August 9, 2008

झन्डै विर्सिएको दौतरी

प्रवास जिवन त कुइरोमा हराएको काग जस्तै हुदो रहेछ । केही गर्छु भन्दा पनि नसकिने । हुनत खाने मुखलाई जुगाले छेक्दैन भन्छन तर के गर्ने मेरो लागि त उखानै मात्र भयो । जता गए पनि काम को डंगुर जस्तो लाग्छ । समय लाई कसरी म्यानेज गर्ने भनि सोच्नै सक्दिन । हिसावमा पहिले देखि अलि कम्जोर । अनि त समयको जोड घटाउ गर्ने सकिन ।


दौतरीमा नछिरेको जुग वितेछ । दौतरीहरुले पस्कनु भएको खुराक एक एक गर्दै पढे अनि २ शव्द भए पनि कोर्न मन लाग्यो । तर के लेख्ने तस्तो नया कुरा सुनाउन लायकको केही छैन । हुन त मदन जीको दुइ तिन वटा मेल आएको थियो ।केही लेख्नुस भन्दै । एकाधको त जावफ पनि फर्काइयो । वाकी मदन जीले वुभ्नु भयो होला । विल गेट संग भलै समय होला तर म संग रहेन छ भनेर । हुन त नानी देअि लागेको वानी क्यै गरि नजाने । काम पनि छैन फर्ुसद पनि छैन । त्यसमा पनि अल्छी भइएछ । चोर ले अरुलाइ पनि चोर देख्छ भने झै नेपालीको जातै अल्छि । विदेसीले जस्तो कुरा कम काम ज्यादा गरेको भए हामी पनि विकसित नेपालको नेपाली हुन्थ्यौं । किन तिमी कहाको भन्दा सगरमाथालाई तेरस्याउनु पर्थ्यो। त्यसो त काममा एउटा छिमेकी भाइले सगरमाथालाइ पनि छिमेककै हो भनेर भन्दै रहेछ । हुन त म भन्दा पहिले अफिस पसेको सवैको दिमाग वास गरेछ । यहाको जनता पनि कतिको उल्लु । जोग्राफीमा त जिरौ रहेछन ।अव सगरमाथा छिमेकको भनि भन्दा पनि हो भनेर पत्याउने हो त! । वुद्ध कहा जन्मेको छिमेकी देशमा । हैरानै पारयो यिनीहरुले म त चकित भए । अनि सवै स्टाफ भएको वेला सोध्ने जमर्को गरे हैन सगरमाथा कसरी छिमेक देशमा रहेछ भन्दा उहि दक्षिणे पन देखाइ हाल्यो पहिले उनि हरुको थियो रे अहिले हाम्रो भयो रे ।


हुन त लाटो देसमा गाडो तन्नेरी । हाम्रा देशका दुतावास हरु के काममा व्यस्त छन कुनी एक साथी नेपाल पठाउ अभियानमा त लागेका छन । तर देशमा केके छन यहाको जनतालाई वुझाउन भ्याउदैनन ।


ल त आज लाई ‘वार्म-अप’ त गरियो भोली देखि अल्छि भइएनछ भने फेरि व्यायाम गरुंला ।



August 8, 2008

कथा अमेरिकाको

शेखर ढुङ्गेल
अमेरिका विश्वकै धनी र अधिक होमलेसहरुको देश हो । यहाँ पनि मध्यम वर्गीय समाजको जीवन अति नै कष्टकर छ । विगत केही बर्षदेखि अनपेक्षित रुपमा ह्रास हुँदै गएको आर्थिक स्थितिले गर्दा यस्तै अवस्था रहे आगामी एक वर्षभित्रमा मात्रै २२ लाख मानिसले आफ्नो घर ऋणमा लिएको गुमाउँने छन् । एक्लो क्यालिफोर्निया राज्यमा मात्र यो आर्थिक बर्षको प्रथम तीन महिनामा ५७ हजार मानिसले ऋणमा किनेको घर गुमाएको तथ्याङ्क हालै प्रकाशित भएको छ । २००८ को जुन महिनामा मात्र ७७ हजारले नोकरी गुमाउनु पर् यो । दैनिक बढ्दै गएको तेलको मूल्यका कारण विगत ६ महिनायता खाद्यान्न लगायतका वस्तुमा १० देखि ३० प्रतिशतसम्म मूल्य वृद्धि भएका कारण जीवन कष्टकर बन्दै गएको छ । सयौं निर्माण कम्पनी आर्थिक कारोवार गर्ने कम्पनीलगायत बैंकसमेत धराशयी भएका छन् । पाँच बर्षअघिको दाजोमा घरहरुको मूल्यमा ३० प्रतिशतसम्म ह्रास भएको छ भने कोठाको भाडामा भने १० प्रतिशतसम्म वृद्धि भएको छ ।


यस्तो बाताबरणमा ठूला-ठूला सपना देख्ने र यहाँको मुद्दालाई आफ्नो देशको मुद्दासित दाँजी उन्नति प्रगतिको कथा सुनाउँने आप्रवासीहरुको जीवन कति कष्टकर होला तर स्वदेशमा आफन्तलाई घर किनंे यस्तो गाडी किनें उस्तो टिभी किनें भनी सन्देश पठाई आफू स्वर्गमा भएको जनाउनेहरुको यथार्थता तलका तीन जन्मजात अमेरिकीको कथा सुन्दा स्पष्ट हुन सक्दछ । यहाँ प्रस्तुत तीनवटै कथा तीन पात्रसितको प्रत्यक्ष बार्तामा आधारित हुन्-


एक हुन् श्रीमती रोक्सेना जोम्सन । बर्ष ४५ । बसोबास सन्फ्रान्सिस्को । हुर्केका छोराछोरी अलग्गै बस्दछन् । शिक्षा मास्टर डिग्री मेनजमेन्ट । एकबर्ष अगाडिसम्म वार्षिक कमाई १ लाख अर्थात् ट्याक्स कटाउँदा मासिक ७ हजारभन्दा बढी र तत्कालीन खर्च ४ हजार ५ सय घरको ऋण ४ सय कारको ऋण १ सय ३५ इन्स्योरेन्स १ सय ५० फोनको बिल । ५० डलर केबललाइन । १ सय ५० ग्यास-पानी-बिजुली । ३ सय पेट्रोल एवं कार सर्भिसिङ । १ हजार ग्रोसरी खाद्यान्न ५-७ सय डे्रसिङ्ग मेकअपको मासिक खर्च ।
गत साल ५० बर्ष पुरानो प्रतिष्ठित निर्माण कम्पनी जहाँ उनी कार्यरत थिइन् धराशयी भयो । रोक्सेनाले अवकास पाइन् । अर्को ठाउँमा नोकरी पाइनन् । बैंकको ऋण तिर्न असमर्थ भइन् । ९ महिनासम्म घर बेच्न खोजिन् तर विकेन र अन्त्यमा बैंकले नै लियो । केही महिनापछि कोठाभाडा तिर्नसमेत पैसा नभएपछि केही दिन आँसु बोकी सडकको कुनामा समेत बसिन् । बल्ल एकदिन एउटा कम्पनीमा ड्राइभरका लागि आवेदन दिइन् र मुस्किलले त्यो नोकरी हात पारिन् । स्मरण रहोस् अमेरिकामा अधिक शैक्षिक योग्यता भएको मानिसलाई सानो जागिरमा राख्न पाइँदैन । किनकि कुनै बेला नोकरी छोडेर जाने सम्भावना हुन्छ । १० बर्ष मेनेजरमा काम गरेकी रोक्सेना हाल सार्वजनिक बस चलाउँदै छिन् ।


५५ बर्षीय जोन जोन्सन पूर्व प्रहरी हुन् । २५ बर्ष नोकरी गरी अवकास पाएपछि १५ लाख डलर लगाएर एउटा रक्सी पसल खोले । घरबन्दकी राखी ऋण लिएर लिक्वर स्टोरु खोलेका उनी दुई बर्षभित्रै सङ्कटमा परे । तीन पटकसम्म कम उमेर अर्थात् २१ बर्ष मुनिको ग्राहकलाई अल्कोहलजन्य पदार्थ बेचेका कारण उनी स्टोर बन्द गर्न वाध्य भए । स्टोर विक्री गर्न बर्ष दिन कुरे तर बिक्री भएन । स्मरण रहोस् अमेरिकाको कानुनअनुसार १८ बर्ष मुनिकालाई चुरोट वा सूर्तिजन्य पदार्थ र २१ बर्ष मुनिकालाई मादक पदार्थ बेच्न पाइँदैन र तीन पटकसम्म त्यस्तो घटना घटेमा लाइसेन्स रद्द गरी सम्बन्धित कार्यालयमा ताल्चासमेत लगाइन्छ । बैंकले घर लियो र बेचिदियो । उनी कोठामा बस्न थाले । नोकरी खोजे पाएनन् । हुर्केको बच्चा अनि श्रीमती अर्कै राज्यमा बस्छन् रे । छोरो अमेरिकी सेनामा कार्यरत छ । कसैको खास सहयोग मिलेन । बेलाबेलामा सय-दुई सयको चेक पठाइदिन्छ रे छोराले त्यत्ति हो । हाल उनी स्कुले बच्चालाई सुरक्षित सडक पार गर्ने काममा लागेका छन् । कोठा भाडा तिर्न असमर्थ भएपछि उनी सरकारले उपलब्ध गराएको हाउजिङ्गमा बस्न थालेका छन् । अमेरिकाको प्रत्येक शहरमा आयस्रोत कम भएका हुँदै नभएकालाई पनि सेल्टर होम बनाइएको छ । त्यहाँको अनुशासन तथा नियम पालना गर्नु अनिवार्य छ । त्यति मात्र होइन कुकुर-बिरालाहरुका लागि पनि व्यवस्थित सेल्टरहोम बनाइएका छन् । जहाँ सडकमा हराएका अथवा अलपत्र परेकालाई पनि राखिन्छ । पत्रपत्रिकामा फोटो छापी कसैको भए लिन आउनू वा कोही लैजान चाहन्छ भने सम्पर्क राख्नू भनी सूचना गरिन्छ ।


श्रीमती इभा ली । बर्ष ३५ । ११ र ९ बर्ष तथा पाँच महिनाका गरी तीन बच्चाकी आमा । विवाह गर्नुअघि नै बच्चा पाउन थालेकी इभाको विवाह गरेको ६ महिनापछि श्रीमान्सित सम्बन्ध विच्छेद । हाल उनी सौतेली बाबुको सहयोगमा एउटा सानो कोठामा बसेकी छन् । बाबु एउटा प्रतिष्ठित प्याकेजिङ कम्पनीको व्यवस्थापक छन् । त्यहीं उनले जागिरका लागि आवेदन दिइन् । आवश्यक कागजपत्रमध्ये १० बर्षे सबारी चालकको अनुभवपत्र पछि बुझाउने भनी तालिम सुरु भयो । १० दिनपछि तालिम कक्षमा प्रशासक मेनेजर बोलाउन आए र भने तिम्रो ड्राइभिङ्ग रिपोर्टअनुसार थप तालिम अर्थात् नोकरीमा राख्न असमर्थ छौं । यो सत्य बोलेको उपहार थियो । उनलाई तत्काल फिर्ता पठाइयो । उनका बाबुले जो आफू पनि मेनेजर नै छन्- प्रशासकीय व्यवस्थापकसित गलत सिफारिस गरेकोमा माफ मागे । उनले सात बर्षअघि दुर्घटना गराएकी र तोकिएको कानुनी सजाय भुक्तान नगरेकी रहिछन् र आर्थिक रेकर्ड क्रेडिट हिस्ट्री नकारात्मक बनेछ ।


उल्लिखित तीन अमेरिकीको कथाले तीन फरक प्रकारको अवस्था र कानुनी प्रावधानको प्रतिफल दर्शाउँछ । बास्तवमा आर्थिक रुपमा अमेरिकाको यथार्थता यस्तै छ । यहाँ काम गर्नेको र कानुनको मर्यादाभित्र बस्नेको मात्रै इज्जत छ ।


यहाँ अनलाइनबाट नोकरी आवेदन दिने सुविधा छ । फस्ट कम फस्ट सर्भिसु को मान्यता योग्यता विगतका सम्पूर्ण नोकरी विवरण खाएको तलब छोडेको कारण सहितको विवरण आजसम्म बस्दै आएको सबै ठेगाना छनोट भएको खण्डमा शारीरिक मोडल परीक्षण मादक पदार्थ लागू औषध परीक्षण औंला छाप अदालतबाट आपराधिक गतिविधि संलग्न भए-नभएको विश्वसनीय इतिहास हेरेपछि मात्र नोकरी पक्का हुन्छ ।


जति स्वतन्त्रता छ । यहाँ त्यति नै कडा कानुनी एवं आर्थिक नीतिका कारण मानिस सजिलै सडकमा पुग्दछ । यहाँका वित्तीय संस्था यति स्वतन्त्र छन् कि आफूखुसी व्याजदर तोक्न सक्दछन् शून्य प्रतिशतदेखि २९ प्रतिशतसम्म व्याजदर कायम छ यहाँ ।


अमेरिकामा मध्यम वर्गीय जीवन नेपालमा जस्तै अति नै कष्टकर छ । अझ घर-गाडीको सपनालाई पूर्णता दिन प्रयासरत आप्रवासीको लागि त झनै गाह्रो छ । इमान्दार र कानुनको मर्यार्दामा बस्नेले भने अवसरहरुबाट वन्चित हुनु पर्दैन । अमेरिकाको विशेषता भनेको स्थापित व्यवस्था र कानुन हो जसको घेरा तोड्ने राष्ट्रपति होस् कि साधारण नागरिक समान सजायको भागिदार हुन्छ । अर्थात् कानुनभन्दा माथि कोही छैन र माफी वा छुट यहाँको कानुनी किताबमा छैन ।
shekhar1962@gmail.com.



गजल - बर्वाद

बाबु भट्टराई "बनबासी "
भियना , अस्ट्रिया


तिमी आवाद भयौ , म बर्वाद भए
पश्चातापको भुमरीमा सधैं जलीरहे

तिमी विभोर भयौ, विश्मातमा म परे
गन्तब्य हिन यात्राको बटुवा सरी भए

कोटी कोटी मा एक तिमी , म चैत्र को हुरी भए
साउन को भेल झै अन्धाधुन्द बगिरहे

तिमी सयलमा हुँदा , म मसानमा लडीरहे
तिम्रै झुटको जञ्झिरमा एक्लै जलीरहे

August 6, 2008

Better to starve free than be a ‘fat’ slave

नेपाली भाषामा एउटा उखान छ:- “घर मुली बाटो हगुवा” । शायद यत्ती लेखेपछि मैले यो बाटो हगुवाको परिचय दिईरहनु नपर्ला। हो! म त्यहि चरेषानन्दको कुरा गर्दैछु फेरी ।

केहि बर्ष अघिसम्म नेपालमा ‘माथिको आदेश’ चल्थ्यो, हाल आएर खुलेरै ‘मालीकको आदेश’ मान्ने चलन बढदै गएको छ । यहि क्रममा देशको निक्कै उपल्लो दर्जामा पुगेका दरिद्र बुद्दीले केहि गुलीयो चाटन पाईने लोभ र मालिकको स्याबास्सी पाउने आशमा बिदेशी भाषामा स्वदेशी पदको सपथ गरे । बन्द, तोडफोड र टायरको धूवाले नेपाल रंगभंगीयो तर यिनी मालीकको भक्तिमा अडिग रहे र आफूले सो ‘देव वाणि’ मा गरेको सपथको बारेमा गर्व गरीरहे ।

बिचमा फेरी मालिकले अरु केहि चाल चले, बिरोधमा उत्रेकाहरुलाई पनि बाँकि उसैका भक्तहरुले “अहिले बिरोध नगरौं … ” “… अदालतमा मुद्दा बिचाराधिन छ … ” भनेर थामपुर पारे । दुई दिनमै फेरी नेपाल शान्त भयो, सबैको मालिक बनेका ठुल्दाईले विजयी मुस्कान दिए , (शायद आफूहरुले चरेषानन्द जत्ती भक्ति गर्न नसकेकोमा अरु नेताहरुमा अलिकता लज्जा र अलिकता चरेषान्नदसंग ईर्ष्या पनि जाग्यो होला) । जे होस हो-हल्ला बिस्तारै हरायो र सबैजना अदालतले केहि गरिहाल्छ की भनेर पर्खन थाले ।

त्यसपछि चरेषानन्दको मार्फत उनका मलिकले आर्को प्रहार गरे नेपालको कानूनलाई ठाडै उलघंन गरेर। उनले तोकीएएको म्यादमा अदालतमा कुनै जवाफ पनि पठाएनन् ।

यिनले हिन्दिमा सपथ लिएर गल्ति गरे वा गरेनन भन्ने प्रश्न अब गौण बन्यो, किनकी अब यिनि भाषा मात्रै हैन नेपालको कानून पनि नमानी नेपालको उपराष्ट्रपतिको पदमा बसेका छन । कुनै जमानामा आफै न्यायाधिश भैसकेका मान्छेबाट धेरैले यो कुरा भने आश गरेका थिएनन् ।

आफ्नो वाईयात करतूतलाई जायज ठहर्‍याउन उनले कुनै हिन्दि फ्लीमी स्टाईलको तर्क तेर्स्याउने छन भनेर सोच्नेहरुको सोच गलत साबित भयो। मालीकको भक्तिमा लिन भैसकेका यि चरेषानन्द बाबाले सायद भारतिय संबिधान पल्टाए होलान, भारतकै कानूनका किताब हेरे होलान त्यहा कतै पनि नेपालको अदालतको काम कर्तव्य र अधिकारको जिकिर नभेटे पछि सोचे होलान यो नेपालको कानून मलाई कसरि लाग्छ र (म नेपाली भए पो नेपाली कानून अनुशार चल्छु त!) अनि उनले व्यर्थै नेपालको अदालतमा अधिकार क्षेत्रभन्दा बाहिर गएर हालिएको मुद्दाको बारेमा टाउको दुखाउन पनि छाडे । सोचे होलान लालू यादवले हिन्दि बोल्दा कसैलाई समस्या नहुने, प्रतिभा पाटीलले हिन्दि बोल्दा पनि कसैलाई टाउको नदुख्ने अरु त के कुरा सोनिया गान्धिले बुझ्नै गाह्रो हुने गरी हिन्दि बोल्दा समेत कसैलाई मतलब नहुने मैले यसरि शुद्ध हिन्दि बोल्दा मात्रै किन यि मान्छेहरु बौलाएका होलान !

देशमा यसै पनि हजारौं मुद्दा दशकौं देखी थाँति रहेको अबस्थामा अब यो पनि शायद त्यहि संख्या बढाउने मिशील मात्र बन्ने हो त? नेपालकै अदालतको वेवास्ता गरेर नेपालकै कानूनलाई चुनौति दिएर नेपालकै उपराष्ट्रपति पदमा कोहि एकजना व्यक्ति आसिन रहंदा मौन रहन मलाई फेरी पनि आत्माले दिएन ।

घरको मुली ले बाटो हगेर आफ्नो असलीयत देखाउदैं गर्दा ममा भने झन फेरी आफू नेपाली हुनुको बोध झन घनिभूत भएर आएको छ । यिनी मालिकलाई खुशी पारेर पुलकित हुन्छन, म मेरो भाषा र देशको सम्मानमा रोमान्चित हुन्छु । यिनले हिन्दि बोल्दा स्याबास्सी पाउलान, मलाई नेपालि बोल्दा सन्तुष्टि मिल्छ । यीनि नेपालमा जन्मेकोमा पछुताउदै होलान, म बिदेशमा बस्दा पनि नेपाली भएकोमा गौरवान्बित हुन्छु ।

चरेषानन्द तिमी मालीकको सेवामा छौ, तिमि दास हौ। म स्वाभिमानि छु, आफ्नो मालिक आफै छु। एकचोटि आफैले आफैलाई ऐनामा हेर त ! तिमि देशको उपराष्ट्रपति भएर पनि दासताबाट मुक्त हुन नसकेर छटपटाई रहेका छौ म एउटा साधारण नागरिक भएर पनि सम्मानित र स्वतन्त्र छु ।

तिमि नेपाली भएर जन्मियौ र अर्ध भारतीय हुदैं पूर्ण भारतिय बन्ने बाटोमा दासको जिन्दगि बिताईरहेका छौ, म नेपाली भएर जन्मे, नेपालि नै छु र नेपाली नै भई शिर ठाडो बनाएर बाँचेको छु । तिमि मालिको आदेश शिर निहुर्‍याएर अनुशरण गरि राख, म आफ्नै अडानमा तिम्रो बिरोध गरि रहन्छु … … । तिमी आधुनिक युगको दासहरुको प्रतिनिधि हौ, प परम्परागत जन‍-समुहको आबाज हुँ । तिमिलाई आफ्नो मालिकको सुरक्षा छातामा भरोसा भएजस्तै मलाई अझै पनि कानूनी राजमा विश्‍वास छ । जाउ अगाडि के गर्ने भनेर तिमि मालिक संग आदेश माग्न जाउ! म स्वाभिमानि जनतालाई घचघच्याउन जान्छु ।

जिवनको उत्तरार्धमा पुग्दा पनि तिमिमा बोध आएन, मैले त ४ कक्षा पढ्दै सिकेको कुरा हो “Better to starve free than be a fat slave”



वाईसीएल विघटन गर्न प्रचण्डको निर्देशन

काठमाडौं । निर्धारित मितिभित्र माओवादीले सहमति कायम गरी राष्ट्रिय सरकार गठन गर्न नसकेपछि राष्ट्रपति डा। रामवरण यादवले नयाँ सरकार गठन गर्नका निम्ति माओवादीलाई थप तीन दिन म्याद दिएका छन् ।राष्ट्रपति डा। यादवले सात दिनभित्र राष्ट्रिय सहमति कायम गरी नयाँ सरकारको गठन गर्न दिएको म्यादभित्र माओवादीले सहमति कायम गर्न नसकेपछि चार ठूला दलको सहयोगमा थप तीन दिन सहमति खोज्ने मौका दिन आग्रह गरेपछि राष्ट्रपतिले माओवादीलाई दिएका हुन् ।अन्तिम दिन मंगलबार अबेरसम्म चार ठूला दलबीच भएको छलफलले मूर्त रुप लिन नसकेपछि राष्ट्रपति समक्ष तीन दिन समय माग्ने सहमति भएअनुरुप साँझ राष्ट्रपतिलाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड शितल निवास गएका थिए । हिजोको छलफलमा एमालेलगायतका दलहरुले प्याकेजमा नै सहमति खोज्नुपर्ने भन्दै सम्मानजनक सहभागिताको प्रस्ताव राखेको बुझिएको छ ।एमालेको हिजै बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री माओवादीले लिने भएपछि मन्त्रालय अन्य दललाई रोजाएर दिनुपर्छ । अरु दलले रोजेको मन्त्रालयमा माओवादीले आँखा लगाउन नहुने उल्लेख गर्दै यदि माओवादीले प्रधानमन्त्री छोडेमा मन्त्रालय रोजेर लिनुपर्ने निर्णय गरेको छ । यद्यपि मन्त्रालयसम्बन्धी निर्णय चारदलीय कार्यदलको बैठक आज बिहानैदेखि बसेको छ । प्रतिनिधि सहभागी रहेको कार्यदलले गर्ने छ ।जसरी पनि सरकारमा जानुपर्छ भन्ने मान्यता राखेको नेकपा माओवादीले सरकारमा जानका निम्ति राष्ट्रिय सहमति जुटाउन १५ दिनभित्र वाईसीएलको अर्ध सैनिक संरचना भंग गर्ने कब्जा गरिएका सम्पत्तिलगायत विगतमा भएका सहमति कार्यान्वयन गर्न सहमत भई वाईसीएलको अर्धसैनिक संरचना भंग गर्नलगायत विगतका सहमति कार्यान्वयन गर्न पार्टी पंक्तिलाई प्रचण्डले निर्देशन दिएका छन् ।यसैबीच माओवादी सभासद् एवं नेताहरुले वाईसीएल भंग नहुने दाबी गरेका छन् । वाईसीएल र जनसेना भंग होइन उनीहरुले विद्रोह गर्ने चेतावनी दिएका छन् ।


मेरो लास चितामा छटपटिँदा.......................

-Anjan Banbasi ( joint base balad, Iraq)

तिमी खुशीभइ हिँडनु, मलाई बाँसको डोली चढाउँदा !
तिमी गर्व गरी हाँस्नु, मेरो सवयात्रा अगाडि बढाउँदा !!
मेरो शुभकामना छ तिमीलाई, तिमी खुशीसँग बाँच !
अतित त सबैको हुन्छ अब, तिमी नयाँ संसारमा हाँस !!

शायद कतै मबाट गल्ती भयो होला, सपना सम्झिदिनु !
तिम्रा बाचा पुरा गर्न सकिन कि, त्यसलाई सन्जोग मा लिनु !!
मेरो लासको डोली बाटो लाग्दा, तिमी सिन्दुरको खोजी गर्नु !
मेरो चितामा आगो सल्किँदा, तिमी सिन्दुरले सिउँदो भर्नु !!

मेरो लास चितामा छटपटिँदा, तिमी सुहागको पलङमा सुत्नु !
मेरो लास खरानी हुँदा, तिमी ओँठमा लाली पहिरी उठ्नु !!
मसानघाटमा धुवाँ निभ्दा, तिमी नयाँ लुगा लगाउनु !
तिम्रो अतित सबै खरानी हुने छ, अनी तिमी मन भरी अघाउनु !!

मेरा मलामीहरु फर्किँदा, तिमी दोबाटोमा हेरी राख्नु !
तिम्रो रोजाईको नयाँ सिन्दुर, सिउँदो भरी फेरिराख्नु !!
मेरो बारीमा मखमली नटिप्नु तिमी, फूलेर झर्नु दिनु !
म मर्दैमा के जान्छ र ! मलाई मर्न दिनु !!
तिम्रो संसार छदैछ नि ——–फूली झर्नुदिनु