May 15, 2009

हल्लै हल्लाको देश

आचार्य प्रभा
(अमेरिका )

सधैं हल्लै हल्लाको देश भो नेपाल
कोही बिद्रोह ओकल्छन
तोड्फोड गरेर ,
कोही मौन छन आँफैलाई धिक्कारेर
कोही लुछाचुँडिमा ब्यस्त छन
पद्लोलुप्ताको निम्ती ,
कोही नारा लगाउछन
अधिकारको अभिप्शामा
यसरी नै नौटंकिको
बजार बनेर बाँच्न वाध्य छ हाम्रो देश ,
कुनै गन्तब्यबिनाको
बटुवा झैं बनेको छ
हाम्रो भाषा अनी हाम्रो भेष /
खै !कसरी भन्न सकिएला ?
यो रोगको निराकरण
होला भनी ,
खै !कसरी सोंच्न सकिएला र
जननी जन्मभुमीश्च स्वर्गदपी गरियसी
अब फेरी भनी ...../


3 Comments:

प्रबिण थापा said...

यहा आखा चिम्लिएर हाडिलाइ सेतो
कपासलाइ कालो भन्नेहरु छन्
गल्ति आफु पनि गर्दै
इमान्दारिताको समुहमा आफुलाइ गन्ने हरु छन्।
भाइ भाइ सधैंको फुट छ
सत्ता र भत्ता मा लुटा लुट छ ।
यहाँ बोल्ने लाटो
नबोल्ने बाठो भाछ
राश्टृयता, प्रजातन्त्र
राजनीति फलाउने माटो भाछ
प्रभा जि ! दसकौ अगाडी भुपी ले भनेका यो हल्लै हल्लाको देशमा बास्तबिकता नबुझि हावामा गफ दिने हाम्रो बानिमा कहिले परिबर्तन नहुने भो। कबिता राम्रो छ.

prabha said...

dhanyabaad prabin ji,commentle ajha kehi lekhne haushalaa diyo ra commentko chhuttai biseshtaa ra gahantaa chha.mero kabitaama bhanda tapaaiko coment ma maile jhan ojh payee.

Anonymous said...

Euta kura sodham ki bhanera: Radio Sagarmatha ma "Mirmire Bhaka" karyakram (2003 tir) chalaune Prabha Acharya tapain nai ho?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !