April 11, 2009
January 13, 2009
माघी, कमैया र कम्लरी
बसन्त-
प्रत्यक बर्ष माघे संक्रान्ती लाई नेपालका आदिबासी थारु समुदायले माघी पर्बको रुपमा मनाउछन। घर्-घरमा जाड-रक्सी बनाईन्छ। सुङुर काटिंछ र ढिक्री पकाईन्छ अनि नांच गान गर्दै रमाइलो हुन्छ।आफ्नै परम्परागत किसिमका बिशेष खानेकुरा पाक्छन। अनि कोसेली बोकेर नातेदारको घरमा गै शुभ-कामना आदान प्रदान गर्ने चलन छ। केहि बर्ष पहिले सम्म जाडले मात्तीएका र अतिहुदा बाटोमा लडीराखेका हुन्थे। र यो क्रम आजकल कम भएको हुनुपर्छ। यो महत्वपुर्ण सास्कृतिक पाटो सङै अरु दुईवटा पक्षहरु माघी सङ जोडीएर आउने गर्छन। पहिलो हो कमैया र कम्लरी प्रथा अनि दोश्रो हो अधीया प्रथा। माघी यो समुदायको नंया बर्ष पनि हो। धेरै बाचा-बन्धन र ब्यवहारीक कुराहरुको सुरुवात र अन्त्य यसै समयमा हुने गर्दछ। अन्य जात जातीले यो पर्ब आफ्नै तरिकाले मनाउछन्। थारु बस्तीमा हुर्केको, बढेको नाताले आफुले देखेका कुराहरुमात्रै यहा राख्ने जमर्को गरेको हुँ।
कमैया प्रथा अहिले त उन्मुलन् भैसकेको छ। उनिहरुको बिभिन्न मागहरु पुरा गराउन भलै अझै आन्दोलन् गर्न किन नपरोस। दश बर्ष अघि सम्म पनि यो नराम्रो प्रथा हो भनेर सायदै कमै मान्छेले लिन्थे होला। अझै पनि स्कुल जाने उमेरका केटीहरु कम्लरी बसेकै होलान-ठुला नेता देखी सहरियाहरुको मा। तर यो निकै कम् भैसकेको छ। मेरो बिचारमा कमैया र कम्लरी प्रथा दास प्रथाकै आधुनिक र अर्को रुप हो। श्रम शोषण त छदै छ। यो सङ सङै मानसिक, सामाजिक, कम्लरीहरुको यौन शोषण हुन्छ। न्युन पारिश्रमिकमा काम गर्ने, काम गर्ने समय निस्चीत नहुने-उठे देखी नसुते सम्म काम गर्नु पर्ने। बिरामी भयो भने उपचारको कुनै ब्यवस्था नहुने। लाउने खाने को त कुनै कुरै नहुने। कमैयाले बाहिरको काम गर्ने-खास गरि खेतिपाती सम्बन्धी काम। कम्लरीले घर भित्रको सबै काम-नानी बाबु हेर्ने देखी लिएर भान्साको काम गर्नु पर्ने।
मैले त्यति बेला देखे अनुसार हाम्रो गाउ तिरका थारुहरु तिन खालका थिए आर्थिक अनि सामाजिक हिसाबले पनि। सबै भन्दा तल त कमैयाहरु हुने नै भए । अनि त्यसपछि अरुको जग्गा अधिया जोत्ने र नम्बर एक आफ्नै जग्गा भएका अलि सम्पन्न। आफ्नै सम्पत्तीले खान लाउन पुग्ने। नम्बर एक समुहका अलि पढे लेखेका पनि। अनि केहि हल गोरु वा राङा भएकाहरुले अरुको जग्गा अधीया जोत्न पाउछन। गोरु भन्दा राङा नै जोत्ने। त्यसको फाईदा भनेको जोत्ने बेला सम्म जोत्यो अनि बुढो भयो भने मो:मो जिन्दाबाद। गोरुलाई त्यसो गर्न मिलेन। बिचरा एक हल राङा पनि नहुनेहरु कमैया बस्नु पर्ने। परिवार नै अरुको घरमा। बाउ कमैया, आमा ओर्गीनि, छोराहरु गोठालो, छोरिहरु कम्लरी। प्राय जसो लोग्ने मान्छे जुन घरमा कमैया बस्यो त्यही घरमा आइमाई ओर्गीनि हुने। छोरिहरु पोखरा, काठमान्डौ तिर। कतिपय त्यतै हराएर गए। मेरै छिमेकी परिवार आफ्नी हराएकी छोरि खोज्दै हिडेको देखेको छु। ओर्गेनी र कम्लरीको यौन शोषण पनि हुन्छ। त्यसको कुनै सुनुवाई नै नहुने। एकजना जमिन्दारको बिग्रेको छोराले बाबु आमाकै अगाडी छोरिलाई जबर्जस्ती बलात्कार गर्थे। त्यसको कसैले प्रतिकार गरेको मैले थाहा पाइन।
खुशीको खबर के छ भने यी प्रथा र बिकृतीहरू बिस्तारै कम हुदै छन। आशा गरौ यो माघीमा गत साल कमैया, कम्लरी र ओर्गिनि बसेकाहरुले पुन नयां सालमा नबिकरण गर्न नपरोस। बास्तवमा यो एककिसिमले दशकौ देखी चलि आएको हुदा जिबन पद्धति बनिसकेको थियो। अनि सामाजिक संरचनामा घुसेको थियो। अब आफ्नो काम आफैले गर्ने बानि बसाल्ने र आफ्नो जग्गा आफुले जोत्न सके मात्र राख्ने गर्यो भने यो प्रथा कम होला। अर्को तिर ति गरिबहरुको जीबन यापनको बैकल्पिक ब्यवस्था गर्नु पर्छ।
एकपटक फेरि: सखिए हो माघकी गुरि गुरि जांड
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
January 3, 2009
नया बर्षको प्रण
नेपालियन
अंग्रेजी नयाँ बर्ष, बिश्वका अधिकांश मानिसहरुले धुमधाम गरेर मनाए। नया सालको अघिल्लो साझ झिलीमिली बत्ती,पटाका र मदिरा जन्य पद्दार्थ तथा अन्य तरिकाले मनोरन्जन गरेर बित्ने गर्छ। अनि प्राय मानिसहरुले नया साल संगै आफुलाइ नया ब्यक्तीमा परिणत गर्ने प्रण गर्ने गर्छन। कोही चुरोट त्याग्ने, कोही मदिरा त्याग्ने कोही आफ्नो ओजन घटाउनै आदी आदी। दौंतरीमा हामी साहित्यको लागी, देशको लागी सोचेर समय खर्चने गर्छौं। के तपाइहरुले यो नया साल आफुलाइ खर्चीनु भयो त? भयो भने के कस्ता प्रण गर्नु भयो त?
उत्तम बिचारले मानिसलाइ नया स्वरुपमा खडा गराउंछ र त्यसले मानिसको छुट्टै पहिचान निर्माण गराउंछ। भन्छन नया प्रण कायम राख्न सबैलाइ खुलेर नै भन्दा सबै भन्दा प्रभावकारी हुन्छ रे। उदाहरणको रुपमा यदी तपाइ ले अब नया साल संगै चुरोट त्याग्ने भन्नु भयो भने भोली देखी तपाइ अरुको अगाडी त चुरोट खान संकोच मान्नु हुन्छ नी। मन मनै भन्नु भयो भने त - "ए चुरोट त्याग्ने भनेको खाइयो, भोली देखी छोड्नु पर्ला” भन्नुहुन्छ। अनि तपाइको भोली कहिल्यै आउदैन।
हामी नया बर्ष संगै नया त भयौं, तपाइले के नया प्रण गर्नुभयो? निसंकोच सकारत्मक सोच राखेर ब्यक्तित्व बिकासको निम्ती हामी प्रत्यक दौंतरीहरु उपस्तीत होउं, दौंतरीको सहि उदेश्य नै त्यही हो। सबै सामु दौंतरीमा पोखेर आगामी साल आफुमा नया ब्यक्तीत्वमा परिणत गर्नुहोला। यही रहनेछ दौंतरीको तर्फबाट नया साल २००९ को सबै भन्दा उत्तम शुभकामना।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
October 27, 2008
तिहार आयो
खास गरी दिदिबहिनी र दाइभाई बिचको सुमधुर सम्बन्ध राख्ने अनी भेट-घाट गर्ने माध्यम हो यो चाड। दिदी बहिनीले एककिसिमले पूजा गर्छन् दाई भाईलाई। तोरिको तेल लगाइदिने, सप्तरङी टिका लगाइदिने निधारमा अनी मखमली फुलको माला मलाई बिशेष लाग्छ। अनी स्वभाबिक रुपमा बिभिन्न किसिमका रोटी हरु जस्तै सेल, अनरसा, फिनी, सिन्कामरी (ठाउ अनुसार नाम फरक हुन सक्छ)। हाम्रो घरमा फुपु आउनु हुन्छ तिहारमा। अनी उहाले बनाएको परीकारहरुको त के बयान गराइ भयो र। खास गरी खसीको मासुको कवाब। वा मुखै रसाउने टाईप गर्दा पनि। भाई टिका भन्दा अघि काग पूजा बाट सुरु हुन्छ तिहार। टपरीमा भात राखेर बाहिर लागि राख्दिने अनी कागहरु आएर खान्छन। अनी कुकुर तिहार। हाम्रो घरमा कुकुर त छैन। तर पनि छिमेकी को कुकुर वा गल्लीको कुनै कुकुरालाई भएपनी माला लगाईदियो अनी खान दियो। यसो गर्न मेरी बहिनीलाई साह्रै मन पर्छ। अनी हामीले त घरमा भएको बिरालोलाई पनि टिका, माला लगाइदिन्थीम। गाई तिहारमा गाई पूजा गर्ने हो नि। खासमा हामीले भैशी, पाडा पाडी लाई तेल लगैदिने, रङ लगाइदिने अनी माला लगाइदिने गरिन्थ्यो। हाम्रो घरमा गाई थिएन। एक किसिमले जुन जनावरले हामीलाई सहयोग गर्छ त्यसैलाई हामीले पनि महत्व दिनु पर्छ भन्ने मान्यता होला भनेर अर्थ्याउन सकिन्छ।
तिहारको महत्वपूर्ण अर्को पाटो भनेको देउसी भैलो हो। यो पनि ठाउँ अनुसार फरक फरक भएको अनुभव छ मेरो। मध्यपश्चिम तिर केटाहरुले भैलो खेल्छन र केटीहरुले देउसी खेल्छन। उता पूर्व तिर र काठमाडौं तिर ठीक उल्टो। केटाहरुले देउसी खेल्छन अनी केटीहरुले भैलो खेल्छन। माओबादी युद्ध सुरुहुन भन्दा पहिले एक किसिमको रौनक हुन्थ्यो भैलो (केटाहरुले खेल्ने)को। तिहार बाट सुरु भएको भैलो पछि मङ्सीर पुस तिर गाउ तिर पूजा लाउदा पनि भैलो बोलाउने चलन थियो। मादले, मारुने, पुर्सुङेहरुको बेग्लाई ड्रेस हुने। दिउस् भन्दा राति खेलिएको भैलो राम्रो लाग्थ्यो। मध्यरातमा सुतिरहेका हामी मादलाको आवाजले बिउजीन्थिम। बाटोमा हिद्दा बज्ने मादल् र बसुरिको ताल र भाईलो खेल्दा बज्ने ताल बेग्ला बेग्लै। मादलाको ताल सुनेर थाहा हुन्थ्यो कि भैलो टोली बाटोमा आँउदै छ कि खेल्न सुरुगरिसक्यो। मलाई भैलोमा बज्ने तालहरुको बारेमा ज्ञान थिएन त्यति बेला। पछि त त्यस्ता धुनहरु सुन्न पाइएन। गाउ-गाउका आ-आफ्नै भैलो समुह हुन्थे अनि बेला मौकामा तिनको बिचमा प्रतिस्पर्धा हुन्थ्यो। जस्ले राम्रो भैलो प्रस्तुत गर्थ्यो उस्ले धेरै पैसा पाउथ्यो। भैलो र देउसीमा गाउने गीतहरु धार्मिक किम्बदन्ती, भगवान सम्बन्धी हुन्थे। जसले मेरो खासै ध्यान तान्थेनन्। मैले मतलब पनि गर्थिन। खासमा मन पर्ने भनेको धुन र ताल नै हो। पछी केहि समुहले गीत परिमार्जन गरेर सम-सामयिक बनाएका थिय। त्यसले धेरै मान्छेको ध्यान तान्थ्यो। खास गरि युवा पुस्ताको। माओबादी युध्ध चर्किदै जादा यस्ता भैलोहरु लोप हुदै गए। र नया पुस्ताले क्यासेटमा हिन्दी गीत घन्काउदै डिस्को डान्स गरेर भैलो खेल्न सुरु गरे। अबको नया नेपालमा गाउने गीत परिमार्जन गरि-आफ्नो दुख:सुखका गाउने तर पुरानै लय र तालमा। यस्तो गर्न पाएदेखी संस्कृति पनि जोगिन्थ्यो र मनोरन्जनको माध्यम पनि हुन्थ्यो। मेरो मस्तिश्कमा यौटा योजना थियो र अहिले पनि छ। नया पुस्तालाई पुरानो भैलोको तालीम दिएर प्रत्यक तीहारमा भैलो प्रदशन गर्ने। होइन भने नया पुस्ताले यो बिर्सिने छन।
सबैलाई तिहारको सुभकामना।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
October 11, 2008
इराकमा नेपालीहरुलॆ धुमधामसँग दशै मनाए
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
October 10, 2008
शर्माएर संस्कार र संस्कृति जोगिदैन
पुरुशोत्तम सुबेदी –बेल्जियम
हिन्दू हरुको महान चाड बडा दसैं अब बिदेसमा पनि तिब्रताका साथ मनाइन थालिएको आभास भएको छ । सन १९९० देखी बिदेसमा छरिन पुगेका नेपाली हरु अब विश्वको जुन कुनै देसमा पनि आफ्नो धर्म र संस्कृतिलाई संसार सामु पहिचान गराउन सफल हुँदै छन । सन २००४ देखी हाल सम्म को बेल्जियम को सामान्य अन्दाज ले के देखाएको छ भने हिन्दू संस्कृति अगाडि बढाउन नेपाली नारी हरुको ठुलो हात रहेको देखिएको छ । बिगत केही बर्ष यता बेल्जियम मा थुप्रै नेपाली हरुले प्रामानेन्ट रेसिडेण्टी प्राप्त गरी आ आफ्ना परिवार समेत सेटल गरी सकेका छन ।
आखिर मानिस जहाँ गए पनि आफ्नो संस्कार र संस्कृति साथमै जादो रहेछ । बेल्जियम मा बस्ने नेपाली हरु पनि आफ्ना परिवार संग र आफ्ना आफन्तजन संग रमाउन आफ्नो संस्कार संस्कृतिसंग दांजिन थालेका छन । सन २००६ देखी बेल्जियम मा नेपाली महिला र बालबालिका को संख्या ह्वात्तै बढेको छ । बेल्जियम मा नेपालीहरुले स्थाइ बसोवास संगै अब नेपाली हरु आफ्नो संस्कार लाई पनि बढी जोड दिएको पुष्टी हुन्छ । किनकी हरेक बर्ष आउने चाड पर्वमा महिलाहरु को अग्रसरता बढी देखिन्छ । हरेक बर्ष चाड आफ्नै कोठामा मान्ने र बाहिर निस्कन नमान्ने गोरेहरु संग शर्माउने आदी कृयाकलाप हरु अब बिस्तार हट्दै गयको छ । खास गरी परिवार संगका नेपालीहरु दसैं वा जुन कुनै चाड मनाउन निर्धक्क अगाडि बढेका छन ।
अस्थाइ बसोवास हुँदा एक टोक्रा बियर संग दसैंको बेलामा कोठा भित्र रमाउने नेपाली आज ३-४ बाल बच्चाहरु संग खुल्लम खुल्ला टिका जमरा लगाइ बाहिर अन्य आफन्त जनकोमा गै टिका ग्रहण गरेका छन । यसले पनि के पुष्टी हुन्छ भने बिदेसमा नारी बिनाको एक्लो मानिस ले संस्कार र संस्कृति लाई पछ्याउन त्यती सफल हुँदैन । किनकी अझै पनि केही नेपाली पुरुष बिदेसमा पनि संस्कार बिहिन र बिकृति तिर नजिक देखिएको छ । फेरी पनि नेपाली नारी हरु आफ्ना लोग्ने हरुलाई सहि बाटो तर्फ डोरयाउदै आफ्ना चाड वाड बिदेसी भुमिमा खुशीका साथ मनाउन थालेका छन । बिगत ३ बर्ष यता बेल्जियम मा तिज, दसैं र तिहार निकै जांगर का साथ मनाईएको भान हुन्छ । पोहोर साल भन्दा अझै खुल्ला रुपमा यसपाली बेल्जियम शहरमा दशै मनाइएको छ । चाड पर्वका दिन आ आफ्नो घरमा मिस्ठान्न पारीकार त सबैको घरमा हुन्छ नै । तर यस पाली एक घर बाट अर्को घरमा आफ्ना मान्यजन को हातको टिका लगाउन जाने क्रम निकै तिब्र देखियको थियो।
छिट पुट मानिसहरु टिका लगाइ बाहिर जांदा आफ्नो निधारको टिका पुछेर बाहिर गएको र भित्र आएर पुन टिका लगायका प्रमाण पनि नदेखिएका होइनन । आखिर यसो किन त- किनकी नेपाली आफ्नो पछौटे पनलाई अझै पनि सुधार्न सकेका छैनन भन्ने प्रमाण हो । आफ्नो संस्कार बिनाको कुनै पनि मानिस अधुरो हुन्छ । जब मानिस आफु संपन्न हुन्छ - तव उ कि त धार्मिक हुन्छ -या त उ पुरै नास्तिक हुन्छ । जे होस बेल्जियम मा हिन्दू संकार संखे किराको चाल् जस्तै धिमी गतिले अगाडि बढेको महसुस भएको छ ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
September 29, 2008
जय दुर्गे !
श्रोह्र श्राद्धको समाप्तिसंगै हिन्दू धर्माबलम्बीहरुकालागी एकदमै पवित्र र महत्वको पर्व शुरु हुन्छ। असत्य माथि सत्यको विजयको प्रतिकको रुपमा धुमधाम संग मनाईने यो यो कालरात्रीलाई बोलीचालीको भाषामा हामी नवरात्री पनि भन्छौं ।
यस पावन अवसरमा माता नवदुर्गाको आराधना गरिन्छ। यो नौ दिनमा माताको नौ रुप अर्थात:
१) शैलपुत्री २) ब्रह्मचारिणी ३) चन्द्रघंटा ४) कुष्मांडा ५) स्कंधमाता ६) कात्यायिनी ७) कालरात्री ८) महागौरी र ९) सिद्धिदात्री को आराधना गरेमा यस लोक र परलोक दुवैमा सुख शान्ति मिल्ने विश्वास गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदाको दिनमा घर-घरमा कलश स्थापना गरेर यो आराधनाको शुरुवात गरिन्छ । साथै कलशको वरिपरि वा घरको पूजाकोठा वा पवित्र स्थानमा जौ छरेर जमरा रोपिन्छ । यो पवित्र जमरा दशौं दिन अर्थात विजया दशमिको दिनमा मातको प्रसादको रुपमा टिका संगै शिरमा लगाउँदा माताको आशिर्वाद प्राप्त हुने विश्वास गरिन्छ ।
शास्त्र र पुराणका अनुशार : भगवान रामले दुर्गा सहित शस्त्र पूजा गरी शक्ति संपन्न भई दशमीको दिनमा रावण माथी विजय प्राप्त गर्नु भएको थियो। र त्यसै बेलादेखी नवरात्रीमा शक्ति एवं शस्त्र पूजा को परम्परा कायम भयो ।
त्यस्तै अन्य केहि मान्यताका अनुशार इंद्र भगवानले यहि दशमिका असुरहरु माथी विजय प्राप्त गरेका थीए। महाभारतको युद्ध यसै दिन प्रारंभ भएको गाथा पनि छ भने पांडवहरु आफ्नो गुप्तवास पश्चात यसै दिनमा पांचाल आएका थिए। त्यस्तै अर्जुनले पनि यहि दिनमा द्रौपदीलाई स्वयंवरमा प्राप्त गरेका थिए भन्ने कथन पनि छ ।
प्रसंगहरुलाई जे जस्तो गरी जोडे पनि वा बयान गरे पनि वास्तबमा यो विजयको उत्सव हो र यस उत्सवले असत्य माथि सत्यको जित हुने दर्शाउँछ ।
अन्य समयमा गरीएको आराधना र शाधना भन्दा यो समयमा छिट्टै सिद्धि र सफलता मिल्ने आस्थाका कारण यस समयमा माता दुर्गाको विशेष पूजा-आराधना गरिन्छ।
भिन्न भिन्न लक्ष वा कामना पूर्ण गर्नको लागी माताको भिन्न भिन्नै मन्त्र वा श्लोकले माताको आराधना गरिन्छ। आउनुहोस हामि पनि जानिराखौं के का लागी कसरी माताको आराधना गर्ने:
विपत्ति नाश को लागी: शरणागतदीनार्थपरित्राण परायणे। सर्वस्तयार्तिहरे देवि नारायणि नमोऽस्तुते।।
शत्रु नाशको लागी: सर्वाबाधाप्रशमनं त्रैलोक्यस्याखिलेश्वरी। एवमेव त्वया कार्यमस्मद्वैरी विनाशनम्।।
सर्वबाधा निवारणको लागी: सर्वाबाधाविनिर्मुक्तो धनधान्यसुतान्वित:। मनुष्यों मत्प्रसादेन भविष्यति न संशय।।
भक्ति प्राप्तिको लागी: नतेभ्य: सर्वदा भक्त्या चण्डिके दुरितापहे। रूपं देहि जयं देहि यशो देहि द्विषो जहि।।
मोक्ष प्राप्तिको लागी: त्वं वैष्णवो शक्तिरनन्तवीर्या विश्वस्य बीजं परमासि माया। सम्मोहितं देवि समस्तमेतत् त्वं वै प्रसन्ना भुवि मुक्ति हेतु:।।
मंगल प्राप्तिको लागी: सर्वमंगमांगल्ये शिवे सर्वार्थसाधिके। शरण्ये त्र्यम्बके गौरी नारायणि नमोस्तुऽते।
जे होस, संगारमा आईसकेको विजया दशमीले संसारभरि छरिएर रहेका सम्पूर्ण नेपालीको भलो गरोस र माता दुर्गाको कृपाले हामी सवैको कल्याण होस ।
म यहि पोष्ट मार्फत सबै ब्लगर मित्रहरु र दौंतरीका शुभ चिन्तक तथा पाठकहरुमा हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।
"जयन्ती मंगला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा, स्वधा नामोस्तुते ।।"
जय दुर्गे !
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
September 21, 2008
चाणक्य निति (२)
केही पहिला चाणक्य नीति दौतरीमा राखेका थियौं। पाठकहरुले कत्तिको मन पराउनु भयो, कमेन्ट त केही रहेनछ। नीति शास्त्रका कुरा कहिले निकै बिबादमुलक हुन्छन त कुनै निकै घतपर्दा हुन्छन। फेरी पनि चाणक्य निति का केही नीतिहरु राख्द छौं।
purushottam subedi
beljiyam
परोक्षे कार्यहन्तारं प्रत्यक्षे प्रियाबादिनाम ।
बर्जयत ताट्टशं मित्रं बिसकुम्भं ।।
कतिपय मानिसहरु मुखले मिठो बोले पनि पछाडि घातक हुन सक्छन । अगाडि पर्दा प्रसंसा गर्ने पछाडि पर्दा निन्दा गर्ने मित्रलाई छोडे उपयुक्त्त हुन्छ । किन कि त्यस्तो मित्र बिसले भरिएको घैंटो को मुखमा दुध राखे जस्तै हो ।त्यसैले त्यस्तो मित्र वाट सधैं सावधान हुनु जरुरी हुन्छ ।
सैले शैले न माणिक्यम् मौक्तिकं न गजे गजे ।
सर्बत्र न स्थितो साधुभ्यं चंदनं न वने वने ।।
सबै पहाड पत्थरमा हिरा जुहारात पाइदैन । सबै हात्तीको टाउकोमा मोती पाइदैन । सत्जन हरु पनि सबै ठाउमा पाइदैनन् । सबै बनमा चन्दन का रुखहरु पाइदैनन् । यसको अर्थ राम्रो चिज जहाँ कही पाइदैन ।
नदी तिरेच ब्रिक्षेसु परग्रिहशुकामिनी ।
मन्त्रिहिनास्छ राजन ;शिघ्र नस्यन्त्य संशयम ।।
खोलाको किनर मा रहेको बृक्ष -गाउ गाउ डुल्ने महिला - मन्त्री बिनाको शक्ती बिनाको राजा स्वत: नाशीएर जान्छन। यसमा दुई मत छैन ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
September 16, 2008
चाणक्य निति
कहिले काहीं नितीशास्त्रका कुरा पढ्न छुट्टै आनन्द आउंछ। कुनै बेला एक जना साथीले नेपालबाट आउणदा चाण्यक्य निति ल्याएका थिए। यसो हेरेको राम्रो लाग्यो। तदपस्सात नियामित पढ्न थाले। पढ्ने क्रममा एक पटक एक जना भाउजु चाण्यक्क नितिको निकै बिरोध गरिन। किन भनेर सोधेको त चाण्यक्क निति महिला माथी निकै क्रुर भएको बताउनुभयो। मैले पुरै त पढिन तर महिला माथि त्यस्तो शब्द लेखेको मैले पढे जतिमा भेटिएन। हिजो पुरुष्तोम जी ले चाण्यक्य नितिका २ निति पठाउनु भएको रहेछ, त्यसले मलाइ मैले पहिले पढेका कुरा सम्झाए। मैले पढे जतीमा मन परेका ५ निति:
१) सदकर्म: राम्रो कामले मान्छे इश्वर बनाउंछ भने खराब कामले मान्छेलाइ रा्क्षस तुल्लाउंछ। राम्रो बिचारले मान्छेलाइ सधै सफलता तिर पुर्राउंछ भने खराब बिचारले मानिसलाइ बिनाशतिर पुर्याउंछ।
२) आलश्य: आलश्य मान्छेको सबभन्दा ठुलो शत्रु हो। यसले केही प्राप्त गर्न अक्षम मात्र बनाउदैन पाएको पनि गुमाने स्थितीमा पुर्राउनसक्छ।
३) मुर्खता: मुर्खले आफ्नो असफलतमा कि आफैमा पछुतो मनाउछन या अरुलाई दोष लगाउंछन। मुर्खले अरुलाइ नाष गर्ने खोज्दा आफै नाशित हुन पुग्दछन। राम्रो ज्ञानले मान्छेलाइ मुर्खहुनबाट जोगाउंछ।
४) इक्षा: इक्षाले मान्छेलाइ दास बनाउदछ। जस्ले आफ्नो इक्षालाइ बसमा ल्याउंछ, त्सले संसारलाइ नै बषमा ल्याउन सक्दछ। इक्षाको निम्ती गलत काम गरदा समाप्ती तिरै पुर्याउंछ।
५) स्वभाव: यदी शिक्षित मानिसले आफुलाइ प्रभाव पार्न सक्दैन भने त्यसले अरुलाइ पनि प्रभाव पार्न सक्देन। मान्छे जो सत्यबाट टाढा रहन्छ त्यसको कुनै असतित्व हुदैन।
अब भने पुरुषोत्तमजीको पालो। वांहालाइ निकै मार्मिक लागेक दुइ चाणक्य निति:
पुरुशोत्तम सुबेदी
-बेल्जियम
क; काल; कानी मित्राणी कोदेसब्यागमौ
कात्यायाम रितिचित्यम क; काल ; मुहुर्मुहु ।
-कुन बेलामा के गर्नु पर्छ । देस कुन हो लाभ के छ ? अर्थात ब्याय के छ ? म कहाँ छु । ममा के सामर्त्य छ । भोली म के गर्न सक्छु ? मित्र कुन हो ? मेरो कर्तब्य के हो ? भन्ने कुरा मा मानिसले बारम्बार बिचार पुर्यायन भने केवल त्यो यस ब्रमाण्डमा मर्नको लागि मात्र जन्म लियको हो ।
लालयत पञ्चबर्षाणी -दसबर्षाणी ताडयत्
प्राप्तेसु ; सोडसेबर्से पुत्रम्मित्रावदाचरेत् ।।
आफ्ना छोरा छोरी लाई पांच बर्षको उमेर सम्म माया गर्नु । दस बर्ष सम्म हप्की दप्की गरी हुर्काउनु । सोर्ह बर्ष पुग्ने बित्तिकै तपाईंका छोरा छोरी लाई मित्र समान व्यबहार गर्नु । किनकी उमेर पुगे पछी तपाईंका छोरा छोरी लाई तपाईंको काबुमा राख्ने कोशीस गर्नु भयो भने झनै गलत बाटो मा जान्छन । त्यसैले तपाईं राम्रो दोस्ती संग जसरी ब्यवहार् गर्नु हुन्छ ।त्यसरी नै छोरा छोरी संग पनि त्यही ब्यवहार् गर्नु उत्तम हुनेछ ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
September 14, 2008
पितृपक्ष ( सोह्रश्राद्द तिथी २०६५ । २००८) बारे जानकारी )
-एकलव्य
हिन्दू धर्मावलम्बी नेपालीहरूले बडादशैँको शुरुवात हुने घटस्थापनाको दिन भन्दा अघिको आश्विन महिनाको कृष्णपक्षका पन्ध्र दिनलाई पितृपक्षका रूपमा मान्ने चलन छ । आमा बाबु नभएका वा गुमाइसकेका छोराछोरीले मातृ-पितृ भक्ति दर्शाउन, यो पक्षका तिथिहरूमा माछा-मासु र अशुद्द मानिएका अन्न र खाद्यकुराहरूको सेवन तथा, अशुद्द मानिने अन्य कर्महरूबाट समेत पूर्णत: अलग रहेर बस्नु पर्छ भन्ने विश्वास छ । जुनसुकै साल र महिनाका दिन हरूमा स्वर्गे भएका भए पनि , पितृ ( मातृसहित) हरू देहान्त हुनुभएका तत् तत् तिथीहरूमा यथा विधि पार्वण श्राद्द गरेर पिण्डदान र तर्पण गरी , हामीले हाम्रा स्वर्गीय माता पिता र अन्य वरिष्ठ पितृहरू प्रति समेत श्रद्दा- भक्ति प्रकट गर्न सक्छौँ । आमा र बुबा दुवै गुमाएका छोराहरूले भने पिताको तिथिमा नै एउटै श्राद्द गरी दुवै आत्मालाई एउटै श्राद्द पूजा मार्फत तर्पण वा पिण्डदान गर्न सकिन्छ ।
घरबाट बाहिर परदेशमा रहेकाले भने , स्वदेशमा रहेका आफन्तले श्राद्दकर्म गर्ने हुँदा एकछाके ( श्राद्द भन्दा अघिल्लो दिन ) र श्राद्द पर्ने तिथिका दिन माता-पिताको सम्झनासहित शुद्द भोजन र कर्ममा रही गरीब गुरुवालाई भोजन वा सिदादान गरी आफ्नो पितृकर्तव्य पूरा गर्न सक्छन् ।
यो वर्ष सोह्रश्राद्दको रुपमा चिनिने यो पितृपक्षको आरम्भ भोलि भदौ २९ गते तदनुसार सेप्टेम्बर १५ तारिखबाट हुने भए पनि पूर्णिमा तथा प्रतिपदा तिथिमा श्राद्द गर्नेहरूका लागि भने आज २८ गते वा १४ सेप्टेम्बरबाट ‘एकछाके’ गरी श्राद्दारम्भ हुनेछ । यसरी बीचमा तिथीहरूको घटबढ हुँदै यस वर्षको पितृपक्षको अन्त्य असोज १३ गते अथवा सेप्टेम्बर २९ अमावस्य ( औँसी) तिथिमा हुनेछ । बीचका तिथिहरूमा रजस्वाला, जूठो वा सूतकले गर्दा श्राद्द हुने नभएमा रोकिएको थिथिको श्राद्द पनि औँसीका दिनमा गर्न सकिने शास्त्रीय प्रावधान छ । यसै गरी यस वर्षको घटस्थापना सेप्टेम्बर ३० तारिख परेको जानकारी दिन चाहन्छु।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
August 16, 2008
रंगहिन गाईजात्रा
मलाई याद छ सानो छँदा गाईजात्रा ताका नेपालका पत्र-पत्रिकाहरु रंगी-चंगी रुपमा निस्कन्थे । नागरिक अधिकारको कुनै प्रत्याभूति नभएको अबस्थामा जनताहरु डराई-डराई केहि व्यङ्य, र घोचपेचमा रमाउथें ।
अहिले समय परिवर्तन भएको छ, तर अब गाईजात्राको कुनै रौनक भने बाँकि रहेन । अब हामिकहा बर्षैभरि गाईजात्रा चल्छ र त्यो पनि उल्टो तरिकाले,। पहिला जनाताले नेतालाई जिस्क्याउँथे भने अहिले बर्षैभरि जनमत र नागरिक अधिकारको उपहास गरेर नेताहरुले जनतालाई जिस्क्याउँछन ।
भर्खरै नेपालको राजनैतिक रंगमञ्चमा केहि ठुला ठुला गाईजात्रे ठट्टा प्रस्तुत भए । राष्ट्रपतिको चुनावमा देखीएको दलिय स्वार्थको नौटंकी, उपराष्ट्रपतिले आफ्नै राष्ट्रभाषा प्रति गरेका घटिया व्यङ्य अनि प्रधानमन्त्रीको चयन गर्न समेत छल-कपट, धोखा, अविश्वास र खुट्टा तान्ने खेलको अभुतपूर्व प्रद्रर्शन गरेर नेताहरुले यो कुरा प्रष्ट पारिसकेका छन कि जनमतको उपहास गरेर ३६५ दिनलाई नै गाईजात्रा बनाउन र मनाउन उनिहरुलाई कसैले जित्न सक्दैन ।
साँच्चै भन्ने हो भने, संविधान सभा नै पनि नेताहरुको गाईजात्रे कार्यक्रमको यौटा प्रमुख ‘आईटम’ को रुपमा प्रस्तुत भैरहेको छ । चुनाव सक्किएर देशको भाविश्य निर्धारण गर्ने र देशकोलागी यौटा निश्चित मार्ग चीत्र कोर्ने जनमत पाएर संबिधान सभामा पुगेका सभासदहरु केवल राजनैतिक समिकरण, सत्ताको भागवण्डा र शक्तिको बाँडफाडमा आ-आफ्नो दललाई कसरी बलियो पार्ने र अर्को दलको खुट्टा तान्ने भन्नेमा व्यस्त छन । नेपालको नया संबिधानको खाका कोर्न कसैलाई फुर्सद नै छैन । संबिधान सभाको चुनाव भएको दिनबाट नगनी संबिधान सभाको पहिलो बैठक बसेको दिन देखि गन्दा पनि करिब ३ महिना हुन लागि सकेको । तर नया संबिधानको खेस्रा तयार गर्ने कामको कुनै शुरुवात हुन सकेको छैन ।
लाग्छ हाम्रा सभासदहरुले नया संबिधानको बारेमा बुदांगत बहस गर्न अझै ३-४ बर्षै कुर्नु पर्छ ।
एल. डि. ओ. लाई शौचालयमा थुन्ने मात्रै होईन अब त हामिकहा आफुले भनेको नमाने कुनै संस्थान वा निकायका उच्च तहका अधिकारिलाई ठाडै अपहरण गर्ने धम्कि समेत दिन थालिसके हाम्रा मन्त्रीहरुले। यो भन्दा ठुलो गाईजात्रा के हुनु अरु??।
आज गाईजात्रा हो तर अब नेपालमा आजकल नेताहरु बर्षैभरि जनअधिकारको खिल्ली उडाएर गाईजात्रा मनाउन व्यस्त हुने हुनाले जनताले मनाउने गाईजात्रा ओझेलमा परेको छ । पेट्रोलको लाईन, बन्द, चक्काजाम अनी देशका उपल्लो कुर्शिमा बस्नेहरुनै नेपाली भाषा र राष्ट्रीयतामा व्यङ्य गरेर बसेको बेलामा यो गाईजात्रा रंगहिन भएर देखीएको छ ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
April 12, 2008
नया बर्षमा नया माहोल सबैलाइ शुभकामना
बर्ष नया संगै नेपालको ठुलो पार्टी पनि नया भएको छ। अहिले सम्म बन्दुकमा ठुलो रहेको पार्टि ब्यालेटमा पनि ठुलो भएको छ भने पहिले जनताको निम्ती लडेका पार्टीहरुलाइ जनताले पाखा लगाइ दिएको छन। यसो हेर्दा पुराना अनुहार चिप्लिने र नया अनुहार झुल्किन क्रम बढ्दो छ। पुराना घुस्याहा अनुहार चाही चिप्लियर जेलमा थन्कियुन, नया नेपालमा यो कुरा देख्न पाइयोस।
फेरी पनि नया बर्ष२०६५ को समस्त लेखक तथा पाठकलाइ हार्दिक मंगलमया शुभकामना।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 4, 2008
स्वस्थानीको भेटी
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
February 22, 2008
स्वस्थानी अध्याय:३०/३१
अध्याय:३०/३१
http://www3.sendthisfile.com/d.jsp?t=0XErdPpxM2GhAslHswkQQo3I
आजबाट श्री स्वस्थानी कथा समाप्त भयो।
- सानदाई
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
February 20, 2008
स्वस्थानी अध्याय:२८ / २९
अध्याय:२९
http://www8.sendthisfile.com/d.jsp?t=7gZdtkCu6EnCCA4HKXHmt1hQ
----------------------------------------------------------------
अध्याय:२८
http://www8.sendthisfile.com/d.jsp?t=AzSQnAfuTQ2chALp9EpiL4sp
- सानदाई
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
February 17, 2008
स्वस्थानी अध्याय:२७
अध्याय:२७
http://www6.sendthisfile.com/d.jsp?t=xnp4pHhoyePuvM5UCwe2Zwj0
सानदाई
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
February 14, 2008
स्वस्थानी अध्याय:२४
अध्याय:२४
http://www3.sendthisfile.com/d.jsp?t=0HGZxkKzzRyjN4IUF4azECiS
- सानदाई
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
February 13, 2008
स्वस्थानी अध्याय:२३
अध्याय:२३
http://www10.sendthisfile.com/d.jsp?t=f4Bji8AlHcPaLgBOwpAjVOwS
सानदाई
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
February 12, 2008
स्वस्थानी अध्याय:२२
अध्याय:२२
http://www12.sendthisfile.com/d.jsp?t=CuIlgO2HEVosOWdmgIFVl9WT
सानदाई
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
February 11, 2008
स्वस्थानी अध्याय:२१
अध्याय:२१
http://www7.sendthisfile.com/d.jsp?t=aEscxY9JyMj4MWPmzvVlz7i6
सानदाई
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest