December 15, 2011

जीवन र् प्रश्न

-प्रयास
प्रश्नहरू को ताँती लागेको छ ,
एक पछि अर्को अर्को पछि अझै अर्को ,
निस्तब्ध सुन्यतामा बाँचेको छु ,
प्रश्नै प्रश्नहरू को बीचमा रूमल्लियर्,
सबै भन्दा पहिलो प्रश्न कुन थियो ?
बिर्से,
कुन प्रश्न मनमा पहिले ऊब्जेथ्यो ?
भुली सकेछु ,
कुन प्रश्न प्राथमिकतामा परेको थियो ?
कल्पना को पाण्डोरा भित्र
आफ्नै कैदी भएको छु ,
थुप्रै बेइमानी प्रश्नहरू पनि थिए
जसको उत्तर खोज्नै सकिन ,
मेरो प्रश्नको जवाफ तिमीबाट आएन
अलमल मा छु अचेल ,
तिम्रो प्रश्नको जवाफ दिन म वाध्य छु कि छैन ?
अनुत्तरित प्रश्नहरू यथास्थान मैछन अझै ...
तिमी र् मेरा बीच !!!!!!!!
अहिले जीवन हतार मा गुज्री रहेको छ
फुर्सद मा समयको पाना पल्टाएर् हेरौँला
शायद कुनै उत्तर थियो कि ?



2 Comments:

Luna said...

फुर्सदको समयमा पाना पल्टाएर हेरुन्जेल समयले नेटो काटीसक्ला --- हामी ५०० बर्ष बाच्दैनौ -- १००० बर्ष बाच्दैनौ --
थोरै पो छ त समय --- बेलैमा पाना पल्टाउन ढिलो नगर्नुस प्रयास जी यदि प्रश्न महत्वपूर्ण नै हो भने ---

roshni khawas said...

Daju kawita ati ni ramro lagyo......hajur ko blog herne iccha neki agi dekhi ni theyo aja balla juryo..........ati ni ramro lagyo...man ma yeti thupro prashna haru ko sangalo??????

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !