July 16, 2009

दौँतरीमा जालझेल

दौंतरीलाइ हेरविचार गर्ने समय प्राय बिहान र साँझ मात्र मिल्छ। अरु बेला दौंतरीमा गडबड भए अन्य एडमिन मित्रहरुको भर पर्छु। हुन त वहाँहरुले पनि सँधै आँखा लगाइराखेको हुनुहुन्छ। तर पनि समयले सबै व्यस्त भैराख्दा के कस्तो समस्या आइपर्छ पत्तो हुँदैन। अस्ती गूगलले आफ्नो ब्लगिङ्को बाटो परिवर्तन गर्दा १ दिन जस्तो यता उता गर्दै ठिक्क भयो। सबै सामग्री गूगलमा रहेको हुँदा अजिंगर जत्रो गूगलको अगाडि हामी भुसुना जस्तै हुन्छौं। हाम्रो समस्या गूगल समक्ष राखे पनि सुनुवाइ नहुन पनि सक्छ र भए पनि हप्तौँ लाग्छ। यस्तै छ गूगलसंगको ब्लगिङ्।

आझ बिहान दौँतरी इमेल हेर्दा भने निकै खतरायुक्त इमेल भेटियो। साइबरको जालोमा जाली पत्र त असंख्य नै आउँछन। कतै त लाग्यो यो खतरायुक्त इमेल जाली पत्रै हो कि भनेर। तर, पत्र आएको ठेगाना र पत्रमा राखेको लिंक जिनियुन नै भेटियो। पत्रले भन्छ दौँतरी ब्लग स्पाम ब्लगको लिस्टमा रहेको छ। तुरुन्त रेस्पोन्स नगरे २० दिन पछि ब्लग रोकिने छ। गरेको त केही होइन कसरी स्पाममा पुग्यो, म त छक्क परेँ। हुन त पत्रमा कहिलेकाँही झुक्किएर पनि यस्तो हुनसक्छ भनिएको थियो। कसैले रीस वा ईर्ष्याले जालझेल गरेर दौंतरीलाइ स्पाममा दर्ता गराइदिका पनि हुनसक्छन भनेर पनि कसै कसैले भनेको पाएँ। तर पनि हतार गरेर दिइएको लिंकमा दौंतरी स्पाम होइन भनेर दर्ता गराएँ।

दौंतरीको कुनाकानी मिलाउनमा ठरकी दादा निकै सक्रिय हुनुहुन्छ। वहाँलाइ पनि यस्तो समस्या आएको जानकारी गराएँ। त्यस पछि अफिस तिर लागेँ। दिनमा त दौँतरी चियाउन पनि हम्मे हम्मे पर्छ। काममा इन्टरनेट ट्रयाक हुने हुँदा इन्टरनेट चलाउन निकै समस्या आउँछ। बेलुका दौँतरी इमेल खोलेको ठरकीजीलाई पनि यस्तै पत्र आएको रहेछ। वहाँले तुरुन्तै दौंतरी स्पाम नभएको कुरा ब्लगरमा जानकारी गराइसक्नु भएको रहेछ। त्यस पछि एकलव्यजीलाई पनि त्यस्तै पत्र आएको रहेछ। उहाँलाइ पनि यो सबै भएको जानकारी गराएँ। एडमिनहरुलाइ मात्र यस्तो पत्र आएको हो कि दौँतरी लेखकलाई पनि यस्तो पत्र आएको हो त्यो भने पत्तो लागेन। त्यसैले यसबारे सबैलाई जानकारी दिन यो ब्लग लेखेर नै टाँसेको हुँ।

दौंतरीकै एडमिन / लेखक या अन्य ब्लगहरुले पनि यस्तो अनुभव गर्नुभएको भए बाँड्नुहोला ।

तपाईँहरूका सल्लाह निकै अमूल्य हुन्छन। लेख पढेपछि आफ्नो विचार बाँड्न नभुल्नुहोला। तपाईँ पनि लेख्नुहुन्छ भने दौँतरी ([email protected])इमेलमा लेखहरु पठाउनुहोला । राम्रा लेख र रचनाका हामी सधैँ भोका छौँ । बरु लेख युनिकोडमा पठाउनुहोला र सकेसम्म शुद्धतामा ध्यान दिनुहोला । राम्रा र स्तरीय लेख भए पनि एउटै लेख बिभिन्न साइटमा पठाउँदा दौंतरीमा राख्न हामीलाइ अप्ठ्यारो हुनेकुरा पनि तपाईँहरु समक्ष बाँड्न चाहन्छु।


16 Comments:

जोतारे धाइबा (Jotare Dhaiba) said...

मेरो हकमा भने ब्लगसम्बन्धी यस्तो समस्या आएको छैन । दौँतरी ब्लगको लेखकका रूपमा र आफ्नै ब्लगबारे पनि छैन ।
चिठ्ठा परेको मेलको त के कुरा गर्नु ???

साँगुरो समयको चपैचेपबाट पनि जति मात्रामा गरिरहनुभएको छ, त्यो नै लाख छ । यही निरन्तर रहे काफी हुन्छ । तर प्रविधिको खिचातानीले कहिलेकाही धुरुक्क पार्दा समयमा आँखा लगाउन नभ्याउँदा भने धेरैलाई सास्ती हुन्छ, अस्तिको २४ घन्टे रोकावटले जिल्लराम परियो ।

पीजी said...

मलाई पनि त्यस्तो इमेल आएको रहेछ तर "एक्सन" मा जांदा यस्तो मेसेज आयो :
Your blog is not locked and does not need a review. If you are having problems accessing your blog or if you received an email saying that it was locked, please leave a message in the Help Group and we will investigate the issue.

भने पछि समस्या समाधान भएछ ।

नेपालियन said...

हो हो मलाइ पनि त्यो मेसेजको लिंकमा थिच्दा Your blog is not locked and does not need a review भनेर आएको थियो।

अस्तीको २४ घण्टे बन्दाले भने जिल्लाराम नै खेलायो। कां बिग्रेको कां ढुडल्दा ढुडल्दा हैरान। पछिपो थाहा लाग्यो ब्लगरले पूरानो लिंक सेटिगं नै कम नलाग्ने बनाएको रहेछ। एकातिर पूल एका तिर झोलुंगो भए पछि कसरी काम गरोस त?

आजकाल धाइबा जीलाइ बेस्ताले छोए जस्तो छ नि, त्यती लेख कमेन्ट देख्दिन?

हाम्रा जिरो आवर जी पाण्डा बाट नाम परिबर्तन भएको अनुमान लगाएका छौं, लौ न प्रभ चिना पर्चि गराइदिनुपर्यो।

ठरकि दादा said...

मेरो बिचारमा सायद नेपालियनजी भन्दा करिब १ घण्टा जत्ती अगाडि मैले सो मेल खोलेछु क्यार। मेसेज बडीमा Your blog will be deleted in 20 days if it isn't reviewed भन्ने देख्‍ने बित्तिकै टेन्सन भयो र हत्तपत्त ‘एक्सन’ लिईहालेँ । त्यसपछि मलाई “…your blog will be reviewed by our technical personnel and will not be blocked …” भन्ने लामो मेसेज आएको थीयो । हत्तार हतार आजसम्मका सबै पोष्ट र कमेण्टहरु व्याकअप गर्न लागेकोले त्यो मेसेज कपि भने गर्न भुलें ।

मेरो आफ्नो अनुभवको आधारामा जम्मा दुई कारणले मात्रै गुगलका ब्लगहरु ब्लक हुन्छन् ।

१. गुगलको Artificial intelligence (जसलाई गुगलको भाषामा ‘automated classifier’ भनिन्छ) को misinterpretation।
२. केहि व्यक्ति वा समुहद्वारा दौँतरी ‘स्प्याम ब्लग’ भएको भन्ने बारेमा गुगललाई रिपोर्ट जानु ।
मेरो व्यक्तिगत बिचारको कुरा गर्ने हो भने दुबैमा ५०-५०% को प्रोब्याबिलिटी देख्‍छु म ।

यो ब्लग नै डिलिट हुन्छ भन्ने मेसेज आएपछि एकछीन त निक्कै टेन्सन भयो र गुगलमै सर्च गरें। तर डराउनु पर्ने खासै कारण केहि छैन रहेछ है! कथंकदाचित ‘डिलिट’ नै भएको खण्डमा पनि गुगलको कोर व्याक-अपमा सबै डाटा हुने रहेछ र आफ्नो ब्लग genuine भएको प्रमाणीत गरेपछि गुगलले सो पून रि-स्टोर गरीदिदों रहेछ ।

त्यसैले बिन्दास लेखौं – कोहि साँच्चै खुट्टा तान्दैछन भने पनि तानी रहुन – दौँतरीका २-४ मात्रै हैन असंख्य खुट्टाहरुछन, खुट्टा तान्ने नै थाक्नेछ दौँतरी थाक्दैन ।

एकलव्य ( Eklavya) said...

पृष्ठभूमिमा दु:खद खेल र षडयन्त्रका जालझेल भएका हुन सक्छन् जस्तो देखियो । प्राविधिक दक्षता त्यति नभएका हुनाले काममा हातेसारो निप्टाउन सकिएन यसका लागि क्षमा चाहन्छु । दौतरी ओारजी को लग इन समस्या पनि घरिघरि आइरहेको छ र यहीसंग जोडिएको होला जस्तो लाग्यो । यो सबै , चुनौतिपूर्ण र दु:खद छ । तर ठरकिजीले जरैसम्म पुगेर कुरा बुझ्दै आशा कायम राख्नका लागि हौसला बढाउनु भएको छ यसका लागि कृतज्ञता ।

पीजी said...

अनुमान मिल्यो मिल्यो जस्तो छ है नेपालियनजी । मैले एउटा कमेण्टमा खुस्स घोषणा गरेको थिएं । अझै पनि "जिरो आवरमा" जस्तै छ !

दौतरीलाई कसैले केहि गर्न सक्दैन किनकि यो कुनै बाद र व्यक्तिगत वा समुहगत स्वार्थबाट निर्देशित छैन । खांटी दखल भएका दौतरी कामरेडहरुलाई गुगलले पनि केहि नराम्रो गर्न सक्दैन है ।

Rajan said...

Oh god! k bha ko yo, kasaile kehi garna lagyo ki aarko lai tauko dukhi halne !!!!! shame on us .

Shiva Prakash said...

मान्छेमात्र यस्तो प्राणी हो जसले खुट्टामात्र हैन सबैकुरा तान्न सक्छ ।
अनिश्चित व्यवहार र अनिश्चित विचार नै मान्छेको समष्टि परिचय हो ।
होसियार रहनुस् है मित्रहरु,
शुभकामना !
nepalimanharu.com

बिप्लब said...

यस्तो पनि हुन्छ र? सुन्दामै अच्म लाग्यो। तर दौतरी बन्द भने हुन नदिनुहोला है।

हिमाल्_पारी said...

Nepalean jee,

Thyakkai tapailai aaye jastai email malai pani aako thiyo hai. Hijo ki asti ho kaam ma bhako bela ma yeso email check gardaa "Action required" bhanera lekhya email dekheko thiye.............malai ta spam hola jasto lagyo ani waastai garina.........

This is the email I got:



Hello,

Your blog at: http://www.dautari.org/ has been identified as a potential spam blog. To correct this, please request a review by filling out the form at http://www.blogger.com/unlock-blog.g?lockedBlogID=8346575615031132558

Your blog will be deleted in 20 days if it isn't reviewed, and your readers will see a warning page during this time. After we receive your request, we'll review your blog and unlock it within two business days. Once we have reviewed and determined your blog is not spam, the blog will be unlocked and the message in your Blogger dashboard will no longer be displayed. If this blog doesn't belong to you, you don't have to do anything, and any other blogs you may have won't be affected.

We find spam by using an automated classifier. Automatic spam detection is inherently fuzzy, and occasionally a blog like yours is flagged incorrectly. We sincerely apologize for this error. By using this kind of system, however, we can dedicate more storage, bandwidth, and engineering resources to bloggers like you instead of to spammers. For more information, please see Blogger Help: http://help.blogger.com/bin/answer.py?answer=42577

Thank you for your understanding and for your help with our spam-fighting efforts.

Sincerely,

The Blogger Team

GT said...

शीर्षकमा 'जेलझाल' लेखमा 'जालझेल' परेछ। सही त जालझेल नै हो क्यारे...तर शीर्षक अनुसारको लेख भएन जस्तो लाग्यो। दौतरीलाई कसैले ईर्ष्या नै गरेर स्पाममा रिपोर्ट गरेकै हो त? शंका हो, तर लेखको शीर्षक हेर्दा त लाग्छ, जालझेलको प्रमाण नै फेला परिसक्यो।

नेपालियन said...

मलाइ पनि स्पाम हो कि जस्तो लाग्यो। तर लिंक सबै जिनयुन थिए। त्यसैले स्पाम पक्का पनि होइन जस्तो लाग्यो। हिमाल पारीको खोला पारी के छ हालखबर?
समग्रमा यो समस्याको कारण ठ्याक्कै के हो थाहा छैन। त्यसैले जालझेल लेखेको हुं। यस्को अर्थ बल्ग कतै जेलिएको या कसैले झ्याला गरेको भन्न खोजेको हुं।
सबैको कमेन्टमा पनि त्यस्तै भन्नुभएको छ। कारण जे पनि हुन सक्छ। गुगलको अटोमेटड सिस्टमले स्पाम डिटेक्ट गरेको पनि हुनसक्छ। या कसैले चुक्ली लगाएको पनि हुन सक्छ। तर जे होस अहिलेलाइ समाधान भयो।
गर जालझेललाइ शुद्द पारिदिनुभएको मा धन्यबाद। आफ्नो नेपाली भाषा बिदेशमा बसी पछी अशुद्द तिर उन्मुख हुंदो रहेछ जस्तो लाग्छ आजकाल।

ठरकि दादा said...

Let me write once again, that the email from google was not a spam mail and was an genuine one.

But also do keep in mind that, the email is not a final verdict for confirming any blog as a spam blog. It is just a notice generated, to give the particular blogger (blog owner) to clarify the matter in better way, to fight against the real spammers.

In my last comment I have already mentioned 2 main reason for this, but I came to know one more reason which, sometimes also may lead to this situation.

If google finds any spammer or attacking code in any third party widgets installed on the blog, the blog admin also gets this mail.

In our case, we have not installed any thing new (or suspicious) and this very reason is not applicable, though.

Internet pages are full with several such issues. Although it seems that retrieving a deleted blog is still possible, but I do advise all to not to take it lightly (as the 'action' takes merely few seconds time).

Dautari is not blocked now, and thanking all for their concerns and well wishes

Happy Blogging! and Happy Weekend!!

नेपालियन said...

खास गुगलको एटोमेटेड बस्तुले पिक गर्ने मूख्य कुरा भनेको If google finds any spammer or attacking code in any third party widgets installed on the blog, ब्लग स्पाममा दर्ता हुन्छ। तर ठरकी सरले भने जस्तै दौतरीमा एस्तो थर्ड पार्टी कोड केही पनि छैन। सके सम्म हामी कोड आंफै लेख्छौं ताकी कसैले यस्तो गडबड नगरोस।
तर ठरकी सर यसमानेमा धेरै अगाडी हुनुहुन्छ त्सैले म पनि उहांकै कुरा सुन्छु।
हेप्पि बिकेन्ड

Jotare Dhaiba said...

सोझै हेर्दा, दौँतरीले कसैको केही बिगारेको छैन, कुनै गोप्य तवरबाट सञ्चालन भएको होइन, वित्थामा कसैले स्पाम ब्लगको रिपोर्ट गर्नासाथै गुगलले डिलिट गरिहाल्ला भन्ने हुँदैन । त्यसको पनि प्रक्रिया हुन्छ । एउटा ब्लग डिलिट गर्नु भनेको त सानो कुरा होइन नि गाँठे ! तर राम्रो पाइलाको चालैपिच्छे वैरीहरू सगबगाइरहेका हुन्छन्, यसमा भने होसियार है दौँतरीहरू ! प्रविधिमा पकड नभएको स्थितिमा भने भय हुन्छ, तर दौँतरीसँग थोरै जनमा भए पनि त्यो पकड छ, त्यसैले कसैले लछारपाटो लगाउन सक्दैन ।

अनि नेपालियन जी,
म हराएको छुइनँ, यतै छु सँगै । आइरहेछु, पढिरहेछु । तर कमेन्ट लेख्‍नमा भने कम भएकै हो । पत्रिकाको काममा लाग्दा समय नजुरेको हो अलि । अब नियमित हुने प्रयास गर्नेछु ।

luna said...

के हो ! के हो ! क्यै पनि गुठी कुरा बुझिन तर पनि जे बुझे दौतरी लाई समस्या परेको जस्तो कुरा बुझे ।
दौतरी लाई कुनै समस्या नपरोस हिर्दय देखी दौतरी तथा दौतरी मा लेख्नु हुने सबै लेखक साथीहरु को उत्तरओत्तर प्रगतिको शुभ कामना ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !