April 27, 2009

झुठानन्द दाहाल को सतामा बस्ने आधार समाप्त

शेखर ढुङेल

०४-२५-२००९

संसारको ईतिहास पढ्नेलाई थाहा छ, क्रान्तिबाट सत्तामा आएको समुह वा राजनैतिक् दलले सकारात्मक् बढी र अपबाद मा मात्र नकारात्मक काम गर्दछ । क्रान्ति भनेकै अब्यबस्था, अशुरक्षा, अस्तब्यस्तता, भ्रस्टाचार, अरास्ट्रियता बाट राष्ट्र लाई मुक्त गरी नागरिक सर्बोच्चता र कानुनी राजको स्थापना गर्नको लागि हो । नेपालमा एक निरंकुशताको बदला मा अर्को अधिनायक बाद लादने प्रयास हुन गैराखेको छ । माओवादीले जन युद्ध जितेको होइन परिस्थिती ले सम्झौता मार्फत उस्लाई यहाँ सम्म लेराइ पुर्‍याएको हो । झुक्याएर, फकाएर, धम्काएर उपयोग गर्दै आफ्नो एकल निती लागु गर्न खोज्नु जनता र देश माथि घात हो । नेपाली जनताले शान्ती, स्थिरता, र शुसासन् को आशामा सम्पूर्ण अपराध माफ गरी सत्तामा पुग्न मौका दिएका हुन । भयो के ?, देश कता गैराखेको छ ?, खोइ शान्ती सुरक्षा ?, खोइ राष्ट्रिय एकता ? ,खोइ जनता का खोसिएका सम्पत्ति फिर्ता ?, खोइ दन्ड हिनता को अन्त ?, खोइ सहमति को राजनीति ? ,खोइ भबिस्य प्रतीको आशा ? खोइ जनताका सम्बेदनसिल भावना को कदर ? ,तत्कालिन ७ दल को सहमति र सहयोगमा सत्तासिन हुन पुगेका प्रचन्डको एक्लै शिखर चड्ने दुस्प्रयासले उनी माथिको विश्वाश उठ्न गै उनी झुठानन्द बन्न पुगेका छन ।

सभ्य समाज, कानुनी राजको कुरा गर्ने हो भने एक कुख्यात आतंककारी जस्ले करिब ३० हज्जार जनता लाई बली चढायो, लाखौं लाई अपाङ्ग बनायो, लाखौं लाई आफ्नो सम्पत्तिको हक भोगबाट बिमुख बनाइ बिदेश र स्वदेश मै शरणार्थि बन्न वाध्य बनायो, २० औ खर्ब बराबर को बिकास निर्माण का सम्रचना ध्वस्त बनायो, हासी खुशी आफ्नो प्रजातान्त्रिक अभ्यास गर्दै गरेका जनतामा जातियता र छेत्रीयता को बिष पिलाई देश तहस नहस बनायो, अन्तराष्ट्रिय अदालतमा उभ्याएर दन्ड दिनु पर्ने झुठानन्द लाई सत्ता मा पुर्‍याउन सहायक् तत्व पूर्व राजा ज्ञानेन्द्र, पूर्व प्र म कोइराला, एमाले नेता नेपाल र भारत लाई नेपाली ले धिकार्नु पर्दछ । सडक, सदन र सरकारमा बसेर बिध्वंस मच्चाउन मौका दिनु महा गल्ती थियो कि थिएन ?,  सरकार प्रमुख भएर इन्ले बोलेका निम्न र धम्कीका भाषाले नेपाली जनता लज्जित भएका छन । संबैधानिक र व्याबहारिक रुप मा हुनै नसक्ने बिषय मा पनि तत्काल लाई सत्ता टिकाउने मात्र उदेस्यले बिभिन्न समुह सित सम्झौता गर्दै देश लाई खाडलमा हाल्दै छन । आफु सरकार प्रमुख भएर आफ्नै उग्र लठैत कार्यकर्ता लगाएर विश्वबिद्यालयका प्रतिष्ठित पदाधिकारीलाई असभ्य व्यबहार गर्नु, राष्ट्रिय शेना जस्तो गौरबसाली संस्थाको बिरुद्धमा जुलुस निकाल्ने, के यो नयाँ नेपाल को जनता को माग हो ?

प्रतिबद्धता, बिचित्र, चमत्कार, हदै सम्मको लचिलो, सम्झौता जस्ता शब्दाबलि प्रयोग गर्दै अलेटाले, ढुलमुल, अबिस्वसनिय निती लिएर अगाडि बढेको झुठानन्द दाहालको बिगत ७ महिनाका केही झुठो प्रतिबद्धताका उदाहरण हेर्ने हो भने उनी सरकारमा एक मिनेट पनि बस्न लायक छैनन्।

१ राम हरि श्रेष्ठको हत्यारालाई कार्यबाही गर्ने प्रतिबद्धता तर अभियुक्त लाई सुरक्षा र पुरस्कार ( केन्द्रिय सदस्य ) दिनु ।

२ प्रज्ञा प्रतिस्ठानको नियुक्ती र खारेजी ।

३ कब्जा गरिएको घर जग्गा फिर्ता गर्ने प्रतिबद्धता र शुन्य कार्यान्वयन ।

४ प्रचन्ड थैब को हत्यारा लाई कारबाही गर्ने प्रतिबद्धता र काम ?

५ काङ्रेसले राखेको ९ बुदे माग पुरा गर्ने सदनमा गरेको प्रतिबद्धता र शुन्य काम ।

६ पशुपतीनाथको भट्ट को नियुक्ती काण्ड ।

७ अपराधीको सम्रक्षण र उन्मुक्ती

८ शेनापती प्रकरण र नैतीक संकटको प्रश्न ।

९ बिभिन्न आन्दोलनकारी सित गरेको सम्झौता र व्यबहार ।

१० जातिय र छेत्रीय द्वन्द को बीषाक्त बीउ छर्नु र उपचार नगर्नु ।

११ आँफै सरकारमा हुँदा पनि आफ्ना बिभिन्न रुपका लठैत लाई सडकमा पठाएर सरकार ( आँफै ) बिरुद्ध उचाल्ने बिचित्र को निती ।

११ एक स्वतन्त्र राष्ट्रको प्रधानमन्त्री को हैसियत समेत भुली बिदेशी राजदुत को अगाडि निरिह र एक इमान्दार कारीन्दा जस्तो बनी देश र जनता लाई लज्जित बनाउनु, जस्ता सैयौं कारणले सरकारको नेत्रृत्वको लागि प्रचन्ड योग्य र इमान्दार देखिएनन । आफ्नो युद्ध कालिन सस्कार, अदुर्दर्सिता, असफलता, अदक्षता को दोष अरुलाई दिएर सत्तामा बसिरहन अब प्रचन्ड लाई सुहाउदैन यदी वहाँ मा राजनैतिक सस्कार र नैतिकता भन्ने तुष छ भने ।

इमान्दारिकताका साथ भन्नु पर्दा यो समय सरकार गिराउने र बनाउने होइन । तर झुठानन्द दाहालको एक लौटी र एकल काट्य अदुरदर्सी नितीको कारण देश को प्रजातन्त्र, मानबाधिकार, प्रेस एबम ब्यक्तीगत स्वतन्त्रता, नागरिक सर्बोच्चता, कानुनी राजको भबिस्य मात्र होइन, देश कै अस्तित्व समेत जोखिममा परेको हुँदा राष्ट्र र प्रजातन्त्रको रक्षार्थ झुठानन्द लाई सत्ता बाहिर पुर्‍याउनु को बिकल्प छैन । यदी प्रचन्ड गणतन्त्र बलियो भएको देख्न चाहन्छन र प्रजातन्त्रमा बिस्वास राख्दछन भने सत्ता बाट निस्की सहज् राजनैतिक बातावरण बनाउन सहयोग गर्नु पर्दछ ।



9 Comments:

ठरकि दादा said...

तपाईको पुरै लेख पढ्दा पनि कहिं कतै 'होईन' भन्न सक्ने स्थिति छैन ।

यी जाली-फटाहाहरु त यस्तै नै हुन, कहिले काहि सोच्छु हामि नेपाली जनतालाई पनि के भा'छ कुनी?, अझै यीनिहरुलाई नै भोट हाल्न तम्सेका छौं ।

सायद फटाहाहरुको बिचमा 'कम फटाहा' मात्रै छान्ने मौका पाएर पनि होला ।

च्याट्ठिने मान्छे said...

आफै कुलपति भएको टि यु मा आफ्नै संगठनका लठैतहरुबाट उपकुलपति माथि भएको दुुव्यवहारको नैतिक जिम्मेवारी
रामहरी का हत्यारा लाइ रक्षा मन्त्री बादल ले भेटेर पनि नभेटेको भनी दिएको झुुटो बयान

पुष्प said...

अनि कसलाई सत्तामा बसाल्ने विचार गर्नुभयो त शेखरजी ?
लाउडा पुरूष लडिजा ?
प्रतिगमनका मतियार देउडा ?
भारतीय दलाल झोली ?
नवसामन्त झेल्लीनाथ ?
भारतीय टट्टु ढुकेन्द्र ?
कि ज्यानमारा ठुसेन्द्र ?

P for Pandey said...

प्रष्ट र यथार्थ लेख ।

तर पुष्पजीको कुरामा म पनि केहिहदसम्म सहमत छु ।

यो सबै चोर-डाँकाको भिडमा अब कस्लाई चाहि छान्ने हो ?
माथि पुष्पजीले दिनु भएको १ र २ नं बाहेकको सबै अलंकार हालका प्रमले होलसेलमै लिएका छन।

अब कमसेकम अलंकारवाला छान्ने बाहेक अर्को उपाए छैन जस्तो छ ।

Anonymous said...

ghanto ko lekh ho yesto teso ho bhane kaslai sarkar parmukh banaune ?
hijo girjako swizerland na dekheko ho ra?
dewa oli ma kune haru ko sasan na dekheko ho ra ?

Lovlyanup said...

Aba kasle garcha ta Juthananda Dhahal ko samaya pani samapta bhaya yasari kasari harmo desha bhancha ra??? Magha pura garna khojchan tara mag pura garna nai didaina aarule tehi bhayara pani tyo magha pura nabhayako hola.. jasti sanga samjhauta gare pani sabai ko sahamati chahiyo ni haina ra??
Malai ta jaha samma lagcha pahila ta harmo nai herne nazar paribartan garnu parcha jasto cha haina?? jo sarkar ma aaya pani kehi gardaina bhanera herne nazar. hola tyo bhanne sathai kunai pani kura pura hundaina...sahamati janaya pani tyo pura garna lai samaya chahincha hola haina?? ali bhanne sathi kasari pura huncha?? ani tyo pani ahile yasto sakman kalina cha deshama usko maga pura garyo bhane aarko le pheri tesma birod garchan haina?? ahile tharu harule andholan gare jasati tehi bhayara ali hatar ma ninaya garnu hunna hola??
Usle pani sabai thauma aafno banayara kehi garne bichar hola?? yakloauti haina ki hamro lagi nai kehi garna lageko hola? tyo hamile pani ramro sochane bani basalna paryo..
pheri ahile ko awasthama 1 sano kura lai pani tholo issue banaedincha haina Media le pahila pani hunthyo testo kura haru???

Maverick said...

Ridiculous piece.

TOTALLY FREAKING BIASED.

प्रबिण थापा said...

शेखर जि!
-यतिका दोष थुपरिदिएर फेरी अन्तिमको दोश्रो प्यारामामा नैतीकताको कुरा गर्दै सत्ताबाट बाहिरिन भन्नु अली मिलेन कि - बिकल्प को त सताको साचो लिने उही गिरिजा,उही देउबा उही माकुने, ओली?
-प्रचन्डलाई नेपाली जनताले प्रधानमन्त्री बनाएका हुन त्यसैले गिरिजा, माकुने, ज्ञानेन्द्र र भारतप्रती दोष दिनु उचित देख्दिन।
-हरेक परिवर्तन केही न केही परीघटनासग मिलेर आउछ र त्यो बेला जो सुकैले पनि सम्झौता गर्नै पर्छ आफ्नो अस्तित्व रक्षाको लागि त्यही हुनाले दिल्ली सम्झौता भएको हो न यो कसैको रहरले गर्दा हो,न कोहिलाई खुशी पार्न भनेर गरिएको हो त्यो त्यसबेलाको अपरिहार्याता थियो र हुनै पर्थ्यो त्यसैले भयो।
-सम्झौता र सहमती बिस्तारै कार्यन्यन हुने कुरा हुन किनकी कसैसग पनि जादुको छडी छैन फु मन्तर भन्दा तुरुन्तै परिवर्तन गरिदिने राज्यको यस बिषम घडीमा जो कोहीले सत्ताको नेत्रित्व गरेको भएपनी यो भन्दा बढी केही हुने थिएन।
-३०००० नेपाली जनताको हत्याको जिम्वेबारी माओवादीले मात्रा होइन त्यस बेलाका सरकारहरुले पनि लिनु पर्छ।

तपाईंले भने जस्तै -
-माओवादीबाट हत्या गरिएका रामहरी श्रेष्ठ, प्रचन्ड थैब वा जो कोहिको पनि हत्यारालाई कारबाही हुनुपर्थ्यो र पर्छ पनि
- राष्ट्रिय हितका मुद्धाहरुमा राष्ट्रिय सहमतिमा निर्णय गरिनु पर्य्थ्यो तर त्यसो नगरि माओवादीले एकतर्फी रुपमा काम गरेको र आफ्नो निर्णयबाट पछी हटेर लाजमर्दो बन्नु परेको हामी सबैलाई अबगत छ तर उसले गल्ती स्विकार गरेर निर्णय सच्चाइ सकेको अवस्थामा यो टाउको दु:खाउने बिषय बनाउनु उचित भएन।
-कुरा सेनापती हटाउने वा नहटाउने होइन यदी सरकारले चाहन्छ भने सेनापती हटाउनु ठुलो कुरो होइन तर पर्दा पछाडि उसका केही स्वार्थ छन भने त्यो बाहिर आउनु पर्‍यो त्यसपछी त उ आँफै ओझेलमा पारीहाल्छ नि जनताको सामु।
- मेरो विचारमा त काङ्रेसको माग त्यती प्रधान होइन यो बेला राष्ट्रिय समस्या समाधान गर्ने बेला हो यो, नयाँ सबिधान बनाउने बेला हो अनी नेपाली जनतालाई सच्चिकै सार्बभौमसत्ता सम्पन्न बनाउन अघी बढ्ने बेला हो त्यसैले काङ्रेस, एमाले र अन्य राजनीतिक दलले पनि सबिधान लेख्न भनेर ससदमा पठाएका जनताको मर्म बुझेर संसद अबरोध गरेर जात्रा नदेखाइ सहमतिमा संसदबाटै हरेक समस्याको समाधान खोज्ने प्रयास गर्नुको अर्को बिकल्प छैन बुझ्नु पर्छ।

Luna said...

आर्टिकल पनि राम्रो , कमेन्ट हरु पनि राम्रो ।
होइन भन्न् पनि सकिदैन हो भनेर पनि के गर्नु ! कस्लाई रोज्नु !
छ त कोही ?
अनी त !
के गर्नु ! त्यो भन्दा यो राम्रो भन्दै आश त गर्नु पर्‍यो नि !
( तर एउटा कुरा खुब खट्किराखेको होला सबैको मनमा ,त्यो के भने जनता जनार्दन ( सर्ब सक्तिमान ) होइनन र भन्या ! असल काम गर्ने लाई त जनता ले साथ दिने नै छन भने त्यो अर्को कुन शक्तिले रोक्छ ह यि सरकार मा भएका नेताहरुलाई ? शूद हरु या जो कोहिले जे दबाब दिए पनि तीन लाई लोप्पा खुबाउन किन सक्तैन यो जनता को सर्ब शक्तिमान सरका र ! छक्क परेकी छु म ! धेरै को मन मेरो जस्ताइ छक्क परेको हुदो हो जस्तो लाग्छ ! )

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !