January 27, 2010

नेपाली दोस्रो ब्लगर भेला ( जेनवरी ३० -माघ १६)

अपडेट:भेला आउन अब केही दिन मात्र बांकी हुंदा ब्लगर साथीहरुले पूरा तयारी गर्नुहोला। भेलामा सहभागी हुने भए तलको कमेन्ट बक्समा जनाउ दिनुहोला,त्यसले गर्दा सबैलाइ जानकारी पुग्दछ। भेलामा आउन आफ्ना चिनेका ब्लगरलाइ पनि खबर गर्नुहोला। तपाइ पाठक भए पनि भेलाको परिबेक्षण गर्न सक्नुहुनेछ।


भोली बाट दौंतरीमा दौंतरी पेजभरी च्याट बक्स राखेर परिक्षण गरिनेछ भने अहिले पनि परिक्षण भनेर च्याट बक्स राखिएको छ। भेलामा टाइप गरेर आफ्नो कुरा राखिने तथा समय छोटो र सहभागी धेरै हुने भएकाले आफ्ना कुरा टाइप गरेर तयार राख्नुहोला। सहभागीको नामक्रम जस्तै आफ्नो बोल्ने पालो आउने छ। आफ्नो पालोमा आफ्नो नाम, ठेगाना तथा ब्लग र भेलामा के कुरामा केन्द्रित हुने पर्ने,नेपाली ब्लगरले के गर्न सक्ने जस्ता कुरा छोटो समयमा राख्नुहोला। सबैको पालो सकिए पछी छानिएका बिषयमा छलफल हुनेछ। बोल्ने पालो नामक्रम अनुसार हुनेछ। जस्तै. 1) Nepalean 2) Prajwol 3) Aakar etc.
----------------------------------------------------------------
करिब ६ महिना पहिले अगष्ट १, २००९ मा ब्लगर भेला भएको थियो। पहिलो भएको ले कतिपय प्रबाधीक तथा बिषयगत कुरामा उत्क्रिष्ठ हुन सकिएन तर भेलामा निकै नौलो अनुभव बटुल्ने अबसर मिलेको थियो। त्यो नेपाली ब्लगरका लागी एक प्रकारको भुल्नै नसकिने क्षण हो। पहिलो भए पनि उक्त भेलाबाट हामीले धेरै सिक्न पाएका थियौं। त्यस पछी ब्लगर ग्रुपमा ब्लग गतीबधी पनि निकै बढेको थियो भने ब्लगर बिच भलाकुसारीमा राम्रै बिकास भएको थियो। ब्लगर बिच हुने सदभाव तथा सहयोग आदान प्रदान अतुलानिय नै रह्यो। साथै धेरै ब्लगर बिच चिनचान भयो। यसबारे थप कुरा ब्लग भेलामा सामेल हुने ब्लगर मित्रले पक्कै भन्नुहुनेछ। भेला पछि भएको गनथन यांहा गएर हेर्नुहोला।

त्यती नै बेला निरन्तर ब्लग भेला गर्ने निर्णय पनि भएको थियो । त्यसै अनुरुप जेनवरी ३०, २०१० (माघ १६, २०६६) नेपाली समय बिहान ९ बजे Saturday ( यु यस सेन्ट्रल टाइम जेनवरी २९ सांझ ९ :१५ Friday) मा पहिले कै जसरी दौंतरीमा (www.dautari.org) भेला हुन अनुरोध गर्दछु। भेलाको दिन दौंतरीमा च्याट गर्न मिल्ने ले-आउट पुरै पाना भरी राख्ने ब्यबस्था गर्दछौं।

तपाइ आउने नआउने सुचना पनि यही ब्लगको प्रतिक्रिया बाकसमा दिनुहोला जस्ले गर्दा सबैलाइ एकैसाथ जानकारी पुग्दछ। भेलाका एजेण्डा ब्लगर ग्रुपको इमेलमा या यही ब्लगमा लेख्नु होला। साथै पूरानो भेला हेर्न यांहा जानुहोला।

ह्याप्पी ब्लगिगं
नेपालियन

=भेला गतिबिधी
भेलाको गितीबिधी दौंतरीमा टेक्स्ट सहित राखिने छ
=भेलाको एजेण्डा
नेपाली ब्लगरका समस्या, नेपाली ब्लगरले गर्न सक्ने योगदान,ब्लगलाइ प्रबाधीक सहयोग आदी

=भेलाको तालिका
छिटै आउने छ

भेलामा पाल्नुहुने ब्लगर साथीहरु:
१) नेपालियन: http://www.dautari.org/
२) प्रज्वल: http://www.kamaladi.com/
३) आकार: http://www.aakarpost.com/
४) सपना संसार: http://www.sapanasansar.com/
५) अशेष पौडेल: http://www.gufgaf.com/
६) नबिन KM: http://www.nabinkm.com/
७) गोकुल बिबश:http://www.khullamanch.blogspot.com/
८) दिपक अधिकारी:http://www.deepakadk.blogspot.com/
९) एकलव्य:http://www.dautari.org/
१०) केपी ढुंगाना :http://www.hamroblog.com/
११)अन्जली तिमल्सिना: http://www.tanjali.blogspot.com/
१२)अर्चना श्रेष्ठ: http://archanashrestha.blogspot.com/
१३)दिपेन्द्र कूमार झा: http://www.deependrajha.com/
१४) उज्जवल आचार्य - http://www.nepalivoices.com/
१५) ध्रुब पन्थी- http://dhrubapanthi.blogspot.com/
१६) शब्द तरगं-http://wordswave.blogspot.com/
१७) विनोद कुमार रिजाल http://sagarmathadarpan.blogspot.com/
१८)विष्णु प्याकुरेल:http://patriotnepali.blogspot.com/
१९) महेश खनाल:maheshsagar.blogspot.com
२०)दुर्जेय:http://doorjeya.blogspot.com/
२१) लभनेपाल:http://www.luvnepal.com/
२२) सूर्य/सिकारु:http://www.sikaru.blogspot.com/
२३)विवेक: http://merasirjanharu.blogspot.com/
२४)कैलाश: http://kailashkokuti.blogspot.com/
25) Naya laure:

45 Comments:

Anonymous said...

नेपालीयन जि,

Jan30 नगरेर Jan31 गर्नु पछाडि कुनै बिशेष कारण छ कि ? हुन त कुनै ठुलो कुरो त होइन, तर सोमबार बिहानै अफिस जानुपर्ने हुनाले EST १०:१५ देखी सुरु हुने भेला धेरै लामो समय सम्म चले बिचमै छोडेर सुकुलबास गर्नु पर्ने हुन जान्छ । के गर्नु, जागिर खान भोली फेरी बिहान ५ बजे उठ्नु पर्छ :(

फेरी नेपालको को पनि अफिस टाईममा नै पर्‍यो जस्तो लाग्यो, सोमबार बिहान ।

-Prajwol-

NKM said...

All the Best!

Nepalean said...

Parjwol ji bhela ko 6 months bhayera Feb 1 ma rakheko ho. yedi apthyaro pare yesko arko option Magh 16 bhiana 8 baje/US-CST Jan 29 friday 8:15 pm ma pani garna sakincha.
yesma mat dinuhola ra aune na-aune khabar pani janaunu hola.
Dhanybad.

Aakar said...

भेला को जानकारी केहि पहिले नै पाउनु राम्रो हो । भ्याएसम्म र ईन्टरनेट ले धोका नदिएसम्म मिटिङ मा सहभागि हुने जानकारी गराउँछु ।

डीआर न्यौपाने'सूर्य' said...

यस महान कार्यको लागि धन्यबाद नेपालियन जी ! अति व्यस्तताका कारण पहिलो भेलामा सहभागी हुन सकिएन तर यो भेलामा सकेसम्म समयलाई मिलाउने तयारी गर्ने छु आजैदेखि ।

Anonymous said...

सरलत मलाई ति दुबै दिन हुन्छ, Jan29 भए झनै राम्रो । अघिल्लो भेलामा आउन सकिएन यस पाली त पक्कै सहभागि हुन्छु । तर समय मेरो भन्दा पनि अरुको मर्का हेरेर नै राखे राम्रो होला, अरु साथीहरुलाई फुर्सद को साथ-साथै बिजुली र इन्टरनेट को साहित पनि जुराउनु पर्ने हुन सक्छ ।

-Prajwol-

Nepalean said...

Yeta uta anapaucharki sallah anusar Magh 16 bhiana 8 baje/US-CST Jan 29 friday 8:15 pm lai priority dinu bhayo sathiharule.
Yeslai official manera behala ma aunu huna anurodh garda chhu.
Nepalean

Aakar said...

नयाँ मिति पनि चित्त पुग्यो । लोडसेडिङ तथा इन्टरनेट ले धोका नदिएसम्म भेला मा सहभागि हुने जानकारी फेरि पनि गराउँछु ।

Anonymous said...

mero bhane yaspali pani sahabhagita nahune pakka jastai bhayo. Blogger bhelakai lagi bhanera 4.25 baje bhihana nai uthnu parne bho. Rati aber samma kamama byastha hunuparne bhayakale mero lagi asmbhab hune bho tara herau. Kehi 6ina sathiharuko bahasma ramaunu parne bho yas patak pani.

Prabin

Nepalean said...

प्रबिन जी सनिबार त बिदा होला नि? जती खेर उठे पनि त भो नि? ल है यसपटक भने छुटाउन भएन। नेपाल र अमेरिकाको समय मिलाउदा युरोप तिर भने निकै अप्ठ्यारो पर्दो रहेछ। यो ग्लोबल भेलाको ठूलो समस्या हो।
नेपालका मित्रहरुलाइ चाहांदा चाहांदै पनि लोडसेडिगले धोका देला कि भन्ने ठुलो डर छ। के गर्ने देश नै यस्तै छ। आकार जी हाम्रा नेपालका ब्लगरलाइ पनि ल्याउनुहोला,लोडसेडिग भगाउनुहोला ;)
सिकारू जि,प्रज्जबल जी कुरो के कसो गर्ने तयार गर्दैगर्नुहोला।
N K M आउने होइन त भेलामा?
अन्य मित्रहरुले पनि छिटै सहभागिता जनाउनुहोला।

सपनासंसार डट कम said...

धन्यबाद ! आयोजकलाई ! मेरो उपस्थितीलाई पनि गणना गर्नु होला !

~सपनासंसार

Ashesh said...

म पनि भ्याएसम्म उपस्थित हुनेछु ।

NKM said...

I will definitely come!

Your right panel@top still says Feb 1.
:P

Unknown said...

मेरो उपस्थितीलाई पनि गणना गर्नु होला !

Deepak Adhikari said...

Plz, count me!

एकलव्य ( Eklavya) said...

आफ्नो कुरो त केही छैन भेलामा भनम्ला भन्ने तैपनि यसो जुलुसमा नारा लगाउन म पनि उपस्थित हुम्ला बन्ने सोचेको छु । अनि यो भेलाले के के गर्ने हो जान पाए हुन्थ्यो !

hamroblog said...

La ma pani Pakka aauchu bhelama

prelude said...

I will be there!

archana said...

thanks for your invitation. it will be early 3.30am in australia. i will try to attain it.

thanks.

Anonymous said...

यसो कुरो बुझ्दै जांदा Europe र Australia लाई अलि मार पर्न जाने रहेछ । अमेरिका को साथीहरुले अलि राती र नेपालको साथीहरुले अलि दिउसो को समय चित्त बुझए Europe र Australia लाई अली हलुको पर्ने जस्तो देखियो । हुन त घरी घरि समय परिवर्तन गर्नु निश्चय पनि राम्रो होइन, तर सबैलाई सके सम्म समेट्न खोज्नु पनि यो भेलाको मुल मन्त्र हो ।

भेला अमेरिकाको शुक्रबार परेको र भोली छुट्टी नै हुने भएको ले मलाई ढिलो सारेर खासै फरक पर्दैन । नेपालीयन जि, मिल्छ भने भेलामा आउने भनिसकेका साथीहरुलाई एक बाजी फेरी अनौपचारिक छलफल हान्ने कि? धेरै असहजिलो हुने भए यसै समयमा नै गरौं । नेपालका ६०१ "नेताहरुले" ले नेपाल भित्र त समेट्न नसकी रहेको बेला यहाँहरुले ले विश्वा भरिका समस्त नेपाली ब्लगरहरुलाई एकै चोटि समेट्न खोजेको प्रयास सार्है नै सरहानिय छ :D

-Prajwol-

Anonymous said...

Thanks to Dautari for organizing this blogger meet! I will try my best to participate!

Unknown said...

दौंतरीको आयोजनामा भएको पहिलो ब्लगर भेलामा पनि उपस्थित हुन नसकेको म यसपटक पनि ठ्याक्कै त्यहि मितीमा साईपान देखि एंकरेज फर्कने यात्रामा हुने हुँदा दोश्रो ब्लगरभेलामा सहभागी हुन नसक्ने कुरा बडो दुखका साथ जानकारी गराउँदछु ।

भेलाको सफलताको शुभकामना !

Ujjwal Acharya said...

I will try my best to attend it. Thank you for invitation.

Dhruba Panthi said...

जुलुसमा नारा लगाउन र ताली बजाउन मलाई पनि गन्नुहोला यसपाली।

शब्दतरङ्ग said...

भेलामा म पनि सहभागी हुने जानकारी गराउदछु । निमन्त्रणाको लागि धेरै धेरै धन्यवाद ।

archana said...

sorry for my misunderstanding. it will be around 2:30PM day in Australia.

thanks.

नेपालियन said...

त्यो त झनै राम्रो भयो नि अर्चना कसो? दिउसो खाजा खाने बेलामा परेछ।
अरु साथीहरुले पनि आउने नआउने खबर गरुं है, सजिलो हुन्छ प्लान गर्न। साथै यो भेलालाइ कसरी उपयोगी बनाउने यसो सोच्दै गरौं र यांहा भनौं। मैले त सोच्दै गरेको केही दिमागमा फुरेको होइन अहिले सम्म। भेला भने आउन लागी सक्यो।

Anonymous said...

Please note that my blog address is www.deependrajha.com (instead, my Homepage is included in the list of expected participants).

Admin said...

पहिलो भेलामा उपस्थित हुन सकेको थिईन । अहिले पनि फिन्ल्यान्डको समय अनुसार अली बिहानै परेछ, साढे ५ बजे । शुक्रबार राती पनि काम भएको हुँदा गार्हो होला जस्तो छ, तर पनि सक्दो प्रयास गर्नेछु उपस्थित हुन ।

Binod k Rijal said...

First of all i wants to thank,who organize and announce for this meeting.
as possible i ll be present sir please count me too..............please note that. My blog as creeping animal and my blogs name is: http://sagarmathadarpan.blogspot.com/
thank u

ठरकि दादा said...

@ Deependra ji-- Your blog address is updated, thank you for notifying us.

देशभक्त नेपाली said...

नेपालीयन जि,
सबै भन्दा पहिला त धन्यवाद है यो महान कार्यको लागी ।
यो मेरो लागि पहिलो सहभागिता र नितान्त नयाँ अनुभव हुनेछ http://patriotnepali.blogspot.com/ का तर्फ बाट म सहभागी हुने जानकारी यहाँलाइ गराउन चाहन्छु । साथै मेरा केही कुराहरू जो मैले ग्रुपमा समेल उल्लेख गरेको छु, एक पट फेरी राख्न चाहन्छु ,

१. भेला यसै ग्रुप (गुगल ग्रुपमा) गर्न वा गराउन सके कसो होला ?
२. ब्लगर भेला सबैका समस्याहरू निराकण तर्फ सोच वा खोज मुलक बनीदियोस् ।
३. ब्लगर भेला मात्र च्याटिङ् र गफ गर्ने थलोको रूपमा विकसित हुनु हुँदैन

४. भेला यथासम्भव सबैको पहुँच पुग्न सक्नु पर्छ ।
५. नेपाल र नेपाली भाषा अन्य भाषाहरू जस्तो अझै पनि गुगलको प्राथमिकता
भित्र पर्न सकेको छैन । यसबारे यहाँहरू के सोच्नु हुन्छ ?

तदर्थः अन्यकुराहरू पनि छन् जो म पछि उल्लेख गर्नेछु ।

धन्यवाद ।
विष्णु प्याकुरेल ।

mskhanal said...

म पनि नेपाली ब्लगर भएको नाताले पक्कै सहभागी हुने छु। महेश (maheshsagar.blogspot.com)

दूर्जेय चेतना said...

लौ म पनि आउने छु है यो भेलामा।

Dautari Admin said...

LuvNepal.Com: ma pani aauchhu hai blogger vela ma lite le saath diyo vane vela din var hune ho ki kaso ho???

sikaru: nepaliyan je mero pani bhelamaa sahabhagi janaaunu hola hai.
(सि-बक्सबाट साभार)
क्रिपया सहभागिताकोक लागी यो बाकसमा सहभागिता जनाउनु होला। साथै कसरी भेला सफल बनाउने सल्लाह दिंदै गर्नुहोला।

डीआर न्यौपाने'सूर्य' said...

मलाई पनि समयले साथ दिने भयो है यो पाली भेलामा सहभागी हुनलाई । नाम राखे हुने भयो ल ।

Anonymous said...

thanks for information!!!

Anonymous said...

नेपालीयन जी, यसअघिको ब्लगर भेलामा समयको अभावले उपस्थिति हुन सकिन । यसपाला चाहिँ पक्कै उपस्थित हुनुपर्यो भनेर दिन गन्ती गर्दै बसेको थिएँ तर शनिबार विशेष कामले अन्त्यै गाउँमा जानुपर्ने भयो त्यहाँ इन्टरनेटको सुविधा छैन् । त्यसैले म भेलामा नआउने अवगत गराउन चाहन्छु । भेलाका लागि केही एजेण्डाहरु सोचेर बसेको थिएँ, अब नआउने भएपछि यी एजेण्डाहरु तपाईलाई हस्तान्तरण गर्छु । कृपया भेलामा अवश्य उठाइदिनुहोला ।

१. भारतीय ब्लगरहरु हामी भन्दा निकै अगाडि छन्, संख्यात्मक हिसाबले हेर्ने हो भने पनि उनिहरुले नै जित्छन् । तसर्थ, नेपाली ब्लगरहरुलाई अझ प्रोत्साहित गर्न आवश्यक छ । भारतीय ब्लग जगत्मा ‘ब्लागवाणी–भारतीय ब्लग एग्रीगेटर’, साहित्य गौरव सम्मान, शिवना सारस्वत सम्मान, बेस्ट इण्डिया ब्लग अवार्ड, तरकश सम्मान, ब्लग अवार्ड, अ मार्टिनी, वीटी ब्लगर अवार्ड, ब्लगर अफ द मन्थ, ताऊ गोल्डन पहेँली, चिट्ठाजगत लगायतका 'प्रोत्साहित संयन्त्रहरु' खोलिएका छन् । यसले ब्लग र ब्लगरलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रोत्साहित गरिरहेको देखिन्छ । यस्तै नेपाली ब्लग र ब्लगरको लागि पनि यस्ता संयन्त्रहरु स्थापित हुन जरुरी छ ।

२. प्रायः केही नव प्रवेशी ब्लगरहरु प्राविधिक रुपमा पछाडि परेका छन्, यसलाई सामान्य पनि मान्नुपर्छ । आफुले चाहेजस्तो ब्लग रुपाङ्कन गर्नमा पनि पछाडि छन्, । तसर्थ उनिहरुलाई प्रोत्साहित गर्न नेपाली भाषामा ब्लग टिप्सहरु लेखिन आवश्यक छ । टिप्ससम्बन्धी ज्ञाता ब्लगरहरुले पोस्ट गर्न पाउनुपर्छ ।

३. हाल काम चलाउ रहेको नेपाली ब्लगर ग्रुपको लोगोलाई परिमार्जन गर्नुपर्ने देखिन्छ ।

लेकाली said...

ब्लगरहरुको मात्रै भेला हो कि ब्लगमा कमेन्ट गर्ने वा पाठकलाई पनि सहभागिता हुन सकिने नियम छ ?

nepalean said...

लेकाली जी भेला अबलोकन गर्न पाठकहरु पनि आउन मिल्छ। पाठक पनि ब्लगकै अभिन्न अंग नै हुन।

यो लोड सेडिगंले पनि ठुलै धोका दिने भयो। अब त लोडसेडिगं बिरुद्द नारा जुलुस नै लगाउनु पर्ला जस्तो छ।

भेलाको च्याट ट्याम्प्लेटको परिक्षण कस्तो भएको छ भन्नुहोला।

Bibek Adhikari said...

यता लोडसेडिङ्ग भएन भनेपनि भेलामा सहभागी हुने जानकारी गराउन चाहन्छु । http://merasirjanharu.blogspot.com/

कैलाश said...

मेरो एरियामा लोडसेडिङ परेको समय परेछ। अन्यत्रबाट व्यवस्था गर्न सकेभने म उपस्थित हुनेछु यो भेलामा। http://kailashkokuti.blogspot.com/

friendlyniraj said...

भेलाको सफलताको शुभकामना ।

Basant Giri said...

I will also join this blogger vela.

नेपालको सम्झना said...

vela ko saphalata ko shuvakamana

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !