January 16, 2009

कबिता -मनहरु पनि जेरोक्स कपी भै सकेकाछन

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]
भ्रमपूर्ण वास्तविक्ता अङालेर
स्वार्थी जिजीबिषाको लडाईंमा
आफुलाई अग्रणी बनाउने होड्बाजिमा
बाचिरहेछन मान्छे ।
फुर्सद नै कहाँ छ र कसैलाई
एकत्वको गगनचुम्बी पीडामिढ खडा गर्ने ?
लालायित छन सबै यहाँ
आफ्नै तर्कको लाहाछाप गर्न
निमेषभरमै,अभिभाज्य हुन्छन
बिचार हरु।
समय छैन कसैलाई
धर्तिबाट धूलोका कणहरु निफन्न
आमा असुरक्षित छिन्
आपाहिज झै छ अवस्था
गामी,प्रतिगामीका परेडका
निशानाहरुबाट ।
सधैं हल्लै हला छ
परमेश्वोरहरुको आगमन,प्रतिगमनको
अनी दाईजो छ
त्यही अभिषप्त जीवन
सर्वसाधारणलाई सधैं सधैं
त्यसैले ---मनहरु पनि
जेरोक्स कपी भैसकेकछन
सबै,सबैका --- --।



1 Comments:

Luna said...

हिर्दय छुने कबिता छन यि । कती मार्मिक भाब !
मुलुक को यर्थात बोलिरहेको छ कबिता का शब्द शब्द मार्फत ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !