January 7, 2009

नया बर्ष शैशवकाल लिएर आएको छ

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]

भो नदिएको भए हुन्थ्यो मलाई
शुभकामना नयाँ बर्षको
मेरा मित्रजनहरु,
किनकी ---अचेल शुभपलहरुनै
खोसिएका छन हामीबाट
अनी क्षणभङुर छन
हाम्रा अधरका खुशीहरु नै
बाँचेकाछौ हामी सबै,
भ्रमको खेती पालेर
आजको खुशी हाँस्न नपाउदै
भोली गह भिजाउनु परेको छ,
हिजोको आसुँ पुछ्न नपाउदै
भोली मुटु दुखाउनु परेको छ
नपत्याए गहिरिएर सोच त !
के हामी पिल्सिएकाथिएनौ र ?
त्यसैले---म अन्तरात्माबाट नै भन्छु
शुभकामना साट्नु भन्दा
देशको पीडा साटौ
किन कि ---देशको नीती अस्वस्थ्य छ
घाइते माटोलाई टेकेर हामी
खुशी मनाइरहेछौ /
अझ प्रतिक्षारत थियौ नयाँ बर्षको
जब कि पुराना बर्षहरु
हामीसँग दुखित भएर बिराना भए
पुराना बर्षहरुलाई हामीले
दाउमा मात्र राख्यौ
त्यसैले ---नया बर्षको शुभकामना साट्नुभन्दा
शैशवकाल लिएर आएको
नयाँ बर्षको सुरक्षा गरौ
यो बर्षलाई नयाँ इतिहास बनाउ
यस्लाई सुरक्षित राखौ /
(अमेरिका )



1 Comments:

Anonymous said...

heart touch one .
Keep it up .

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !