August 9, 2008

झन्डै विर्सिएको दौतरी

प्रवास जिवन त कुइरोमा हराएको काग जस्तै हुदो रहेछ । केही गर्छु भन्दा पनि नसकिने । हुनत खाने मुखलाई जुगाले छेक्दैन भन्छन तर के गर्ने मेरो लागि त उखानै मात्र भयो । जता गए पनि काम को डंगुर जस्तो लाग्छ । समय लाई कसरी म्यानेज गर्ने भनि सोच्नै सक्दिन । हिसावमा पहिले देखि अलि कम्जोर । अनि त समयको जोड घटाउ गर्ने सकिन ।


दौतरीमा नछिरेको जुग वितेछ । दौतरीहरुले पस्कनु भएको खुराक एक एक गर्दै पढे अनि २ शव्द भए पनि कोर्न मन लाग्यो । तर के लेख्ने तस्तो नया कुरा सुनाउन लायकको केही छैन । हुन त मदन जीको दुइ तिन वटा मेल आएको थियो ।केही लेख्नुस भन्दै । एकाधको त जावफ पनि फर्काइयो । वाकी मदन जीले वुभ्नु भयो होला । विल गेट संग भलै समय होला तर म संग रहेन छ भनेर । हुन त नानी देअि लागेको वानी क्यै गरि नजाने । काम पनि छैन फर्ुसद पनि छैन । त्यसमा पनि अल्छी भइएछ । चोर ले अरुलाइ पनि चोर देख्छ भने झै नेपालीको जातै अल्छि । विदेसीले जस्तो कुरा कम काम ज्यादा गरेको भए हामी पनि विकसित नेपालको नेपाली हुन्थ्यौं । किन तिमी कहाको भन्दा सगरमाथालाई तेरस्याउनु पर्थ्यो। त्यसो त काममा एउटा छिमेकी भाइले सगरमाथालाइ पनि छिमेककै हो भनेर भन्दै रहेछ । हुन त म भन्दा पहिले अफिस पसेको सवैको दिमाग वास गरेछ । यहाको जनता पनि कतिको उल्लु । जोग्राफीमा त जिरौ रहेछन ।अव सगरमाथा छिमेकको भनि भन्दा पनि हो भनेर पत्याउने हो त! । वुद्ध कहा जन्मेको छिमेकी देशमा । हैरानै पारयो यिनीहरुले म त चकित भए । अनि सवै स्टाफ भएको वेला सोध्ने जमर्को गरे हैन सगरमाथा कसरी छिमेक देशमा रहेछ भन्दा उहि दक्षिणे पन देखाइ हाल्यो पहिले उनि हरुको थियो रे अहिले हाम्रो भयो रे ।


हुन त लाटो देसमा गाडो तन्नेरी । हाम्रा देशका दुतावास हरु के काममा व्यस्त छन कुनी एक साथी नेपाल पठाउ अभियानमा त लागेका छन । तर देशमा केके छन यहाको जनतालाई वुझाउन भ्याउदैनन ।


ल त आज लाई ‘वार्म-अप’ त गरियो भोली देखि अल्छि भइएनछ भने फेरि व्यायाम गरुंला ।



4 Comments:

ठरकि दादा said...

धेरै पछि तपाईको आलेख पढन पाईयो, रमाईलो लाग्यो।

'वार्म अप' को जोश जारि रहोस र 'पुश-अप', 'बेन्च प्रेस' अनि दरिलो व्यायाम जारि रहोस !!

पीजी said...

धेरै दिन पछि उदाउनु भए पनि एउटा चित्त बुझ्दो सत्य उजागर गरिदिनु भयो :

"विदेसीले जस्तो कुरा कम काम ज्यादा गरेको भए हामी पनि विकसित नेपालको नेपाली हुन्थ्यौं । किन तिमी कहाको भन्दा सगरमाथालाई तेरस्याउनु पर्थ्यो।"

Anonymous said...

I think the same. Dissapearance of old people, emerging new people, Dautari has become different. I hope we will keep on having wonderful elements from you good people.

nepalean said...

सम्झेर दौतरीमा आउनु भएको मा महेश जि लाइ धेरै धेरै धन्यबाद। काम संगै आफुले मन पर्ने कुरा संगै लानु पर्दछ,तर ब्यबहारमा त्यो कुरा उतार्नु सारै गार्हो कुरा हो। नेपाल र नेपालीको बारेमा लेखेर,सोचेर बिदेशमा भए पनि नेपालको लागी केही त दिन सकिन्छ भनेर सन्तोष मानौं।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !