January 7, 2009

काठमाडौंमा बातावरण प्रदुषण

Prabin Thapa

साझ पर्न साथ एउटा ठुलो जमात हातमा फोहरको पोक बोकेर नजिकैको चोक, खोल, नदीतिर लाग्छन, त्यस पोका भित्र सबथोक हुन्छ यानकी भान्सा बाट निस्कने फोहर देखी प्लास्टिक,कागज, काच सबै त्यही तपाईं हामीले मिल्काउने फोहरका पोकाले आज वाग्मती, बिष्णुमतीले बग्न बिर्सेंका छन त्यो नदी तथा चोकमा फोहर मिल्काएर हामीले वातवरण प्रदुषण गरिरहेक छौ भन्ने हामी कमैलाई थाहा छ। बिगत एक दशकदेखी काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यवस्थित शहरीकरण, यहाँको सडकमा धुवाको मुस्लो फाल्दै हजारौंको सन्ख्यामा दिनहु दौडने पुरना थोत्रा सवारी साधनको चाप,दिनहु जस्तो हुने बिरोध पर्दर्शनले बिरोधको नाममा बाल्ने टाएर, अनाबश्यक रुपमा सवारी साधनले बजाउने हर्न आदिले दिन प्रतीदिन यहाँको बातावरण अत्यासलाग्दो बन्दै छ। वास्तबमै भन्दा काठमाडौंको सडकमा रुमालले मुख नछोपी हिंड्न नसक्ने अवस्था छ। आजकै औसतमा यहाँ पर्दुषण बढ्दै जाने हो भने केही बर्ष भित्र हामीले संघाइ, मेक्सिको सिटी जस्ता शहरलाई पनि पछी पार्ने छौ। फरक यती मात्र हो संघाइ औधोकिकरणले प्रदुषीत बनेको छ भने काठमाडौं तपाईं हाम्रो लपारबाहिले। यसो भनेर हाम्रो राजधानीमा सिमित औद्योगीकरणले कती प्रभाब पारेको छैन भनेर भन्न खोजेको भने होइन। बातावरण प्रदुषणले मानवीय स्वस्थ्यमा प्रतिकुल असर त पारेकै छ, त्यतिमात्र नभएर प्राकृतित तथा सास्कृतिक संरचनामा पनि गम्भिर चोट पुराएको छ। यि त भय समस्या तर समाधान के त ?

बातावरण प्रदुषणले पार्ने प्रतिकुल असरको बारेमा जनचेतनाको अभाब, बातावरण संरक्षणलाई जनस्तरमा उकास्न नसक्नु नै काठमाडौंको बातावरण प्रदुषणको मुख्य कारण हो। बातावरण संबन्धी जनचेतना ब्रिदी गर्ने खालक सडक नाटक, रेडियो टेलिभिजनमा प्रचार प्रसार, डकुमेन्ट्री , युवा परिचालन आदी गरेर जनचेतना उकस्न सकिन्छ। शिक्षा मन्त्रालयले बिध्यालय स्तरमा पढाउने गरेको वातवरण शिक्षालाई व्यवहारिक बनाउन सके मात्र पनि आधा समस्या आँफै समाधान हुन्छ।

भबिश्यको त के कुरा दुई बर्ष पछीको स्थिती ख्याल नगरि, निश्चित मापदंड अबलम्बन नगरि हजरौको संख्यामा निर्माण भई रहेक घरहरु, खोला नदी छेउ निर्माण गरिएका घरहरुले सेफ्टी ट्यान्क नबनाइ ढल सिधै खोला नालामा जोडने प्रब्रित्ती आदिलाई संबन्धित क्षेत्रमा राम्रो दखल भएका एउटा विशेषज्ञहरुको टोली बनाइ, त्यस टोली लाई सम्बन्धित बिषयमा जाचबुझ गरी निती नियम तर्जुमा गर्न लगाउने र त्यस किसिमको निती नियम सरकारले पूर्णरुपमा कार्यन्वयन गर्ने।

राष्ट्रीय तथा अन्तराष्ट्रीय मुल्य मान्यताका आधारमा सडक र सवारी साधन सम्बन्धी बैज्ञानिक नियम बनाइ कार्यन्वयन गर्न सकिन्छ। थोत्रा पुराना गाडीहरु यातायात व्यवशायी संघ र सरकारको सहमतिमा बिस्थापना गरी नयाँ र ठुला मोडेलका बसहरु खरिद गर्न सकिन्छ जसबाट सडक चाप कम हुनुको साथसाथै इन्धन खपत पनि कम हुन्छ। अनाबश्यक रुपमा सवारी साधनले जताततै बजाउने हर्न पूर्णरुपमा नियन्त्रण गर्नु पर्छ।

फोहोरको कसरी व्यवस्थापना गर्ने त?
सान उधोगहरु शहर भन्दा टाढा खोल्न सकिन्छ जहाँ प्लास्टिक, कागज, काच जस्ता पुनप्रयोग गर्न सकिने वस्तुको recycling गर्न सकिन्छ।
भान्साबाट निस्किने फोहरबाट कम्पोष्ट मल तयार गर्न सकिन्छ। पुन प्रयोग गर्न नसकिने वस्तुलाई दुई तरिकाले व्यवस्थापन गर्न सकिन्छ।
१) फोहोर संकलन केन्द्र(damping side) मा प्रत्यक्ष संकलन गरेर
२) अनाबश्यक फोहोरलाई thermoelectric mechine निर्माण गरी त्यसमा पोलेर बिजुली निकल्न सकिन्छ।
हाम्रो राजधानीलाई साचिकै प्रदुषणबाट धेरैहदसम्म बचाउन यि सामान्य कुराहरुमा तपाईं हामी सबै सजग भयौ भने अबश्य सम्भव छ।
यि कुराहरुमा नेपाल सरकारको समयमै ध्यान जाअोस, राजनीतिक पार्टीहरु सबैले उहाहरुको जुझारु युवा पुस्तालाई लडाईं गराउनु भन्दा यस कार्यमा अघी बढाउन।

(तपाईंहरुको महत्वपूर्ण प्रतिकृया,तपाइहरुको यस सम्बन्धी थप जानकारी को अपेक्षा गर्दछु।



9 Comments:

Prabin Thapa said...

नयाँ बर्षको celebration को लागि केही Italian साथीहरुसँग थिए, ति मध्ये धेरैसँग चिनाजानी थिएन। परीचयको क्रममा आफु नेपाली भएको बताए। ति मध्ये कतिलाई त नेपाल कहाँ पर्छ भन्ने पनि थाहा रहेनछ। प्रसंग नेपालको चल्न थाल्यो। यसै क्रममा एकजना साथीले नेपाल को visit गरिसक्नु भएको रहेछ। उहालेनै काठमाडौं उपत्यकाको बारेमा साथीहरुलाई बताउन थाल्नु भयो। उहाले काठमाडौंका Resturant
हरुमा खुलेआम हुने धुमपान, सडकमा जताततै फालिने फोहर आदीको बारेमा कुरा गर्न थाल्नु भयो। म एक नेपालीको नाताले उहाको कुराले मलाई नराम्रोसँग चित्त दुखेर आयो किनकी यो वास्तविकता कसैसँग लुकाउन गाह्रो छ। त्यही बेला सोचे आफुलाई बातावरण प्रदुषणको बारेमा केही थाहा नभएपनी दौतरी मार्फत प्रसँग उठाउछु भनी अनी यो सामान्य जानकारी पस्कने प्रयास गरे। यि सब कुर लेखमा नै राखुला भन्दै झुकीएर mail send भइहालेछ। धेरै अपुग कमी कमजोरी छन यहाँ त्यसैले तपाईंहरुले प्रतिकृया मार्फत यस बारेमा अझ प्रष्ट पारीदिनु हुनेछ भन्ने आशा राखेको छु।

Luna said...

काठमान्डौ को बातावरण प्रदुसणको समस्या भयाबह भएर आपतकालिन अवस्थामा पुगिसकेको छ ।
काठमान्डौ भरिका अस्पातल देखी औषधी फार्मेसी हरुमा रिपोर्ट लिने हो भने ९० प्रतिशत मा नि स घाटी - नाक - कान - स्बास प्रश्बास सम्बन्धी समस्या लिएर उु प च् र -औस धि का निम्ती आ इरहनु भएको देखिन्छ जुन शतप्रतिशत रुपले काठमान्डौ को बातावरण प्रदुसण को कारण भाईरहेको छ । बातावरण प्रदुसण क्रम यसरी नै बढ्दै जाने हो भने र नघट्ने हो भने अबको १० बर्ष भित्र मा नै १०० मा ५० जना क्यन्सर जस्ता घातक रोगका शिकार भएको सुन्नु पर्ने छ जुन अत्यन्तै भयाबह दु:ख को कुरा हुने छ ।
तर पनि यस् किसिमको बिकराल समस्यालाई समाधान गर्ने बाटो बन्द भएको छैन कत्ती पनि । यस्को लागि नेपाल सरकार ले सबल भएर ठोस् कदम तु चाल्नु पर्ने नितान्त आबश्यक छ ।
यहाँ सरकार र कानून कै मुख ताक्नु पर्ने आबश्यक छ बातावरण प्रदुसण को समस्या समाधान गर्न ।
काठमान्डौ का पढे लेखेका श्हिछित सम्भ्रान्त बर्ग हरुको यस्मा चिन्ता र इमान्दारिता हुन्थियो भने यो समस्या ले आज यती बिकराल रुप लिने थिएन ।
त्यसैले नेपाल सरकारले छिट्टो भन्दा छिट्टो अत्यन्तै गम्भिर भएर यस् भयाबह समस्यालाई निदान गर्ने उपाय अबलम्बन गराओस !
बातावरण को सम्बेदनशीलअता लाई ध्यान मा राखेर बातावरण को हितमा कडा भन्दा कडा कानून बनाओस ।
प्रबिण जि लाई हिर्दय देखी नै धन्यवाद चिन्तनशिल लेख को लागि ।
निरन्तरताको शुभ कामना प्रबिण जि तपाईंलाई ।

Postak_Shrestha said...

धेरै जसो खाली बिरोधका कुराहरु सुनिन्छ तर कमैले मात्र समाधान र उपाय खोज्ने जमर्को गर्छन्। तपाईले यो लेखमा समाधानका कुरा समेत समेटनु भएकोले खुशी लाग्यो। प्राविधिक कुरा त आफूलाई त्यति थाहा भएन तर मलाई लाग्छ, सरकारमा बस्नेहरु र नीति निर्माताहरुमा एउटा सोच हुन पर्यो। एउटा सपना हुन पर्यो। त्यो सपना र सोचलाई साकार पार्न स्रोत र साधन जुट्न गारो नपर्ला र मुख्यरुपमा भन्ने हो भने ब्यक्ति ब्यक्तिमा परिवर्तन् आउन पर्यो। वातावरण प्रदुषणप्रति प्रत्येक जनता आफैं सचेत नभैकन कुनै सरकारले पनि केही गर्न सक्दैन।प्रत्येक कुरालाई राजनैतीक चस्माले हेर्ने कारणले पनि समस्या ज्यूँ का त्यूँ रहेको हो।

Panda said...

प्रविणजी अझैपनि हाम्रोमा खोलामा हैन झ्यालबाट नै फोहोर मिल्काउने चलन छ, जसको सुकै टाउकोमा परोस।

मैले जानेको जनता र व्यवस्थापन गर्ने निकाय दुवै सचेत र जिम्मेवार नहुंदासम्म केहि पनि हुन सक्दैन । तपाइले नै देख्नु भयो होला इटालीको नापोलीमा व्यवस्थापन र माफियाको चक्करले फोहोर कति दिन सम्म उठेन । इटालीबाट जर्मनीको ह्याम्बर्ग सम्म रेलमा ल्याएर त्यो फोहोरलाई विसर्जन गरिएको थियो किनकि इटालीका मान्छेले फोहोर विसर्जन गर्नको लागि पैसा तिरेका थिए र हटाउनका लागि पनि सचेत गराइरहेका थिए ।

मैले भन्नु पर्दा तलका केहि बुंदाहरुलाई पनि जोड दिन्छु,

१ फोहोर राजनीति गर्ने वस्तु नभएर मान्छेको जीवन संग सरोकार राख्ने वस्तु हो । त्यसैले सरकार, जनता र स्थानीय निकायको संलग्नता भएको कम्पनीले यसको व्यवस्थापन गर्नु पर्छ सरकारले हैन।

२ जर्मनीमा जस्तै ढुंगा, प्लाष्टिक, किचेनको फोहोर, कागज, रसायन आदि छुट्टयाई कन्टेनर राख्न नसके पनि जैविक हानिकारक, रसायनिक हानिकारक जस्ता हानिकारक र साधारण फोहोर लाई कदापी मिसाउन दिइनु हुदैन । साधारणमा पनि पुन प्रयोग गर्न सकिने र अन्य उत्पादन बनाउन सकिने वस्तुलाई छुट्याएर संकलन गर्न सके राम्रो ।

३ फोहोर संकलन र डिस्पोजका लागि अनिवार्य शुल्क फोहोरकर्ताले तिर्नै पर्छ र व्यवस्थापनले शुल्क उठाउनै पर्छ ।

४ जथाभावी गर्नेलाई जरिवाना तिराउनै पर्छ ।

५ सब भन्दा बढि त जनता सचेत भएर आफ्नो कर्तव्य पालना गर्ने र सकभर कम फोहोर उत्पादन गर्ने, सभ्य बनी तोकिएको पैसा तिरेर तोकिएको ठाउंमा फोहोर फाल्ने गर्नु पर्छ । रत्नपार्कको रेलिङ लाई आफ्नो अज्ञानता र असभ्यताको शिकार बन्न दिनु हुदैन ।

६ सरकारले जनतालाई फोहोर फाल्न नजान्नेलाई सिकाउने र सिकेर पनि जथाभावी गर्नेलाई भोटको आश नगरी कार्वाही गर्नु पर्छ ।

पैसा, मानव स्रोत, अनि ज्ञान तिन वटै कुराहरु भयो भने धेरै कुराहरु सुध्रिने रैछन त्यो यसमा पनि लागु होला कि !

Prabin Thapa said...

तपाईंहरुको तर्क सहितको महत्वपूर्ण प्रतिकृया को लागि Luna जी , Postak जी, panda जि सबैलाई धन्यवाद। आशा गरौ नेपाल सरकारले यस बिषयमा छिटो भन्दा छिटो जनचेतन जगाउने कार्यक्रम ल्याउने छ। जनस्थरमा यस सम्बन्धी चेतन उजागर हुनेछ र हामीले हाम्रो राजधानी सफा,स्वच्छ चाडैनै देख्नन पाउने छौ।

नेपालियन said...

प्रबिन जि तपाइको ब्लग त निबन्ध प्रतियोगितामा लेखिने जस्तै प्रतीप्रसधान्तमक निबन्ध रहेछ। काठमान्डौ फोहोर हुनुको यथार्थ तथा ब्यबस्थापनको बारेमा राम्रो आलेख छ। एउटा ले फोहोर फाल्छ कि कुकुर आएर खान्छ कि किहिएर जान्छ अहिलेको काठमान्डौको फोहोर ब्यबस्थापन त्यही हो।

गोकुल बिबश said...

सान्दर्भिक लाग्यो, प्रबिणजी । बडो मज्जा आयो पढ्न तर दु:ख लाग्छ त्यो नेपाल भन्ने हाम्रो देश कहिले बुद्दले सोछेको जस्तो शान्ता र स्वच्छ होला ।

Luna said...

प्रबिण जि ! अत्यन्तै सम्बेदनशील बिषय मा तपाईंले लेख लेख्नु भएको हुनाले दोहोर्याएर तपाईंको लेख पढिरहे । तपाईंलाई पुन : धन्यवाद दिदै फेरी पनि मनमा लागेको लेख्दै छु ।
बातावरण प्रदुसण लाई निदान गर्न जन चेतना जगाउने महत्ब पूर्ण कुरा त आफ्नो ठाउँ मा छ नै त्यो भन्दा पनि हाल साल मा नै आपतकालिन र अत्यन्तै सम्बेदनशील भाईसकेको कुरा चाँही सरकार ले बातावरण बिद सँग राय सल्लाह लिएर तु कडा भन्दा कडा कानून बनाउन ढिला भाईसकेको कुरा मा छ ।
मान्छे को जात भनु या स्बभाब नै शायद " लातको भुत बा त ले मन्दैन " भने झै हुदो रहेछ कि !
माथिको उखान बातावरण सँग किन सम्बन्धित छ ? म मैले नै भोगेको शसक्त उदाहरण दिदै छु - एक पटक मैले काठमान्डौ मा मेरै छिमेकी ( बहाहरु श्रीमान - श्री मती नै काठमान्डौ कै क लेज मा पढाउनु हुन्थियो ) ले बहाकै बारीमा आफूले दैनिक प्रयोग गर्ने सामन बाट रित्ता भएका फोहोर हरु पलास्टिक -बोत्तल - टुथ पेस्ट - स्या म्पु आदी इत्यादी लाई पोलिरहनु भएको थियो । त्यो हानिकारक धुबा को गन्ध ले मेरो नाक सम्म ठोकिदै मेरो माथिङ्ग्ल लाई रि ङ्गाइ रहेको थियो अर्थात म दिक्क भएकी थिए । मैले बहाहरु लाई अनुरोध गरे र भने 'कृपया यसरी बातावरण प्रदुसित गर्ने सामान हरु लाई नपोलिदिनु होस् ' ! बहाहरुले भन्नु भो " त्यसो भए के गरौ त ? पलास्टिक मा पोको पारेर चोक - सडक का कि नारा - मन्दिर का छेउ या नदी नालामा लगेर मिल्काइ दिउ ? " त्यस पछी मैले भने ' फोहोर उठाउने ठेला बाला दाई आउनु हुन्छ , बहा लाई दिनुस् " मेरो छिमेकी ले लामो सास फेरेर भन्नु भो " तिनले कहाँ लगेर थुपार्छन तपाईं लाई थाहा छ ? " म निरुत्तर भए -----
किनकी मैले मैले मेरै आँखाले देखेकी छु थुप्रै थुप्रै ठेला मा फोहोर नदिको छेउ मिकाएको :(
यस्मा ति शिछित दम्पत्ती र म बातावरण प्रती चिन्तित हामी सबै लाचार थियौ !
जनचेतना भएर मा त्र के गर्ने ? ! मुख्य कुरा समस्या को समाधान को उपाय हुनु पर्दो रहेछ । त्यो उपाय सरकार ले नै उपलब्ध गराइ दिनु पर्छ । सरकार मार्फत तरिका हरु हुन्छन उपलब्ध गराउने । अनी नियम कानून मार्फत वाध्य बनाइनु पर्छ त्यस नियम लाई पालना गर्न ।
यो त भो मा त्र दैनिक जिबनका उपभोग्य सामान बाट काठमान्डौ मा बसोबास गर्ने लाखौं मान्छे हरुले दैनिक रुपमा काठमान्डौ लाई दुर्गान्धित बनाउदै लगेको दु:ख लाग्दो कुरा ।
अब अर्को अत्यास लाग्दो उदाहरण - पेट्रोल - डिजेल बाट चल्ने बिभिन्न प्रकार का सबारी साधन कै कुरा गरौ । अहिले आएर बैक बाट लोन लिने सिस्टम सजिलो भएको कारण ३००० देखी ५००० तलब हुने देखी लिएर काठमन्डौ का कारीब कारीब सम्पूर्ण मध्यम बर्ग र साथइ सम्भान्त बर्ग को घर मा त ब्यक्ती पिछे नै सबारी साधन हुने गरेको छ । काठमान्डौ को ट्राफिक जाम देख्दा यस्तो लाग्छ काठमान्डौका मान्छे हरु धनी भाईसके ---
कहिल्यै नबढ्ने गल्ली - सडक तर बढ्दै गैरहेका सबारी साधन हरु अनी तीन बाट निस्किएका धुबा -- ति धुबा भित्र बातावरण लाई प्रदुस्ण गराउने बिस युक्त्त प्रदार्थ -- यसै त कचौरा जस्तो काठमान्डौ यती बिघ्न सबारी साधन हरुले धुबा फाल्दा -- त्यो पनि पिच भात्किएका सडक गल्ली हरुमा राछ्स ले फुस्रो भित्ता कोतर्दा उडेको धुलो झै धुलो उदाउदै ---
अब त काठमान्डौ बाट हिमाल हासेको देख्न पनि मुश्किल भाईसक्यो ! :(
काठमान्डौको निलो आकाश मा डिजेल - पेट्रोल - धुला का बिसादी कण हरुले कब्जा जमाइरहेका छन ----
त्यस्तै जथाभाबी उम्रेका च्याउ झै ठडिएका घर - महल हरु बनाउदा फालिने प्रदुसित मेट्रेरियल हरु ---
काठमान्डौका उधोग - धन्दा हरु बाट निस्कने बातावरण प्रदुसित प्रदार्थ हरु---
बिष्णु मती - बागमती हरु ढल मा पारीणत भएको भयाबह स्थिती --
यि सब कारण ले काठमान्डौको मुटुमा क्यान्सरका किराहरु नाचिरहेका छन उन्मुक्त भएर --
जन चेतना जगाउने कुरा त आफ्नै ठाउँ मा महत्ब्पूर्ण छ नै , त्यो भन्दा पनि अत्यन्तै अत्यन्तै सम्बेदनशील कुरा त सरकार ले तु प्रदुसण को यो भयाबह समस्या समाधान गर्ने उपाय हरु र ति उपाय हरु लाई साथ दिन पालना गरानु पर्ने नियम कानून तु बनाउन आपतकालिन अाबश्यकता देखिएको छ ।

Prabin Thapa said...

हो luna जी म तपाईं सँग पूर्ण रुपमा सहमत छु, तपाइहरुका महत्वपूर्ण प्रतिकृयाले त लेखलाई पूर्णता दिने काम गरेको छ। पुन एक पटक तपाईं लगायत सम्पूर्ण साथीहरुलाई धन्यवाद।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !