November 18, 2008

बेवारिसे जिन्दगी

मानकाजी तामाङ्ग, लोखिम ८ फलाटे
सोलुखुम्बू सगरमाथा नेपाल
(
हाल ईराक)


म हु एक परदेशि अति बिकट ठाउँ नेपालको सोलुखुम्बु जिल्ला लोखिम गाउ विकास समिती वडा नम्बर ८ फलाटेमा जन्म भई हाल प्रवाशी भूमिमा कार्यरत छु । रोजगारको शिलशिलामा शहरको गल्ली गल्ली चार्हदै आज हजारौ कोष टाढा मरुभुमिमा आई पुगेको छु । सँघर्षमय जीवनमा सुख दुखलाई सामना गर्दै दिन पछि रातरात पछि दिनहप्ता र महिना गन्दैअति कष्टका साथ यो जिन्दगीको समय बिताउदै छु ।

जिन्दगी त एक अनिश्चित यात्रा रहेछ । त्यही यात्राको एक घायल थकित यात्रि हु म। न त बस्ने ठाउँको ठेगान, न त पुग्ने गन्तव्य । सपना नै सपनाले भरिएको मन लिएर सुखि जिवनको संसारमा रम्ने ठुलो आशा र धनि बन्ने कल्पनै कल्पनामा रमाउदै कहिले हुन्छु कुवेतको मरुभुमिमा, त कहिले ईराकको बम बारुदको तुवालोमा आँखा मिच्दै बंकर भित्र ।भईचालो जस्तै धर्तिमा कम्पमान ल्याई अनि मेघ गर्जेको जस्तो आवाज गर्जन्थ्यो ।त्यो आवाजको कम्पमानलाई सहन नसकेर आफनो काममा तल्लिन भएर लागेका मान्छेहरु एक्कासि रुख ढले जसरि रगताम्य भएर ढल्दथ्ये अनि केहि बेर छटपटाएर आफना चित्कारहरु निकाल्थे र आपसे आप शिथिल हुन्थ्यो । कसैको हुदैन हात त कसैको खुट्टा, कसैको हुदैन आँखा त कसैको आधा ज्यान मात्र ति निर्दोषी रगतले धर्तीलाई भिजाउथ्यो ।त्यो थियो निर्दोष रगतको पहिचान बेरोजगार गरिबि र देशको स्थिति ।

देशमा अशान्ति र बेरोजगारीको कारण बर्षेनि नेपाली यूवाहरु आफनो जन्म भुमिलाई छाडेर बिदेश पलायन हुनु भन्दा अरु उपाए थिएन ।दुखियालाई जहाँ गए पनि दुखै दुख भने जसरि कति नेपाली आमाका सन्तानहरुले न त पैसा कमाएर आफनो गन्तव्य पुरा गर्दछन त्यसको सट्टा आफुलाई नै आहुति दिएर आफुलाई समाधिस्थ गर्दछ । केहिले त पैसा कमाएर सकुशल आफनो घर फकिन्छन् भने कोहि न पैसा, न त आफनो ज्यान केवल सेतो धागोले बाँधिएको चिठ्ठी मात्र घरमा पुग्छ ।यस्तै हुदा रहेछ पैसा कमाउने चक्करमा कसैलाई पैसाले करोडपति बनायो भने कसैलाई खरानीको पति । दिन प्रतिदिन यस्तै घटनालाई बेर्होनु परेको देख्दाखेरि यो आत्मा छियाँ छियाँ भएर चर्किन्छ र आँखामा मुसलघारे वर्षा बर्सिन्छ ।त्यतिखेर याद आउदो रहेछ आफनो जन्म दिने आमा बाबा अनि जन्मभूमिको बेरोजगारी र गरीवी हुनु नै अभिसाप रहेछ भन्ने कुरा ।

जागिर खानलाई धेरै पढेको प्रमाणपत्र चाहिने तर मैले अली अली मात्र पढेको थिए । केहि व्यापार व्यावसाय गर्न ठुलो पूजीं फसाउनु पर्थ्यो तर मसँग कहाँ थियो र धेरै पैसा अनि सोध खोज भनसुन गर्नलाई ठाउँ आफनो मान्छे चाहिने यो स्वार्थि संसारमा आफनो मान्छे पनि पराई भई दिन्छ । उठेर बोलौं बतासले लाने बसेर बोलौ कसैले नसुन्ने भन्ने उखान जस्तै थियो । त्यसैले त बिदेसिनु बाहेक अरु बिकल्प के नै थियो र मेरो सामु ।

रोजगारको लागि हामी नेपाली दाजु भाई दिदी बहिनीहरु बिदेशि भुमिमा ६० डिग्रीको प्रचण्ड तापमा होमीनु केवल हाम्रो बाध्याता थियो । युद्ध भुमिमा बम बारुदको कालो धुवाँमा रुमलिनु परेको छ । अरुको देशमा अरुको नियम कानूनको परिधि भित्र बसेर काम गर्नु परेको छ । अनि पशुको जस्तो ब्याबहार सहेर २४सै घण्टा कठिन काम गर्दा पसिना र आँशुको भेल छाल हान्दै दुई दोभानको तिरमा उर्लिदा यो छात्तिमा ज्वालामुखि बिष्पोट हुदा रहेछ र टुक्रा टुक्रा भएर बालुवामा मिसिदा रहेछ । डाडापारिको जुन घाम भएका बृदा बाबाआमा अनि बिहानि लाली किरण जस्तो छोरा छोरी र प्राण भन्दा प्यारि जीवन सगिनी यी सबैलाइ छाडेर हजारौ क्षितिजपारि बसेर पलपल सम्झनामा तड्पेर बाँच्नु बाद्धेताले बताउदो रहेछ । परिस्थितिले सिकाउदो रहेछ । धेरै पैसा कमाउने उदेश्य लिएर बिदेश आएका बिदेशि भुमिमा भनेको जस्तो नहुदा सोचॆको जति नपुग्दा ती सुनौला सपनाहरु पुरा हुन नपाई शिशा झै चक्नाचुर हुदाँ यो मन आधि हुरिको बेगमा भौतारिएका जिन्दगिले थकित जिवनलाई अंगाल्दै अनि भत्किएको मनले छरिएको आँट बटुल्दै बाँच्नु विवश बनाउदो रहेछ । बाच्नु विवश बनाउदो रहेछ ॥


सहयोगी बिजय कुमार श्रेष्ठ



4 Comments:

बिप्लब said...

निकै घतलाग्दो कथा छ मानकाजी तामाङ्ग। मनछुने यस्ता कुरा नेपालीलाइ कहिले नै नआओस।

ठरकी दादा said...

भन्छन नी सुख बाँड्यो भने दोब्बर हुन्छ र दु:ख बाँड्यो भने आधा हुन्छ।
तामाङ जी, तपाईको जस्तो अनुभव र अनूभूति हाम्रा कैयन दाजुभाईहरुले गरेका होलान । आफ्नो यो अनूभूति बाँडनु भएको र विदेशको तितो यथार्थको जानकारि दिनु भएकोमा धन्यावाद् ।

आफ्नै देश उभोँ नलागेसम्म यो समस्या कम हुनेवाला पनि छैन जस्तो लाग्छ मलाई तर जिन्दगि संघर्ष नै हो नी त्यसैले यसलाई चुनौतिको रुमा लिने बाहेक अरु बाटो पनि छैन हामिसंग ।

मन छुने आलेखको लागि पून धन्यावाद् ।

नेपालियन said...

ठरकी सरले ठिक भन्नुभयो। दु:ख बाडे आधा हुन्छ। हुन पनि आकर्षक तलबले गर्दा इराक जानेको संख्या ह्वात्तै बढेको छ। इराक शान्त ठाउ त होइन, तर जाने क्रम रोकिएको छैन। नेपालको बर्तमान स्थीतीले पनि पलायन हुन नै प्रोत्शाहन गर्दछ।

tejendra iraq said...

भन्छन नी सुख बाँड्यो भने दोब्बर हुन्छ र दु:ख बाँड्यो भने आधा हुन्छ।
तामाङ जी, तपाईको जस्तो अनुभव र अनूभूति हाम्रा कैयन दाजुभाईहरुले गरेका होलान । आफ्नो यो अनूभूति बाँडनु भएको र विदेशको तितो यथार्थको जानकारि दिनु भएकोमा धन्यावाद् ।

आफ्नै देश उभोँ नलागेसम्म यो समस्या कम हुनेवाला पनि छैन जस्तो लाग्छ मलाई तर जिन्दगि संघर्ष नै हो नी त्यसैले यसलाई चुनौतिको रुमा लिने बाहेक अरु बाटो पनि छैन हामिसंग ।

मन छुने आलेखको लागि पून धन्यावाद् ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !