शेखर ढुङेल्
भानु तिम्रो नाम मा
धेरै गोस्ठी र सभा भए
भानु तिम्रो नाम मा
धेरै ले दौरा सुरुवाल टल्काए
भानु तिम्रो नाम मा
धेरै ले बिभुषण , तक्मा थापे
भानु तिम्रो नाम मा
धेरै ले भाग्य चम्काए
भानु तिम्रो नाम मा
धेरै मन्च सजियो
भानु तिम्रो नाम मा
धेरै ले नगद पुरस्कार थापे
तर
जब तिम्रो तोडिएको
सालीक देख्दछु
आँखा रसाउछ
जब तिम्रो खन्डहर
घर देख्द्छु
मुटु चिरिन्छ
जब मलाई गिज्याइ रहेको
तिम्रो बस्ती देख्दछु
आँफै लाई धिकार्दछु
धिकार्दछु आधुनिक
प्रचार प्रेमी
नेपाली साहित्यकार हरु लाई
जस्ले तिम्रो नाम बेच्दै छन
तिमी लाई नगद बनाउदै छन
तिमी जस्तै निरिह छु
एक्लो छु कसैले सुन्दैनन
आफ्नै नाम र घर बनाउन
ब्यस्त छन सबै यहाँ
कस्ले हेर्ने तिम्रो
रम्घा को झुपडी ?
मात्र भाबपूर्ण श्रदान्जली
को औपचारिकता यस पाली पनि
July 16, 2009
भानु तिम्रो सम्झनामा
Labels:
गीत/ गजल/ कविता
Subscribe to:
Post Comments (Atom)
"
Posted by:




6 Comments:
राम्रो कबिता।
भानु नेपलीका चिनारी हुन भन्दा अतियुक्ती नहोला।
हो भानुभक्त नेपाली भाषाका चिनारी हुन। प्रबासमा बस्ने प्रया नेपालीको बस्तीमा भानुभक्तको मुर्ती हुन्छ। यसैले म पनि उनी नेपालीको चिनारी हुन भनेर मान्दछु।
दौंतरीमा पहोर साल भानुभक्तको स्लोक थियो अहिले लिंक गडबड भएकोले राख्ने मिलेन।
अन्तीमा भानुभक्तलाइ सम्झिनुभएको मा शेखरजीलाइ धन्यबाद तथा मेरो पनि भानुभक्त प्रती भाबपूर्ण श्रदान्जली।
kavita jasto bhaya pani tappai le chahi ke garnu bho t ?
kasle ke garyo bhani dhare hat lagaunu bhnda mero dayitwa ke ? bhani ek chhin sochidie buddhimani hunthyo ki?shekhar le ke gardai chha thaha paun NRN INLS ANA ka pratiniDhi lai ek paTak sodhe hunchha
कवि कबिता लेख्छन। उनले चलाउने कलम नै हो। अनाम महोदय तपाइ चाहीं कमेन्ट मात्रै हो की अन्य केही गर्नुभाको छ, बरु बाड्नुहोला।
i like very much " Biplab " 's commente .
thanks .
keep it up .
Post a Comment