August 1, 2014

गाउँखाने कथा ५५ (Nepali #Gaukhane #Katha)




सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा(Gau Khane Katha) लिएर हाँजिर भएको छ।


आंखो छ माखो रमाउंछ, न हेर्छ न देख्छ, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाइला सामग्री भए , प्रस्तुत गर्नुहोला।


July 28, 2014

न्याय दिने कि बेच्ने?

न्याय दिने कि बेच्ने?

भारतीय सर्वोच्च अदालका वरिष्ठ अधिवक्ता प्रशान्त भूषणले अदालतका लागि अदालत विरुद्ध अदालतसँगै २० वर्ष लडे। न्यायालयको शुद्धिकरणको प्रश्न उठाउँदै न्यायधीशको पनि सम्पत्ति विवरण सार्वजनिकीकरणको माग गर्दै सन् १९८९ मा उनले मुद्दा दायर गरे।
 
अन्ततः सन् २००९ मा सर्वोच्च अदालतसँगको लडाइँ टुङ्गियो। जित उनको भयो, तर उनले भने– यो जित मेरो हैन, अदालतको हो। देशको न्यायप्रणालीको हो। यो निर्णयको स्वागत सबैपक्षबाट स्वागत भयो। निर्णयलाई ‘वाटरसेड’ (ऐतिहासिक घटना) को संज्ञा दिइयो।
 
न्यायिक विचलनको घेराबन्दीलाई तोड्न यो कानुन धेरै हदसम्म सफल भयो। न्यायप्रणालीमा सुधारहरु देखिदै गए। न्यायिक स्वतन्त्रता झन् मजबुत हुदै गयो।
 
ग्रहण गर्न सके यो एक सुन्दर उदाहरण हो। तर हाम्रो विडम्बना अर्कै छ। न्यायप्रणाली पनि ‘सिन्डिकेट’ प्रणालीमा चल्न थालेको छ।
 
तासका खेल प्राय सबै जुवा नै हुन्छन्। सबैलाई थाहा छ तीन गड्डा मिसाएर खेलिने तासको खेल के हो भनेर? तर तेह्र वर्ष (२०५७ साल साउन ११ गते) अघि पुनरावेदन अदालत, विराटनगरको एक फैसलाले तासको यो खेल (म्यारिज) जुवा हैन भनिदियो। दिमागी खेल मानियो यसलाई। पुनरावेदन अदालतको यो निर्णयको किस्सा पत्रपत्रिकामा प्रसस्तै आइसकेको छ। हाम्रो अदालती इतिहासमा यो पनि एक ‘वाटरसेड’ नै हो।


July 18, 2014


इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस

भो मलाई चाहिँदैन कुर्सी
त्यसलेमलाई अति आन्नद दिलाउँछ भने
भुँईमा बस्नेको समस्याहरुबिर्साएर
मलाई मात्र सुखैसुखमा भुलाउँछ भने
जो जो बस्छन्त्यसमा
फननन घुम्छन्शासकको भेषमा
खाएर पिएर मुख चपाएर
भोकाहरुलाई पर पर धपाएर
भो मलाई चाहिँदैन कुर्सी
त्यसलेमलाई मात्र हसाउँछ भने
समस्या अभावदेखि उठाएर
मलाई मात्र त्यस्मा बसाउँछ भने
कोही बसेकोही बसीरहेछन्त्यस्मा


May 21, 2014

अमेरिकी राजनीतिमा आप्रबासी नेपाली को प्रवेश हल्ला र यथार्तता

- Shekhar Dhungel
केहि आप्रबासी नेपालीहरुले अमेरिकी राजनीतिमा प्रबेश गर्न इच्छा देखाएको वा रहर गरेको प्रसङ्ग लाइ यथार्ततामा अमेरिका बासि नेपालि र नेपाली समुदाय सबैको ध्यान जानु जरुरि छ "
"अमेरिकी सिनेटर ,कांग्रेस वा अन्य स्थानीय राजनितिकीको पदाधिकारीको लागि छनौटमा पर्न इच्छुक व्यक्तिको आफ्नो मतदाता रहेको क्षेत्रमा उसको योगदान ,पहुच अनि मतदाताको बिस्वास (समर्थन )एक र पहिलो छनौट को आधार हो "यो यथार्तता लाइ ढाकछोप गरि केहि आप्रबासी नेपाली हरु रहर मा वा चर्चा बटुल्न रहरमा निबेदन हाल्ने अनि प्रारम्भिक छनौटमा समेत नपरिकन आफु लाइ उम्मेदवार भन्ने अनि आफ्नो मतदान क्षेत्र वा मतदाता भन्दा बाहिर पुगेर नेपालीहरु सित अर्थ संकलन गर्ने थालेका छन्
त्यस्ता स्वघोषित उम्मेदवारले आफ्नो मतदाता क्षेत्रमा होस् वा नेपाली समुदायमा कहिँ कतै कुनै प्रकारको योगदान गरेको देखिदैन .उम्मेदवार छनौट प्रक्रियामा नै रहेको अबस्थामा नेपाली भएका कारणले अन्य क्षेत्रका नेपाली सित चन्दा संकलन गर्नु बुद्धिमानी हो ?आफ्नो मतदाता क्षेत्रका नागरिकको समर्थन र आर्थिक सहयोग नै एक मात्र छनौटको कसी हो .अन्य क्षेत्रका मानिस सित को आर्थिक संकलन नै छनौटमा पर्ने आधार हो भन्नु गलत हो यदि त्यसो हुन्थ्यो भने १६५ वर्ष पुरानो इतिहास बोकेको आप्रबासी भारतीय र चिनिया हरु बाट


May 10, 2014

नेपाली भाषा नेपाली भेष

हाम्रो भाषा हाम्रो भेष, प्राण भन्दा प्यारो छ। सानो छंदा कुनै एउटा र्यालीमा सुनेको नारा थियो हो। हिजो आज प्रती बर्ष ५ लाख नेपाली बिदेशीन्छन। नेपालमै पनि मन्त्री र सिमीत कर्मचारी बाहेक नेपाली भेषमा कोही देखिन्नन। टिभी त प्राय हिन्दी नै चल्छन नेपालमा। खोइ कती प्यारो छ हाम्रो भाषा खोइ कती प्यारो छ हाम्रो देश। आंफै कुरा मिलाएर बुझ्नुहोला।

तर यसो भन्दैमा नेपाली संस्कारको कमी पक्कै छैन। खोजी गर्ने भने नेपाली भाषा र भेष झल्काउने करोडौं सामाग्री भेटिन्छन। यसै प्रसंगमा तपाईहरुलाई कास्की भेगमा प्रचलीत नेपाली चराहरू समेटिएको स्लोक प्रस्तुत गर्दैछौं।


 



March 17, 2014

अन्तिम भोज

एस.एल.सी तहको महेन्द्र मालामा कुनै समय एउटा लेख थियो - अन्तिम भोज। ४-५ कक्षा छंदा मामाको पूस्तकबाट त्यो लेख पढ्ने मौका मिलेको थियो। बिजय मल्लको उक्त लेखमा लेखक अन्तिम भोजमा सरिक भएको आफ्नो अनुभव बाढेका छन। लेखमा अर्को दिन घाम उदाउन पूर्व संसार नष्ट हुंदै थियो, त्यसैले हरेक राष्ट्र प्रमुख एउटा यस्तो बिशाल भोजमा सामेल हुंदै थिए जुन अन्तिम भोज थियो। संसार अन्तय हुनुमा तिनीहरुमा कुनै पिडा थिएन। उनीहरु सबै भोजमै मस्त थिए। यसमा लेखक निकै दुखी देखिन्थे। मानौ संसार अन्त्य हुनुको पिडा भोग्ने त्यो भोजमा तिनी एक मात्रै थिए। भोजको प्रकार पढ्दा यस्तो लाग्दथ्यो संसार अन्त्य हुने कुरा तिनीहरुलाई पहिलै बाट थाहा थियो। त्यसैले अन्तीम भोज यसरी तयार गरिएको थियो की त्यो भोज हरेक कोणबाट इतिहांसका सबै भोजलाई माथ गर्ने खालको होस।


February 27, 2014

धमिराहरु

 Ashok Aryal 
  
धमिरा हरु कमिला जस्तै हुँदैन्न
कमिला हरु धमिरा जस्ता हुँदैन्न 
मिहनत एकता को पराकाष्ट संसार 
आर्को ध्वंम्स बिनाश को संन्जाल 
धमिरा जब जब घर को ढोका म लाग्छ 
सुन्दर माटो को कलात्मक लेपन लगाउछ 
त्यो घर को खाबो नढले संम्म ।। 
........................................
धमिरा हरु कमिला जस्ता हुँदैन्न
श्रीजनाको आवरण भित्र
बिनाश को रुपान्तर धमिरा को स्वभाब हो 
सुन्दरता को भ्रम भित्र कुरुप्ताको गुण हो 
धर्म नै उस्को ध्वंश अराजता हो 
परिवर्तन को असार दर्कदा 
धमिरा हरु कमिला हुँ भन्छन 
सुरक्षित अबतरण खोज्छन 
................................


February 21, 2014

निर्मोही

यौ आँफैले निर्मोही बनेर !
सक्दिन उभिन अब चट्टान बनेर !!

बदनाम भएँ म जिउंदै मरें ,
अरु के दियौ र प्रेमिका बनेर !

चर्किन्छ मुटु तिम्रो सम्झनाले ,
अनि बहन्छ आँशु बाढी बनेर !!

छुटें तिमि बाट म तिम्रै मायाले ,
वतासले उडाको कसिंगर बनेर !

यायावर आत्म बोकेको मान्छे ,
कहाँ बाँच्न सक्छु म भीष्म बनेर !!

- प्रयास
  जर्मनी


February 13, 2014

मन मुटुमा छ्यौ तिमी



मन मुटुमा छ्यौ तिमी, गुलाफमा किन साटनु?
अन्तर भाब बुझे पछि, भाषण चै किन छाटनु?

देखाएर वा लेखाएर, बिज्ञापनमा टांग्न पर्दैन
मनमै भए'छि माया, शब्द भित्र किन बाटनु ?

आस्था श्रदा विश्वाश ,जब सम्म दिगो हुन्छ
बिथ्यामा उपहार, संगै केक किन काटनु ?

बिना धडकन मुटु , तिमी बिना तेस्तै म
जेछु म यस्तै त छु ,तिमिलाई किन ढाटनु ?

जुन तारा होइन ,दुख्दा तिमी साथ हुन्छु
मायामा गर्न नसक्ने, कुरालाई किन आटनु ?  
 


छिमेकमा अझै काला अंग्रेजको राज बाँकी छ

मनु ब्राजाकी


छिमेकमा अझै काला अंग्रेजको राज बाँकी छ ।
नेपालअको बाघ मर्ने अझै रिवाज बाँकी छ ।

बेचीसक्या रै'छ अब खोज्नु कहाँ आफ्नो सिमाना ?
औंठाछाप,पन्जाछाप राखेको दराज बाँकी छ ।

झूठो इतिहासजस्तै साहित्यका पाना पनि छन,
चिन्तन गर्न हामी सँग कुहिएको प्याज बाँकी छ ।

लोकतन्त्र भन्दा पनि भोकतन्त्र आज फस्टायो ,
लाम लागि जुठोपुरा खान यै कबाज बाँकी छ ।

नयाँ बन्ने छाँट छैन ,पुराना छन नयाँ रंगमा,
छोरा ,गुण्डा ,देशद्रोहीहरुकै समाज बाँकी छ ।

नेपाली हुँँ भन्ने गर्ब कतै पनि आज रहेन,      
आँखा चिम्ली बसेका छौं , यत्ती हाम्रो लाज बाँकी छ ।





" अलमल को यात्रा " - १

संविधान सभा-२ को सफल निर्वाचन पश्चात् आम नेपाली जन मानसमा जुन आसा र अपेक्षा कांग्रेस - एमाले बाट गरेका थिए ठ्याक्कै त्यसको विपरीत दिशामा पार्टीहरु को क्रियाकलाप केन्द्रित भईरहेको छ. पहिलो संविधानसभामा भएको लज्जाजनक पराजय बाट भर्खरै बौरिंदै नेका अनि एमाले फेरी उही पुरानो सत्ताको छिना झपटी मै सम्पूर्ण ध्यान केन्द्रित गरीरहेको छन् ! यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन् सक्छ ! साँच्ची नै यस्तो बेला मा खाँचो पर्दो रहेछ राज नेता को , मान्छे ले अनायासै सम्झिने रहेछन राजनीतिको घेरा बाट हरायर गइ सकेकाहरु लाई ! बि पी , गणेशमान, मदन भण्डारी, किसुनजी अनि गिरिजाबाबु जस्ता रास्ट्र लाई एउटा दिशामा मोड्न सक्ने युग पुरुषहरु यो देश मा पनि जन्मे कै हुन् ! आज हामी संग सामान्य नेताहरु मात्रै छन् औसत दर्जाका, तिनीहरु मध्ये पनि धेरै त् तल्लो दर्जा मै राख्नु पर्ने जस्ता पनि छन् , प्रचण्ड , बाबुराम, बामदेव ,शेरबहादुर, गच्छेदार जस्ता लाई नेता भन्नु पर्ने नेपालीको बिडम्बना कसले पो बुझ्छ र अनि बुझेर नै पो के हुने हो र ? वर्तमानमा नेपाल लाई केन्द्र विन्दुमा राख्ने नेताहरु एउटा दुइटा हुन् ति पनि आफै दरो खुट्टा टेकेर उभिन सक्छन जस्तो देख्न छोडियो !
राज्यले राजनेताको माग गरि रहेको छ जस्ले वर्तमानको दोबाटो बाट मुलुक लाई सुरक्षित तवरले डोर्याउन सकोस ! तर हामी कहाँ तिनै थोत्रा पटक पटक परीक्षण भैसकेको स्वाभिमानबिहिन बसी अनुहारहरु को थुप्रो मात्रै छ ! परीक्षण हुन् बाँकि २ वटा सामान्य अनुहार छन्, तिनीहरु पनि दल भित्रकै गुट उपगुट मा जेलिएका छन् ! ३६से ७४रे बाट सुरु भएर तान्त्रिक-संस्थापन हुँदै ४०से र ६०मा आइपुगेको छ नेपाली काँग्रेस ! सरकारको मोर्चा देखि पार्टीको मोर्चा मा समेत पटक पटक निकम्मा साबित भएका देउवा आफ्ना



November 18, 2013

के संबिधान बन्ला त?

मल,जल,बल लगाएर बनाएको पहिलो संबिधान सभा तुहिए पछि नया युग रच्न नेपालमा आज पून संबिधान सभाको चुनाब हुंदै छ। ताम झामका साथ हुन लागेको चुनाबले कता लाने हो त्यो त न चुनाबमा उठ्नेलाइ थाहा छ न त चुनाबमा भोट हाल्नेलाई पत्तो छ। जनताको भोट जता पर्छ त्यसैको बिजय हुन्छ। तर जनता यती कमजोर छन कि उनीहरुले भोट हाले पनि नहाले पनि एउटाले जितीहाल्छ। यसरी देशको भबिष्य कुनै ब्यक्ती या जत्तथाको हत्केलामा अडिएको हुन्छ। यी जत्था यती सम्म खस्केका छन की देश बर्बाद भयो, देश सकिन लाग्यो, जनतालाइ हित हुने संबिधान बनाउनू पर्छ भनेर जनतालाई तर्साउंदै संबिधान सभाको चुनाब रचेर सत्ता समाल्न आतुर छन। यो त स्यालले चिल आयो चिल आयो भनेर गांउलेलाई आकाशतीर हेर्न लगाएर कुखुरा चोर्ने दाउ रचे जस्तै भयो।

 खुशीको कुरा यो हो कि पहिलो चुनाब बेकम्मा ठहरिए पछी पून चुनाब गराएर संबिधान बनाउनु पर्छ भनेर प्राय सबैजनाको सहमती भएका छन। तर के दोस्रो चुनाबबाट संबिधान बन्ने ग्यारेन्टी छ त?

जनताको म्यानडेट पाएर गए पछी त जनताको अभीबारा पूरा गर्नुपर्ने हो। अजब गजब कूरा गर्दे संबिधान बन्यो बन्यो भन्दै बर्षौं बिताएर पहिलो पटक संबिधान बन्दैबनेन। फेरी पनि तिनै पार्टी र तिनै ब्यक्तीहरु संबिधान बनाउने भनेर अगाडी लागेका छन।  यसपटक भने संबिधान बनाउने ग्यारेन्टी गरेका छन। If it does not work that way, do it differently. भनिन्छ कुनै तरिकाबाट काम बनेन भने नया तरीकाबाट काम गर्नुपर्छ। पूरानै पार्टी, पूरानै कुरा, पूरानै म्यान्डेट। त्यो पूरानै ढर्रा बेकम्मा ठहरिएको अबस्थामा अब कसरी पूरानै तरिकाबाट संबिधान बन्ला? यदी यो चुनाबले संबिधान बन्यो भने त्यो संसारको आठौं आश्चर्यमा राखे हुन्छ।


November 9, 2013

सुस्त दौंतरी

दौंतरी चियाउने पाठकहरुले पक्कै पनि ख्याल गर्नुभएको होला, दौंतरी आजकाल सुनसान भएको छ। एकै दिनमा ३-४ वटा लेख आउने यो ब्लगमा ३-४ महिनामा एउटा लेख देखिन हम्मे हम्मे पर्छ। मैले केहिले कांही दौंतरीका समकालीन ब्लग पनि चियाउने गर्छु। थुप्रै ब्लग दौंतरीकै अबस्थामा छन। केही रेगुलर अपडेट हुने गर्छन। फेसबुक र टुइटर जस्ता माइक्रो ब्लगले पूराना खाले ब्लगलाई कस्तो असर पार्यो त्यो त थाहा छैन तर थुप्रै पाठकहरु हिजो आज फेसबुकमै रमाइरहेको देखिन्छन। हुन त ट्याब्लेट र स्मार्ट फोनले ठुला कम्पियुटरको प्रयोग स्वात्तै घटेको छ। रेगुलेर ब्लगमा पनि फेसबुकको असर त्यस्तै हुनसक्छ।

कहिले कांही एक्लै सोच्ने गर्छु ब्लग के का लागी? किन ब्लग खोलिएको हो त ? यस्तो कुरा पटक पटक सोचिरहंदा दौंतरीको पहिलो ब्लग हेर्ने पुग्छु। समय अनुसार दौंतरी परीबर्तन हुनेछ भनेर पहिले ब्लगमा लेखेको रहेछु। आधी दशक पछाडी फर्केर हेर्दा दौंतरीको उतार चढाब त्यही बेलानै महशुस भएको रहेछ। मुख्य कुरा के भनेको थिए भने "हामीले सिधा तथा स्पस्ट बिचार तथा अन्य प्रस्तुती आफ्नो मिलेको समयमा सबै सामु बाड्दै जानुपर्दछ ।" दौंतरींमा सिधा तथा स्पष्ट बिचार राख्दै जानु पर्छ तर समय अनकुल मिलेकोमा। मलाई के लाग्छ भने दौंतरीका धेरै लेखकहरुको समय अनकुलले गर्दा दौंतरीमा लेख्न पाउनु भएको छैन। समय अनकुलको पिडितमा म पनि पर्छु। हुन त समय कसरी काट्ने त्यो हरेक ब्यक्तीमा भरपर्छ। दौंतरीलाई समय मिलाउन खोजेको भए सायद मिल्थ्यो होला। तर अन्य काममा समय बिताउनु पर्ने कारणले दौंतरीमा समय बिताउन कठिन भयो। सायद धेरै लेखकहरुलाई त्यही समस्या परेको होला।

यी त भए मेरा दौंतरी प्रती गनथन। सायद धेरै लेखक पाठकका पनि त्यस्तै गन्थन होलान। यदी त्यस्ता गनथन छन भने दौंतरीमा पक्कै बाड्न नभुल्नुहोला। बेला बेलामा दौंतरीका लेख तथा पाठकहरु संग अनलाईन भेट भइरहन्छ। उहांहरुले सोधी राख्नुहुन्छ, दौंतरीको हालखबर के छ। अब भने दौंतरी सुनसान छ भनेर पक्कै पनि भन्ने छैन। समय मिलाएर दौंतरीमा लेखी रहने छु। दौंतरी ६ बर्ष पूरा भएर ७ बर्ष लागेकोमा सबै लेखक तथा पाठक प्रती शुभकामना टक्राउन चाहान्छु।