May 14, 2009

...मात्रै रै छ ।

यीनका निती मीठो बोल्दै, सबलाई मिच्नु मात्रै रै छ ।
‘म’, ‘आफू’ र ‘मेरो’ बाहेक, सबलाई किच्नु मात्रै रै छ ।

बलीदानको पाठ पढाई मर्न भन्थे निमुखालाई,
हाम्रा रगत केवल तीनकै बाली सीच्नु मात्रै रै छ ।

आज स्वरुप उदांगीयो, दुनीयाले चिने पनि,
हिजोको त्यो शालीन मुद्रा तस्विर खीच्नु मात्रै रै छ ।

सहिद पनि लिलाम गरी बन्दुक किन्ने कुरा सुन्दा,
यीनका कदम आफू चढ्न, जनतालाई थीच्नु मात्रै रै छ ।

दुई चार दिन त शान्त भा’थे फेरी चल्यो पौठेजोरी
यीनले कायम गर्‍या शान्ति, सिनो घीच्नु मात्रै रै छ ।



5 Comments:

Lovlyanup said...

Tharki Dada dami cha hai poem tapai ko tar tapai ko khali aalochana matra bhayooo..aba k garnu parcha tesko samadhan haru pani lekhanu bhaya ramro hunchtyo ki?? yata tir pani sochada kato hola dada...

प्रबिण थापा said...

Thakari ji gajal le man chhoyo. Anup ji le bhane jastai sahamati ra shantikaa pakshyamaa pani hamro kalam chalaune bela bheko chha kati criticied gare ra matra basne hoina ra?

samyak said...

एकदम सही , दुष्टले मरेपछि पनि दु:ख दिन्छ । सरकारबाट, प्रतिपक्ष बनेर अनि जंगलबाट दु:ख दिन्छ । यो कथा मिल्छ कि :

एउटा दुष्ट थियो । उसको मर्ने बेला आयो । गाउँले भेला गरेर भन्यो "हेर्नूस गाउँले दाजुभाइहरू, मेरो मुख छूचो हुनाले मैले तपाईँहरूलाई बाँचूञ्जेल दु:ख दिएँ, मेरा हातखुट्टा बलिया छँदा मैले धेरैलाई पिटेँ र सताएँ । मैले तपाईँहरूलाई दु:ख दिने काम बाहेक केही गरिन । त्यसैले मर्नु पूर्व प्रायश्चित्त गर्दै म तपाईँहरूसंग एउटा अनुरोध गर्दछु कि म मरे पछि सँजाय स्वरूप मेरो हात खुट्टा थिलोथिलो हुने गरी भाँचिदिनु र एउटा बावसको घोचो मेरो छूचो मुखमा गाडेर मेरो दाहसंस्कारका लागि लैजानुहोला । यति भए मेरो पापी आत्मालाई शान्ति मिल्नेछ ।"

गाउँलेले त्यसै गरे किनभने मर्ने बेलामा सबैले सत्य बोल्छन् ठाने तिनले । मलामीहरूले यही तरिकाले लाश लाँदै थिए, बाटोमा प्रहरि पोष्ट थियो , लासको मुखमा घोचो गाडिएको अनौठो लास देखेर प्रहरीले रोकीहाल्यो । अफशोस् , मलामी गएका सबैलाई प्रहरीले पक्रेर त्यो मान्छेलाई जथाभावी अमानवीय ढंगले कुटेर मारेको अभियोगमा सबैलाई जेलमा हाल्यो ।

नेपालमा पनि एउटा दुष्टले जंगलमा बसेर दु:ख दियो, जनता आजित भएर हिंस्रक चोरलाई चाबी दिए शान्तिको सास फेर्न पाइनथ्यो कि भनी सत्तामा पठाए , तर सरकारमै बसेर यसले निर्लज्ज बीरेन्द्र शाह, रामहरि, प्रचण्ड थैव र सयौँ अरू मारिरह्यो, राज्यकोष लूटाएर आफ्ना दस्ताको भोज मनाइरह्यो , गठबन्धनमा रहेर अरूको कुरै नसुनी आफ्नो तालमा नाचीरह्यो । तर, अल्पमतमा परेर धोती खुस्केपछि नैतिकताका आधारमा राजीनामा त दियो, तर नैतिकताको लगौँटी लगाउँदै अरूलाई सरकार बनाउनै दिन्न पनि भनिरह्यो ।

अरूको सरकारको पनि केही दाल गल्नेवाला छैन किनभने , सरकारमै बसेर बिद्रोहको आतंकबाट मुक्त हुन नखोज्नेले अब प्रतिपक्षमा बसेर कुन ताण्डव गर्ला कल्पना गरिनसक्नु छँदैछ । अब नेपालमा बस्न कान नहुने निश्चित छ । किनभने , दुष्टले माथिको कथामा जस्तो मरेपछि पनि जीउँदोमा भन्दा २ गूणा बढी दु:ख दिन्छ ।

बिप्लब said...

कबितमा राज्निती । तर यथार्थबादी छ। हो त है यीनले कायम गर्‍या शान्ति, सिनो घीच्नु मात्रै रै छ । अब फेरी अशान्ती। साच्चै नेपालमा सधै यस्तै हुने हो त?

ठरकि दादा said...

अनुपजी, प्रबिणजी,

आलोचना मात्रै भएको कुरा मान्छु, तर के गर्ने हेर्नुस न मरुभूमीमा बसेर हरियालीको कल्पना त गर्न सकिन्छ, अनूभव त गर्न सकिन्न नी। फेरी मुश्किलले ८० शब्द पनि नभएको काव्यमा कति शब्दले आलोचना गर्ने कति शब्दको समाधान दिने ? (आलोचना र समाधान अन्य लेख रचनामा राख्‍ने गरेकै छ--- हुन त हाम्रो समाधानमा कस्को आँखा पुग्छ र को सुध्रन्छ ? :)

सम्यकजीको कथा एकदम चित्त बुझ्यो ।

बिप्लबजी, हामी जे गरेपनि चुप बस्यौं भने त, पक्कै सधैं यस्तै हो । त्यसैले आ-आफ्नो ठामबाट गलत कुराको बिरोध र सहि कुराको समर्थन गर्न नछाडौं होला ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !