July 2, 2010

लेन्निसँग एकदिन

नरेन्द्र रौले
"तिम्रो गर्लफ्रेण्ड छैन ?" उसले सोधी
"छैन ।" मैले भनें ।
"रियल्ली ?" फेरी सोधी
"यस् रियल्ली ?" मैले जवाफ दिएँ ।
"तिमी यति हेन्डसम छौ । तिम्रो न कोहि त हुनुपर्छ ।" आशंका ब्यक्त गर्दै उसले थपि ।

लेन्नि कुसेन इन्डोनेसियाली युवति हो । उमेरले ३० बर्षमा पाइलो टेकि । सामाजिक सञ्जाल फेसबुकले हाम्रो भेटको अबसर जुराइदिएको हो । झण्डै दुइ महिना नाघ्यो उ सँग परिचित बनेको । यो छोटो अबधिमा उसले आफ्ना धेरै अनुभुतिहरु म सँग साँटि । प्रेम र जीवनका बारेमा उसले खुलेरै कुरा गरी । यतिबेला मेरो घनिष्ठ साथी बनिसकेकि छे लेन्नि ।

उ नेपाली भनेपछि खुब माया गर्छे । ब्यक्ति जो सुकै होस् । नेपालीहरुप्रति उसको धारणा नै बेग्लै बनिसकेको छ । कारण उ एक नेपाली युबक सँग प्रेम जालमा परेकि छे । पेसाले सैनिक हो उसको प्रेमी । भुपेन्द्र बस्नेत, ३५ । जो अफगानिस्तानका युद्धग्रस्त क्षेत्रमा छ यतिखेर । ५ बर्ष देखि अफगानिस्तान उसको कर्मथलो बनेको छ । बन्दुक उसको जीवनको अभिन्न अंग बनिसकेको छ । मुस्किलले लेन्निसँग कहिलेकाहिं फोनमा कुराकानी हुन्छ भुपेन्द्रको । फुर्सदमा इमेल लेख्छ । यतिले लेन्निको मन सन्तोष बन्छ ।

थाह छैन लेन्निलाइ, कसरी उ प्रेममा परी ? त्यो पनि एक नेपाली युवक सँग । प्रेमले नजिक, टाढा, नभन्दो रहेछ । कुनै दुरीले पनि नछेक्दो रहेछ । यदि दुरीले अबरोध गर्ने भए उसको बलियो सम्बन्ध नै गाँसिन्थेन होला । याहु म्यासेन्जरबाट सुरु भएको लेन्निको च्याट संबाद पछिल्लो समय निकै झ्याङ्गिदै गयो । जब पहिलो पल्ट भुपेन्द्रलाइ उसले भिडियो च्याटमा भेटी त्यहिंबाट लेन्निको दिलमा प्रेमको बिउ रोपियो । दिनहु हरेक रात उनीहरु च्याटमा बिताउन् थाले । कहिलेकाहिं त ६ घण्टा सम्म च्याट हुन्थ्यो । यति सम्म कि च्याट गर्दा गर्दा उनीहरु निदाएको समेत पत्तै हुदैनथ्यो । ल्यापटप अफ गर्न समेत बिर्सिदिन्थे ।

प्रत्येक रात मनको कुनामा भुपेन्द्रलाइ सजाएर बसेकि हुन्छे उ । नेपाली ठिटो सँग आफ्नो जीवन विताउने सुन्दर कल्पना छ , उसको मनमा । प्रेम र बिहेका लागी थुप्रै केटाले गर्ने प्रस्ताबहरु उसले अस्वीकार गरिदिन्छे । मात्र भुपेन्द्र सँग सुन्दर जीवनको कल्पना बुनेकी छे उसले । कल्पनाको सागरमा डुबुल्की मारिरहेकि छे । उसको पे्रमी जोक भन्नमा पोख्त छ । निकै हसाउँछ । त्यो बानी लेन्निलाइ एकदम मन पर्छ । आफुलाइ खुसि बनाउने कोहि छ भने त्यो आफ्नो प्रेमी नै हो भन्ने उसलाइ लाग्छ । र उसैसँगको जीवन मीठो होला भन्ने कल्पना गरेकि छे ।

अफगानिस्तानमा रहेको आफ्नो प्रेमीलाइ धेरै मिस गर्छे उसले । लडाइको मैदानमा रहँदा उ लामै समय बेखबर बनिदिदा लेन्निको मनमा चिसो पस्छ । सकुशल रहन हरघडी भगवान् सँग प्रार्थना गर्दै बसेकि हुन्छिन् , उनी । प्रेम ईश्वरको सुन्दर उपहार हो । यो क्ष्ाणिक अनुभुति मात्र होइन । निरन्तर माया गर्ने प्रतिबद्धता पनि हो । उसलाइ यस्तै लाग्छ । टाढाको सम्बन्धमा विश्वासको मुल समस्या हुँदो रहेछ । कतै विश्वासको डोरी चुँडिन्छ कि, प्रेमीले आफुलाइ बिर्सिन्छ कि भन्ने चिन्ता लाग्छ लेन्निलाइ । आफु भने प्रतिबद्ध छ , प्रेमी बाहेक अर्को मान्छे सँग मुटु साँट्ने छैन । आफु जहाँ रहेपनि सैनिक प्रेमीलाइ निरन्तर सहयोग र साथ दिइरहेकि छिन् उनी ।

लेन्नि पर्खेर बसेकि छे , त्यो दिन । एक रात बिताउन पनि बर्षौ जस्तो लाग्न थालेको छ अचेल । हरेक पल उसका लागी मुटुको ढुकढुकी बनी धड्किन्छन् । जुन दिन भुपेन्द्र अफगानिस्तानबाट फर्केर आउँनेछन्, र उनको सिउँदो सजाउँनेछन् । त्यहि दिन सबैभन्दा खुसि छाउनेछ उनको जीवनमा । अबको एक बर्षभित्र उनको बिहेको साइत जुर्नेछ । बिहे गरे लगत्तै उनीहरु नेपाल फर्किनेछन् । भुपेन्द्रले नबदुलहिका रुपमा लेन्निलाइ आफ्नो घरमा भित्र्याउनेछन् । खासमा बिहेपछि अमेरिका जाने योजना थियो उनीहरुको । तर भुपेन्द्रका बुबा आमा काठमाडौमा एक्लै रहेकाले उनीहरु नेपाल फर्किनेछन् । लेन्निले इण्डोनेसियाको जर्कातामा साइबर क्याफे र कपडाको पसल चलाएकी छे । अबको एक बर्ष भित्र काठमाडौंलाइ कर्मथलो बनाउदैछिन् उनले । वेलकम, लेन्नि तिम्रो नेपाल आगमन लाइ ।
naren.raule@gmail.com

3 Comments:

D DUS JI said...

वेलकम, लेन्नि तिम्रो नेपाल आगमन लाइ ।

प्रदिप said...

कथा या त कल्पना होस् या यथार्थ तर केही सामाजिक परिबेस लाई झल्काएको पक्कै हुन्छ । प्रबिधीको बिकास संगै मान्छे को सोचाइमा परिवर्तन हुनु स्वभाविक हो तर पनि आजभोलि भावनात्मक भन्दा पनि प्रेम लाई बढी फेसन को रुप मा लिएको पाईन्छ । जे भए पनि यो लेख मा बढी फोकस लिन्डा लाई गरिएको छ भने पाठक हरु कन्फुयुज भैरहेका छन् के भुपेन्द्र भन्ने पात्र ले पनि लिन्डा ले जस्तै भाबी जीवन को सपना बोकेको छ त ।।।।
लेखक ज्यु नै भुपेन्द्र पो हो की आखिर मा लेख सरल र सलल बगेको छ तर यो चाँही सत्य हो इन्डोनेसियन केटीहरु नेपाली केटाहरुलाई निकै माया भने गर्छन् यो काल्पनिक नभइ मेरो अनुभव हो जो मैले पनि जीवनमा शायद भुल्न सक्दिन
प्रदिप

Nepalean said...

euta gajjab ko prem kahani rayecha. lenny ko maya ko safalta ko suvakamana. yo internet ko jalo le pani trational thought ra life style lai nikai chainge gareko chha. Huna ta narayan gopal kai penfriend bata love hudai pamela sanga bihe bhayeko thiyo. Prem le time anusar adapt gardo rayecha.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !