May 15, 2009

डलर टिप्ने यात्रा भाग -६

शेखर ढुङेल
०५-१४-२००९

(यो यात्रा शुरु देखी पढ्न यहाँ र पाचौं भाग पढ्न यहाँ पस्नुहोस)

मलाई एकदम असजिलो अनुभब भयो, के गर्ने यही बसेर तिनीहरुको तमाशा हेर्ने कि अर्को ठाउँ खोज्ने कि ? निधो गर्न सकिन। हुनत, त्यो बसाइ केही दिनको लागि मात्र थियो तर आफन्त युबा उमेरका केटाहरुको स्वच्छ्न्द बातावरणमा तगारो बन्ने कि, देखेको नदेखै गर्ने कि रणभुल्लमा परे म ।

भोली पल्ट, जस्ले हौस्याएका थिए मलाई अस्ट्रेलिया खुर्मुरिन, लिन आए र सिडनी मा बसोबास गर्ने बिभिन्न नेपाली मित्र हरुकोमा पुर्‍याए । आफ्नो अनुभब अनी इच्छाका बारेमा उनीहरु सित बिचार साटा साट गरियो । अनुभबी र अध्यागमन सम्बन्धी काम गर्ने कानुन्बिद संग सल्लाह गर्दा, छिटो स्थाइ बसोबासको कागज बनाउने हो भने रेस्टुरा मार्फत सजिलो हुने रैछ शेफ बनेर । त्यस बेला ( १९९७ ) सिडनीमा काठमान्डु किचेन र याक एन्ड यती नाम का दुई मात्र नेपाली रेस्टुरा थिए । रेस्टुरा सन्चालनको लागि रकमको अन्दाजिफिकेसन पनि गरियो न्युनतम र अधिक्तम को आधारमा, बिभिन्न सम्भाबित स्थानको भ्रमण गरियो । तीन हफ्ता को बिच मा सिडनी टावर, हार्बोर ब्रिज, बोन्डाइ बिच, अपेरा हाउस, किङ क्रसको रमझमले मोहनि मात्रै लगाएन लगेको समान पनि किङ क्रस कै एक भियतनामी पसलेले जम्मै किनिदियो । लागत को ४ गुना मुल्य प्राप्त भयो । चिठ्ठा नै परे जस्तो सजिलो सित समान बिक्यो, जो सोचेकै थिएन । अस्ट्रेलियन प्लास्टिकको डलर बर्षने भो भन्ने सोचे मख्ख परें । अब सिडनीमा रेस्टुरा खोल्ने, हस्तकलाको समान बेच्ने र भकाभक डलर थुपार्ने दृण इच्छा मनमा जगाइ अर्को पटक आउँदा बस्ने बासको समेत बन्दो बस्त मिलाए र छिट्टै सधैंको लागि बस्ने गरी आउने भनी भेटे जतीको कानमा झ्यालि पिट्दै नेपाल फर्किए ।

नेपाल पुगेर बाबु बाजेले दु:खले होकी सुखले आर्ज्या बारीका पाटा बैकंमा धितो राख्ने काममा लागें, महिना दिन भन्दा बढी को दौड धुप पछी लालपूर्जा बैकंलाई जिम्मा लगाइ दिए र नगद बोकी लागे अस्ट्रेलिया तिर, भारी मन बनाएर उतै को पी आर बन्ने सपना साचेर ।

जब सिडनी पुगें मलाई सपना देखाएर रुखको टुप्पोमा पुर्याउनेको मन बदलिएर मुन्टो बट्टारिएको महसुस गर्न गार्हो भएन । मलाई स्पोनसर गर्दा आइपर्ने दर्जनौ रिस्कको लिस्ट बनाएर बसेका रहेछन उनी त, र सहयोग गर्न नसक्ने मनस्थिती मा रहेछन । कस्तो मजाक ? सल्लाह बमोजिम नै बिश्‍वास गरेर जग्गा धितो राखी पैसा लेराएको थाहा पाउँदा पाउँदै यस्तो गर्ने भनी बिन्ती गरे पछी अली पग्लिए जस्तो लाग्यो । फेरी धेरै सित शिखर सम्मेलन गरेछन र बल्ल दुई महिना बिते पछी ‘ल सस्तो भाडा दर भएको ठाउँ खोज, म आबश्‍यक कागज पत्रमा सहि गरी दिन्छु’ भने ।

यो समयमा कैयौं ठाउँ हेरेको मात्र होइन भिक्टोरिया र बिस्मेन राज्य समेत घुमी सकेको थिए । उन्को मनमा डर पलाएछ कि कतै यस्ले भाडा नतिरी भाग्यो भने आफ्नो टाउकोमा पर्छ । त्यसैले पछी हटेका रहेछन । जती राम्रो ठाउँ त्यती महंगो भाडा आले टाले गर्दा गर्दै ४ महिना बिते पछी एउटा ठाउँ त मिल्यो, जुन ब्यवसाय को लागि उचित थिएन । आफु सित बिकल्प थिएन । ब्यापार स्यापार देखा जाएगा पी आर भए पछी केही गरौला नि भन्ने सोची होम्मिए ५ महिना बित्त्यो बल्ल मैले ' रोदी घर' नामको नेपाली भान्सा घरको शुभारम्भ गरें ।

भान्सा घरको शुभारम्भ संगै अध्यागमनको लागि कागज तयार भयो आफु लाई अप्ठ्यारो मा नपारी दिन कसम खुवाउँदै अमिलो मुखले सहि गरी दिए। मैले सय मुरी धन्यवाद दिएं । सुरु महिना राम्रो भए पनि दोस्रो महिना देखी ब्यवसाय ओरालो लाग्न थाल्यो। काम गर्नेको तलब र भाडाको खर्च बगलीबाट जान सुरु भयो । सामान्यत तीन महिनामा सकिनु पर्ने अध्यागमनको प्रकृया ६ महिना बित्दा पनि पारीणाम आएको होइन । आम्दानि जिरो मा झरी हाल्यो नेपाल बाट थप पैसा मगाएर घाटमा मुर्दा कुरे झै अध्यागमनको पत्र कुरेर बस्नु को बिकल्प थिएन । आज-भोली, आज-भोली गर्दै प्रतिक्षामा हबिगत पातलो भै राखेको थियो एक दिन साँझ अचानक अस्ट्रेलियाको अध्यागमनका दर्जन दुतहरुले रेस्टुरा घेरे -------- बाँकी अर्को भागमा।

(यो यात्राको सातौं भाग यहाँ छ )



गाउँखाने कथा - १४ (Nepali Gau Khane Katha)

हरेक शुक्रबार झै आज पनि आएको छु गाउ खाने कता लिएर। उत्तर मिलाएर गाउ लिनुहोला।
"बेसीमा कुलो लेकमा खेत, कतातिर टुप्पो कतातिर फेद?"


माधव नेपालको सपना र प्रजातन्त्रको हार

एउटा अंग्रेजी उखान छ "you fool me once shame on you, you fool me twice shame on me" । जन अन्दोलन २०४६ को सफलता पछी ठुला ठुला सपना देख्ने धेरै नेपाली थिए, तर प्रजातन्त्र पछी आफ्ना ति सपनाहरु साकार भयो भन्ने कती होलान आज ? आफसोच!, झन्डै २० बर्ष पछी पनि ति सपना बेच्नेहरु आझै हाम्रा नेता भएर बसि रहेका छन ।

मैले संधै दोष जनतालाई नै दिने गरेको थिएं, what you pay is what you get। एकै छिनलाई राष्ट्रिय राजनीति बिर्सेंर एउटा निर्वाचन क्षेत्रबाट सोचौ, २० बर्ष देखी जित्ने एउटै नेता छ । जिते पछी आफ्नो क्षेत्रमा बिकास गर्नु पहिले काठमाडौंमा घडेरी जोड्छ, आफ्नो क्षेत्रमा पाठशाला बनाउन पहिला काठमाडौंमा घर ठडाउछ, आफ्नो क्षेत्रमा बाटो ल्याउनु भन्दा पहिला नयाँ घरलाई सडकसंग जोड्छ, र आफ्नो क्षेत्रमा नयाँ ब्यापार उद्ध्योग भित्राउनु भन्दा बिदेशमा आफ्ना सन्तानलाइ Gas Station किन्न मद्घत गर्छ । यती हुँदा हुँदै पनि संधै त्यो क्षेत्र को नेता त्यही ब्यक्त्ती हुन्छ भने दोष कसको ?

तर आज आएर चुनावमा (दुइ दुई ठांउमा) जनताले हराए पनि एक नेतालाई प्रधानमन्त्री बनाउने कुरा भै रहेको छ । मेरो माधव नेपालसंग केही ब्यक्तिगत रिसईवी छैन, तर माधव नेपाल प्रधानमन्त्री भए मैले जनतालाई दोष दिने ठांउ पनि हुंदैन (बामदेव उप प्रम भएर पहिलै जनाताको पनि केही सिप नलाग्ने प्रथाको थालनी भै सक्यो)। मैले यहाँ कुरा नियम, मर्यादित प्रजातान्त्रिक अभ्यास, र नैतीकताको गर्दै छु, कुनै पार्टी वा ब्यक्तीको हैन । राजनीतिमा नैतीकताको कमि संसारको सबै देशमा हुन्छ, त्यसैले होला शब्दकोषमा राजनीति र समाजसेवा भन्ने दुई भिन्न शब्द छन । तर हाम्रा नेपाली नेता (अधिकांशमा) नैतीकता सुन्य प्रतिशित हुनु हामी नेपाली को दुर्भाग्य हो ।

यही मौकामा आर्को कुरा पनि भनि हालुं, आहिले एमाले को नेत्त्रिव सरकार बने पनि १-२ महिना मै नेपाली कांग्रेस प्राइभेट लिमिटेड का CEO गिरिजा प्रसाद र नेकपा जंगली मावोबादी लाई सक-सक भएर सरकार गिराउन तर्फ लागि हाल्छन । मैले पहिले देखी नै भन्दै आएको कुरा हो, यि ६०१ को चयन संविधानको निर्माणका लागि हो सरकार बनाएर अग्रगामी छलाङ मार्नको लागि हैन । त्यसैले यि ६०१ लाई संविधान बनाउने मात्र जिम्मा दिएर सरकार चलाऊने जिम्मा, सिमित अधिकार को साथ, नागरिक समाजलाई दिए हुन्थ्यो (जस्तै विश्वनाथ उपाध्याय, दमननाथ ढुंगाना, ॠषिकेस शाह आदी)। नत्र खै कहिले सकिने यो किचिलो !!!



हल्लै हल्लाको देश

आचार्य प्रभा
(अमेरिका )

सधैं हल्लै हल्लाको देश भो नेपाल
कोही बिद्रोह ओकल्छन
तोड्फोड गरेर ,
कोही मौन छन आँफैलाई धिक्कारेर
कोही लुछाचुँडिमा ब्यस्त छन
पद्लोलुप्ताको निम्ती ,
कोही नारा लगाउछन
अधिकारको अभिप्शामा
यसरी नै नौटंकिको
बजार बनेर बाँच्न वाध्य छ हाम्रो देश ,
कुनै गन्तब्यबिनाको
बटुवा झैं बनेको छ
हाम्रो भाषा अनी हाम्रो भेष /
खै !कसरी भन्न सकिएला ?
यो रोगको निराकरण
होला भनी ,
खै !कसरी सोंच्न सकिएला र
जननी जन्मभुमीश्च स्वर्गदपी गरियसी
अब फेरी भनी ...../


May 14, 2009

...मात्रै रै छ ।

यीनका निती मीठो बोल्दै, सबलाई मिच्नु मात्रै रै छ ।
‘म’, ‘आफू’ र ‘मेरो’ बाहेक, सबलाई किच्नु मात्रै रै छ ।

बलीदानको पाठ पढाई मर्न भन्थे निमुखालाई,
हाम्रा रगत केवल तीनकै बाली सीच्नु मात्रै रै छ ।

आज स्वरुप उदांगीयो, दुनीयाले चिने पनि,
हिजोको त्यो शालीन मुद्रा तस्विर खीच्नु मात्रै रै छ ।

सहिद पनि लिलाम गरी बन्दुक किन्ने कुरा सुन्दा,
यीनका कदम आफू चढ्न, जनतालाई थीच्नु मात्रै रै छ ।

दुई चार दिन त शान्त भा’थे फेरी चल्यो पौठेजोरी
यीनले कायम गर्‍या शान्ति, सिनो घीच्नु मात्रै रै छ ।



दिल खोलेर हाँस्नुस, पीडा भुलेर हाँस्नुस

अघिल्लो हप्ता दौंतरीमा धेरै तातो बहस चले, सबै पढें पनि तर बहसमा सहभागी हुन भ्याईन । देशकै मात्रै हालत हेरेर बस्यो भने त स्थिति निराशाजनक छ र केहि रमाउने कुरा छँदै छैन ।

लाग्छ आजकल पाण्डाजी पनि व्यस्त हुनुहुन्छ त्यसैले वहाले शुरु गर्नु भएको "Tea Time" मा केहि जोकहरु राखेर म स्थितिलाइ केहि हल्का बनाउने प्रयाश गर्दै छु :

-----------                                     --------------                                   ----------------                           ---------------

दुईजना पुरुष मित्रहरु बाटोमा हिंड्दै थिए, अचानक विपरित दिशाबाट दुईजना महिलाहरु आँउदै गरेको देखीयो ।

पहिलो पुरुष: ओ हो ! बर्बाद भो नी !

दोस्रो पुरुष: आम्मा ! मलाई पनि आपतै पर्‍यो नी !

पहिलो पुरुष: नजिस्की न। मलाई साँच्चै आपत पर्‍या छ … उताबाट दुईजना महिला संगै यता आउँदै छन नी....., ती मध्य एकजना मेरी श्रीमती .....र एकजना मेरो गर्लफ्रेण्ड हो …

दोस्रो पुरुष: .....मैले पनि तँलाई त्यहि कुरा भन्न लागेको..... ।

-----------                                     --------------                                   ----------------                           ---------------

कन्जुस मालीक (नया नोकर संग): कान्छा हेर, बिहान तरकारी किनेर ल्याउनु, खाना बनाउनु, भाँडा माझ्नु, बारी खन्नु, बच्चाहरुलाई स्कुल लिन पुर्‍याउन जानु, विरुवाहरुलाई पानि हाल्नु, खाजा बनाउनु, कोठा सफा गर्नु, रातको खाना बनाउनु, भाँडा वर्तन माझ्नु ।

नोकर: मालीक!, घरको वरीपरी अलिकता खाली जग्गा छैन ?

मालिक: किन

नोकर: म फुर्सदको समयमा ईटाँ पनि बनाईदिन्छु

-----------                                     --------------                                   ----------------                           ---------------

Q:      What is deference between man and Superman?
Ans.  Man wears underwear under the trouser and superman wears it over the trouser.

-----------                                     --------------                                   ----------------                           ---------------

एकजना मानिसले बिबाहको लागी पत्रीकामा विज्ञापन निकालेछन:

“मलाई एकजना कुशल गृहणी र जिवनसाथी चाहिएको छ”

भोलिपल्ट उस्को घरमा पाँच हजार चिठ्ठि आएछन। उसले खाम खोलेर हेर्‍यो । हरेक चीठ्ठिमा एउटै वाक्य रहेछ “मेरो लिनुहोस!”, ‘मेरो लिनुहोस!”

-----------                                     --------------                                   ----------------                           ---------------

अनी यो एकजना भारतीय मित्रले पठाएको एसएमएस:

मैंने पुछा चाँदसे “देखा है कहिँ, मेरे यार सा हँसी’

चाँदने कहा “साले! यीतनी उपरसे दीखता है क्या?”