January 6, 2008

छिमेकी ठूलादाइको सिमानामा बलमिचाइ र निरीह हाम्रा नेताहरु।

केही बर्ष अघिको कुरा हो। भारतीय सीमा बल BSF को एउटा डफ्फा नेपालको पुर्बी सीमानामा क्याम्प खडा गर्न आएछ। भारत तर्फको त्यो भूभाग अलि भिरालो परेको र नेपाल तर्फ भने उच्च, रमणीय र चारैतर्फको द्रिष्य देखिने परेको थुम्को रहेछ। आहा, त्यस्तो रमणीय चुचुरोमा पो क्याम्प हुनु पर्ने! ती भारतीय फौजको आंखा लागिहाल्यो। नेपाल पनि एउटा छुट्टै देश हो र जस्तो गरेर ती BSF को डफ्फाले बिना इजाजत त्यो नेपाली भूभागमा तम्बू गाडीहाले। स्थानीय जनता द्वारा स्थानीय प्रसाशनलाई खबर् भयो र सो थूम्को नेपाली वा भारतीय भूभाग हो छिनोफानो गर्न नापी बिभागका कर्मचारी खटाइए। नेपालतर्फको भूभागबाट त्यंहा पुग्न सडक नभएपछि सिलिगुढी तिरबाट जान पर्यो। ती नेपाली कर्मचारी भारतीय आतिथ्य सत्कार सेवा ग्रहण गर्दै भारतीय टोली संगै त्यो ठाउं पुगेछन् र त्यो ठांऊ भारतीय सिमाना पर्छ भन्दै सही ठोकेर आएछन्। यस्तो भएपछि त्यो कुराको जाहेरी तत्कालिन् प्रम सुबथा लाई जाहेरी भयो। सुबथाले टाउको मात्र हल्लाएछन्, केही भनेछन्।
त्यसपछि त्यो ठांउ बाट भरतीय फौज कहिले हटेन, नेपालले आफ्नो भूभाग भारतलाई दाइजो दिएजस्तै भयो।
आजकाल छापाहरुमा सुस्ता महेशपुरको कुरा फेरि सुन्न थाल्नु भएको छ। म सानो स्कुले बिद्ध्यार्थी हुंदा नै, हामीलाई प्रसिक्षण दिन आउने अग्रज अखिलका नेताहरुबाट "भारतीय बिस्तारबाद" को कुरा हुंदा "सुस्ता र महेशपुरमा नेपाली भूभाग मिचिएको" र पंचायती सरकारले आफ्नो देशको रास्ट्रियता संरक्षण नगरेको बारम्बार भन्ने गर्नुहुन्थ्यो। छापाहरुमा छापाहरुमा कहिले कंहा कहिले कंहा भारतबाट सीमा अतिक्रमण भैरहेको पढ्न पाइन्छ। नदिनाला संम्बन्धी अन्तरास्ट्रिय कानूनको उपहास गर्दै भारतद्वारा एकतर्फी बांध निर्माण हुन्छ र नेपाली भूभाग जलमग्न हुन्छ। नेपाल को सरकार त्यसको बिरोधमा चुँ सम्म गर्दैन। कालापानी, टनकपुर सबै इतिहासको गर्भमा बिलाइसक्यो। आखिर् किन? के ले रोकेको छ नेपाली नेताहरुहरुलाई यो भारतीय बलमिचाइ को बिरोध गर्न?
हामी सानो देश भयौं भन्दैमा चुप लागेर बस्ने हो भने नेपालको दक्षिणतिरको सीमाना महाभारत पर्वत स्रिङ्खालाको फेदीमा आईपुग्ने छ।नेपालले स्पष्टसंग आफ्नो कुरा राख्ने हो भने भारतले अवश्यपनि यो बलमिचाइ गर्न सक्ने छैन। तर हाम्रा नेताहरुले आफ्नो स्वाभिमान गुमाइसकेका छन्। प्रत्येक् निर्णय गर्दा भारतले के भन्ला भनेर खुट्टा कमाउंछन्। आत्मस्वभिमान् जीवित रहोस पनि कसरी किनकी यी नेताहरुले आफूलाई बेचि सकेका छन्। यिनीहरुका छोरा-छोरीहरु भारतीय राजदूतावासले उपलब्ध गराएको छात्रब्रितीमा पढ्न जान्छन्। उपचार गर्न पनि भारत नै जान पर्ने। सुनिन्छ, प्रत्येक् पार्टीहरुका केन्द्रीय समितीमा "र" को तलव खाने नेताहरु छन्। प्रत्येक् प्रशानिक तह, प्रहरी आदिमा र को पहुंच् छ। अनि कसरी यी नेता, अधिकारीहरु आफ्ना मालिकको बिरुद्धमा भूक्न सक्छन्।
नेताहरु हिम्मत गर, आफ्नो स्वभिमान बन्दकमा नराख। भारतीय अतिक्रमण बिरुद्ध बोल, कुटनैतिक् र राजनैतिक् जे जस्तो हुन्छ, प्रक्रिया चाल र भारतीय बिस्तारबादलाई रोक।


2 Comments:

ठरकी दादा said...

उतैको आशिर्वाद र निगाहमा नेता र मन्त्री बनेका हुन्छन अनी कसरी "अन्नदाता" को बिरोध गर्ने ?

nepalean said...

हामी जती सुकै भोट हालौ, लोकको तन्त्रै तन्त्र ल्याउ, जनताको बललाइ ठुलदाइको बलले पासा पल्टाउदो रहेछ। मैले बुझेको राष्ट्रबादको सबालमा बहुदलबादी भन्दा पंचहरु अगाडी रहेछन। कतै पंचायत बिरु्द्द युद्द छेड्न गणेशमानको घरमा हटाओ तुमारा सरकार भन्दै कुर्लेको यही दिन ल्याउन त होइन ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !