July 10, 2010

अन्धविश्वास माथिको विश्वास ।

“Superstition is a credulous belief or notion, not based on reason or knowledge.”

अन्धविश्वास के हो ? भनेर विकिपेडिया हेर्ने हो भने सुरुमै यही वाक्य भेटिने छ । तर कुनै कारण वा ज्ञानमा आधारित नभएपनि यो अन्धविश्वासको जालो भने संसारभर नै फैलिएको छ।

बेलावखत अविकसित देश, गाँउघरका बासिन्दा वा कम शिक्षितवर्गलाई यसको ‘अनुयाई’ भनिने गरे पनि विश्वका अत्यन्तै विकसित देश, अन्तन्तै साक्षर वा विद्वत वर्ग वा प्रसीद्धि पाएका व्यक्ति विशेषहरु समेत कुनै न कुनै रुपमा केही न केही अन्धविश्वासको पकडमा आएको कुरा सुनिएको छ र सायद सुनिई रहने नै छ ।

कतै सानो अनुपातमा त कतै ठूलो अनुपातमा हुने मात्रै हो, तर खोजी गर्दै हिँडेमा धर्मभिरु राजाले खुर्सानीको धुप हालेर सत्ता जोगाउन खोजेको देखि धर्मै नमान्ने आधुनिक कम्युनिष्टहरु समेत भैंसी दोहन र यज्ञ यज्ञादी गरेर आ-आफ्नो परिचय दिएको हामीले देखेको धेरै भएको छैन ।

भौगोलिक आधारमा हेर्ने हो भने पनि लमजुङ देखि लण्डन सम्म, सींगापुर देखि जनकपुरसम्म सबैतिर यसको जड मज्जाले विस्तार भएको छ। भन्नलाइ गाउँले, निरक्षर वा साधारण मानिसहरु बढी अन्धविश्वासी हुने भनिए पनि प्राय: सहरमा बस्ने, विद्वान र विश्वकै चर्चित नेताहरू झनै यस मामिलामा बढी संलग्न रहेको समेत पाइएको छ । नेपालका जोगी र सन्यासीका पछिलाग्ने र हातमा नानाथरि औठीं धारण गरेर हिँड्ने आत्मविश्वासहिन नेताहरु मात्रै हैन्, हिटलर देखि रोनाल्ड रेगन जस्ता नेताहरु समेत आ-आफ्ना ज्योतिषहरुसंग सल्लाह गरेर मात्रै कुनै काम गर्थे भन्ने कुरा धेरै अगाडि नै प्रकाशीत भैसकेका छन् ।



July 5, 2010

माओवादीहरू , नागरिक पार्टी बन र सरकारको नेतृत्व गर ।

-एकलव्य

देशमा गणतन्त्र स्थापित भइसक्यो र शान्ति प्रकृयाले चौथो वर्ष पुरा गरिसक्न थाल्यो , अब पनि हिजोको हिंसात्मक क्रान्ति पक्षधर पार्टीले आफ्ना निजि सेना राखेर त्यसैको भरमा शक्तिको बार्गेनिङ गरिरहनु बलमिचाहा प्रवृत्ति हो र यसले नारा जे सुकै लगाएर उफ्रिए पनि माओवादीको दूरगामी नियतमाति अरूलाई शंका गरिरहने बनाउँछ ।

माधव नेपाल दुई ठाउँबाट चुनाब हारेकाले सरकारको नेतृत्व गर्दा लोकतन्त्रको उपहास भएको थियो भन्नेहरूले, सरकारमा बसेर पनि आफ्नो दलको निजि सेनाको परमाधिपति समेत रहेका पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालको सैनिकतान्त्रिक अप्ठ्यारोमा दुःखित हुन सक्नु पर्छ । लोकतन्त्रमा
 जनताले छनोट गरेका प्रतिनिधिहरूको सरकार हुनुपर्छ र ती बहुमतद्वारा प्रतिनिधित्व गरिनुपर्छ भन्ने कुरा जति जरूरी हो त्यत्ति नै यो पनि जरुरी छ कि सरकारले लोकतान्त्रिक मान्यताहरूको
 अभिभावकत्व गरोस्, । हिजो माओवादीको नेतृत्व सरकारमा रहँदा , त्यो लोकतान्त्रिक मान्यता र


July 4, 2010

क्रान्तिका फूलहरु

प्रयास, जर्मनी

मेरो देशमा अहिले क्रान्ति उम्रिएको छ मनग्ग्यै
सडक , गल्लि , चोक हरु सबै फूलबारीमा परिणत भएका छन्
छताछुल्ल भएर उम्रिएका छन् त्यहाँ क्रान्तिका फूलहरु
कति टुसाउदै छन् कति झरी सके फक्रिन पनि नपाउदै
समय ले रोपेका हुर्काएका ति अनौठा फूलहरु
कति स्वदेसी बिउ त कति बिदेशी बीउका उन्नत कोपिला हरु
चार छत्तिस वर्ण को फुलवारी ले पुगेन मेरो देशलाई
त्यसैले त जताततै उम्रिएका छन् विभिन्न प्रजातिका फूलहरु
परचक्रिका प्रयासले जन्मिएका अबैध सन्तति पनि थुप्रै छन् यहाँ
रुप, गन्ध, रंगमा कसरि बिभाजन गर्न सकिएला र यिनीहरु लाई
कतै सुनाखरिमा वेसरम जुही फक्रेको छ गचक्क परेर


July 2, 2010

लेन्निसँग एकदिन

नरेन्द्र रौले
"तिम्रो गर्लफ्रेण्ड छैन ?" उसले सोधी
"छैन ।" मैले भनें ।
"रियल्ली ?" फेरी सोधी
"यस् रियल्ली ?" मैले जवाफ दिएँ ।
"तिमी यति हेन्डसम छौ । तिम्रो न कोहि त हुनुपर्छ ।" आशंका ब्यक्त गर्दै उसले थपि ।

लेन्नि कुसेन इन्डोनेसियाली युवति हो । उमेरले ३० बर्षमा पाइलो टेकि । सामाजिक सञ्जाल फेसबुकले हाम्रो भेटको अबसर जुराइदिएको हो । झण्डै दुइ महिना नाघ्यो उ सँग परिचित बनेको । यो छोटो अबधिमा उसले आफ्ना धेरै अनुभुतिहरु म सँग साँटि । प्रेम र जीवनका बारेमा उसले खुलेरै कुरा गरी । यतिबेला मेरो घनिष्ठ साथी बनिसकेकि छे लेन्नि ।

June 29, 2010

गजल

हाम्रो आफ्नो माटो ,आफ्नो गन्धबाट निरन्तर टाढा हुने क्रम
जारी छ। परदेशका कति दु:खद खबरले बेला बेला हाम्रो मन पोल्छ ।
यही पोलेको मनलाई गजलमा भरेको छु

अरबको तातो घाममा तिम्रो मान्छे ढल्यो भन्दिनु
तिम्रै नाम जप्दा जप्दै उस्को श्वास चल्यो भन्दिनु

पूर्णिमाको जुन जस्तै तिम्रो रुप सजाउछु भन्दै
सुन टिप्न गाको मान्छे आगो भित्र बल्यो भन्दिनु

जिर्ण भको कुन्ता शरीर त्यो काममा जोत्दा जोत्दै
मर्नु अगि दुब्लाएर सियो जस्तो गल्यो भन्दिनु

खुशी निखन्छु भन्दै आँसु पुछने तिम्रो आधार
निराधार भो रे सपनाले पनि छल्यो भन्दिनु

उफ्री उफ्री छुन सकिन आकाश भन्दै रुन्थ्यो
कती थे रे आशाहरु उसै संग जल्यो भन्दिनु

नेपाली माटोका कविता

:-नरेन्द्र रौले

शहरमा त घाम पनि किनेर ताप्नुपर्छ
बाटो पनि साघुरिएर हिंड्नुपर्छ
खुसिमा पनि मान्छे चिनेर हास्नुपर्छ
हाम्रो गाउ ठाउमा जस्तो
छहारीमा घा“सको पुला बिसाएर
बैगुनि मायाको सताइरहने नाउमा
एक मुरली दुखेसो पोख्न पाइन्न

शहरमा चुलिदै गएको महंगी, बढ्दै गएको कृतिमता, हराउदै गएको मानवियता र बन्धुत्वको भाबनाले निकै पिरोलिएका छन् कवि सुरेश हाचेकाली । आफु जन्मि, हुर्केको गाउ, किशोराबस्थामा साथीभाइ सग रमाइलो गरेका क्षण, बयेली खेल्ने गहुबारी, पाखाभरी राताम्य बनेका लालीगुरास, धुपी र सल्लाघारीमा डुल्ने डाफे यतिबेला झझल्को मा आइरहन्छन् । लामो समय शहरमा बस्दा मीठो अतितले एक पल्ट
झस्काएको छ कविलाइ । यिनै विषयवस्तुहरु लाइ जिवन्त रुपमा उतारेका छन्, आफ्नो कविता संग्रह सिमान्त आमाहरु मा कवि सुरेशले ।

काफल पाकेको निम्तो बाड्दै
गाउले छानाहरुमा
उन्मुक्त चरी निर्बिघ्न
उडिरहेकि बेला
जावलाखेलका पिंजरामा
धुइपत्तँल काफलचरी खोजिरहेका हुन्छौं ।