January 13, 2009

माघी, कमैया र कम्लरी

बसन्त-

प्रत्यक बर्ष माघे संक्रान्ती लाई नेपालका आदिबासी थारु समुदायले माघी पर्बको रुपमा मनाउछन। घर्-घरमा जाड-रक्सी बनाईन्छ। सुङुर काटिंछ र ढिक्री पकाईन्छ अनि नांच गान गर्दै रमाइलो हुन्छ।आफ्नै परम्परागत किसिमका बिशेष खानेकुरा पाक्छन। अनि कोसेली बोकेर नातेदारको घरमा गै शुभ-कामना आदान प्रदान गर्ने चलन छ। केहि बर्ष पहिले सम्म जाडले मात्तीएका र अतिहुदा बाटोमा लडीराखेका हुन्थे। र यो क्रम आजकल कम भएको हुनुपर्छ। यो महत्वपुर्ण सास्कृतिक पाटो सङै अरु दुईवटा पक्षहरु माघी सङ जोडीएर आउने गर्छन। पहिलो हो कमैया र कम्लरी प्रथा अनि दोश्रो हो अधीया प्रथा। माघी यो समुदायको नंया बर्ष पनि हो। धेरै बाचा-बन्धन र ब्यवहारीक कुराहरुको सुरुवात र अन्त्य यसै समयमा हुने गर्दछ। अन्य जात जातीले यो पर्ब आफ्नै तरिकाले मनाउछन्। थारु बस्तीमा हुर्केको, बढेको नाताले आफुले देखेका कुराहरुमात्रै यहा राख्ने जमर्को गरेको हुँ।


कमैया प्रथा अहिले त उन्मुलन् भैसकेको छ। उनिहरुको बिभिन्न मागहरु पुरा गराउन भलै अझै आन्दोलन् गर्न किन नपरोस। दश बर्ष अघि सम्म पनि यो नराम्रो प्रथा हो भनेर सायदै कमै मान्छेले लिन्थे होला। अझै पनि स्कुल जाने उमेरका केटीहरु कम्लरी बसेकै होलान-ठुला नेता देखी सहरियाहरुको मा। तर यो निकै कम् भैसकेको छ। मेरो बिचारमा कमैया र कम्लरी प्रथा दास प्रथाकै आधुनिक र अर्को रुप हो। श्रम शोषण त छदै छ। यो सङ सङै मानसिक, सामाजिक, कम्लरीहरुको यौन शोषण हुन्छ। न्युन पारिश्रमिकमा काम गर्ने, काम गर्ने समय निस्चीत नहुने-उठे देखी नसुते सम्म काम गर्नु पर्ने। बिरामी भयो भने उपचारको कुनै ब्यवस्था नहुने। लाउने खाने को त कुनै कुरै नहुने। कमैयाले बाहिरको काम गर्ने-खास गरि खेतिपाती सम्बन्धी काम। कम्लरीले घर भित्रको सबै काम-नानी बाबु हेर्ने देखी लिएर भान्साको काम गर्नु पर्ने।


मैले त्यति बेला देखे अनुसार हाम्रो गाउ तिरका थारुहरु तिन खालका थिए आर्थिक अनि सामाजिक हिसाबले पनि। सबै भन्दा तल त कमैयाहरु हुने नै भए । अनि त्यसपछि अरुको जग्गा अधिया जोत्ने र नम्बर एक आफ्नै जग्गा भएका अलि सम्पन्न। आफ्नै सम्पत्तीले खान लाउन पुग्ने। नम्बर एक समुहका अलि पढे लेखेका पनि। अनि केहि हल गोरु वा राङा भएकाहरुले अरुको जग्गा अधीया जोत्न पाउछन। गोरु भन्दा राङा नै जोत्ने। त्यसको फाईदा भनेको जोत्ने बेला सम्म जोत्यो अनि बुढो भयो भने मो:मो जिन्दाबाद। गोरुलाई त्यसो गर्न मिलेन। बिचरा एक हल राङा पनि नहुनेहरु कमैया बस्नु पर्ने। परिवार नै अरुको घरमा। बाउ कमैया, आमा ओर्गीनि, छोराहरु गोठालो, छोरिहरु कम्लरी। प्राय जसो लोग्ने मान्छे जुन घरमा कमैया बस्यो त्यही घरमा आइमाई ओर्गीनि हुने। छोरिहरु पोखरा, काठमान्डौ तिर। कतिपय त्यतै हराएर गए। मेरै छिमेकी परिवार आफ्नी हराएकी छोरि खोज्दै हिडेको देखेको छु। ओर्गेनी र कम्लरीको यौन शोषण पनि हुन्छ। त्यसको कुनै सुनुवाई नै नहुने। एकजना जमिन्दारको बिग्रेको छोराले बाबु आमाकै अगाडी छोरिलाई जबर्जस्ती बलात्कार गर्थे। त्यसको कसैले प्रतिकार गरेको मैले थाहा पाइन।


खुशीको खबर के छ भने यी प्रथा र बिकृतीहरू बिस्तारै कम हुदै छन। आशा गरौ यो माघीमा गत साल कमैया, कम्लरी र ओर्गिनि बसेकाहरुले पुन नयां सालमा नबिकरण गर्न नपरोस। बास्तवमा यो एककिसिमले दशकौ देखी चलि आएको हुदा जिबन पद्धति बनिसकेको थियो। अनि सामाजिक संरचनामा घुसेको थियो। अब आफ्नो काम आफैले गर्ने बानि बसाल्ने र आफ्नो जग्गा आफुले जोत्न सके मात्र राख्ने गर्‍यो भने यो प्रथा कम होला। अर्को तिर ति गरिबहरुको जीबन यापनको बैकल्पिक ब्यवस्था गर्नु पर्छ।

एकपटक फेरि: सखिए हो माघकी गुरि गुरि जांड



4 Comments:

Luna said...

बसन्त जि !
हाम्रो मुलुकमा बिधमान २ १ औ शताब्दिको मानब समाज को कलङ्क लाई तपाईंले पनि लाज मानेर लेख्नु भो । हामी सबै सचेत मानब लाई यसरी नै लाज लाग्छ । हामीलाई लाज लागे झै हाम्रो सरकार र समाज का नेता भनौदा अनी बुद्दी जिबी भनौदा हरु लाई पनि लाज लागोस !
हाम्रो मुलुकमा कम्लरी प्रथालाई कानुनी रुपमा निसेध गरिए पनि गाउ-घर- दुरगम तिर यस्को जरा पूर्ण रुपमा निमिट्ट्ट्यान्न भएको छैन । जे जती राजनीतिक परिवर्तन भएको छ त्यसको अस र नकारात्मक होस् या सका रात्मक रुपले होस् त्यो शहरी क्षेत्र र सुगम क्षेत्र मा मात्रा सिमित छ किनकी हाम्रा नेताजी - राजनीतिक कार्यकर्ताहरु चुनाव ताका बाहेक अरु बेला दुरगम तिर ढिम्किदैनन ।
बसन्त जि ! तपाईंले आशा गर्नु भए झै म पनि कामना गर्छु 'यो मा घिमा गत साल कमैया - कम्लरी - ओर्गिनी बसेकाहरुले पुन यो साल मा नबिकरण गर्नु नपरोस !
मुलुकको कानून सरकार मार्फत ति दुरगम सम्म चिहाउन पुगोस ।

BasantG said...

मेरो बिचारमा यो प्रथालाई कसैले पनि राम्रो मान्दैन। भलै कसैले तर्क गर्ने गर्छन् कि-हामिले काम नदिएको भय यिनिहरु(कमैया, कम्लरी र ओर्गिनि)। यसको सम्पुर्ण दोश सरकारले लिनु पर्छ। कसैको कमजोरी, चाहे त्यो गरिबिको रुपमा होस वा अशिक्षा रुपमा,को कारणले नाजायज फाइदा कसैले लिन्छ भने त्यसको जिम्बेवार सरकार हुनु पर्छ भन्ने मेरो मान्यता हो। हाम्रो तिर प्राय सबैको (अलि पढेलेखेको र खान लाउन पुग्ने) को घरमा कमैया, भैसी वा गाई हेर्ने गोठालो वा घरमा काम गर्ने-कम्लरी हुन्थे। त्यसो गर्नलाई जमिन्दार नै हुन पर्थेन।
कसैकसैले मानबिय ब्यवहार गर्थे। तर त्यो ब्यक्तिगत कुरा भयो। समग्रमा यो कु-प्रथा नै थियो। अब यो त धेरै कम भैसकेको छ। लगभग ९८% मेरो अनुमानमा। सम्पुर्ण गरिबहरुको बारेमा सरकारले गम्भिर रुपमा सोच्नु नै पर्छ। चाहे ती कमैया परिवार हुन वा अन्य।

Panda said...

आर्थिक र सामाजिक परिवर्तनसंगै यस्ता कुराहरु बिलाउनेछन, यहि कामना गरौं सरकार र सभ्यता नभएको देशमा !

BasantG said...

सरकार छैन भन्ने कुरामा त धेरैले सहमति जनौलान तर सभ्यता नभएको भन्न अलि मिलेनकि?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !