January 23, 2009

गजल- अझै पलाएन

दीपक जडित
अझै पलाएन विश्वासको बुटो मनमा ।
सपना जलेर हेर बाँकी ठुटो मनमा ।

बहाना जे सुकै होस तर खाल्डो नै पार्ने ,
झनै चलिरहेछ निठुरी कुटो मनमा ।

कति छल्नु कति ढाँटेर हिड्नु आफैंलाई ,
आश्वासन कति दि'रहनु झुटो मनमा ।

रहर कठै ! बिना जाँतो पिसिईरहयो ,
हरेक घानमा भेटिरहेँ ढुटो मनमा ।

न देख्यो कसैले मेघ न वर्षा म भित्रको ,
रुझाउँदै मनकै झरीले चु'टो मनमा ।


Story - A monkey

Following is something I got in forwarded email, perhaps most of you have already seen it. I normally refrain from publishing contents of forwarded emails, unless I find it very good and relevant. This is just for fun, so please don't take it personally.



In a poor zoo of Nepal, a lion was frustrated as he was
offered not more than 1 kg meat a day.

One day the lion thought it's prayers were answered when a US Zoo
Manager visited the zoo and requested the zoo
management to shift the lion to a US zoo.

The lion was pleased and started thinking of a central A/C
environment, a goat or two every day and a US Green Card .



On it's first day after arrival, the lion was offered a big bag,

sealed very nicely, for breakfast. It opened the bag quickly but was

shocked to see that it contained only a few bananas.



Controlling its anger, the lion thought that may be they cared too

much for him as they were worried about his stomach as

he had recently shifted from Nepal. The next day the same thing

happened.
On the third day again the
same food bag of bananas was delivered.
Now the lion was furious. It stopped the delivery boy and blasted
him, "Don't you know, I am the lion...King of the Jungle....What's
wrong with your management? What nonsense is this ? Why are you
delivering bananas to me ?"
The delivery boy politely said, "Sir, I know you are the King of the
Jungle but....do you know that you have been brought here on a
Monkey's visa!!!



Moral: Better to be a Lion in Nepal than a Monkey elsewhere!!


January 22, 2009

गजल - भेट्छु भन्दै थिइन अरे

सुमन सुधा
आबुँ खैरेनी तनहु
परदेशी
मेरो मायाले छेक्दा सुधालाइ तिम्ले भन्यौ लानी लानी
भेट्छु मलाइ भन्दै थिइन अरे किन लग्यौ तानी तानी

हजार नमर्दा छन् यहा तिम्रो छातिमा रजाइ गर्ने
दोषी मार काल दुखीलाइ किन मार्छौ जानी जानी

मनको कुरा मनमै गुनासा थिए होलान् कति
पासोलॆ घाटी थिच्दा कठै भनिन् होली पानी पानी

नियतीको नियममा पनि तिम्रो मनपरि चल्दो रैछ
के विराइ सुधाले तिम्रो पिउन दिएनौ पानी पनि

एक्लै आज मरुभुमिमा पछारिदा यति मन रुन्न
मलाइपनि लैजाउ काल किन लान्छौ छानी छानी


दौंतरी लखपतीमा खुशी

खुशीजीलाइ लखपती भएकोमा धेरै धेरै बधाइ। साथै एक लाखको ब्यनर पठाएकोमा धेरै धेरै धन्यबाद।
दौंतरी उदाएको करिब १५ महिना जती भयो। दौंतरी जती अगाडी बढ्दै छ उती सबै माझ भिजेर झन झन लोकप्रिय हुंदैछ। दौंतरी सुरु हुंदा धेरै सल्लाहहरू दिइएका थिए। त्यो मध्य एउटा थियो दौंतरीमा कती जना आउंछन त्यस्तो गन्ने केही राखे दौंतरी कत्तीको पाठक समुह पुगेको छ थाहा हुन्छ। सायद एक दुइ हप्ता पछि दौंतरीको पुछारमा काउन्टर राखिएको थियो। यो काउन्टरले १००,००० ( एक लाख छुनै आंटेको छ)। सायद आज या भोली यसले एक लाख देखाउने छ। तपाइले दौंतरी खोल्दा एक लाखबाट कती नजिक हुनुन्छ त्यो नम्बर कमेन्ट बक्समा भन्नुहोला। ठ्याक्कै एक लाख नम्बर पुग्दा खोल्न पाठक चाही दौंतरी लखपती हुनुहुनेछ। ठ्याक्कै एक लाख नम्बर पुग्ने नभेटिए त्यसको नजिक पुग्ने हुनुहुनेछ दौंतरी लखपती।



आफ्नै भावना दौतरी प्रती - २

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]

हो दौतरिले मेरो भावनालाई उजागर गर्न प्रोत्शाहन गरेको छ यसैले पनि म बाँधिएका हातहरु फुकाएर कम्प्युटर अगाडि बस्न वाध्य हुन्छु। यहाँको अमुल्य समयलाई पनि सहजसँग प्रयोग गर्न। मेरो आराम भने को राती निन्द्रा लागिन्जेल सम्म मात्र हो। त्यस्पछी त आफ्नो काम,कर्तब्यको साथमा भावना बिसाउनु त छदैछ। हो म सानो देखी नै गीत,सङीत,चित्रकला,लेखन क्षेत्रलाई मन पराउने र यस्लाई सदुपयोग गर्न रुचाउने स्वाभावकी थिएँ। सबैमा अली अली कोशीश पनु थियो त र अन्तिममा आएर लेखन यात्रालाई भने निरन्तरता दिन सफल भएँ। कबिता,कथा,अन्य रचनाहरु भने २०३४ साल देखी नै प्रकाशित हुन थाल्यो। त्यही बेलादेखी नै धेरै प्रङ्सकहरुका प्रोत्साहानहरु पाउन थालेँ।
अनी त के चाहियो र ?कुनै पत्रीकामा मलाई देखेनन भने पाठकहरुका पत्रहरु लश्कर लागेर आउने गर्दथे। साँचाइ म अझै ती अबोध मेरा प्रेरक हरुलाई सम्झन वाध्य हुन्छु जस्ले गर्दा मलाई लेखन क्षेत्रमा ठुलो उर्जा मिल्न सक्यो र आज यहाँ सम्म आउन सफल छु। त्यसैको प्रतिफल स्वरूप म साङितिक् दुनियाँमा पनि रमाउन सफल भए र बिभिन्न संगीतकारहरुले गीत लेख्न उत्प्रेरित गरे र शायद मलाई लाग्छ २०५१ साल मा एकै चोटि दुइवटा गीती अल्बुम निकाल्ने महिला र पप फिल्डमा कलम चलाऊने म नै पहिलो महिला हो जस्तो लाग्छ। त्यो समयमा महिला गीत्कारहरुको संख्या न्युन थियो र ''पप गीतमा''शब्दकार महिलाको नाम सुन्न सकिएको थिएनमैले नै एकै पटक ''तिम्रो पर्खाइमा''र ''ड्रीम्स '' नामक अल्बम निकालेत्यसैको सफलता अनुरूप म ब्यवसाहिक गीतकार पनि भए। एक दिनमा २/ ३ वटा रेकोर्डिङ स्टुडियोमा मेरा गीत हरु रेकोर्डिङ हुन्थे यो ५७/५८ साल तिरको कुरा हो यसैगरी मलाई फिल्महरुमा पनि अफर आयो। मलाई अझै थाहा छ एक दिन म कहाँ ''छहारि''फिल्म को कथा लिएर संगीतकार र कथाकार आए मैले तुरुन्त त्यतिबेला नै त्यो कथाको आधारमा एौटा गीत तयार गरिदिए जुन गीत रामक्रिष्ण ढकालको स्वरमा रेकोर्डिङ भयो। जुन गीत यत्ती मार्मिक थियो कि त्यो फिल्ममा त्यो गीतको द्रीष्यमा ज्यादै मर्म थियो। यसरी मैले आफ्नो लेखनकार्यमा सफलता पाइरहेकी थिए। म ब्यवसायिक्तातिर नै ढल्किरहेकी थिए। भाग्यबस अमेरिका आउने मौका मिल्यो। तर पनि यस्तो ब्यस्त ठाउँमा म अझै आफ्नो प्रयासलाई अगाडि बडाउनेतिर नै लागिपरेकी छु यस्को श्रेय बिभिन्न ओनलाइन पत्र,पत्रीकालाई जान्छ र आज भने दौतरिलाई नै रोजेकी छु किन कि दौतरिले मलाई केहीसमय देखी साथ दिन वाध्य भैरहेको छ। म दौतरिको उमेरमा मेरो उमेर थपेर भएपनी दिर्घायुको कामना गर्दछु। अस्तु !



सानैमा सिकाइ

प्रबिण थापा

सानैमा सिकाइ दियौ नभै हुन्न आजभोलि
किसको मात्र कुरा गर्छौ त्यसले छुन्न आजभोली

यताउता सलबलाउने यो चन्चले मनलाई
खोजी राछु भोटे ताल्चा लगाइ थुन्न आजभोली

करकापमा हिजो सम्म एक गिलास बलै जान्थ्यो
सिकेको छु भट्टी छिरी पिउन टुन्न आजभोली

पालै पालो हत्या भयो दिदी भहिनी दाजु भाईको
चोट सहने बानी पर्‍यो अह रुन्न आजभोली

मिठो भाषण गर्छन् सबै कसको विश्वाश गर्ने
सार्है कठीन भयो हजुर नेता चुन्न आजभोली


January 21, 2009

बर पिपलको पातहरु ।

:-लुना

१०८ वटा गेडा रुद्राक्ष मालाको जप सिद्दिए पछी पण्डित बाजेले तुलसीकै मठ्को खोपी बाट सानो पुरानो एना झिकेर हेर्दै चन्दन टिका निधारमा लगाए । छेउमै उभिएकी पण्डितनी बज्यैलाई पनि लगाइ दिए । पण्डितनी बज्यै ले खुट्टा ढोगी दीइन, बाजेले "आयुष्मान भब !" आशीर्बाद दिए ।

कान्छा छोरा हरीशरण पिढींको खाटमाथि छाम-छाम, छुम-छुम गर्दै रेडियो मिलाउदै थिए , उनलाई पनि ललाटमा चन्दन टिका लगाइ दिए । बिहानी को पूजा कर्म सिद्दियो ।

तोरिको कून्युमाथि उल्टो पारेर राखेको मान्द्रो लाई आँगन मा फैलाए पण्डित बाजेले । “ओसीएछ शितले…, घामको तातो लागोस अनी फिजाम्ला कून्यु लाई …” पिढींमा रेडियो सुन्न बसेका छोरातिर हेर्दै पण्डित बाजेले भने ।

आँगनमै खुइलिएको बाक्लो पुरानो खाटमा बस्दै डाके पण्डित बाजेले “आ! साना, किन बस्छस चि' साँ, ह्या ताता घाम पर्‍याछन, आइज ! ”

हरीशरण एक हातले रेडियो र अर्को हातले लौरो समाउँदै ट्याक ट्याक को भरमा बा को छेउमा आएर बसे । पण्डितनी बज्यै ले एकै छिनमा तातो दुध काँसको गिलासभरी ल्याएर बाजेलाई दिइन । गिलास हातमा समाउदै पण्डित बाजेले भने “खोइ त साना लाई ? ”, पण्डितनी बज्यैले “सारोबारो गर्दैछु, ल्याइ हालेँ …” भन्दै भान्सामा गएर दूध ल्याउदै दुई गिलास मा राखेर सेलाउन थालदै थिइन, हरीशरण ले भने “आमा दिनोस मै सारोबारो गरुला ” । पण्डितनी बज्यैले “ तातो छ है साना! पोल्ला नि!” भन्दै हातमा गिलास जतनले थमाइ दिइन ।

हरीशरण जन्मदै आँखा नदेख्ने अन्धो जन्मिए । लट्ठी, बा- आमा नै उन्को सहारा भएको छ यो २४ बर्से उमेर सम्म पनि, अनी रेडियो मन बहलाउने साथी । रेडियो सुन्दा सुन्दा उन्ले संसारमा कती महादेश छन, कुन महादेश मा कती देश छ, ति देशहरुको नाम के-के छन, कुन कुन देशमा कती कती जनस्न्ख्या छ, कुन देशमा महिलाको संख्या कती - पुरुष को सन्ख्या कती छ, संसार मा कती वटा हिमाल-पहाड छन, कती उचाइका छन , तिनका नाम के-के हुन, नेपालमा कती अञ्चल छ, जिल्ला कती, नाम के- के, कहाँ कुन भुभागमा के कस्तो खेती पाती हुन्छ, के कस्ता पशुपंक्षि हुन्छन, कुन देशका राष्ट्रपती - प्रधान मन्त्रिका नाम के के हुन जस्ता सामान्य ज्ञान सम्बन्धी कुराहरु जानिसकेका थिए । उनी सुनेको भरमा खररर भन्न सक्थे । मस्तिष्क तिक्ष्ण थियो ।

उनको यही क्षमतालाई गाउँका स्कुले केटाकेटीहरु स्कुलको हाजिरी जबाफ प्रतियोगितामा प्रयोग गर्थे अर्थात सामान्य ज्ञान सम्बन्धी जानकारी लिन हरीशरणसँग सोध्न आइपुग्थे । हरीशरण पनि खुशी भएर सम्झी सम्झी बताइ दिन्थे । केटाकेटिसँग उनी पट्टकै झिँजो मान्दैनथे । केटाकेटी पनि उनलाई ' सान्दाइ ' भनेर खुब झ्यामिन्थे ।

पण्डितनी बज्यै, छोरा यसरी भुलेको देखेर सन्तोष लिन्थिन र कहिले काही आँगनमा झुम्मिएर बसेका केटाकेटिहरुलाई मेबा काटेर खान दिन्थिन , कहिले छोराको लागि बनाउँदै गरेको पुवामा पिठो थपेर धेरै बनाइ सबैलाई बाँडिदिन्थिन ।

हरीशरण लट्ठीको सहराले टेक्दै गाउँको बर पिपलको चौतारी सम्म पुग्थे, जुन चौतारी गाउँका मान्छेहरुको गफ गर्ने - छलफल गर्ने थलो थियो, घाँस-दाउराको भारी बोकेर आउनेहरुको बिश्रामको चौतारी थियो त्यो, चट्पटे दाईले चट्पटे बेचेर गुजारा गर्ने चौतारी थियो त्यो, फूल मायाकि आमाले काँक्राको चिरा बेचेर आफ्ना ५ लालाबालाहरुको पेट भर्ने थालो थियो त्यो , अनी मगर्नी साँहिलीको बादाम बेचेर आबारा दाई र बुढी आमालाई पाल्ने थालो थियो त्यो । तिजमा नारायणी नुहाएर फर्केकाहरुले नाच्ने थालो थियो त्यो बर पिपल को चौतारी । झन हरीशरण को त के कुरा ! उसको खुशी नै थियो त्यो चौतारी ।

उनी लट्ठीको सहाराले दिनको २-३ पटक त्यहाँ पुग्थे । घर देखी १०- १५ मिनेटको बाटो लट्ठीको सहाराले ट्याक ट्याक गर्दै जब जब चौतारीको नजिक पुग्थे तब तब बर पिपल का पातहरु सररर सर्सराएर स्बागत गरेको भान हुन्थ्यो हरीशरणलाई । चौतारी मा गफ गर्न बस्नेहरुले काँक्रा-बदाम, चट्पटे किन्दा हरीशरणलाई पनि दिन्थे । त्यसोत कहिले काही कोही नहुँदा (किनेर दिने मान्छे नहुँदा) चट्पटे दाइले “सानो दाई ! चट्पटे खाइलिनोस !” भन्दै दिन्थे, फूलमायाकि आमाले “सान्कान्छा ! लु’ खा शितालो काग्रा ” भन्दै काँक्रा दिन्थिन, बदाम बेच्ने साहिलिले यताउता हेर्दैँ कसैले नदेखेको मौका पारेर जिस्काउँदै “लु, खोस्ल्याउँदै खाउ है बदाम” भन्दै हातमा दिँदा चुटुक्क चिमोटेर दिन्थीन् । हरीशरणलाई साहिलीको यो चिमोट्याइ खुब मिठो लाग्थ्यो ।

हरीशरण बेला बेलामा चौतारीको हिरो हुन्थ्यो रेडियो मा सुनेको कुरा सुनाएर। झन अझ चुनाव को बखत मा त के चाहियो र ! कहाँ कुन नेताले कती भोटले जित्यो – हार्‍यो सबै खररर रेडियोले बोलेझैँ गरी भनिदिन्थ्यो । अनी सबै बाट बाह ! बाह ! को ताली पाउँथ्यो । गफ गर्नेहरुले चौतारी नजिकैको चिया पसलबाट चिया मगाएर खुवाँउथे रामशरणलाई । रामशरण साहिलीले मेरो ‘बाह ! बाह !’ सुनी कि सुनिन होली भन्दै कान ठाडो पारेर साहिलिको स्वरमा ध्यान दिन्थ्यो ।

यि दुई बिच अमूक प्रेम थियो। साइली “म तिमीलाई प्रेम गर्छु” भन्न जान्दिनथि तर बदाम दिएर मायाले चिमोट्दै प्रेम दर्शाउँथी, हरीशरण पनि आँखाले नदेख्ने भए पनि मनले देख्ने ज्ञानी थियो । त्यसैले “साहिली ! म सँग बिहे गर्छ्यौ ?” भन्न सक्दैनथ्यो, आफ्नो जिन्दगी को भार उमाथि थोपर्न चाह्दैँन थियो । यती हुँदाहुँदै पनि साहिली को चिमोट्याइ सँग उ बेहत खुशी थियो ।

कहिले काही उरेन्ठेउला छिमेकी गाउँका केटाहरुले चौतारी मा बस्दै बदाम खाने निहुँमा साइलीलाइ जिस्काउँदा हरी शरण भित्र भित्रै रिसले कामेर सुनिरहन्थ्यो । साइली मुखाले थी । त्यस्ता लाई हदै सम्मको जबाफ फर्काउँथी । हरी शरण डराउथियो त्यतीखेर, कतै तिनिहरुले नराम्रो व्यबहार त गर्ने होइन्न साहिलीलाइ भनेर । अनी मनमनै सोच्थ्यो ' बरु एउटा गतिलो मान्छे सँग पोइल गए हुन्थियो साहिली ' । आँफैले माया गरेको साहिलीलाई यती सम्म सोच्न बिबश थियो उ । आफू अन्धो भएको महशुस गरेर यतिखेर बेस्मरी दुख्थ्यो उ । अनी भगवान सँग असाध्यै चित्त दुखाएर मन मनै भन्थ्यो “हे भगवान ! मेरो के दोष थियो जन्मदै अन्धो बनायौ ?? ” चित्त दुखेको अर्को मनले भन्थ्यो “छैनन् भगवान!”

पण्डित दम्पतीलाई कान्छा छोराको भबिष्यप्रती असाध्यै चिन्ता थियो ।'हुने हार दैब नटार' मन बुझाएर बस्नु बाहेक अहिले सम्मलाई अरु कुनै उपाय थिएन उनिहरुसँग ।

पण्डित दम्पती का जेठा छोरा को नाम रामशरण थियो । रामशरण सानै देखी पढ्न मा तेज थिए । पण्डित दम्पतिले आफ्नो बुताले भ्याएसम्म खर्च गरेर रामशरणको पढाई मा लगानी गरेका थिए । उनी अमेरिकामा थिए । अमेरिका पठाउन पनि भाग्य ले साथ दिएको थियो । एका तिर उत्कृष्ट पारीणाम त थियो नै अर्को तिर काठमाण्डौमा सरकारी उच्च ओहदा मा आफ्ना चिनेका मान्छे थिए पण्डित बाजेको । उनैबाट छात्रबृत्ती सुबिधा मा अमेरिका पढ्न पठाएका थिए रामशरण लाई ।

माटो बिज्ञान मा पि .एच् .डि . गरे रामशरणले । तत्पश्चात अमेरिकि सरकारले दिने सुबिधा अनुसार उनी २ बर्षको लागि अमेरिकामा नै जागीरे भएका थिए । २ बर्ष पछी नेपाल फर्किने योजना थियो रामशरणको । यही जागिर अबधिमा उनी थोरै समय मिलाएर नेपाल आएका थिए, बा-आमा, भाई गाउले सबै लाई भेट्न् ।

पण्डित बाजेको घरमा खुशी छाएको थियो रामशरण आउने दिन ताका । २ तले काठ- ढुङ्गा - माटोले बनेको घरका झ्यालहरु हरिया रङ्गका थिए । माटो का भित्ताहरु रातो र सेतो माटोले पोतिएको थियो । गाउले छिमेकी आईमाईहरुले पण्डितनी बज्यैलाई घर पोत्न सघाएका थिए । घर शुन्दर चहकिलो देखिएको थियो । बारीमा मेबा, कागती, आप, अंबा, काफल, केराका बोट बुट्यान थिए । आँगनमा तुलसिको मोठ , नजिकै बाह्रमासे फूल्ने घन्टी फूल ढक्मक्कै रातै भएर फूलेको थियो, आँगनको डिलभरी बाबरी र चमेली का फूलहरु सेताम्मे फूलेको थियो । धेरै बर्ष पछि पण्डित बाजेको घरमा आएको यो खुशीको बातावरणमा आज पण्डित बाजेले यि सम्पूर्ण सौन्दर्यको स्वाद पाएका थिए । उनको मन कविमय भएको थियो । उनी खुशीले गुनगुनाउन लागे:-

" न धुलो न धुवाँ, न हतार न चटार

शान्त थपक्क गमक्क गमक्क

रातो माटो हरियो झ्याल सुन्दर यो चमक  

कसरी न गुनगुनाउ ! देखी यो सौन्दर्य झमक !

बोट बुट्यान झुम्म झुम्म हरित हर्ष

खुशी बनी झर्छन यहाँ बादल बर्षा

झ्याङिएर मात्तिएर फक्रिन्छे तरु लता

मोहित हुनेछ राम शरण देखेर यो सुन्दरता

°°°°°                  °°°°°

अहा! फूल वरिपरि सुमधुर चमेली

टाढा सन्सनाउँछे बग्दै नारायणी शुसेली

रात उज्यालो मुस्कुराउँदा शितल जुनेली

हास्छे यहाँ मसक्क मस्की बिहानी उजेली ……

पण्डित परिवारको यो खुशी गाउलेहरुलाई पनि लागेको थियो । गाउलेहरुले पनि स्बागत गरे । सबै खुशीले फूलेल भए । रामशरण आए । उन्ले भाईलाई छत्रे टोपी र हातैले छोएर समय थाहा पाउन सकिने घडी ल्याइ दिएका थिए । आफूले अमेरिकामा भाईको लागि सक्दो बुझ्दै गरेको पनि बताए । पण्डितनी बज्यै भगवान भरोसामा थिईन । सधैं मंगल चौथीको ब्रत लिन्थिन । मन मनै ' ठुला अम्रिका मा छ , त्याँ त बडे बडे जान्ने डाग्डर हुन्छ्न रे, कुनै दिन हाम्रा सानाको पनि दिन आउँला कि ! ठुलाले केही त गर्ला ! ' आमाको मन सधैं आशाबदी हुन्थ्यो । भाकल पनि गरेकी थिन उन्ले । आँफैले कातेको धागोले लाख बत्ती बालेर भगवान लाई खुशी बनाउन दत्त चित्त परेर लागेकी थिन उनी । त्यसैले फुर्सद भो कि कपास र चोखो खरानी समाइ हाल्थिन ।

राम शरण अमेरिका फर्कने फर्कने बेला भएको थियो । एक दिन साँझ पण्डितनी बज्यैले धागो कात्दै रामशरण लाई भनिन “ठुला ! बे गर बाबु !, म त डाँडा माथिको घाम हुन लागि सकेँ, बुहारी को मुख देख्न पाए, बुहारी ले चुलो चौका धानिदिए कती सुख ले मर्दी हुँ म् ! ”

“आमा ! अब एकै बर्ष त बाँकी छ, उताबाट फर्केपछी गरुँला, अहिले फुर्सद पनि छैन , फेरी जिन्दगी बिताउने कुरा हो, हातार गरेर पनि भएन नि आमा” रामशरणले भने ।

पण्डितनी बज्यैले भनिन “ल है बाबु ! अर्को साल त बुहारीको मुख देख्न पाम्ला नै मैले ? '

छोराले आज्ञाकरी बालक ले झै टाउको हल्लाए स्विकृतिमा । छेउमै बसेर आमा छोराको गन्थन सुनिरहेका पण्डित बाजेको अनुहार सूर्यदोयको उज्यालोझैँ धपक्क भो ।

पण्डित बाजेले ४ बिगाहा बन्धकिमा राखेको जग्गा पनि निखानेका थिए छोराको आगमन संगै । अमेरिका फर्कने बेलामा छोराले बा-आमा बुढाबुढी भाईसकेकाले अब खेतिपतिमा जोतिनु भन्दा बरु ४ बिगाहा जग्गा भरीनै रुख-बिरुबा लागाइदिनु मान्छे राखेर, म फर्के पछी बागबानी केन्द्र खोल्छु गाउलेहरुसँग मिलेर अरु जग्गा पनि जोडेर , भने ।

रामशरणको सपना थियो गाउँमै बागबानी केन्द्र खोलेर आफूले हासिल गरेको ज्ञान मार्फत गाउँ घरका किसानहरुलाई सक्दो सहयोग गर्ने र कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान का बिद्यार्थीहरुलाई पनि भोलिको लागि आँफै नमुना बनेर प्रस्तुत गर्ने ।

कुन माटोमा कस्तो खेती कसरी गर्नु पर्छ देखी लिएर पशु पंक्षि सम्बन्धी पनि यथेस्ट ज्ञान हासिल गरेका थिए उन्ले । आफ्नो यस योग्यता-प्रतिभालाई नेपाली माटोमा खर्च गर्न चाहन्थे रामशरण ।

१ बर्षमा अमेरिकाबाट फर्किए पछी आफ्नो सपना पुरा गर्ने बचन दिएर उ आमा, बा, भाई, गाउले सँग बिदाबरी भएर हिड्यो । अमेरिका फर्कने बेलामा काठमाण्डौ हुँदै फर्कनु पर्ने थियो । जसै काठमाण्डौ आए उनलाई कृपा गरेर अमेरिका पठाउन सहयोग गर्ने परिवार ले आफ्नै भान्जी शितलसँग विवाह को प्रस्ताब राखे । रामशरणले टार्न सकेनन । काठमाण्डौबाट अचानक खबर आयो पण्डितबाजेलाई । अहिले नै बिहा गर्ने थाहा पाएर बुढा बुढी बाल्ल परे ।

गाउँघर कै कन्या रोजेर धुम धाम ले विवाह गराउँला भन्ने सपना काठमाण्डौको बबरमहल को क्षणिक कागजमा टुङिने भो । पण्डित बाजे खिन्न भए , बज्यै खङ्रङ भाईन । पण्डित बाजेले मनको पिर लाई अनुहारमा आउन नदि सम्झाउँदै भने “हेर बुढी ! पढे लेखेको छोराले पढे लेखेकी बुहारी रोज्यो, अब आफूसँगै लान्छ रे, उता बसुन्जेल सगै बस्न, उस्को खुशीमा हामी खुशी हुनु पर्छ ' । पण्डितनी बज्यैले भनिन “यतिका थोरै दि 'ना कसरी भ्याम्ला त सरदाम जुटाउन !” पण्डित बाजेले भने “ हामी आसिक दिन मात्रै जाने हो काठमाण्डौ, सबै उतैकाले बन्दोबस्त गरी सके रे !, कोर्ट म्यरिजमा त सरदाम के चाहियो र ! ”

पण्डितनी बज्यैले भनिन , “ कोट मारिज भन्या कोट ला' र गर्ने हो हजुर ?”, “अदालत जस्तो ठाउँ मा गर्ने बे लाई त्यस्तो भन्छन” बुढाले भने ।

“ ए …… !” बुढी झन गलिन् । “ यत्रा घर आँगन हुना हुनै चोर- पुलिसका ठाममा बे ! …… ” पण्डितनी बज्यैले आशु खसालिन ।

विवाह सिद्धियो । रामशरण - शितल अमेरिका गए ।

बर्ष बित्यो, २ बर्ष बित्यो, ३ बर्ष बित्यो, ४ बर्ष लाग्यो छोरा बुहारी आएनन् । यसै बिचमा जुम्ल्यहा नाती नातिना जन्मेको खबर आयो । अहिले उनिहरुले उतै बैक बाट ऋण झिकेर घर पनि किनेछन । ' छोरो उतै फस्यो' पण्डित बाजे ले बुझे ।

बेला बेलामा छोराले पैसा त पठाए, तर त्यो पैसाले पण्डित परिवारमा खुशी ल्याउन सकेन, न्यास्रो मेट्न सकेन । झन जुम्ल्याहा नाती नातिनाको मुख देख्न नपाउदाको पिर आफ्नै ठाउँ मा थियो ।

छोराको सपना ' बागबानी फार्म ' बनाउने बगैचा पनि झाडिले भरिँदै गएको थियो । जङल भएको बगैचा हेर्दै बुढा झोक्राउँथे । बज्यै को पिरको सिमाना थिएन । आशु नझारेको दिन हुँदैनथ्यो ।

एउटा छोरा आँखा नदेख्ने अन्धो, अर्को बुढेश कालको सहारा अमेरिकामै नै बस्ने छनक बुझेर पण्डित बाजे भित्र भित्रै गल्दै गएका थिए ।

दिन नजिक आईपुगेको महशुस गरे पण्डित बाजेले । एक दिन एकान्त मा छोरा हरीशरण लाई बोलाएर भने “कान्छा ! साना ! अहिले सम्म त तेरो दाह्री, कपाल मैले नै खौरिएँ, लङौटी मैले फेर्ने काम मैले गरे बाबु, अब मेरा शेखा पछी तलाई हेर्ने बुढी आमा मात्रै हुन्छिन, म त थल्ली सकेँ बाबु , मेरो सेखा पछी नारायणी नदी नजिक छ, हाम फालेस, उतै भेटौँला बाबु - छोरा ” । हरीशरणले कुरा बुझ्यो । बुढी आमाको बोझ नबनिदे भन्न खोजेका थिए बा ले ।

नभन्दै केही दिन पछी पण्डित बाजेले प्राण त्यागे । १३ दिने किर्या सिद्दिए को भोली पल्ट् १४ औं दिनको दिन गाउँ बाट हरी शरण हराए । गाउँ ले हरुले जहाँ तही खोजे भेट्टाएनन् । बर पिपलका पातहरु ले हाबामा सररर दु:ख प्रकट गरे । साइलिले कसैले नदेख्ने गरी आशुको थोपा झारी ।

:-लुना