July 4, 2010

क्रान्तिका फूलहरु

प्रयास, जर्मनी

मेरो देशमा अहिले क्रान्ति उम्रिएको छ मनग्ग्यै
सडक , गल्लि , चोक हरु सबै फूलबारीमा परिणत भएका छन्
छताछुल्ल भएर उम्रिएका छन् त्यहाँ क्रान्तिका फूलहरु
कति टुसाउदै छन् कति झरी सके फक्रिन पनि नपाउदै
समय ले रोपेका हुर्काएका ति अनौठा फूलहरु
कति स्वदेसी बिउ त कति बिदेशी बीउका उन्नत कोपिला हरु
चार छत्तिस वर्ण को फुलवारी ले पुगेन मेरो देशलाई
त्यसैले त जताततै उम्रिएका छन् विभिन्न प्रजातिका फूलहरु
परचक्रिका प्रयासले जन्मिएका अबैध सन्तति पनि थुप्रै छन् यहाँ
रुप, गन्ध, रंगमा कसरि बिभाजन गर्न सकिएला र यिनीहरु लाई
कतै सुनाखरिमा वेसरम जुही फक्रेको छ गचक्क परेर
नजिकै लालुपाते फुलेको छ सयपत्रीमा ढुक्क संग
कस्तो वैधानिक मिसावट छ यहाँ कस्तो कानुनी मिलावट छ
न मालीलाई थाहा छ रङ्ग र गन्ध को अर्थ
न चिन्ता नै छ उसलाई फुलको स्वभावको
उ दङ्ग छ माली भएको मा मनपरी फुल उखेल्न पाएको मा
कसले सोधोस किन उखेलेऊ यी फुल भनेर
को समाउन सक्छ कठालो बगैचा बिगरेउ भनेर
कसले बुझाउने यो नया प्रजातिको सुचिकृत हो भनेर
सोध्ने त अब तिमिहमी ले हो हे ! फूलहरु हो
स्याहार्ने त तिमिहमिले नै हो एकापसमा
कसले गर्छ नत्र ???
कोहि आउदैन यहाँ बगैचा को मायाले
गोडमेल गर्न डयांग बनाउन मल- पनि दिन
आउनै परे आउलान ति परे हरु जब यहाँ
कोपिला हरु फक्रिने छन् वास्ना दिन थाल्ने छन्
अनि बाँड्ने छन् हामीलाई विभिन्नतामा सधै झैँ
यो अशल यो सुधारिएको यो जंगली त्यो लोपे हुन लागेको भन्दै
मन नदुखाउनु त्यस बखत हे मेरा प्यारा कुशुमहरु हो
हाम्रो माटो यहाको मौशम नै अनुकुल छैन "नया फुलवारी को "

7 Comments:

डीआर न्यौपाने'सूर्य' said...

धन्यवाद देशप्रेमी प्रयास जी, मिठो भावनाको लागि

sanu jange said...

tapai ko bhawana mitho lagyo, desh ko maya kabita bhari chata chulla bhaye ko dekhera man harsit bhayo tapai lai manai dekhi salam garchu SALAM NAMASKAR !!!!!!!!!!!

Anonymous said...

कविता त्यस्तै हो , तर देशमा जे हुँदैछ त्यो कुरा माथिको भावना र असन्तोष मेरो विचारसंग पनि मिलेको पाएँ ।

अरुविन्द

Anonymous said...

माथिको भावना र असन्तोष मेरो विचारसंग पनि मिलेको पाएँ ।
Thanks for the poem.

Bidur wasti said...

समग्रमा ठिकै छ , सुरुवात राम्रो मान्नु पर्छ, नयाँपन , भावना तथा कुनै सन्देश मुलक लागेन । हिजोका दिनमा भोगेका र भोगाइएका घटना हरु नै हुन । कुनै रुपमा तपाइ हामी पनि यो कार्यमा समर्थन गरेका थियौ होला । कसैले कसैलाई मार्नु तथा मराउनका नीम्ति । हिजोको तितो मिठो हटायेर नयाँ नेपाल बनाउनतिर लाग्नु पो पर्छ । मेरो गोरुको बाह्रै टक्का भनेर हामी आफै ले आफैलाई कमजोर बनाउदै छौ। त्यसकारण सहमती गर्ने तथा गराउने प्रयत्न गरौ । सबैलाई चेतना भया ।।

Nepalean said...

kata kata malai pani feel bhako chha katai naya ropna lagyeka ful haru hamra bagaichha ma suhauda chhainan ki? J hos naya ful, ful nai banun hamilai FOOL nabanaun.

Luna said...

keep it up .

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !