April 29, 2009

इमेल ह्याक भएको केस

केही समय पहिला इमेल ह्याक भएको केस भन्ने बिषयमा Dr. RB Kavitaram Shrestha बाट इमेल आयो। मलाइ लाग्यो कसैले इमेल ह्याक गरेर फाइदा उठाए जस्तो लाग्यो। उनलाइ आफ्नो निजकको मित्र साहित्यकार बिजय चालिसे अपरहणमा परेको र तुरुन्त सहयोग गर्ने भनेर याचना गरिएको थियो। हुन त प्राप्त इमेल नै फर्जी हुन सक्छ। इन्टरनेट र इमेल चलाउनुहरुले महशुस गर्नुभएको होला तपाइलाइ दिनहुं कति फर्जी इमेल आउँछन। फर्जी पत्र बनाउनेहरुले कुनै न कुनै नयाँ तरिकाले मान्छेलाइ ठगी राखेका हुन्छन। त्यसैले उनिहरु मान्छे फसाउन कुनै न कुनै रुपमा तपाइ हामीलाइ फर्जी इमेल पठाइरहेका हुन्छन। कैयौं करोड पाउने आशामा थुप्रै नेपाली नाइजेरिया, हंगकंग आदीमा फसेको त सुनेकै छौं। छक्क पर्ने कुरा त के भने चिठ्ठा नै किनेको छैन करोडौंको चिठ्ठा पर्यो भनेर दंग पर्ने हामी कस्ता? । तर ठगहरुले सधै एउटै तरिका अपनाउदैनन।

यस पटकको ठगी भने आफ्नो नजिकको मान्छै अपरहणमा परेको खबर गरिन्छ र बेस्ट्रन युनियन या कुनै तरिका बाट पैसा वायर गर्न लगाइन्छ। यसरी पैसा पठाउँदा पैसा कस्ले बुझ्यो, कांहा पुग्यो पत्तो हुदैन। सके त लाखौं नसके केही सय डलर भए पनि ठगहरुले पैसा फुत्काइ छोड्छन। तपाइहरुले चिन्नु भएको छैन भने त मनि वायर गर्नु हुँदै हुन्न। यस्तो ठगीको समस्या अमेरीकामा पनि छ। वायर गरेको पैसा कता पुग्यो पुलिसले पनि पत्ता लगाउन सक्दैनन। मनि वायरबाट ठग्न एक्दम छिटो हुने र सजिलो तथा बच्न सकिने हुदा ठगहरुको यो निकै लोकप्रिय तरिका हो। पटक पटक नाइजिरियनहरुले यसरी ठग्ने गरेको थाहा पाए पनि नेपाली अपरहणमा परेको जस्तो खबर नेपालकै ठगहरुले गरेको अनुमान गरिएको छ। केही इमेल नेपालीमा लेखीनु, नेपाली मान्छेको नाम,ठेगाना सही तरिकाले लेखीनु र आफ्नै चिन्ने मान्छे अपहरणमा परेको इमेल आउनुले पनि यो ठगीमा नेपालीहरु संलग्न भएको अनुमान गरिएको छ। हुन त इमेल कता बाट आयो थाहा हुन्छ तर पैसा ट्रान्सफर गर्दा कांहा बुझियो थाहा हुदैन। त्यसैले कुनै साइबर क्याफेबाट इमेल पठायो अनि पैसा बुझ्यो, ठगहरुलाइ निकै सजिलो पेशा भएको छ। मान्छे दिन दाहाडै लुटिदा त कारबाही हुदैन अब यस्तो गोप्य तरिकाबाट ठगे हाम्रा पुलिसले कसरी सुइको पाउने? । हुन त ठगहरुले भोली अर्को तरिका अपनाउन सक्छन तर मुख्य कुरो यसरी इमेलमा आएका इमेल फर्जी हो कि होइना या कत्तीको सहि हो इमेल प्रयोग कर्ताले नै बुझ्नु जरुरी छ। इमेलको अंश तल राख्दैछु कतै तपाइलाइ पनि यस्तो इमेल त आएका छैनन?

फर्जी इमेल आएको जानकारी गराउनु हुने Dr. RB Kavitaram Shrestha को इमेल यस प्रकार छ:
सुन्नुहोस त साहित्यकार विजय चालिसेको मलाई एउटा अनौठो चिठी आयो । यो भनेर कि उहाँ नाइजेरियामा हुनुहुन्छ र त्यहाँ हतियारबंद गुण्डाहरुले उहाँका सबै पैसा र कागजपत्र खोसेर लगे अनि उहाँ वेखर्ची हुनुहुन्छ त्यसैले यथासक्य ३००० डलर पठाइदिनु । ठीक यस्तै पत्र मलाई गत वर्ष गोविन्दिसंह राउतको पनि आएको थियो । कुरा के भने तपाईं हामी कसैलाई पनि यस्तो पत्र हामीमध्ये कसैको पनि नामबाट आउन सक्छ । आफैलाई यस्तो आपत्ति परेको भन्दै आफ्नै अर्को इमेल आउंदा छक्क नपरे हुने स्थिति छ । बुझ्नुभो होला यो इमेल ह्याक भएको केस हो । इमेल ह्याकबाट बच्ने उपाय गर्दा गर्दै पनि यस्तोमा फ़स्न बेर लाग्ने छैन । त्यसैले आफ्नो ब्लग हुनु जरुरी लाग्यो । यसबाट कमसेकम साथिभाईलाई को कता भन्ने त थाहा भईरहन्छ ! आजै कुनै न कुनै ब्लगमा भर्ति हुनोस ।
फर्जी इमेल भनेर पठाइएको इमेल यस प्रकार छ:

Hi,
I'm in a hurry writing this mail. I had a trip to Nigeria for a conference. Unfortunately all my money has been stolen at the hotel where I stayed, by some armed robbers and since then I've been without any money and I'm even owing money to the hotel here. So I have only access to my e-mails, my mobile phone can't work here so I didn't bother bringing it along. Please can i get up to $3,000 or any amount you can render for me, so I can return back and settle the hotel bills I will return it back to you as soon as i get home.You can have it sent through money grams or western union. I have already spoken to the hotel manager, please let me hear from you as soon as you receive these mail so that i can collect the Manager's name and address where you can send the money to me.. all i need right now is the money to settle up the bills and leave. i promise to pay back your money as soon as ireturn home please i only hope on you now please understand it very hard for me to explain.Thanks

best regards
Vijaya Chalise



जीवनका बारेमा

गुरु केदार बराल
जीवनका बारेमा कल्पना गरेका हुन्छ।
तर सबैको पुरा भने भएको हुदैन।
बशन्तहरु म बाट टाढिसकेका छन्।
जीवनका विभिन्न उत्तारचढावहरुमा
म कयौ पटक हाँसेको छु अनि रोएको पनि छु।
चाहना एकातिर अनि यथार्त अर्कोतिर
यस्तै यस्तै माझेधारहरुमा म धेरै पटक झस्केको छु
साँच्चै जीवन विचित्रकै हुदो रहेछ।
कहिले आफुले जीवनलाई डोराईन्छ
कहिले आफुलाई जीवनले डोराईन्छ।
जीवन एक संघर्ष हो, यो धुर्बसत्य कुरा हो।
सायद त्यसैले होला म पनि आफ्नो जीवन संघर्ष छु


April 28, 2009

अनलाईनबाट अल्जिएको माया

विजयकुमार श्रेष्ठ
-हाल ईराक
कुरा धेरै पहिलाको हो । जब म स्कुल सकेर कलेज पढ्ने लहरमा लहरिदै थिए र गाउ छाडेर शहरको रमझममा रमाउन यो मनलाई आतुर भएको थियो । प्रबेशिका परिक्षा पास गरे लगत्तै कलेज कहाँ पढ्ने भनेर सोच्न थाले र यो मनलाई काठमाडौको रमझम हेर्ने धैरै पहिला देखिकै सोख थियो । अब त पुरा हुन्छ कि भन्ने आशा यो मनमा पलाउन थाल्यो । त्यस्ता कुरा आफुले मात्र सोचेर पनि हुदैन थियो नि त, फेरि घरमा बुबा आमा दाजु भाईलाई पनि जानकारि गराउनु पर्ने थियो । यो कुराको बाटो कसरि खोलु भनेर यो मनमा तरङ्गहरु सलबलाउन थालेको थियो । एक दिनको कुरा हो, घरमा पनि मेरो बारेमा कुरा भई नै रहेछ, त्यो कुरा मेरो कानमा पनि पर्न गयो र मलाई स्वरमा स्वर मिलाउन झन सजिलो हुन गयो । मैले पनि त्यसै मौका छोपी आमालाई मेरो कुरा राख्न सफल भए र आमाले यो कुरा बुबासँग गर्नु भएछ । फेरि मेरो पढाई पनि त्यति नराम्रो थिएन र मेरो बुबा सानो सोचाई भएको मानिस पनि हुनुन्थिएन, गाउँको परिवेसमा हुर्केको भए पनि र आफुले मनमा लागे जतिको अध्यायन गर्न नपाएकोमा अलि पछुताउमा हुनु हुन्थ्यो । उहाँले त्यसै भएर पनि मेरो प्रस्तावलाई नकार्नु होला जस्तो मलाई लागेको थिएन । जब बुबाले मेरो कुरा थाहा पाउनु भयो त्यसको भोली पल्ट खाना खाने समयमा मलाई डाकेर सोध्नु भयो । मैले आफुले अध्ययन गर्ने बिषयको बारेमा पनि बुबालाई अबगत गराई दिए र बुवालाई पनि आफनो सन्तानले राम्रो शिक्षा हासिल गरेर देश र जनताको सेवामा लागुन भन्ने ठुलो चाहना थियो । मेरो कलेज पढ्ने चाहना बुबाले पुरा गराई दिने बाचा गर्नु भयो र गाउँ समाजमा घटेका घटनाको पनि अबगत गराउनु भयो । जुन घटना शिक्षित व्यक्तिबाट नै घट्ने गरेको थियो । मैले पनि सबै आफुमा भएको कमि कम्जोरिहरु आमा बुबालाई अबगत गराई दिए र लगनशिलता भएर आफुले दिएको बाचाहरु सहज रुपमा पुरा गर्ने अठोट लिएर काठमाडौमा अध्ययनको लागी जानलाई तयारी तिर लागे । पारिवारिक सरसल्लाह सबै मिले पछि भर्ना हुनु भन्दा पहिला कलेज प्रबेशको लागी परिक्षा दिनु पर्दथ्यो र मैले त्यसको लागी फारम भर्न लगाएर र केही महिना पछि परिक्षा पनि दिए ।  मेरो पहिला लिष्टमा नै नाम निस्कियो र काठमाडौको ठमेल स्थित अमृत साइन्स क्याम्पसमा भर्ना भएर आफनो उच्च शिक्षाको अध्यायन सुरुवात गर्ने अबसर पाउन सफल भए ।

अब मेरो जिवनको गतिको रफ्तार सुरु हुन थाल्यो । आफुलाई किताबी ज्ञान बाहेक अरु कुरामा ज्ञान थिएन । स्कुलले जिवनमा खेलकुद र नाचगानमा त रुचि राख्द थिए । कलेजमा त सबै जना कम्प्युटरको कुरा गर्दो रहेछ । कानो गोरुलाई औशि न पुर्णे भने जस्तै आफु त शहरिया साथि भाईको कुरा सुनेर टवाल्ल परेर सुन्नु सिवाय अरु उपाए थिएन । फेरि मेरो मनमा अर्को जोस जाग्न थाल्यो, त्यो थियो कम्प्युटरको कि बोर्डमा आफना साथिहरुले गरेका कुराहरुको कथाहरु स्वयम आफुले पनि त्यो कि बोर्डमा आफना औलाहरु नचाउने रहर जागेर आयो । कलेजका दिनहरु सुचारु हुन थाल्यो र दिनहरु बित्दै जान थाल्यो । हरेक हप्ताको शनिवार बिदा हुन्थ्यो । आफुलाई पनि कम्प्यूटर सिक्ने जोस जागर वडेको थियो र समय अनुसार नसिकी नहुने थियो । त्यसै क्रममा एक दिन साथिसँग गएर कम्प्यूटर कक्षामा भर्ना भए । आज भोली गर्दा गर्दै कम्प्यूरको ज्ञान पनि केहिहदसम्म त सिक्न सफल भए । जब कम्प्युटरका ज्ञान हासिल गरे आफना सम्पुर्ण विवरणहरु फाईल बनाएर राख्ने बानि बसाले । त्यस्तै क्रमहरु चलि रहेको थियो ।

एकदिनको कुरा हो म साथिसँग साईवरमा गएको थिए । परदेशमा भएको साथिलाई आफनो बारेमा र पारिवारिक खवरहरु मेल मार्फत पठाउन भनी र आफना फाईलहरु पनि हेरु भनेर। त्यसै समयमा साथिसँग कुरा गर्दै थिए भर्खर कम्प्यूटरको ज्ञान हासिल गरेकोले होला साईबरमा बसे पछि त निस्कीन मनले नै मान्दैन जति चलायो त्यति चलाउन मन लागि रहन्थ्यो । अनलाईनबाट साथिसँग कुरा गरेको चार हप्ता हुन लागेको थियो । धेरै कुराको ज्ञान हासिल गरि सकेको थिए । सधै जसरि अनलाईनमा बस्दा एकदिन कताबाट एउटा अपरिचित अनलाईन साथिले हाई भनेर मेरो नामबाट सम्वोधन गर्‍यो कता कता अचम्म पनि लागेर आयो। उ को हो मलाई केहि थाहा थिएन तर पनि मैले उसलाई उत्तर फर्काईदिए र कहाँ कसरी सम्पर्कमा आउनु भयो मसँग भन्ने बारेमा केहि बार्तालाप हुन गयो। त्यो दिन कुरा राम्रा नै भयो र उसले मलाई नजिकबाट चिनेको जसरि कुरामा अनलाईनको सहायताबाट तिमी ‘फलना’ होईन भनेर भन्यो। कता कता मलाई पनि केही जान्ने उत्सुकता जागेर आयो । सुन्ने गरेको त थिए अनलाईनमा बिभिन्न किसिमका समय बिधारक साथिहरुसँग जम्काभेट हुन्छ भन्ने कुरा मलाई पनि त्यो कुराको याद गराई दियो । मसँग अनलाईनमा कुरा गर्ने मेरो घर नजिकको साथि बाहेक अरु थिएन तर पनि बोल्दामा केनै होला र भन्ने उखानलाई सम्झेर उसको उत्तरहरु सहजै तरिकाबाट दिन थाले । त्यस्तो क्रम चल्न सुरु भयो । मेरो अनलाईनको पहिलो अनुभव भनौ वा उत्सुकताले पाएको समय बितारक मित्र भनौ । हामीमा राम्रो मित्रताको प्रर्दुभाव हुन गयो । जो म हप्तामा एक दिन साईवरको खोजी गर्ने मानिस जब अनलाईन मित्रको मधुर ति शब्दहरुको माधुर्यतामा बग्न थाले तब मलाई हरेक दिन अनलाईनमा नबसि नहुनेसम्म बाध्य बनाएर ल्याउन थाल्यो । हामी एक अर्कामा केबल अनलाईनमा मात्रै हो परिचय चिना जानी भएको तर मलाई उसको बारेमा यति मात्र थाहा छ उ मेरो अनलाईन साथि हो भन्ने कुरा मात्र अरु मलाई केही थाहा छैन । हाम्रो समयहरु झन झन नजिक हुदै आयो । केही दिन पछि हामी हेडफोन द्धारा पनि कुरा गर्न तिर लाग्यौ जब उसको स्वर हेडफोन मार्फत सुन्न पाए म त झन नजिक हुन थाले । आफैलाई थाहा छैन किन के भई रहेको छ भन्ने कुरा । कहिले काहि त जो भए पनि मलाई के सरोकार भयो र आखिर मैले के नै नराम्रो काम गरेको छु भन्ने प्रश्न पनि खडा हुने गर्थ्यो मेरो मनमा । उसको ति माधुर्यताले मेरो मन कता कता छोए जस्तो पनि लाग्दथ्यो । बिर्सन्छु भन्दा पनि नसकिने भैसके किन हो किन ।

हाम्रो मित्रताको डोरी गहिरो हुदै गयो । तर हाम्रो भेट भनेको अदृश्य मात्रै भएको थियो, उ कस्तो छ र कहाँको हो के गर्छ भन्ने कुरा केबल अदृश्यमा मात्र ज्ञान भएको थियो मलाई । दिन प्रति दिन हाम्रो अनलाईनमा गहिरो सम्बन्ध बाधिदै गयो र वर्षौसम्म हामी अनलाईन मित्र भन्दा अरु हुन सकेको थिएन । मलाई कहिले भेटॆर एक अर्काको बारेमा जान्न हतार परेर आउन थाल्यो । झन अब त उसलाई सपनाको राजकुमारको दर्जामा स्थान दिन थाले । जब म आफनो ओछयानमा जान्छु उसको छाया रुपी भावनाहरुसँग सँगै भएको पाउने गर्दथे र निदाउन समेत छाड्न बाध्य हुन पुग्थे । अनि आफु एक्लै भित्र भित्रै उससँगको अनलाईनमा पोखेका भावनाहरुमा आफुलाई डुबाउन बाध्य हुन्थ्ये र छटपटि लागेर आउदथ्यो कहिले भेट्ने भन्ने कुराले साह्रै सताएर ल्याउथ्यो । हामीमा सबै कुराको बेली बिस्तार भैसकेको थियो । धेरै प्रयासको सोधाई पछि उसले भन्यो म परदेशमा छु भनेर र स्वादेश फर्कने कुराको प्रसँग चलाउदा खेरिमा उसले एक साल पछाडिमा मात्र फर्कने कुरा सुनायो । उसँग भएका तिता मिठा कुराहरु मेरो मनमा सधै भरि दोहोरिन थाल्यो । जब म एक्लै हुन्छु अनि सुरु हुन्छ अन्तर आत्मामा बगेका भावहरु अनि उसलाई भेट्ने समयको पर्खाईमा हताससम्म हुन पुग्ने रहेछु । आफनो कलेज अध्ययन पनि लगभग लगभग सकिन लाग्यो । हाम्रो गाउँ समाजको चलनले गर्दा आफनो अध्ययन र उमेरको हिसाब गरेर बसेका छन घरमा परिवारहरु आफुलाई नचिने पनि नदेखे पनि त्यही अनलाईन मित्रको अतुलनिय माया र ममतामा बाधिन पुगेको थिए ।

कलेज बिदाको बेलामा घर गएको थिए त्यहि मौकामा आफनो जिम्मेवारीको भार वोकाई दिने कुरा चलाएको रहेछ त्यो कुरालाई नकार्न पनि सक्दिन थिए । तर आफनो अनलाईनको मित्रताको बारेका पनि भन्न म सक्दिन थिए । फेरि उसको परिचय कसरि दिउ म, आफनो परिवारलाई न त आफुले नै प्रत्यक्ष देख्न सकेको थिए । त्यसैले मेरो अनलाईनको माया अनलाईनमा नै सिमीत हुन गयो । आफनो परिवारको स्वीकारोक्तीलाई मध्य नजर राखेर आफनो गन्तव्य पुरा गर्न तिर लागेर पारिवारिक जिवनको शुरुवात तिर बाधिन बाध्य भए र अनि हामीमा भएको मित्रताको धुर्व एक आपसबाट अलग अलग भएर आफना आफना बाटा तिर लागेर अर्कै सँसारमा रमाउन बाध्य भयौ । अदृश्य माया लगाउनुको फल यस्तै हो रहेछ भनेर कहिले काहि आफुलाई झस्काउने गर्दथे तर उ कहाँ पुग्यो र कहाँ थियो भन्ने कुराको ज्ञान हासिल गर्न पाउने मौकाबाट बन्चित हुनु पुगे । अनि हामी दुई धुर्वीय पथ प्रदर्शक भएर आफनो गन्तव्यलाई अँगाल्न सिवाय अरु सामथ्र्य हामीमा थिएन । अदृश्य मायाको प्रतिफल यस्तै रहेछ भन्ने सोच्न थाले त्यसैले धुर्वीय प्रदसक भएर हामी एक अर्कामा विलीन हुन पुगे ॥
समाप्त ॥ ॥



मेरो सामू आई नजर नझुकाउनू

-प्रकाश सापकोटा,
काभ्रे हालः दोहा
मेरो सामू आई नजर नझुकाउनू अबदेखि
अन्कनाई ओठ-मुख नसुकाउनू अबदेखि
पिरतीको पोल्टोभित्र साँचेको त्यो उपहार
दिउँ कि नदिउँ गरी-गरी नलुकाउनू अवदेखि
गहभरि छचल्किन्छ भावनाको प्रतिबिम्ब
एकान्तमा मात्रै बह नफुकाउनू अबदेखि
आफ्नो मनोकामनालाई आफैंभित्र गुम्स्याएर
झ्याप्पै आँटे कदमलाई नरुकाउनू अबदेखि
तिम्ले गर्दा मलाई पनि कस्तो-कस्तो हुन्छ अचेल
खुली आउनू कि त टाउकै नदुखाउनू अबदेखि
समयले कतिखेर कोल्टो फेर्छ पत्तो हुन्न
मौका आए हत्तपत्त नचुकाउनू अबदेखि
मेरो सामू आई नजर नझुकाउनू अबदेखि
अन्कनाई ओठ-मुख नसुकाउनू अबदेखि


April 27, 2009

झुठानन्द दाहाल को सतामा बस्ने आधार समाप्त

शेखर ढुङेल

०४-२५-२००९

संसारको ईतिहास पढ्नेलाई थाहा छ, क्रान्तिबाट सत्तामा आएको समुह वा राजनैतिक् दलले सकारात्मक् बढी र अपबाद मा मात्र नकारात्मक काम गर्दछ । क्रान्ति भनेकै अब्यबस्था, अशुरक्षा, अस्तब्यस्तता, भ्रस्टाचार, अरास्ट्रियता बाट राष्ट्र लाई मुक्त गरी नागरिक सर्बोच्चता र कानुनी राजको स्थापना गर्नको लागि हो । नेपालमा एक निरंकुशताको बदला मा अर्को अधिनायक बाद लादने प्रयास हुन गैराखेको छ । माओवादीले जन युद्ध जितेको होइन परिस्थिती ले सम्झौता मार्फत उस्लाई यहाँ सम्म लेराइ पुर्‍याएको हो । झुक्याएर, फकाएर, धम्काएर उपयोग गर्दै आफ्नो एकल निती लागु गर्न खोज्नु जनता र देश माथि घात हो । नेपाली जनताले शान्ती, स्थिरता, र शुसासन् को आशामा सम्पूर्ण अपराध माफ गरी सत्तामा पुग्न मौका दिएका हुन । भयो के ?, देश कता गैराखेको छ ?, खोइ शान्ती सुरक्षा ?, खोइ राष्ट्रिय एकता ? ,खोइ जनता का खोसिएका सम्पत्ति फिर्ता ?, खोइ दन्ड हिनता को अन्त ?, खोइ सहमति को राजनीति ? ,खोइ भबिस्य प्रतीको आशा ? खोइ जनताका सम्बेदनसिल भावना को कदर ? ,तत्कालिन ७ दल को सहमति र सहयोगमा सत्तासिन हुन पुगेका प्रचन्डको एक्लै शिखर चड्ने दुस्प्रयासले उनी माथिको विश्वाश उठ्न गै उनी झुठानन्द बन्न पुगेका छन ।

सभ्य समाज, कानुनी राजको कुरा गर्ने हो भने एक कुख्यात आतंककारी जस्ले करिब ३० हज्जार जनता लाई बली चढायो, लाखौं लाई अपाङ्ग बनायो, लाखौं लाई आफ्नो सम्पत्तिको हक भोगबाट बिमुख बनाइ बिदेश र स्वदेश मै शरणार्थि बन्न वाध्य बनायो, २० औ खर्ब बराबर को बिकास निर्माण का सम्रचना ध्वस्त बनायो, हासी खुशी आफ्नो प्रजातान्त्रिक अभ्यास गर्दै गरेका जनतामा जातियता र छेत्रीयता को बिष पिलाई देश तहस नहस बनायो, अन्तराष्ट्रिय अदालतमा उभ्याएर दन्ड दिनु पर्ने झुठानन्द लाई सत्ता मा पुर्‍याउन सहायक् तत्व पूर्व राजा ज्ञानेन्द्र, पूर्व प्र म कोइराला, एमाले नेता नेपाल र भारत लाई नेपाली ले धिकार्नु पर्दछ । सडक, सदन र सरकारमा बसेर बिध्वंस मच्चाउन मौका दिनु महा गल्ती थियो कि थिएन ?,  सरकार प्रमुख भएर इन्ले बोलेका निम्न र धम्कीका भाषाले नेपाली जनता लज्जित भएका छन । संबैधानिक र व्याबहारिक रुप मा हुनै नसक्ने बिषय मा पनि तत्काल लाई सत्ता टिकाउने मात्र उदेस्यले बिभिन्न समुह सित सम्झौता गर्दै देश लाई खाडलमा हाल्दै छन । आफु सरकार प्रमुख भएर आफ्नै उग्र लठैत कार्यकर्ता लगाएर विश्वबिद्यालयका प्रतिष्ठित पदाधिकारीलाई असभ्य व्यबहार गर्नु, राष्ट्रिय शेना जस्तो गौरबसाली संस्थाको बिरुद्धमा जुलुस निकाल्ने, के यो नयाँ नेपाल को जनता को माग हो ?

प्रतिबद्धता, बिचित्र, चमत्कार, हदै सम्मको लचिलो, सम्झौता जस्ता शब्दाबलि प्रयोग गर्दै अलेटाले, ढुलमुल, अबिस्वसनिय निती लिएर अगाडि बढेको झुठानन्द दाहालको बिगत ७ महिनाका केही झुठो प्रतिबद्धताका उदाहरण हेर्ने हो भने उनी सरकारमा एक मिनेट पनि बस्न लायक छैनन्।

१ राम हरि श्रेष्ठको हत्यारालाई कार्यबाही गर्ने प्रतिबद्धता तर अभियुक्त लाई सुरक्षा र पुरस्कार ( केन्द्रिय सदस्य ) दिनु ।

२ प्रज्ञा प्रतिस्ठानको नियुक्ती र खारेजी ।

३ कब्जा गरिएको घर जग्गा फिर्ता गर्ने प्रतिबद्धता र शुन्य कार्यान्वयन ।

४ प्रचन्ड थैब को हत्यारा लाई कारबाही गर्ने प्रतिबद्धता र काम ?

५ काङ्रेसले राखेको ९ बुदे माग पुरा गर्ने सदनमा गरेको प्रतिबद्धता र शुन्य काम ।

६ पशुपतीनाथको भट्ट को नियुक्ती काण्ड ।

७ अपराधीको सम्रक्षण र उन्मुक्ती

८ शेनापती प्रकरण र नैतीक संकटको प्रश्न ।

९ बिभिन्न आन्दोलनकारी सित गरेको सम्झौता र व्यबहार ।

१० जातिय र छेत्रीय द्वन्द को बीषाक्त बीउ छर्नु र उपचार नगर्नु ।

११ आँफै सरकारमा हुँदा पनि आफ्ना बिभिन्न रुपका लठैत लाई सडकमा पठाएर सरकार ( आँफै ) बिरुद्ध उचाल्ने बिचित्र को निती ।

११ एक स्वतन्त्र राष्ट्रको प्रधानमन्त्री को हैसियत समेत भुली बिदेशी राजदुत को अगाडि निरिह र एक इमान्दार कारीन्दा जस्तो बनी देश र जनता लाई लज्जित बनाउनु, जस्ता सैयौं कारणले सरकारको नेत्रृत्वको लागि प्रचन्ड योग्य र इमान्दार देखिएनन । आफ्नो युद्ध कालिन सस्कार, अदुर्दर्सिता, असफलता, अदक्षता को दोष अरुलाई दिएर सत्तामा बसिरहन अब प्रचन्ड लाई सुहाउदैन यदी वहाँ मा राजनैतिक सस्कार र नैतिकता भन्ने तुष छ भने ।

इमान्दारिकताका साथ भन्नु पर्दा यो समय सरकार गिराउने र बनाउने होइन । तर झुठानन्द दाहालको एक लौटी र एकल काट्य अदुरदर्सी नितीको कारण देश को प्रजातन्त्र, मानबाधिकार, प्रेस एबम ब्यक्तीगत स्वतन्त्रता, नागरिक सर्बोच्चता, कानुनी राजको भबिस्य मात्र होइन, देश कै अस्तित्व समेत जोखिममा परेको हुँदा राष्ट्र र प्रजातन्त्रको रक्षार्थ झुठानन्द लाई सत्ता बाहिर पुर्‍याउनु को बिकल्प छैन । यदी प्रचन्ड गणतन्त्र बलियो भएको देख्न चाहन्छन र प्रजातन्त्रमा बिस्वास राख्दछन भने सत्ता बाट निस्की सहज् राजनैतिक बातावरण बनाउन सहयोग गर्नु पर्दछ ।



त्रिभुवन विश्व विद्यालयका अन्तर्गतका विद्यार्थिहरुकालागि बाल्टिन उपहार

त्रिभुवन विश्वविद्यालयमा केहि दिन अगाडि भएको घटनाले आंफु पनि कुनै बेला त्यहि विश्वविद्यालयको विद्यार्थि भएको नाताले ध्यान तानिनु स्वभाविकै हो । त्यसै सन्दर्भमा देशको घृणीत राजनीतिक दलदल र परंपरा देशको भविष्य कोर्ने विश्व विद्यालय जस्तो पवित्र संस्थामा समेत मौलाउन गएकोले नेपाललाई माया गर्ने साथिहरुसंग कमसेकम देशको भविष्य कोर्ने विश्व विद्यालय देश बर्बाद गर्ने साधन र स्थल नबनोस भन्ने मनासयले केहि अनुरोध गर्ने जमर्को गरेको छु ।

त्रिभुवन विश्व विद्यालय मध्यम वर्गीय र सो भन्दा तल्लो स्तरका विद्यार्थिहरुलाई शैक्षिक प्रमाणपत्र मात्र बाड्ने थलो मात्र नभएर विदेशी विश्व विद्यालय र अनुसन्धान संस्थाहरुले पत्याउन योग्य जनशक्ति पनि बनाउन सकेको तथ्यका भुक्तभोगी कोरिया, जापान देखि युरोप, अमेरिकाका संस्थाहरुमा काम गर्ने वा अध्ययन गर्ने हामीहरु नै साक्षी छौं । वार्षिक बिसौं लाख खर्चेर योग्य बनेका समृद्द देशका नागरिकहरुसंग त्रिभुवन विश्वविद्यालयले हामीलाई मासिक चार पांच सय रुपिया कोठा भाडा र पचास-साठी रुपियां शुल्क तिरेको भरमा नै प्रतिस्पर्धा गर्न योग्य बनाएको हामिले बिर्सन सक्दैनौं । नया समय र आधुनिक युग संगै समय सापेक्ष रुपमा प्रतिस्पर्धी बन्दै जाओस भन्ने हाम्रो कामना पुरा हुन नसके पनि कम से कम प्राज्ञिक थलोमा प्राज्ञिक वातावरण कायम होस र दुख गरेर देशका कुना काप्चाबाट आएका भावी जेहन्दार प्रतिभाहरुले स्वच्छ वातावरणमा शिक्षा हासिल गर्न पाउने वातावरण बनोस भन्नका लागि हामी जस्ता विदेशका विश्व विद्यालय र अनुसन्धान संस्थाहरुमा पाइला टेकेका देशलाई माया गर्नेहरुले केही पाइला चाल्नै पर्छ ।

फलानाले गर्न दिएन भनेर र कालो मोसो दल्दै हिडेर देश बन्ने भए समृद्द मुलुकहरुका विद्यार्थिहरु कलम र ल्यापटप हैन बाल्टीमा कालो मोसो बोकेर कलेज र युनिभर्सिटि जान्थे होलान तर ८-१० वटा देशको दर्शन गर्दा पनि नेपालमा बाहेक देशलाई समृद्ध बनाउन कलेज र युनिभर्सिटिमा "कालोमोसो"को प्रयोग अरु देशमा देख्न पाइएको छैन । विदेश बसाइको ५-६ वर्षमा पनि युरोप अमेरिकाका कुनै विश्व विद्यालयहरुमा बाल्टीमा रंग बोकेर प्राध्यापकहरुलाई कालो मोसो लगाउंदै हिडेको हामी कसैले पनि देखेका वा सुनेका छैनौं । बरु ल्यापटप र मल्टीमिडिया डिभाइसहरु बोकेर प्रिजेन्टेशन र डाटा अपलोड वा डाउनलोड गरेका चाहीं देखेका छौं । बन्दुक बोकेर रोल्पाबाट सिंहदरवार छिर्नेहरुको विषयमा चासो नभए पनि र कसैलाई स्पष्टिकरण दिन नपरे पनि विद्यार्थिको ट्याग लगाएर विश्व विद्यालयमा छिर्नेहरुले ल्यापटप र कापी-कलमको साटो कालोमोसोको बाल्टी बोकेर प्राध्यापकहरुलाई लगाउंदै हिडेको सुन्ने जो कोहिले पनि भने थाहा पाए भने हामीलाई प्रश्न गर्नेछन हामीले विश्व विद्यालयमा के सिक्यौं भनेर । अझ जवाफ दिनु पर्ने होला हाम्रो प्राथमिकता कालोमोसोको बाल्टिन हो या शिक्षा भनेर । हामी आंफै पनि सोच्न बाध्य हुनेछौं हाम्रा जुनियरहरु हाम्रा पुराना ल्यापटप भन्दा विकसित यन्त्रहरु भिरेर हाम्रो पुस्ता भन्दा१० गुणा अगाडि जाला या बाल्टीन र कालोमोसो मै रमाउला !

के यस्तो बेलामा हाम्रो कुनै दायित्व छैन ? के हामीले आफुले विदेशमा सिकेको र देखेको कुरो आफ्नो घर जत्तिकै महत्वपुर्ण र प्यारो त्रिवीमा पनि बुझाउन जरुरी छैन ? पक्कै पनि छ त्यसैले कालोमोसोको बाल्टीन बोकेर विश्वविद्यालय जान रुचाउने “शिक्षित युवा“हरुकालागि थप केहि बाल्टीनहरु आवश्यकता परेको हुन सक्छ , त्यसैले उनीहरुलाई बाल्टिन उपहार दिउं र उनिहरुले पाएको “शिक्षा“ प्रति व्यंग गरौं ताकि उनिहरुमा सोच्ने शक्ति छ भने आंफ्नो कर्तव्यवोध गरुन र अन्य जेहन्दार विद्यार्थिहरुले पनि यो महसुस गरुन र उनिहरुको भविष्य माथि खेलवाड गर्ने “जंगली“ खेलाडिहरुलाई बाल्टिन सहित शैक्षिक संस्थाबाट लखेटुन । अनि बाल्टीको बाहिर एउटा ल्यापटपको फोटो पनि टासेर दिने मेरो प्रस्ताव छ ताकि त्यो तस्विरले उनिहरुलाई घच्घच्याइरहोस बोक्नु पर्ने बाल्टिन हो या ल्यापटप भनेर ।

यसको लागि कम से कम १० वटा प्लास्टिकका बाल्टि मेरो तर्फबाट प्रदान गर्ने बाचा गर्दछु र अरु साथिहरुबाट पनि हाम्रा त्रिविका दिग्गज युवा पुस्ताको ज्ञानको ढोका खोल्ने ल्यापटपको फोटो टासिएको बाल्टी जम्मा गर्ने कार्य स्वतस्फुर्त रुपमा गर्न अनुरोध गर्दछु । र सबैबाट त्रिवीमा मौलाउन लागेको गलत प्रवृतिको विरोधका लागि आफ्नो तर्फबाट सहयोग गर्न अनुरोध गर्दछु । अरु के के गर्ने र कसरी गर्ने भन्ने जिम्मा यहांहरुकै ।

पुनश्च : यो कुनै राजनितिक र बैचारिक आग्रहबाट निर्देशित कदम नभएर विश्व विद्यालय भनेको के हो भन्ने कुरा बुझेका र देखेका व्यक्तिहरुबाट नबुझेका र नदेखेकाहरुको लागि बुझाउन चालिएको कदम हो । यसमा अध्यक्ष, उपाध्यक्ष वा कमिटिहरु बनाएर नेता बन्ने नेपाली परंपरा पनि नजोडियोस भन्ने अनुरोध पनि छ ।