January 16, 2009

देशको नागरिक बन्नुस

प्रबिण थापा
धादिङ, हाल इटली
यहाँ नेताहरुलाई मनपरी बोल्न, उनीहरुका कार्यकर्तालाई मान्छे पिट्न, मार्न, कर्मचारीलाई खुलेआम घुस खान, प्रहरी प्रशासनलाई जनता पिट्न, गेष्टहाउसमा यौन व्यवाशाय चलाउन, बिद्यार्थीलाई बन्द हड्ताल गर्न, व्यपारीलाई भन्सार छल्न, मजदुरलाई सधैंभरी आन्दोलन गर्न, पत्रकारलाई राजनीति गर्न, बिद्युत प्राधिकरणलाई जति मन लाग्छ त्यती बिजुली आपुर्ती कटान गर्न, पेट्रोल पम्पलाई मिसावट गर्न, यातायात व्यवशायीलाई मनपरी भाडा असुल्न, मानवअधिकारवादीलाई नेताहरुको चाकरी गर्न, डाक्टरहरुलाई अस्पाताल नर्शसँग जिस्केर बस्न, प्रध्यापकहरुलाई ठट्टा गरी समय कटाउन, डाँकाहरुलाई जतिबेला मन लाग्छ त्यती बेला चोर्न, अपहरण गर्न, बैंकहरुलाई धेरै कमिशन खान, एन. जि. ओ., आइ. एन. जि. ओ. लाई बिकास को नाममा नाफा कमाउने व्यवशाय गर्न, तस्करीहरुलाई सुरक्षीत रुपमा लागु पदार्थ, अबैध वस्तुहरुको तस्कर गर्न, दुई चार जना मिलेर एउटा पार्टी खोल्न। समग्रमा भन्दा यो देशमा सब कुरामा छुट अमेरिकामा भन्दा बढी प्रजातन्त्र छ तर तपाईं इमान्दार हुनुहुन्छ, तपाईं सँग अन्याय नसहने व्यवहार छ, तपाईंसँग देश को लागि केही राम्रो गर्ने सोच छ ख्याल गर्नुहोस् तपाईंको हालत पनि उमा सिंह, कृष्ण सेन,बिरेन्द्र शाह, निर्मल पन्त, पुस्कर श्रेष्ठ, रामहरी श्रेष्ठ यस्तै हजारौं कर्मठ नागरिकहरुको जस्तो होला। भन्नु को मतलब यस देश तपाईंको लागि सुरक्षित छैन जुनकुनै बेला तपाईंलाई ज्यान मार्ने धम्की आउन सक्छ, अपहरणमा पर्न सक्नु हुन्छ,तपाईंको गर्धन निमोठिन सक्छ। यहाँ दंडहिनताले प्रशय पाएको छ,यहाका जनता डरको त्राही,त्राहीमा बाँच्न बिबश छन। यो श्रीखंला जारी छ, रहिरहनेछ त्यसैले तपाईं पनि हाम्रो नेताहरु जस्तै तस्करी, भष्टचार र कसैको हत्या गर्न समयमै सिक्नुस र यो देशको नागरिक बन्नुस।



1 Comments:

Anonymous said...

एकै सास मा मन भरी हुँ डलिएका तिक्तता लाई ओकलिदिनु भो ।
हाम्रो मुलुकको यो तिक्तताले हामी नागरिक को मन असाध्यै तितो भएको छ ।
प्रबिण जि ! तपाईंले त लेखेर पनि मन हल्का गर्नु भो ( एक छि न् किन नहोस् ) , लेख्दै जानु होस् ! हाम्रा आबाज हरुले ति तिक्त बिख लाई जटामसी को काम पो गर्छ कि !
भन्छन नि सास भए सम्म आस रे ! आश नमार्नुस् है ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !