August 6, 2008

Better to starve free than be a ‘fat’ slave

नेपाली भाषामा एउटा उखान छ:- “घर मुली बाटो हगुवा” । शायद यत्ती लेखेपछि मैले यो बाटो हगुवाको परिचय दिईरहनु नपर्ला। हो! म त्यहि चरेषानन्दको कुरा गर्दैछु फेरी ।

केहि बर्ष अघिसम्म नेपालमा ‘माथिको आदेश’ चल्थ्यो, हाल आएर खुलेरै ‘मालीकको आदेश’ मान्ने चलन बढदै गएको छ । यहि क्रममा देशको निक्कै उपल्लो दर्जामा पुगेका दरिद्र बुद्दीले केहि गुलीयो चाटन पाईने लोभ र मालिकको स्याबास्सी पाउने आशमा बिदेशी भाषामा स्वदेशी पदको सपथ गरे । बन्द, तोडफोड र टायरको धूवाले नेपाल रंगभंगीयो तर यिनी मालीकको भक्तिमा अडिग रहे र आफूले सो ‘देव वाणि’ मा गरेको सपथको बारेमा गर्व गरीरहे ।

बिचमा फेरी मालिकले अरु केहि चाल चले, बिरोधमा उत्रेकाहरुलाई पनि बाँकि उसैका भक्तहरुले “अहिले बिरोध नगरौं … ” “… अदालतमा मुद्दा बिचाराधिन छ … ” भनेर थामपुर पारे । दुई दिनमै फेरी नेपाल शान्त भयो, सबैको मालिक बनेका ठुल्दाईले विजयी मुस्कान दिए , (शायद आफूहरुले चरेषानन्द जत्ती भक्ति गर्न नसकेकोमा अरु नेताहरुमा अलिकता लज्जा र अलिकता चरेषान्नदसंग ईर्ष्या पनि जाग्यो होला) । जे होस हो-हल्ला बिस्तारै हरायो र सबैजना अदालतले केहि गरिहाल्छ की भनेर पर्खन थाले ।

त्यसपछि चरेषानन्दको मार्फत उनका मलिकले आर्को प्रहार गरे नेपालको कानूनलाई ठाडै उलघंन गरेर। उनले तोकीएएको म्यादमा अदालतमा कुनै जवाफ पनि पठाएनन् ।

यिनले हिन्दिमा सपथ लिएर गल्ति गरे वा गरेनन भन्ने प्रश्न अब गौण बन्यो, किनकी अब यिनि भाषा मात्रै हैन नेपालको कानून पनि नमानी नेपालको उपराष्ट्रपतिको पदमा बसेका छन । कुनै जमानामा आफै न्यायाधिश भैसकेका मान्छेबाट धेरैले यो कुरा भने आश गरेका थिएनन् ।

आफ्नो वाईयात करतूतलाई जायज ठहर्‍याउन उनले कुनै हिन्दि फ्लीमी स्टाईलको तर्क तेर्स्याउने छन भनेर सोच्नेहरुको सोच गलत साबित भयो। मालीकको भक्तिमा लिन भैसकेका यि चरेषानन्द बाबाले सायद भारतिय संबिधान पल्टाए होलान, भारतकै कानूनका किताब हेरे होलान त्यहा कतै पनि नेपालको अदालतको काम कर्तव्य र अधिकारको जिकिर नभेटे पछि सोचे होलान यो नेपालको कानून मलाई कसरि लाग्छ र (म नेपाली भए पो नेपाली कानून अनुशार चल्छु त!) अनि उनले व्यर्थै नेपालको अदालतमा अधिकार क्षेत्रभन्दा बाहिर गएर हालिएको मुद्दाको बारेमा टाउको दुखाउन पनि छाडे । सोचे होलान लालू यादवले हिन्दि बोल्दा कसैलाई समस्या नहुने, प्रतिभा पाटीलले हिन्दि बोल्दा पनि कसैलाई टाउको नदुख्ने अरु त के कुरा सोनिया गान्धिले बुझ्नै गाह्रो हुने गरी हिन्दि बोल्दा समेत कसैलाई मतलब नहुने मैले यसरि शुद्ध हिन्दि बोल्दा मात्रै किन यि मान्छेहरु बौलाएका होलान !

देशमा यसै पनि हजारौं मुद्दा दशकौं देखी थाँति रहेको अबस्थामा अब यो पनि शायद त्यहि संख्या बढाउने मिशील मात्र बन्ने हो त? नेपालकै अदालतको वेवास्ता गरेर नेपालकै कानूनलाई चुनौति दिएर नेपालकै उपराष्ट्रपति पदमा कोहि एकजना व्यक्ति आसिन रहंदा मौन रहन मलाई फेरी पनि आत्माले दिएन ।

घरको मुली ले बाटो हगेर आफ्नो असलीयत देखाउदैं गर्दा ममा भने झन फेरी आफू नेपाली हुनुको बोध झन घनिभूत भएर आएको छ । यिनी मालिकलाई खुशी पारेर पुलकित हुन्छन, म मेरो भाषा र देशको सम्मानमा रोमान्चित हुन्छु । यिनले हिन्दि बोल्दा स्याबास्सी पाउलान, मलाई नेपालि बोल्दा सन्तुष्टि मिल्छ । यीनि नेपालमा जन्मेकोमा पछुताउदै होलान, म बिदेशमा बस्दा पनि नेपाली भएकोमा गौरवान्बित हुन्छु ।

चरेषानन्द तिमी मालीकको सेवामा छौ, तिमि दास हौ। म स्वाभिमानि छु, आफ्नो मालिक आफै छु। एकचोटि आफैले आफैलाई ऐनामा हेर त ! तिमि देशको उपराष्ट्रपति भएर पनि दासताबाट मुक्त हुन नसकेर छटपटाई रहेका छौ म एउटा साधारण नागरिक भएर पनि सम्मानित र स्वतन्त्र छु ।

तिमि नेपाली भएर जन्मियौ र अर्ध भारतीय हुदैं पूर्ण भारतिय बन्ने बाटोमा दासको जिन्दगि बिताईरहेका छौ, म नेपाली भएर जन्मे, नेपालि नै छु र नेपाली नै भई शिर ठाडो बनाएर बाँचेको छु । तिमि मालिको आदेश शिर निहुर्‍याएर अनुशरण गरि राख, म आफ्नै अडानमा तिम्रो बिरोध गरि रहन्छु … … । तिमी आधुनिक युगको दासहरुको प्रतिनिधि हौ, प परम्परागत जन‍-समुहको आबाज हुँ । तिमिलाई आफ्नो मालिकको सुरक्षा छातामा भरोसा भएजस्तै मलाई अझै पनि कानूनी राजमा विश्‍वास छ । जाउ अगाडि के गर्ने भनेर तिमि मालिक संग आदेश माग्न जाउ! म स्वाभिमानि जनतालाई घचघच्याउन जान्छु ।

जिवनको उत्तरार्धमा पुग्दा पनि तिमिमा बोध आएन, मैले त ४ कक्षा पढ्दै सिकेको कुरा हो “Better to starve free than be a fat slave”



3 Comments:

Prajwol said...

ठरकी दादा,

Thanks for keeping the issue alive. I hate to say it, but we Nepalese have habit of forgetting soon.

In this case it's not just about forgetting, but ensuring that these sort of चरेषानन्द activities does not dare to repeat again.

I wish there was a mechanism where I could contribute for an Ad campaign that could run in all TV and radios in Nepal embarassing Jha. Also a mechanism to help fund the consitutional lawyers keep fighting the case in the court.

I'm sure majority of Nepalese will chip in, making a big movement. Hence establishing a culture that publicly embaresses the incompetent leaders, rather than pelting stones and burning tires.

nepalean said...

तिमि नेपाली भएर जन्मियौ र अर्ध भारतीय हुदैं पूर्ण भारतिय बन्ने बाटोमा दासको जिन्दगि बिताईरहेका छौ, म नेपाली भएर जन्मे, नेपालि नै छु र नेपाली नै भई शिर ठाडो बनाएर बाँचेको छु । तिमि मालिको आदेश शिर निहुर्‍याएर अनुशरण गरि राख, म आफ्नै अडानमा तिम्रो बिरोध गरि रहन्छु … … । तिमी आधुनिक युगको दासहरुको प्रतिनिधि हौ, प परम्परागत जन‍-समुहको आबाज हुँ । तिमिलाई आफ्नो मालिकको सुरक्षा छातामा भरोसा भएजस्तै मलाई अझै पनि कानूनी राजमा विश्‍वास छ । जाउ अगाडि के गर्ने भनेर तिमि मालिक संग आदेश माग्न जाउ! म स्वाभिमानि जनतालाई घचघच्याउन जान्छु ।
....हो हामीले अपराध गरेका अपराधीलाइ यसरि ने जनता माझ पुर्याउनु पर्छ। आज नभए भोली भोली नभए पर्सी नेपालमा कानुनी राज्यको आभास गराउनु पर्छ। अदालतले कारण देखाउन आदेश दिइ सकेपछि उप-राष्ट्रपती जस्तो पसको ब्यक्तीले यसरी अपहेलना गर्नु निकै बिस्मातको कुरो हो। अब हरु ३५ दिने सुचनमा के हुन्छ। फेरी त्यसको हामीले यसरी नै ब्लगमा कुरा निकाल्नु पर्छ।

Panda said...

चरेशानन्द मात्र हैन देशमा हिमाल देखि तराइसम्म विभिन्न रुपमा “दास“ हरु रहेका छन् । कोहि मालिक भक्तिमा, कोहि पैसामा, कोहि “केही“ पाउने आशामा त कोहि हल्लै हल्लामा बेला बेलामा मालिक भक्ति देखाइरहन्छन । परिश्रम र विद्वतामा भन्दा अर्काको जुठो र फालेको रछ्यानमा रमाउने "थरि थरिका चरेशानन्दहरुलाई“ अहिले त के नै भन्न सकिएला र तर सत्य, निष्ठा, परिश्रमको फल राजनीतिक वेश्या बनेर लगाएको जवानीको गालाको लाली भन्दा दिगो हुन्छ । सोभियत पर्खाल भत्काउने गोर्वाचोभको गालाको लाली र सेवा त पर्खाल भत्के पछि मालिकहरुका लागि फिका र फाल्तु भयो भने वैशाखी पनि नपाएर लड्खडाइरहेको देशलाई पछाडिबाट प्रहार गर्ने "चरेशानन्द“ हरुको बहादुरी पनि दुई दिनको रमझम हो हेर्दै जाउं ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !