरी जनताको पेटमा लात हान्ने काम गरिरहेको छ।

पुष्प said...

नेपालियनजी,

पहिलो वाक्यमा उल्लेख गर्नुभएको शब्द प्रयोग गर्नु कमसेकम तपाईंजस्तो लेखक/पाठकलाई अलि सुहाउँदैन कि ! :)

बजेट पास गर्न नदिएर जनताको पेटमा लातै हान्ने काम गरेको भन्दा अलि अतिश्योक्ति भयो । अहिलेसम्म पेश्की बजेटले 'चलिरहेकै' छ । जेहोस् बजेट पास गर्न दिने दूरदर्शिता माओवादीले देखाएकोमा प्रशंसा गर्नैपर्छ । जहाँसम्म सदन बन्दको कुरा छ, यसलाई जनताको विरुद्ध लिनुभन्दा, जनताको शक्ति स्थापित गर्नकै लागि हो; नागरिक सर्वोच्चता भन्दा मुर्मुरिनुहोला ।

नेपालियन said...

पुष्प जी झर्रो शब्दहरु त्यती मिठा नमानिए पनि तिनले कुरालाइ ठ्याक्कै स्पष्ट पार्छ। झर्रो शब्दहरु लेखनमा त्यती लोकप्रिय नभए पनि लोक-लबजमा निकै झुण्डिने गर्छन।

संसद बजेट पास गर्ने समयामा मात्र हैन,पुरा समय चल्नदिनुपर्छ,यो कसैको ब्यक्तीगत सम्पती होइन चाहे चल्न दिने नचाहे नचल्न दिने। चाहानेले बहस गर्नुपर्छ नचाहानेले छोड्नुपर्छ। नागरीक सर्बोच्चताकै लागी संसद बन्द गर्नु भनेको बगरेले पशुबलीको बिरोध गर्नु जस्तै हो।

Dinesh Chhetri said...

सबै लै राज्य, तर नेपाल का एकमात्र सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण
सबै लै राज्य, तर नेपाल का एकमात्र सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ) हरुलाई राज्य खोइ??
खस हरुको आदिभूमि कर्णाली र सुदुर्पचिम लै किन खसान नभनिकन कर्णाली र खप्तड वा सेती महाकाली भनेको ??? एमाले र माओबादी ले बनाएको बहु संस्कृतिक राज्य मा ९५% खस हरुको जनसंख्या छ...तेस्लाई किन छेत्रिये राज्य/ यिलाका नि???. तेस्लाई पनि खसान (पूर्वी, पश्चिम)नामकरण गर!!!!! खस हरुलाई बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित अनि अरु जाति मा बाडेर टुक्र्याएर खस हरुलाई अल्पमत मा देखाउने दुष्प्रयाश नगर!!!!!!!!! तीसौ जाति भएको नेवार समुदाय लै चाही जाति भनेर राज्य बाड्ने तर खस हरुलाई चाही टुक्र्याउने??? आप्रबासी हरुलाई समेत राज्य बाड्न सक्ने, तर आदिबासी खस हरुलाई राज्य नबाड़ने, हे माओबादी र एमाले.....याद राख .... नेपाल को लगवग ५०% जनसंख्या भएको खस हरुलाई चित्त दुखाएर कसैले जातिय राज्येको कल्पना गर्छ भने त्यो मुर्खता मात्र हो !!!!!!!

पुष्प said...

नेपालियनजी, झर्रा शब्द मिठा नमानिने होइनन्, व्यक्तिगतरूपमा मलाई अति नै मन पर्छन् । तर झर्रा शब्दहरूमा पनि त नराम्रा शब्दहरू छन् नि । तपाईंले लेख्नुभएको शब्द गलत ठाउँमा प्रयोग भयो भन्ने भनाइमात्र हो । जहाँसम्म सदनको कुरा छ, त्यो सत्तापक्षको कमजोरीकै कारण हो । हुन त जाबो राष्ट्रपतिको मुद्दा छलफल गर्न नसकिने सदनलाई केको सदन भन्नु र ! यो त छोटेराजाहरूको बैठकजस्तोमात्र हो, यसलाई बहिष्कार र बन्द गरिनैपर्छ ।

दिलीपजी, तपाईंका कुरा जातीय राज्यको परिकल्पनाकारहरूले अवश्य मनन गर्नुपर्छ । खस जाति आदिवासीमा पर्लान्, तर अरुलाई होच्याउन र दमित गर्नकै लागि जनजाति र आदिवासीको परिकल्पना गर्नेहरूले आफूलाई जनजाति वा आदिवासी भनेर एकपटक फेरि आफ्नो चरित्र उदांगो पार्न कोशिस गरेका छन् ।

पुष्प said...

मेरा प्रतिक्रियाहरू त चल्दैछ, पाइला मेट्दैछ जस्तो पो भइरहेको छ । :) मेरा प्रतिक्रियामा चित्त नबुझ्नेहरूले मेरा प्रतिक्रियाका विरुद्धमा किन लेख लेख्नु ? लोकतन्त्रमा आस्था राख्नेहरूको पनि यस्तो 'चाला' । अरुलाई किन गाली गर्नु ?

पोस्तक श्रेष्ठ said...

सदन अवरुद्धको सवालमा:
कम्प्युटरका डाक्टर इन्जीनियर साथीहरुले ई-हाउस सफ्ट्वेयर बनाइदिन पर्‍यो। सबै सभासदहरुलाई कम्प्युटर, इन्टर्नेटको ब्यबश्था सरकारले गरिदिने। सभामुखले सबै एजेन्डा, बिलहरु अनलाइन पोस्ट गरिदिन्छन। सबै सभासद्को आ-आफ्नो एकाउन्ट हुन्छ। जे तर्क बितर्क संसोधन प्रस्ताव जे गर्न मन्लाग्छ गर्छन् र अन्त्यमा भोटिंग पनि त्यँही गर्छन्। संसद अवरुद्ध गर्न अनी कस्को के तागत?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !